पत्रपत्रिका

    Showing 481-490 of 1,254 items.
  • बाँदरको आतंक : खेतीपाती मात्र होइन, भान्साकोठामा पकाएको खानासमेत खोसेर खान थाले

    बिर्तामोड / गोरखापत्र दैनिकबाट र बाँदरले खेतीपाती नास गरेर गाउँमा आतङ्क मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिकाको वडा नम्बर ५, ६, ८ र १० का एक हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित भएका छन् । भारतबाट नेपाली सिमानाका झुलाघाटमा छोडिएका बाँदरले खेतीपाती मात्र होइन, भान्साकोठामा पकाएको खानासमेत खोसेर खान थालेपछि दशरथचन्द नगरपालिका–८, धौल्याली गाउँका टेकराम टमाटा, चन्द्री टमाटा र शिवराम टमाटा लगायत दर्जनौँ परिवार भारत पलायन भएका हुन् ।बाँदर आतङ्कका कारण दशरथचन्द नगरपालिका–५,को पल्लाचौडाली वडा नम्बर ८ को धौल्याली, साङडी, पुजरगाउँ र वडा नम्बर १० को भटाला, झाका, बुड्डा, खडेनी, तिर, लगायतका गा

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 168 पटक पढिएको
  • खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी

    बिर्तामोड  (नागरिक दैनिकबाट) नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्यांक सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा एन्टिबडी ८२ प्रतिशत छ भने पहिलो डोज लगाएकाहरूमा ५५ प्रतिशतमा एन्टिबडी पाइएको छ। गत जेठ १७ देखि असार २५ को अवधिभित्र रगतको नमुना संकलन गरी शरीरमा एन्टिबडीको स्तर हेर्ने उद्देश्यले अनुसन्धान गरिएको थियो।अध्ययनमा १७ सय ९६ जनालाई सहभागीको नमुना संकलन गरिएको थियो। अध्ययनले खोप नलगाएका ४३र९ प्रतिशतमा एन्टिब

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 112 पटक पढिएको
  • दूध बोक्ने सवारीलाई छुट्टै लोगो

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलव्ध हुने प्रतीक चिह्न (लोगो) सहज हुने सरोकारावालाले बताएका छन् । बन्द, हड्ताल, बन्दाबन्दीलगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परेपनि विभिन्न बहानामा रोकावट भइरहेकोमा लोगोको प्रयोगबाट समस्या निराकरण हुने विचार सरोकारवालाले व्यक्त गरेका छन् ।अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुनाले राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि प्रतीक चिह्न ९लोगो० तयार गरी ढुवानी साधनमा प्रगोग गर्न सुरु गरेको छ । दूध ढुवानी गर्ने गाडीको छुट्टै पहिचान नभएकाले बिना कारण वि

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 118 पटक पढिएको
  • मुलुकको विकासको जिम्मा महिला मन्त्रीको काँधमा

     काठमाडौं (नागरिक दैनिकबाट )। विकासका प्रमुख पाँच खम्बाको रुपमा सडक, सहरी विकास, जलविद्युत्, सिँचाइ तथा खानेपानीलाई लिइन्छ। पूर्वाधार विकासबाट नै मुलुकको विकास र समृद्धि सम्भव छ। त्यही पूर्वाधार निर्माण गर्ने प्रमुख मन्त्रालयको नेतृत्व गर्ने जिम्मा अहिले महिला मन्त्रीको काँधमा आएको छ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र सहरी विकासमन्त्री रामकुमारी झाँक्री भएका छन्।यी विकासे मन्त्रालय मानिन्छन् । संविधानमा हरेक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत सुनिश्चित हुनुपर्ने व्यवस्था भए

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 163 पटक पढिएको
  • गैरसांसदलाई मन्त्री बनाउनु लोकतन्त्र मास्ने षडयन्त्र

     काठमाडौं ( राजधानी दैनिकबाट )। संविधानविद्, राजनीतिकर्मी तथा नागरिक समाजमा विभिन्न अगुवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएर लोकतन्त्र मास्ने षड्यन्त्र गरेको बताएका छन् ।देउवाले शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा प्रधानन्यायधीश चोलेन्द्रशमसेर जबराको कोटाबाट गैरसांसद रहेका राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि सर्वत्र विरोध भएको छ ।प्रधानमन्त्रीको यस्तो कार्यले लोकतन्त्र समाप्त हुन सक्ने चेतावनी समेत नागरिक अगुवा र कानूनविद्हरूले दिएका छन् । प्रधानमन्त्री देउवाको सो कार्यको उनकै पार्टी कांग्रेसभित्र समेत तीव्र विरोध र आलोचना भएको छ ।नेपाली कां

