पत्रपत्रिका

    Showing 481-490 of 1,267 items.
  • बैंकले धितो लिलामी गर्ने प्रक्रियामा कडाइ

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले गर्ने खराब ऋणीहरूको धितो लिलामी प्रक्रियालाई कडाइ गरेको छ । सोमबार एकीकृत निर्देशन–२०७७ संशोधन बैंकहरूले भाखा नाघेको ६ महिनापछि मात्र लिलामीको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरेको हो ।बैंकहरूले मनलाग्दी रूपमा ऋणीहरूको धितो लिलामी गर्ने गरेको गुनासो बढेसँगै राष्ट्र बैंकले लिलामी प्रक्रियालाई कडाइ गरेको हो । यसअघि राष्ट्र बैंकले कोभिड–१९ को महामारी रोक्न गरिएको निषेधाज्ञा अवधिभर लिलामी नगर्न बैंकहरूलाई निर्देशन नै दिएको थियो ।सोमबारको निर्देशनअनुसार अब बैंकहरूले एक वर्षभन्दा बढी अवधिको कर्जा असुलीका लागि सार्वजनिक सूचना तथा धितो लि

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 205 पटक पढिएको
  • रुपन्देही गोली काण्डः अतिक्रमणकारीलाई नछाड्ने गृहको चेतावनी

    रूपन्देही / रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ। गृह मन्त्रालयमा गृहमन्त्रीसहितको उपस्थितिमा भएको सुरक्षा बैठकले मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जाको प्रयास गरेको निष्कर्ष निकाल्दै सुरक्षाकर्मीलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको हो।बैठकले वास्तविक सुकुमबासीभन्दा पनि विभिन्न जिल्लाबाट आएका अतिक्रमणकारीले सो क्षेत्रमा टहरा बनाएर सरकारी जग्गा कब्जाको प्रयास गरेको निष्कर्ष निकालेको छ। मन्त्रालयका उपसचिव तथा सहायक

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 192 पटक पढिएको
  • ६ दर्जन व्यावसायिक फर्ममाथि कारबाही

    काठमाडौँ / चाडपर्व नजिकिँदै जाँदा बजारमा उपभोक्ता ठगीका घटना बढेका छन्। दसैंको पूर्वसन्ध्यामा खाद्यान्न, लत्ताकपडा, फलफूल लगायत वस्तुको बिक्रीमा उपभोक्ता ठगिएका हुन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा उच्च मूल्य लिने, गुणस्तरहीन वस्तु बिक्री गर्ने लगायत कैफियत भेटिएपछि ६ दर्जन व्यावसायिक फर्म कारबाहीमा परेका छन्।  यो एक साताको अवधिमा उपभोक्ता ठगी गर्ने ७२ व्यावसायिक फर्मलाई पाँच लाख ६५ हजार रूपैयाँ जरिवाना गरेको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए। चाडपर्वको मौका छोपी मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिएको विभागले जनाएको

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 209 पटक पढिएको
  • देउवाको पछिल्लो रणनीति : पौडेल समूह फुटाउने, कोइराला परिवार फकाउने

    वरिष्ठ नेता पौडेलनिकट डोबाटे विश्वकर्मा गण्डकी प्रदेशमा सोमबार मन्त्री नियुक्त भएका छन् । उनलाई मन्त्री बनाउने मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल महामन्त्री शशांक कोइरालानिकट हुन् । तर यसको जस भने प्रधानमन्त्री देउवाले लिएका छन् ।काठमाडौँ  / मन्त्रिपरिषद्लाई पूर्णता दिएको भोलिपल्ट (शनिबार) स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले छोटो बोले, तर अत्यन्त विचार पुर्‍याएर । उनको भनाइ थियो– मन्त्रिपरिषद् विस्तारमा महत्त्वपूर्ण ‘साथीहरू’ छुटेका छन्, उनीहरूलाई आगामी दिनमा समेटिनेछ ।कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्रीको भनाइबाट मन्त्री हुने चाहना पू

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 222 पटक पढिएको
  • न्याय माग्दै हिरासतभित्रै आमरण अनशन

    बाँके / अधिकारकर्मी रुबी खान प्रहरी हिरासतमा आमरण अनशन बसेकी छन् । न्यायको अपिल गर्दै पैदलै काठमाडौं पुगेकी उनलाई माइतीघरबाट धर्नामा बसेका बेला गत शुक्रबार प्रहरीले पक्राउ गरी भोलिपल्ट नेपालगन्ज ल्याएको थियो । उनलाई बहुविवाहको मुद्दामा अदालतको आदेशले पक्राउ गरिएको प्रहरीको दाबी छ ।बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै महिला अधिकार मञ्चकी रुबीलगायत १४ जनाको टोली २० दिन हिँडेर काठमाडौं पुगेका थिए । जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार बयानका लागि उपस्थित गराइएकी उ

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 300 पटक पढिएको
  • प्रधानन्यायाधीशलाई राजदूतमा पनि भाग!

