पत्रपत्रिका

    Showing 501-510 of 1,267 items.
  • लामो समय कम्प्युटरमा काम गर्दा यस्ता समस्या देखिन सक्छ

     काठमाडौं (गोरखापत्र दैनिकबाट )। कम्प्युटरमा बसेर काम गर्दा कतै तपाईंको बसाइ स्थिति एवं बस्ने आसन त मिलेको छ ? यदि मिलेको छैन भने ढाड, गर्धन अथवा हात दुख्ने समस्या आउन सक्ने चिकित्सकको भनाइ छ । अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीले यस्तो समस्या आउँछ । पछिल्लो समय धेरै नेपालीमा ढाड, हात, गर्धन दुख्ने समस्या बढ्दै गएको नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका फिजियोथेरापिस्ट डा. विजयकुमार झाले जानकारी दिए । दैनिक यस्तो समस्या लिएर २५ देखि ३० जना बिरामी अस्पतालमा आउने उनले बताए।उनले भने, “कसैकसैलाई हिँड्न, डुल्न तथा उठ्न, बस्न समेत गाह्रो हुन्छ । कोहीलाई एउटै अवस्थामा लामो समय काम गर

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 202 पटक पढिएको
  • ब्रिटेनले नेपाललाई रातो सूचीबाट हटायो

     काठमाडौं  (कान्तिपुर दैनिकबाट )। बेलायतले कोभिड भाइरस नियन्त्रणका लागि यात्रा प्रतिवन्धित मुलुकहरुको सूची (रेड लिस्ट) बाट नेपाललाई हटाएको छ । ब्रिटिस सरकारले बिहीबार एक सूचना जारी गर्दै परिवर्तित नियम आउँदो ११ अक्टोबर सोमबार बिहान ४ बजेदेखि लागू गरिने जनाएको छ ।यसअघि नेपाल लगायत ५४ वटा मुलुक बेलायत सरकारको ‘रेड लिस्ट’ मा थिए । सरकारले अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र द डोमिनिकन रिपब्लिक गरि ७ मुलुक मात्रै ‘रेड लिस्ट’ मा रहने घोषणा गरेको छ ।ब्रिटिस यातायात मन्त्री ग्रान्ट साप्सले नयां नियमहरु ब्रिटेनमा अन्तर्राष्ट्रिय यात्रा खुला गर्ने दिशामा ‘एउटा नयाँ पाइला’

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 189 पटक पढिएको
  • देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक लगानी बोर्डको बैठक

     काठमाडौं  (गोरखापत्र दैनिकबाट )// लगानी बोर्डको ४८औँ बैठक आज बस्ने भएको छ ।बोर्डका अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि पहिलो पटक बोर्डको बैठक बस्न लागेको हो । प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ ।बोर्डकोे यो बैठकमा विभिन्न जलविद्युत् आयोजनाको लगानी स्वीकृति, पुँजी वृद्धि, वित्तीय व्यवस्थापनका ढाँचा स्वीकृतिको विषय रहेका छन् ।बोर्डका अनुसार दोलखाको जुमखोला जलविद्युत् आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत् आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका विषयहरूले बैठकमा प्रवेश पाउने भएको छ ।बोर्ड

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 165 पटक पढिएको
  • ‘बदनियत नराखिए अवहेलना होइन’– सर्वोच्च अदालत

     काठमाडौं ( नागरिक दैनिक बाट )। सर्वोच्च अदालतले सञ्चारमाध्यममा सही नियतले न्याय सम्पादनमा असर नपारी अदालती गतिविधिको विषयमा गरिएका रिपोर्टिङले अवहेलना नभई जनताको न्यायमा पहुँच बढाउने व्याख्या गरेको छ। डा। गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सही नियतले अदालतका गतिविधिबारे लेख्ने पत्रकारले जनताको न्यायमा पहुँच बढाउने व्याख्या गरेको हो।न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउतको बृहत पूर्ण इजलासले २०७६ माघ २३ मा गरेको फैसलाको पूर्ण पाठ मंगलबार सार

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 174 पटक पढिएको
  • कोरोनाविरुद्धको खोपः सवा तीन करोड मात्रा नेपाल भित्रिंदै

     काठमाडौँ (गोरखापत्र दैनिकबाट )। केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ ।विभिन्न देशबाट विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोपमध्ये फाइजर, कोभिसिल्ड, भेरोसेल खोप केही दिनभित्रै नेपाल भित्रिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, “केही दिनभित्रै कोभिसिल्ड आउने छ । अरू कम्पनीको खोप पनि आउँदैछन् ।”मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले सवा

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 184 पटक पढिएको
  • चाडवाड नजिकिएसंगै बजारभाउ आकाशियो