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 103 पटक पढिएको
  • समावेशी बन्न सकेन देउवा सरकार

      काठमाडौं  ( राजधानी दैनिकबाट )। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो ।देउवाको नेतृत्वमा गत २९ असारमा सरकार गठन भएको थियो । ८८ दिनमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । तर, देउवाले विस्तार गरेको मन्त्रिपरिषद् समावेशी छैन ।देउवा सरकारमा खस आर्य समुदायकै बाहुल्य रहेको देखिन्छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा खस÷आर्य समुदायबाट प्रधानमन्त्रीसहित ११ जना मन्त्री रहेका छन् ।

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 134 पटक पढिएको
  • न्याय माग्दा प्रहरीको धरपकड

    काठमाडौं (कान्तिपुर दैनिकबाट )। न्याय माग्दै नेपालगञ्जदेखि पैदलै संघीय काठमाडौं आएर रिले अनशन बसेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा शुक्रबार अनिश्चितकालीन रिले अनशन थालेका उनीहरूलाई साँझ प्रहरीले धरपकड गर्दै लिएर गएको हो ।बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रहरी–प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै उनीहरू बुधबार काठमाडौं आइपुगेका हुन् । घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने माग केन्द्र सरकारसँग राख्न काठमाडौं आउनुपरेको उनीहरूको भनाइ छ । टोलीमा ११ महिलासहित १४ जना छन्

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 98 पटक पढिएको
  • लामो समय कम्प्युटरमा काम गर्दा यस्ता समस्या देखिन सक्छ

     काठमाडौं (गोरखापत्र दैनिकबाट )। कम्प्युटरमा बसेर काम गर्दा कतै तपाईंको बसाइ स्थिति एवं बस्ने आसन त मिलेको छ ? यदि मिलेको छैन भने ढाड, गर्धन अथवा हात दुख्ने समस्या आउन सक्ने चिकित्सकको भनाइ छ । अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीले यस्तो समस्या आउँछ । पछिल्लो समय धेरै नेपालीमा ढाड, हात, गर्धन दुख्ने समस्या बढ्दै गएको नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका फिजियोथेरापिस्ट डा. विजयकुमार झाले जानकारी दिए । दैनिक यस्तो समस्या लिएर २५ देखि ३० जना बिरामी अस्पतालमा आउने उनले बताए।उनले भने, “कसैकसैलाई हिँड्न, डुल्न तथा उठ्न, बस्न समेत गाह्रो हुन्छ । कोहीलाई एउटै अवस्थामा लामो समय काम गर

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 133 पटक पढिएको
  • ब्रिटेनले नेपाललाई रातो सूचीबाट हटायो

     काठमाडौं  (कान्तिपुर दैनिकबाट )। बेलायतले कोभिड भाइरस नियन्त्रणका लागि यात्रा प्रतिवन्धित मुलुकहरुको सूची (रेड लिस्ट) बाट नेपाललाई हटाएको छ । ब्रिटिस सरकारले बिहीबार एक सूचना जारी गर्दै परिवर्तित नियम आउँदो ११ अक्टोबर सोमबार बिहान ४ बजेदेखि लागू गरिने जनाएको छ ।यसअघि नेपाल लगायत ५४ वटा मुलुक बेलायत सरकारको ‘रेड लिस्ट’ मा थिए । सरकारले अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र द डोमिनिकन रिपब्लिक गरि ७ मुलुक मात्रै ‘रेड लिस्ट’ मा रहने घोषणा गरेको छ ।ब्रिटिस यातायात मन्त्री ग्रान्ट साप्सले नयां नियमहरु ब्रिटेनमा अन्तर्राष्ट्रिय यात्रा खुला गर्ने दिशामा ‘एउटा नयाँ पाइला’

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 116 पटक पढिएको
  • देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक लगानी बोर्डको बैठक

     काठमाडौं  (गोरखापत्र दैनिकबाट )// लगानी बोर्डको ४८औँ बैठक आज बस्ने भएको छ ।बोर्डका अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि पहिलो पटक बोर्डको बैठक बस्न लागेको हो । प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ ।बोर्डकोे यो बैठकमा विभिन्न जलविद्युत् आयोजनाको लगानी स्वीकृति, पुँजी वृद्धि, वित्तीय व्यवस्थापनका ढाँचा स्वीकृतिको विषय रहेका छन् ।बोर्डका अनुसार दोलखाको जुमखोला जलविद्युत् आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत् आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका विषयहरूले बैठकमा प्रवेश पाउने भएको छ ।बोर्ड

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 101 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा