पत्रपत्रिका

    Showing 361-370 of 1,267 items.
  • धमाधम बाहिरिँदै राजस्व छलीका अनेक रूप

    बिर्तामोड (आजको राजधानी दैनिकबाट) सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ ।पछिल्लो समय राजस्व छली गर्नेहरूले विभिन्न तरिका अपनाएर सरकारी पक्षलाई झुक्याउने प्रयास गर्दै आएका छन् । तर, राजस्व छलीमा संलग्न तथा शंकास्पद व्यक्ति र फर्महरूमा गरिएको निगरानीकै कारण राजस्व छली गर्नेको पहिचान गर्दै विभिन्न अदालतमा मुद्दा दायर गरी कानुनी दायरामा ल्याउने क्रम बढाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।अनुगमन तथा निगरानीलाई तीव्र बनाएको विभागले अर्कै कम्पनीको नाममा सामान खरिद गरी करोडौं रुपैयाँ राजस्व छल्ने कबाडी व्यापारीमाथि झन्डै ४५ क

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 211 पटक पढिएको
  • हिउँदे अधिवेशनमा विधेयकको चाप

    बिर्तामोड (गोरखापत्र दैनिकबाट ) सङ्घीय संसद्को हिउँदे अधिवेशन मङ्सिर २८ गतेदेखि सुरु हुँदैछ । अघिल्लो अधिवेशन विधायिकी प्रक्रिया अघि बढाउन सङ्घीय संसद् असफल भएको थियो । हिउँदे अधिवेशनमा विचाराधीन विधेयक अघि बढाउने चुनौती छ । सङ्घीय संसद्मा अहिले पनि ५७ विधेयक विचाराधीन छन् ।अघिल्लो अधिवेशनले विधायिकी प्रक्रिया अघि बढाउन सकेको थिएन । एउटा पनि कानुन तर्जुमा नगरी अधिवेशन अन्त्य गरिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को निरन्तरको अवरोधका कारण विधायिकी प्रक्रिया अवरुद्ध भएको थियो । त्यसै कारण अधिवेशन कात्तिक १२ गते अन्त्य गरिएको थियो । तर आउँदो अधिवेशनमा पनि आफ्ना एजेन्डा यथावत रहेको जनाउ

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 172 पटक पढिएको
  • अबदेखि दुबईमा हप्तामा नौवटा उडान हुने

    बिर्तामोड ( आजको गोरखापत्र दैनिकबाट)राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सुरु गरेको छ । आइतबार मात्रै निगमले दुबईका लागि हप्तामा दुई उडान थप गरेको छ । यसअघि हप्तामा सातवटा उडान हुँदै आएकामा अबदेखि नौवटा उडान हुने निगमले जनाएको छ । अर्को उडान बुधबार हुनेछ ।थपिएका उडानको आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमकुमार आलेले उद्घाटन गरेका छन् ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार थपिएका दुई उडान बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने र राति नै फर्किने

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 185 पटक पढिएको
  • एमालेमा ‘काउन्टर महाअभियोग’बारे छलफल

    बिर्तामोड ( आजको राजधानी दैनिकबाट)  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि मात्रै नभएर प्रतिनिधि सभा पुनःस्थापनासहित प्रधानमन्त्री नियुक्तिको परमादेश दिने पाँचै जना न्यायाधीशमाथि महाअभियोग लाग्न सक्ने चर्चा चलेको छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतको सत्तारूढ गठबन्धनभित्र प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने आवाज उठे पनि त्यो सम्भावना क्षीण देखिएको छ ।उता प्रमुख प्रतिपक्षी दल एमालेभित्र भने प्रधानन्यायाधीशमाथि मात्रै नभएर परमादेशको आदेश दिने न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईमाथि समेत महाअभियोग लगाउनुपर्ने आवाज उ

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 180 पटक पढिएको
  • अब माओवादी एमालेकै बाटोमा

    बिर्तामोड (आजको नागरीक दैनिकबाट) नेकपा माओवादी केन्द्र पनि आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ। साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथिदेखि तलसम्मका सबै तहमा बहुपदीय संरचनामा जाने भएको हो।माओवादी केन्द्र वडा र गाउँपालिकामा सोही विधानअनुसार बहुपदीय संरचनामा गएको छ भने आउँदो मंसिर २५ गते हुने प्रदेशस्तरीय सम्मेलनबाट सो तहमा पनि बहुपद लागु गर्ने भएको छ।त्यसैगरी महाधिवेशनबाट केन्द्रीय संरचनामा पनि बहुपदीय व्यवस्था हुने भएको छ। विधानमा भएको व्यवस्थाअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी बहुपदीय संरचनामा जानेछ।केन्द्रीय र प्रदेश संरच