     काठमाडौं( नागरिक दैनिक बाट) //प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा. तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन्। ‘उहाँले मन्त्रीमात्र होइन, राजदूतमा पनि भाग खोजिरहनुभएको छ। डा. तिलक रावललाई राजदूत बनाउनुपर्ने उहाँको प्रस्ताव छ’, बालुवाटार निकट स्रोतले भन्यो। पूर्वगभर्नर रावल मधेसवादी दलका तर्फबाट संविधानसभा सदस्य बनेका थिए।केपी ओली नेतृत्वको सरकारका पालामा संवैधानिक निकायमा आफ्ना मान्छे राख्न दबाब दिएका प्रधानन्यायाधीश राणाले अहिले पनि त्यही शैलीमा दबाब

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 219 पटक पढिएको
  • एमालेको अध्यक्ष पदमा केपीविरुद्ध घनश्यामको उम्मेदवारी

     काठमाडौं ( राजधानी दैनिकबाट )। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव घनश्याम भुसालले अगामी १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गरेका छन् ।विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै उपमहासचिव भुसालले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेवारी दिने संकेत गरेका हुन् ।‘हाम्रो पार्टीको विधानमै स्पष्ट व्यवस्था छ । केन्द्रीय कमिटीको पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षमा उम्मेदवारी दिन पाउँछ,’ उनले भने ।हालै सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेर हदम्यादको व्याख्या गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष हुन सहज

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 185 पटक पढिएको
  • कोरोनाका दुवै मात्रा खोप प्रभावकारी

    बिर्तामोड(आजको गोरखापत्र दैनिकबाट) रकोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाएकामा खोपको प्रभाव बढिरहेको पाइएको छ । कोरोना सङ्क्रमण भएका सहभागीमध्ये लक्षण नदेखिएका सहभागीको अनुपातमा जटिल लक्षण देखिएका व्यक्तिमा एन्टिबडी विकसित भएको अध्ययनले देखाएको छ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा कोरोनाविरुद्धको खोप लगाई शरीरमा एन्टिबडी विकास भएकाको सङ्ख्यालाई विश्लेषण गर्दा खोप लगाएको समय बढ्दै जाँदा एन्टिबडी विकसित भएकाको सङ्ख्या घट्दै गएको पाइएको छ ।परिषद्का सदस्य–सचिव डा. प्रदीप ज्ञवालीले कोरोना सङ्क्रमण भई निको भएका तथा खोप लगाएका अधिकांश जनसङ्ख्यामा कोरोनाविरुद्धको एन्टिबडी विकसित भए

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 182 पटक पढिएको
  • एक दिनमै एक करोडभन्दा बढीको खसीबोका विक्री

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि सहुलियत मूल्यमा पहिलो दिनमै १ करोडभन्दा बढीको खसीबोका विक्री गरेको छ । दशैंका लागि २ हजार खसीबोका विक्री गर्ने लक्ष्य राखेर कम्पनीले काठमाडौंस्थित आफ्नो कार्यालयबाट शनिवारदेखि सुपथ मूल्यमा खसीबोकाको विक्री शुरू गरेको हो ।कम्पनीले शनिवार पहिलो दिनमै १ करोड ६४ हजार रुपैयाँ बराबरका ६ सय २५ ओटा खसीबोका विक्री गरेको हो । यस वर्ष जिउँदो खसीबोकाको बजार मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ तोकिएको छ । कम्पनीले उक्त मूल्यमा १० रुपैयाँ छूट दिएर प्रतिकिलो ६ सय ४० रुपैयाँमा विक्री गरिरहेको छ ।कम्पनीले पहिलो

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 196 पटक पढिएको
  • अरुण तेस्रो आयोजनालाई पूँजी वृद्धि गर्न अनुमति

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) नेपाल सरकारले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा थप ६२ अर्ब २६ करोड लगानी ल्याउन प्रवर्द्धक कम्पनीलाई अनुमति दिएको छ । लगानी बोर्डको शनिवार बसेको बैठकले उक्त आयोजनाको प्रवद्र्धक एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीलाई त्यस बराबरको पूँजी वृद्धि गर्न अनुमति दिएको हो ।संखुवासभा जिल्लामा निर्माणधीन उक्त आयोजना भारत सरकार स्वामित्वको सतलज जलविद्युत् कम्पनीले बनाइरहेको छ । उक्त कम्पनीले नेपालमा एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी स्थापना गरेर आयोजना बनाइरहेको हो ।आयोजनामा नेपाल र भारतका ६ बैंकले १ खर्ब १ अर्ब ६० करोड ९भारू ६३ अर्ब ५० करो

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 181 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.