     काठमाडौं    (अन्नपूर्ण पोस्ट दैनिकबाट )। हिन्दु नेपालीहरुको महान् चाड दसैं बिहीबारदेखि सुरु हुँदै छ। दसैं भन्नेबित्तिकै मीठो खाने, राम्रो लगाउने भन्ने बुझाइ छ। यो बेला आर्थिक स्तरअनुसार भान्सामा परिकार पाक्छन्। तर, दसैंको भान्सा बर्सेनि अरू बेलाभन्दा शतप्रतिशत महँगिँदै आएको छ। बजारमा खाद्यान्न, तरकारी, फलफूलदेखि लत्ताकपडासम्मको मूल्य अत्यधिक बढ्ने गरेको छ।‘दसैंमा अरू बेलाभन्दा बढी पैसा खर्च हुन्छ। ऋणधन गरेर भए पनि यो पर्व मनाउने चलन छ’, पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल भन्छन्, ‘खर्च बढी हुँदा केही वस्तुको माग पनि बढी नै हुन्छ। वस्तु त त्यही हो बजारमा आउने। अनि, व्यवसायीले उपभोक्

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 196 पटक पढिएको
  • राहदानी बनाउनेको भीड

     काठमाडौं (गोरखापत्र दैनिकबाट )//पछिल्लो समय राहदानी बनाउनेको भीड बढेको छ ।परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को नै देखिन्छ । बिहानै झिसमिसेदेखि नै राहदानी बनाउन लाममा बस्नेको ताँती लाग्ने गरेको छ ।कोभिड–१९ सङ्कटका कारण विदेश आवतजावत कम भएकाले विगतमा झन्डै दुई वर्ष राहदानी बनाउनेको सङ्ख्या निकै कम रहेको विभागले जनाएको छ ।अब कोभिड खोप अभियान र कोभिडविरुद्धको सावधानी बढेसँगै अवस्था सहज नबनेकाले पनि नयाँ राहदानी बनाउनेहरू बढेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए ।उनका अनुसार वैदेशिक रोजगारीको अवसर र मार्ग दुवै खुलेकाले पनि राहदानी बनाउनेको

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 172 पटक पढिएको
  • बजारैभरि म्याद नाघेका खाद्य सामाग्री

     काठमाडौं (राजधानी दैनिकबाट )। दसैं नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजारमा अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उपभोक्तालाई बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।बजार अनुगमन क्रममा पछिल्लो समय बजारमा म्याद सकिएको खाद्यवस्तुमा छ्यापछ्याप्ती पाइने गरेको विभागका एक अधिकारीले जानकारी दिए । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनले खाद्य सामग्री गोदाममै थन्किएपछि दसैंको मौका छोपी व्यापारीले नयाँ म्याद राखेर सामान बिक्री

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 163 पटक पढिएको
  • ७५ प्रतिशत कैद माफीका लागि शोभराज सर्वोच्च पुगे

     काठमाडौं ( राजधानी दैनिकबाट )। जेष्ठ नागरिकले पाउने ७५ प्रतिशत कैद सजाय माफीको माग गर्दै शोभराजले दायर गरेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दामा न्यायाधीश मिरा खड्काको एकल इजलासमा सुनुवाइ भएको छ।सर्वोच्चले मुद्दाको सुनुवाइ सकिएको जानकारी दिएको छ ।‘कारागारमार्फत मन्त्रिपरिषदविरुद्ध उहाँले निवेदन चढाउनुभएको थियो । सर्वोच्च अदालतमा अन्तिम फैसला भएर थुनामा रहेको व्यक्तिले बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गर्न मिल्दैन भनेर दरपीठ भएको थियो । त्यो दरपीठ उपर परेको निवदेनमा सुनुवाइ भएको हो,’ सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले भने ।संसारका विभिन्न देशमा हत्याकाण्ड मच्चाएर ‘विकिनी किलर’को रूपमा चिन

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 154 पटक पढिएको
  • दसैं भत्ता माग्न संसद सचिवालय धाउन थाले सांसद

     काठमाडौं ( आजको कान्तिपुर दैनिकबाट)  । संघीय संसद्का सांसद दसैं भत्ता पाइने/नपाइने बुझ्न संसद् सचिवालय धाउन थालेका छन् ।दसै नजिकिएसँगै सांसदहरूले संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्न थालेका हुन् ।केहीले चाहिँ महासचिवलाई फोन गरेर भत्ता दिने/नदिने बुझ्न थालेका छन् ।यो क्रम केही दिनदेखि चलिरहेको संसद् सचिवालयले जनाएको छ । सत्तापक्षका केही सांसद सोमबार भत्ताबारे बुझ्न सचिवालयको लेखा शाखाका कर्मचारीलाई सोध्न गएका थिए ।संसद्का कर्मचारीले भने भत्ता दिने कानुनी आधार नभएको भन्दै फर्काउने गरेका छन् । सरकारबाट निर्णय गराएर भए प

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 198 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.