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 198 पटक पढिएको
  • गठबन्धनको समझदारी : निकासका लागि जबराको बहिर्गमन

    काठमाडौँ /  सर्वोच्च अदालतमा पाँच सातादेखि जारी गतिरोध अन्त गर्न सत्ता गठबन्धनले गृहकार्य सुरु गरेको छ । सर्वोच्च अदालतका १९ जना न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र नेपाल बारले एक स्वरले राजीनामा माग्दा पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पछि हट्न तयार नभएपछि उनको बहिर्गमनका लागि सत्तारूढ गठबन्धनले पहल सुरु गरेको हो ।न्यायालयको नेतृत्व प्रतिष्ठित र सम्मानित जिम्मेवारी हो तर जबराले जस्तोसुकै सार्वजनिक आलोचना सहेर पनि पदमा बस्ने हठ लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग डेढ घण्टा

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 193 पटक पढिएको
  • राउटे समुदायमा महिला बढी

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको पनि जनगणना गरिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–३ कारागाउँमा बस्दै आइरहेका राउटे समुदायको पनि जनगणना गरिएको हो ।कारागाउँमा बस्दै आइरहेका उनीहरुले शुरुमा जनगणना गराउन मानेका थिएनन् तर पछि भने जनगणना गराउन राजी भएका थिए । २०७८ सालको प्रारम्भिक जनगणना गर्दा उनीहरुको संख्या १ सय ४५ पुगेको छ । पुरुष ६९ जना र महिला ७६ गरी जम्मा १ सय ४५ राउटे रहेका छन् भने ४८ घरधुरी रहेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिए ।उनका अनुसार गणक टोलीले राउटे बस्तीमा दुई दिन लगाएर जनगणना गरेको हो

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 183 पटक पढिएको
  • नेपाली चियामा लगाइएको भारतीय अवरोध सुल्झियो

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट)नेपाली चिया निकासीमा भारतीय पक्षले गरेको गैरभन्सार अवरोधले तत्कालका लागि निकास पाएको छ । नेपालले चालेको कूटनीतिक पहलमार्फत काँकडभिट्टा नाकाबाट चिया निर्यात सुचारू भएको हो ।भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलका अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय सरोकारका निकायमा कूटनीतिक पहल गरिएको थियो । भारतीय पक्ष सहमत भएपछि काँकडभिट्टा नाकामा रोकिएको १८ ट्रक चिया भारततर्फ निकासी भएको छ ।नेपालबाट हुने चिया आयातमा अवरोध नगर्न भारतीय पक्ष तयार भएपछि चिया निर्यात भइरहेको मेची भन्सार कार्यालयले बताएको छ । गत मंगलवारदेखि चिया निकासी सुचारू भएको र अहिले दै

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 179 पटक पढिएको
  • कति खतरनाक छ कोरोनाको ओमिक्रोन भेरियन्ट ?

    बिर्तामोड (अन्नपूर्ण पोस्ट दैनिकबाट)डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो।​ ओमिक्रोन (बी.१.१.५२९) लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ।दक्षिण अफ्रिकामा बुधबार मात्र यसको पहिलो केस पत्ता लागेको थियो। त्यसको नमुना गत कात्तिक २३ गते संकलन गरिएको थियो। डब्लूएचओले यसलाई ‘ओमिक्रोन’ नाम दिएको छ। एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने हुँदा सम्भावित प्रभावबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। चार दिनको अवधिमा अफ्रिकासहित हङकङ,

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 184 पटक पढिएको
  • कांग्रेसको १४औं महाधिवेशनः तयारी तीव्र

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन तयारी मूल समितिले आफ्नो गृहकार्यलाई तीव्र बनाएको छ । महाधिवेशन आउन १२ दिनमात्रै बाँकी रहँदा महाधिवेशनका लागि गठित समितिले आफ्नो तयारीलाई उच्चस्तरमा अगाडि बढाएको हो । महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्नका लागि प्रधानमन्त्रीसमेत रहे​का काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा गठित महाधिवेशन तयारी मूल समितिले उपसमितिहरूसँगको समन्वयमा महाधिवेशनको तयारी तीव्र बनाएको हो ।गृहमन्त्री एवम् महाधिवेशन तयारी मूल समितिका सदस्य बालकृष्ण खाणले महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टीपङ्क्ति खट

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 186 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.