आगामी असार २८ गते आम दर्शकलाई समेट्दै प्रतिष्ठित ‘नेशनल म्यूजिक अवार्ड’को आयोजना हुने भएको छ । रेडियो कान्तिपुरले आयोजना गर्ने उक्त अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसहित कन्सर्ट पनि समावेश गरिने आयोजकले जनाएको छ । कन्सर्टमा कुमा सागरदेखि दुर्गेश थापासहित १० चर्चित युवा कलाकारको प्रस्तुति रहनेछ ।३ हजार दर्शक क्षमता रहेको गोदावरी सनराइज सम्मेलन केन्द्रमा कुमा र दुर्गेशसँगै सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान, पशुपति शर्माले साङ्गीतिक प्रस्तुति दिँदा सुन्दर खनाल र सुजिता श्रेष्ठले हास्य प्रस्तुति दिनेछन् ।कान्तिपुर टेलिभिजनको सिओओ, सुरजसिंह ठकुरील
चलचित्र ‘मिरमिरे’को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम काठमाडौंबाट शुक्रबार छायांकनमा निष्किएको थियो ।आज (शनिबार)बाट चलचित्रको छायांकन सुरु भएको हो । निर्माणपक्षले पनौती नगरपालीका ११ बल्थली स्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै छायांकनको थालनी गरेको हो ।“चलचित्र ‘मिरमिरे’को काभ्रेपलाञ्चोकबाट छायांकन सुरु भएको छ । आजबाट सुरु भएको छायांकन हामी करिब ३५ दिन खिच्ने छौँ,” निर्देशक यम शेर्पाले भने । उनका अनुसार सिनेमाको अधिकांश छायांकन काभ्रेका विभिन्न स्थानमा हुनेछ ।यार्सा फिल्म्सको प्रस्तुति रहने यस चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत,
असार महिनामा नेपाली चलचित्र निकै कम प्रदर्शन हुन्छन् । वर्षातको मौसमको भएकाले पनि निर्माता तथा निर्देशकले यो महिनामा निकै कम चलचित्र प्रदर्शन गर्ने गरेका छन् । यसपटक पनि यही असार २७ गतेदेखि एउटा मात्र नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदैछ । नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको उक्त चलचित्रले विश्वभर छरिएका नेपालीको कथा र भावनालाई चित्रण गर्ने लेखक तथा निर्देशक नर प्रधानले जानकारी दिनुए । उनले भने, “हाम्रो भाषा र संस्कृति जोगाएनौँ भने भावी पुस्ताले यो धरोहर गुमाउनेछ । हाम्रा पूर्खाले जोगाएको सम्पदा भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्र
यही असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीत सार्वजनिक गरिएको छ । नेपालको कला-संस्कृति र नेपालीहरुको वीरताको बखान गरिएको उक्त गीतमा कमल रसाइलीको पार्श्व गायन, शंकर अधिकारी घायलको शब्द रचना तथा विशाल चौधरीको संगीत रहेको छ । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल लगायत प्रस्तुत छन् । भिडियोमा नेपालको झन्डाको प्रयोग अत्याधिक मात्रा गरिएको छ । निर्देशक नर प्रधान (मित्र)ले यो गीतले फिल्मको कथावस्तुलाई दर्शाएको बताएका छन् । ज्ञान बहादुर प्
पप स्टार केटी पेरी र उनका अभिनेता प्रेमी ओर्लान्डो ब्लुम अलग्गिएका छन् । ६ वर्ष अघि इन्गेजमेन्ट गरेका यो जोडी हालै अलग्गिएका हुन् । यो जोडी सन् २०१६ देखि नजिकिएका थिए । उनीहरुको ४ वर्षकी छोरी छिन् । जोडीको प्रतिनिधीले जारी गरेको विज्ञप्तीमा उनीहरु सह–अभिभावकत्वमा ध्यान केन्द्रीत गर्नका लागि धेरै महिनादेखि आफ्नो सम्बन्धलाई परिवर्तन गरिरहेका उल्लेख छ ।‘उनीहरु परिवारका रुपमा सँगै देखिनेछन् । उनीहरुको साझा प्राथमिकता भनेको आफ्नी छोरीलाई माया, स्थिरता र पारस्परिक सम्मानका साथ हुर्काउनु हो । जुन काम सधैं रहीरहनेछ’, विज्ञप्तीमा भनिएको छ । उनीहरुको सम्बन्धका बारेमा केही समयदेखि चासो र चर्चा
भक्तपुर गठ्ठाघरमा अवस्थित शैक्षिक परामर्श संस्था बिज एजुकेशन कन्सल्टेन्सीले चर्चित हास्य कलाकार जितु नेपाललाई आ.व. २०८२ र २०८३ का लागि पुन ः ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ । गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा आयोजित विशेष कार्यक्रमबीच जितु नेपालले कन्सल्टेन्सीको तर्फबाट ब्रान्ड एम्बेसडरको सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै उनले सही परामर्शको अभावले धेरै नेपाली विद्यार्थीहरू विदेश अध्ययनको यात्रामा दुःख भोग्न बाध्य भएको उल्लेख गर्दै, बिज एजुकेशन कन्सल्टेन्सी जस्ता भरपर्दो संस्थाहरूको भूमिका अझ जिम्मेवारीपूर्वक हुनु आवश्यक रहेको बताए ।उनी भन्छन्, ‘विदेश जान च
चलचित्र ‘कुम्भ’ को प्रदर्शन मिति तय भएको छ। लामो समयदेखि म्युजिक भिडियो निर्देशन र चलचित्र छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र मंसिर १२ गतेदेखि देशभर रिलिजमा आउनेछ। ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्र नेपाली र हिन्दि भाषामा रिलिज हुनेछ। चलचित्रमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि अभिनय रहेको छ।एक्सन विधामा निर्माण गरिएको ‘कुम्भ’ मा नवनायक अशोक आर्यन, बरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेल, साथै अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ।चलचित्रको छायांकन पनि निर्देशक श्र
नेपाली जीवन मुग्लाने जीवन हो। यही मुग्लाने जीवनले नेपालीहरूलाई संसारका कुनाकुनासम्म पुर्याएको छ। नेपालबाहिर रहेका नेपालीहरूले नेपाललाई सधैं पितृभूमिका रूपमा मनमा सजाएका छन्। नेपाली भाषा, संस्कृति र संस्कारले नेपालसँगको साइनो टुट्न दिएका छैनन्। संसारभर पुगेका नेपालीहरूले आ–आफ्नै किसिमका दुःख भोगेका छन्। यस्ता अनेक भोगाइका बीच पनि नेपाल र नेपालीपनाप्रतिको स्नेह कायम छ। राजनीतिक कारणले भुटान छाडेर परिवारसहित नेपाल आएका नर प्रधान (मित्र) ले १७ वर्षअघि नेपाल छाडे र अमेरिका गए। नेपाल आउँदा उनी साढे १० वर्षका थिए। त्यसपछि १६–१७ वर्ष यहीँ बसे; सबै पढाइ, लेखाइ र हुर्काइ नेपालमै भयो। भुटानमा हुँदा
सामाजिक तथा राजनीतिक विमर्शका रूपमा तयार पारिएको नेपाली कथानक नाटक ‘हराएको कुकुर’ यही असार २१ गते शनिबारदेखि मञ्चन गरिने भएको छ । पछिल्लो समय रङ्गमञ्चमलाई मियो बनाइरहेका खोटाङे कलाकार मणि कुलुङ राईको कथा÷निर्देशनमा तयार पारिएको नाटक ‘हराएको कुकुर’ आगामी साउन ४ गतेसम्म मञ्चन गर्ने तयारी गरिएको हो ।खोटाङको रावाबेँसी गाउँपालिका–४ हौँचुरमा जन्मिएर राजधानी काठमाडौँलाई कर्मथलो बनाएर रङ्गकर्मीका रूपमा क्रियाशील कलाकार कुलुङद्वारा निर्देशित नाटक ‘हराएको कुकुर’ सोमबारबाहेक हरेक दिन ४ः०० बजेदेखि मञ्चन हुने बताइएको छ । शुक्रबार, शनिबार र आइतबार भने मध्याह्न १२ः०० बजेदेखि पनि मञ्चन गर्ने तयारी गरिएको निर्
प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को सम्झनामा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’को छायाङ्कन भएको छ । गीतमा वरिष्ठ पत्रकार महेश्वर दाहालले शब्द, केशर कालिकोटेले सङ्गीत र रमण थामीले स्वर दिएका छन्। सामाजिक न्याय, क्रान्तिकारी विचार र मुक्तिको सपना बोकेका इच्छुकको योगदानलाई स्मरण गर्दै यो गीत तयार पारिएको पत्रकार एवं गीतकार दाहालले बताए । उनले भने, 'यो गीत इच्छुकजस्ता अग्रगामी युगदृष्टा पत्रकारप्रतिको श्रद्धा हो । इच्छुकको प्रेरणालाई गीतमार्फत जीवित राख्ने प्रयास गरेका हौँ ।'सङ्गीतकार केशर कालिकोटेले इच्छुकको जीवनबाट प्रभावित भएर सशक्त धुन तयार गरिएको बताए । उनले भने, 'यो गीत कु
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.