पत्रपत्रिका

    Showing 461-470 of 1,254 items.
  • तराई र पहाडी क्षेत्रमा २० प्रतिशत धानबाली क्षति

     काठमाडौं  (अन्नपूर्ण पोस्ट दैनिक बाट )। बेमौसमी वर्षाले तराई भेग तथा पहाडी क्षेत्रमा २० प्रतिशतसम्म धानबाली क्षति भएको छ। देशभर यसवर्ष करिब १५ लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो। नेपाल कृषि अनुसन्धान परिषद्का राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. भानु पोखरेलका अनुसार कुल बालीको करिब १५–२० प्रतिशतसम्म क्षति भएको प्रारम्भिक अनुमान गएिको छ।अझै लगातार पानी परिरहेकाले थप क्षति हुन सक्ने उनको अनुमान छ। कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले विगतका वर्षभन्दा यसपटक धान रोप्ने मौसम राम्रो भएकाले ९८.३३ प्रतिशतको हाराहारीमा रोपाइँ भएको जनाएको छ। तर, धान भित्र्याउनुअघि नै अधिकां

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 117 पटक पढिएको
  • मुलुकभर अवरुद्ध भएका १४ सडक खुलाइँदै

     काठमाडौं  ( गोरखापत्र दैनिक बाट )। विगत केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरि १४ वटा सडक अवरुद्ध भएका छन् । अनपेक्षित रूपमा सुरु भएको वर्षाले आवश्यक तयारीको अभावमा समेत राजमार्ग तथा सडकमा ठूलो क्षति पुर्याएको सडक विभागले जनाएको छ ।सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडक विभागको रेकर्डमा कात्तिक महिनामा वर्षाका कारण राजमार्ग तथा सडकमा यति ठूलो मात्रामा क्षति पुगेको पहिलो पटक भएको जानकारी दिए ।वर्षाका कारण जयपृथ्वीबहादुर सिंह मार्गको खोर्पेदेखि बझाङसम्म, सेती राजमार्गको डडेल्धुराबाट डोटी जाने सडक ठाउँठाउँमा अवरुद्ध भएको महानिर्देशक थापाले जानकारी दिए । त्यसैगरी उनले साँफेबग

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 216 पटक पढिएको
  • नेकपा एमाले महाधिवेशनको तयारीमा

     काठमाडौं (अन्नपूर्ण पोस्ट दैनिकबाट )। विधान महाधिवेशन सकेर नेकपा एमाले नेतृत्व चयनतर्फ केन्द्रीत भएको छ ।एमालेले कात्तिक ६ गतेदेखि वडाबाट महाधिवेशन सुरु गर्ने भएको छ । कात्तिक ९ मा स्थानीय तह (गाउँ/नगरपालिका) को अधिवेशन गर्ने जनाइएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा र पालिका अधिवेशनको उद्घाटन गर्ने भएका छन् ।एमालेको १०औं महाधिवेशन मंसिर १०, ११ र १२ गते बुटवलमा गर्ने घोषणा गरिएको छ ।  

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 109 पटक पढिएको
  • रक्सी पिएर हल्ला गरेको भन्दै विकलाई कुटेर मारियो

    चितवन   (अन्नपूर्ण पोस्ट दैनिक बाट )। मानौं, कसैले रक्सी पिएर हल्ला गर्‍यो भने पिट्न पाइन्छ ? त्यसमा पनि ज्यानै जाने गरी । चितवनमा यस्तै घटना भएको छ। दुई जनाको ‘हेपाहा पिटाइ’ बाट एक दलितको ज्यान गएको केही दिन भइसकेको छ, प्रहरी र समाज भने यसलाई सामान्य रूपमा लिइरहेका छन्। उनीहरू हल्का रूपमा भन्छन्, ‘रक्सी पिएर हल्ला गरेछ। यसो पिटेको खुत्रुक्कै गएछ।’दसैंको नवमीका दिन घर नजिकैको बजार निस्केका थिए, ५८ वर्षीय भीमबहादुर विक। करिब डेढसय मिटर परको चोकबाट तरकारी लिएर आउँछु भनी गएका उनी फर्किएनन्। तरकारी त आएन–आएन, भीमबहादुरको जिन्दगी पनि आएन। प्रतीक्षाकैबीच करिब डेढ घण्टामा आफ्ना श्रीमान् कुट

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 128 पटक पढिएको
  • डेढ महीनामा चालक अनुमतिपत्रको कार्ड आइपुग्ने

     काठमाडौं   (आर्थिक अभियान दैनिकबाट )। लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महीनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर) मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन ।‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरीद गरिएको र कार्ड अर्को कम्पनीबाट खरीद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले बताएको छ । अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन भनिएको महानिर्देशक नमराज घिमिरेले बताए । ‘कम्पनीसँग कार्ड ल्याउने विषयमा कुराकानी भइरहेको छ,’ उनले भने ।चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख आउनुपर्ने विभागले बताएको छ । विभागले

