पत्रपत्रिका

    Showing 511-520 of 1,254 items.
  • तत्कालिन गृहमन्त्री बादल र आइजीपी खनालविरुद्ध जाहेरी दर्ता हुने

    बिर्तामोड (नागरिक दैनिकबाट)  सर्वोच्च अदालतले प्रहरीले हानेको गोलीबाट मृत्यु भएको घटनामा प्रहरीले नै जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न आदेश गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान गर्न हालै आदेश दिएको हो।सर्वोच्चको यो आदेशसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने भएको हो। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल विवादास्पद ‘इन्काउन्टर’ मा मारिएका थिए।उनी मारिएपछि परिवारका सदस्य जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जा

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 104 पटक पढिएको
  • मन्त्रालय बाहिरै सरुवा सूची तयार, कर्मचारीको मनोबल गिर्‍यो

     काठमाडौं ( राजधानी दैनिकबाट )। सरकारले हचुवामा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि भेटिन थालेका छन् । सम्बन्धित मन्त्रालय र सिंहदरबारभित्र भन्दा पनि विभिन्न अमूक व्यक्तिको घर र आवासमा कर्मचारीको सरुवा सूची बनाएर सरुवा गरिँदा त्यस्ता सरुवा विवादित र त्रुटिपूर्ण देखिएको हो ।नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सहसचिवकै सरुवामा व्यापक त्रुटि देखिएको छ । यसो त कतिपय मन्त्रालयले गरेका शाखा अधिकृत तथा उपसचिवको सरुवामा समेत त्रुटि देखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।सरकारले केही दिनअघि मात्रै विभिन्न मन्त्रालय र निकायका गरी ८५ जना सहसचिवको सरुवा गरेको थियो । ती सरुव

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 94 पटक पढिएको
  • लिपुलेक–कालापानीमै पुगेर जनगणना गरिने

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बडेको केन्द्रिय तथ्याङ्क विभाग तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछाने जानकारी दिए ।व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न विभागले घरदैलोमै पुग्ने छ, लामिछानेले बताए । यस अघिको तथ्याङ्कमा सातसय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको अनुमान विभागको छ ।

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 102 पटक पढिएको
  • मानव स्वास्थ्यमा गम्भीर खेलबाडः म्याद नाघेका सामान रिलेबलिङ गर्दै बेच्दै

    बिर्तामोड (आजको राजधानी दैनिकबाट) संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ ।केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गर्दै म्याद सकिएका बिस्कुट, चकलेटलगायतका खाद्य सामग्रीहरूमा रिलेबलिङ गर्दै बिक्रीवितरण गरेको पाइएको हो ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले राजधानीका विभिन्न स्थानमा हालै गरेको अनुगमनमा ७ लाख मूल्यबराबरका म्याद सकिएका १२ आइटमका खाद्य सामग्रीहरूमा रिलेबलिङ गरेको पाइएपछि ती सबै सामान बरामद गरिएको छ । विभागका अधिकारीहरूका अनुसार राजधानीका बालाजु, स्वयम्भू,

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 111 पटक पढिएको
  • ओलीको घोषणाः आगामी निर्वाचनमा बहुमत र मिचिएको भूमि फिर्ता

    बिर्तामोड (आजको नागरिक दैनिकबाट)  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ७३ पेज लामो राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्तिको रुपमा स्थापित गर्ने उल्लेख छ।ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत मिचिएको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने पनि उल्लेख गरेका छन्। राष्ट्रियताको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा र राष्ट्रिय स्वाभिमानको अभिवृद्धिका लागि एमाले बहुमत प्राप्त पहिलो शक्ति हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिए

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 113 पटक पढिएको
  • प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १३ समस्या

    बिर्तामोड (अन्नपूर्ण पोस्ट दैनिकबाट) शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको उल्लेख छ।पार्टी आन्दोलनमा जोडिएका नयाँ पुस्तामा वैचारिक र सैद्धान्तिक ज्ञान हासिल गर्ने प्रवृत्तिमा ह्रास आएको महासचिव पोखरेलले औंल्याएका छन्।अध्ययनभन्दा आमसञ्चार र सामाजिक सञ्जालमा बढी र सुनिने विषयबाट नयाँ पुस्ता प्रभावित हुने गरेको उनको विश्लेषण छ।अध्ययन र प्रशिक्षणकै आभवमा पार्टीमा गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा झाँगिँदै गएको उनको प्रतिवेदनमा छ। त्यस्तै पछिल्लो समयमा बि

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 126 पटक पढिएको
  • संसद चल्न नदिने एमालेको रणनीति यथावत

    बिर्तामोड (नागरिक दैनिकबाट) प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्।बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका कारण एमाले अनुपस्थित भयो।आफ्नै पार्टीका कारण साढे दुई महिनाअघि सत्ताच्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओली संघीय संसद्लाई भूमिकाविहीन बनाउन सक्रिय छन्। प्रधानम

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 101 पटक पढिएको
  • विज्ञान, अंग्रेजी र नेपाली विषयका शिक्षक अभाव

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट)   शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ ।केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ । आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठका अनुसार आयोगले १७ हजार ४७ जनाको खुला पदपूर्तिका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।तथ्यांकअनुसार निम्न माध्यमिक विद्यालयमा अंग्रेजी विषयमा ६ सय २२, नेपालीम

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 106 पटक पढिएको
  • अध्यागमन कार्यविधि हेरफेर, डलर सटहीमा कडाइ

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) बढ्दो व्यापारघाटा र घट्दो विदेशी विनियमका कारण बाह्य क्षेत्रमा दबाब पर्न थालेपछि सरकारले विदेश जाने नेपाली नागरिकले साथमा ५ सय अमेरिकी डलर लैजान पाउने व्यवस्था परिवर्तन गर्दै अध्यागमन कार्यविधि हेरफेर गरेको छ ।मन्त्रिपरिषद्को बुधवारको बैठकले गरेको कार्यविधि हेरफेरसँगै अब खाडी मुलुक, सार्क राष्ट्र, साथै मलेशिया र थाइल्यान्ड जाने नेपालीले २ सय ५० अमेरिकी डलर मात्र साथमा लैजान पाउने भएका छन् ।शोधनान्तर स्थिति घाटामा गएपछि र विदेशी विनिमय सञ्चिति दबाबमा पर्न थालेपछि सरकारले अध्यागमन कार्यविधि हेरफेर गर्दै नयाँ व्यवस्था गरेको हो ।यसअघि अध्यागमन कार्यविधि, २०६५ अनु

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 120 पटक पढिएको
  • काठमाडौंमा कोरोना जोखिमः यस्ता गतिविधिमा रोक

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट)  काठमाडौंमा कोभिडको संक्रमण कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अनावश्यक रूपमा भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा बिहीवार राति १२ बजेदेखि लागू हुनेगरी सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज गर्न नपाइने उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नहुँदासम्म लागू हुनेगरी यो आदेश जारी गरेको हो ।कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै अनिवार्य मास्क प्रयोग गर्न, दूरी कायम गर्न तथा घरभित्रै रहेर न्यूनतम सहभागितामा चाडपर्व मनाउन पनि जिल्ल

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 99 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा