पोखरा - गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले हासिल गरेको छ ।पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपिएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए । फाइनलमा आर्मीमाथि एपिएफ हाबी हुँदै ३१–१७ को जित निकाल्दै उपाधि चुमेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात यो नै ह्याण्डबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । उपाधिसँगै एपिएफले १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको आर्मीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।शनिबार सेमीफाइनलसँगै तेस्रो स्थान र फाइनल खेल भएका थिए । सेमीफाइनलमा एपिएफले कोशीप्रदेशलाई २३–२ गोलअन
काठमाडौं - १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आज इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ । मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो।यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ। प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
नेपाली चलचित्र 'ऊनको स्वीटर'ले देशभरका करिब ४० वटा सिनेमा हलहरूमा शनिवार सफलतापूर्वक प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । यो चलचित्रले दर्शकहरूको मन जित्दै बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको हो । नेपाली चलचित्र क्षेत्रमा ५१ दिन प्रदर्शन हुनुलाई ठुलो सफलता मानिन्छ ।विशेष गरी, नेपाली समाजको यथार्थपरक कथावस्तु, सशक्त अभिनय र सुमधुर सङ्गीतका कारण 'ऊनको स्वीटर' दर्शकहरूमाझ लोकप्रिय बनेको छ । यसका निर्देशक नवीन चौहानले सफलताप्रति खुसी व्यक्त गर्दै दर्शक र शुभचिन्तकहरूप्रति आभार प्रकट गरे । उनले यस चलचित्रले पाएको मायाले आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरित गरेको बताए ।'ऊनको स्वीटर'ले ग्रामीण तथा
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र विधेयक २०८१ माथिको पुनरवलोकनका लागि सरोकारवालासँग छलफल गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित छलफलमा राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी सङ्घ तथा अन्य सरोकारवाला सहभागी हुनुभयो । कार्यक्रममा अध्यक्ष दाहालले चलचित्र विधेयकको संवेदनशीलता बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक नेतृत्वले खेल र चलचित्र जस्ता विषयमा ध्यान कम दिने गरेको उल्लेख गर्दै आफूले खेल र चलचित्र क्षेत्रलाई महत्व दिएर अगाडि बढाउन प्रयास गर्दै आएको ब
आगामी भदौको २७ गतेबाट रिलिजमा आउँने फिल्म ‘यो मन त मेरो नेपाली हो’ को आज ट्रेलर सार्वजनिक गरिएको छ । मित्र प्रधानको निर्देशनमा तयार भएको यो फिल्मले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्वलाई देखाउने छ। सार्वजनिक यो फिल्मको ट्रेलरमा नेपाली भाषा र संस्कृति जोगाउनका लागि नेपालीहरूले गरेको संघर्षको कथालाई देखाइएको छ । निर्देशक प्रधानले नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुलाई देखाएको बताए । पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको यो फिल्ममा रोशन श्रेष्ठ, विजय बराल,
गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र 'मालती मंगले'मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । शुक्रवार बराल र राउतसँग निर्माताले कागजी सम्झौता गरेका हुन् ।रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् भने कथा निर्देशक पाण्डेयले रचेका हुन् । यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने छायाङ्कन निर्देशक महेश पौडेल रहेका छन् । विजय बस्यालले पोस्टर डिजाइन गर्नेछन् भने रोमी तण्डुकारले सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, राजेन्द्र थापाको
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को इन्डकल्याप भएको छ । जेठ २२ गतेबाट छायाकंन सुरु गरिएर उपत्यका भित्रका विभिन्न स्थानमा खिचिएको चलचित्रको छायाकंन २५ लगाएर सम्पन्न भएको हो ।‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका हुन् । प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक समेत रहेका चौहानकोको यो डेब्यु सिनेमा हो ।स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्र ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।यो चलचित्
कलाकार दिपकराज गिरी गायिकद्दय एलिना चौहान र समिक्षा अधिकारीको पक्षमा खुलेका छन् ।आफ्नो बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूको तस्विर र नाम सार्बजनिक गरिरहेका गायिकद्दय चौहान र अधिकारीको पक्षमा दिपकराज खुलेका हुन् । उनीहरूको यो अभियानले राम्रो सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा गाली गलौंज गर्ने, अश्लिल कमेन्ट गर्नेबिरूद्द एकजुट भएर सामाना गर्नु पर्ने पनि गिरीले खुलाएका छन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्,यी दुइटै गायीका मलाइ मन पर्ने गायीका हुन् !त्यो मध्य पनि समिक्षाको त म गायकी को मात्रै होइन सूरूदेखि उनको साहसको पनि प्रसंसक हूँ ! सानो उमेरमा नै उनि माथि जुन बज्रपात पर्
सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को टिजर सार्वजनिक भएको छ।बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि टिजर रिलिज गरिएको हो। टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरुको संघर्ष उनीहरुको दुख नेपालमा परिवारको पिढा एउटा समसामयिक विषय देखाइएको छ । फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा ,म्याक्स र नवीन घायलको अभिनय छ।त्यसैगरि विशेष भुमिकामा नीर शाह,गौरी मल्ल,रबिन्द्र खडका, दिक्पाल कार्की उत्तम केसीले अभिनय गरेका छन्। रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र सन्तोष तिवारी (ल
एसवाई इन्टरटेन्टमेन्ट प्रालि तीनकुने काठमाडौंको आयोजनामा फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) सुरु भएको छ ।आयोजक एसवाई बजार नेपालले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कुल दुई करोड वढी राशी पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठूलो व्राण्ड एम्वेसडर हन्ट भएको दावी गरेको छ । पत्रकार सम्मेलनमा आयोजक एसवाई बजार नेपालका निर्देशक विमलराज गोसाईले नेपालकै सवैभन्दा धेरै पुरस्कार पाउने भनिएको मिस नेपालमा २०-२५ लाखको पुरस्कार व्यवस्था भएको तर आफूहरुले गर्न लागेको प्रतियोगितामा कुल मिलाएर दुई करोड बढी रहेको जानकारी गराए ।पव्लिकले नपत्याउने भएकाले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.