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 109 पटक पढिएको
  • तिहारपछि सबै विद्यालय पूर्ण रुपमा खुल्ने

    बिर्तामोड (गोरखापत्र दैनिक) महिला बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले कोरोना कहरले विद्यार्थीको पढाइमा गम्भीर रूपमा प्रभावित भएको भन्दै दशैं तिहारपछि पूर्ण रूपमा विद्यालय खुल्ने बताइन् ।नेपाल प्रेस युनियन चितवनले मङ्गलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्वास्थ्य मापदण्ड अवलम्बन गरेर विद्यालय सञ्चालन गर्न सरकारले पहल सुरु गरिसकेको जानकारी दिइन् ।अनलाइन शिक्षा सहरी क्षेत्रमा प्रभावकारी भए पनि ग्रामीण क्षेत्रमा यसको प्रभावकारिता नभएको उनको बुझाइ छ ।उनले स्कुले बालबालिकालाई जतिसक्दो चाँडो कोरोनाविरुद्धको खोप दिन सरकार प्रतिबद्ध रहेको जनाइन् ।“खोपका लागि स्वाथ्य मन्त्र

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 136 पटक पढिएको
  • देउवाको व्यस्तताले ओझेलमा कांग्रेस महाधिवेशन

    काठमाडौं  / नेपाली कांग्रेसले सत्ताको नेतृत्व लिएपछि कांग्रेसको १४औं महाधिवेशन ओझेलमा परेको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा व्यस्त हुँदै गएपछि कांग्रेसको निर्धारित महाधिवेशन ओझेलमा पर्दै गएको हो ।प्रधानमन्त्री देउवाले सत्ताको किचलो र मन्त्रिपरिषद् विस्तारमा समय लागेपछि पार्टीका काममा समय दिन सकेका छैनन् । कहिले दल विभाजन अध्यादेश किचलो त कहिले सोही अध्यादेश फिर्ता गर्नुपर्ने गठबन्धनकै अडानका कारण सरकार विस्तार ढिला हुँदा प्रधानमन्त्री देउवा पार्टीका काममा भन्दा बढी सरकार र गठबन्धनका काममा अल्झँदै आएका थिए । जसका कारण कांग्रेसल

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 138 पटक पढिएको
  • बैंकले धितो लिलामी गर्ने प्रक्रियामा कडाइ

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले गर्ने खराब ऋणीहरूको धितो लिलामी प्रक्रियालाई कडाइ गरेको छ । सोमबार एकीकृत निर्देशन–२०७७ संशोधन बैंकहरूले भाखा नाघेको ६ महिनापछि मात्र लिलामीको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरेको हो ।बैंकहरूले मनलाग्दी रूपमा ऋणीहरूको धितो लिलामी गर्ने गरेको गुनासो बढेसँगै राष्ट्र बैंकले लिलामी प्रक्रियालाई कडाइ गरेको हो । यसअघि राष्ट्र बैंकले कोभिड–१९ को महामारी रोक्न गरिएको निषेधाज्ञा अवधिभर लिलामी नगर्न बैंकहरूलाई निर्देशन नै दिएको थियो ।सोमबारको निर्देशनअनुसार अब बैंकहरूले एक वर्षभन्दा बढी अवधिको कर्जा असुलीका लागि सार्वजनिक सूचना तथा धितो लि

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 131 पटक पढिएको
  • रुपन्देही गोली काण्डः अतिक्रमणकारीलाई नछाड्ने गृहको चेतावनी

    रूपन्देही / रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ। गृह मन्त्रालयमा गृहमन्त्रीसहितको उपस्थितिमा भएको सुरक्षा बैठकले मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जाको प्रयास गरेको निष्कर्ष निकाल्दै सुरक्षाकर्मीलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको हो।बैठकले वास्तविक सुकुमबासीभन्दा पनि विभिन्न जिल्लाबाट आएका अतिक्रमणकारीले सो क्षेत्रमा टहरा बनाएर सरकारी जग्गा कब्जाको प्रयास गरेको निष्कर्ष निकालेको छ। मन्त्रालयका उपसचिव तथा सहायक

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 122 पटक पढिएको
  • ६ दर्जन व्यावसायिक फर्ममाथि कारबाही

    काठमाडौँ / चाडपर्व नजिकिँदै जाँदा बजारमा उपभोक्ता ठगीका घटना बढेका छन्। दसैंको पूर्वसन्ध्यामा खाद्यान्न, लत्ताकपडा, फलफूल लगायत वस्तुको बिक्रीमा उपभोक्ता ठगिएका हुन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा उच्च मूल्य लिने, गुणस्तरहीन वस्तु बिक्री गर्ने लगायत कैफियत भेटिएपछि ६ दर्जन व्यावसायिक फर्म कारबाहीमा परेका छन्।  यो एक साताको अवधिमा उपभोक्ता ठगी गर्ने ७२ व्यावसायिक फर्मलाई पाँच लाख ६५ हजार रूपैयाँ जरिवाना गरेको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए। चाडपर्वको मौका छोपी मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिएको विभागले जनाएको

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 136 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा