पत्रपत्रिका

    Showing 521-530 of 1,267 items.
  • सर्वसम्मत नेतृत्व चयनको तयारीमा नेकपा एमाले

     काठमाडौं  (नागरिक दैनिकबाट )। नेकपा एमाले विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरू दसौं महाधिवेशनबाट पार्टी अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन गर्ने तयारीमा लागेका छन्। पार्टी विभाजनको पीडा भोगेका प्रतिनिधिहरूले विधान महाधिवेशनमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि सुझाव दिने क्रममा पदाधिकारीको संख्या बढाउनुपर्ने र सबै पक्षका नेताहरूलाई समेटेर बलियो पार्टी बनाउनुपर्ने बताएका छन्।अध्यक्षसहित कम्तीमा पदाधिकारीहरू सर्वसम्मत चयन गर्ने व्यवस्था गरिए पार्टी बलियो हुने उनीहरूको सुझाव छ। १०औं महाधिवेशनलगत्तै निर्वाचनमा जानुपर्ने भएकाले विधान महाधिवेशनबाटै पदाधिकारी संख्या थपेर आगामी नेतृत्व चय

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 172 पटक पढिएको
  • एमाले विधान महाधिवेशनमा थुप्रै सुझावको ओइरो

     काठमाडौं   (राजधानी दैनिकबाट )। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विधान महाधिवेशनमा नेताहरूले पार्टीलाई लेबी नतिर्ने तथा आर्थिक दायित्व बाँकी बक्यौता राखेका नेतालाई जनप्रतिनिधि, राजकीय जिम्मेवारी र पार्टीका विभिन्न जिम्मेवारीका अवसरबाट वञ्चित गर्नुपर्ने सुझाव दिएका छन् ।ललितपुरको गोदावरीमा शनिबार दोस्रो दिन जारी विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले यस्तो सुझाव दिएका हुन् । विभिन्न दस्ताबेजमाथि छलफल गर्न १० वटा समूह गठन गरी समूहगत छलफल भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 174 पटक पढिएको
  • सिटिस्क्यान मेसिन नहुँदा विदेश जान बाध्य

     काठमाडौं (गोरखापत्र दैनिकबाट ) । नेपालमा पेटको सिटिस्क्यान सुविधा नभएका कारण क्यान्सरका बिरामी विदेश गएर महँगोमा पेट स्क्यान गराउन बाध्य हुने गरेका छन् ।न्युक्लियर मेडिसिनअन्तर्गत पेट सिटिस्क्यान मेसिनबाट क्यान्सर रोगको पहिचान गर्न सकिन्छ । क्यान्सर निको भइसकेका व्यक्तिले पनि फलोअपका क्रममा पेट सिटिस्क्यान गर्नुपर्ने हुन्छ । नेपालमा सरकारी तथा नीजि क्षेत्रमा उक्त सुविधा नहुँदा अचेल बिरामी भारत, थाइल्यान्डलगायतका मुलुकमा गएर पेट सिटिस्क्यान गर्न बाध्य हुने गरेका छन् ।चार वर्षअघि क्यान्सर भएपछि मकवानपुर पालुङका जगन्नाथ ढकाल क्यान्सरको उपचार गराउन दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल ग

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 196 पटक पढिएको
  • तत्कालिन गृहमन्त्री बादल र आइजीपी खनालविरुद्ध जाहेरी दर्ता हुने

    बिर्तामोड (नागरिक दैनिकबाट)  सर्वोच्च अदालतले प्रहरीले हानेको गोलीबाट मृत्यु भएको घटनामा प्रहरीले नै जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न आदेश गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान गर्न हालै आदेश दिएको हो।सर्वोच्चको यो आदेशसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने भएको हो। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल विवादास्पद ‘इन्काउन्टर’ मा मारिएका थिए।उनी मारिएपछि परिवारका सदस्य जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जा

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 177 पटक पढिएको
  • मन्त्रालय बाहिरै सरुवा सूची तयार, कर्मचारीको मनोबल गिर्‍यो

     काठमाडौं ( राजधानी दैनिकबाट )। सरकारले हचुवामा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि भेटिन थालेका छन् । सम्बन्धित मन्त्रालय र सिंहदरबारभित्र भन्दा पनि विभिन्न अमूक व्यक्तिको घर र आवासमा कर्मचारीको सरुवा सूची बनाएर सरुवा गरिँदा त्यस्ता सरुवा विवादित र त्रुटिपूर्ण देखिएको हो ।नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सहसचिवकै सरुवामा व्यापक त्रुटि देखिएको छ । यसो त कतिपय मन्त्रालयले गरेका शाखा अधिकृत तथा उपसचिवको सरुवामा समेत त्रुटि देखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।सरकारले केही दिनअघि मात्रै विभिन्न मन्त्रालय र निकायका गरी ८५ जना सहसचिवको सरुवा गरेको थियो । ती सरुव

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 162 पटक पढिएको
  • लिपुलेक–कालापानीमै पुगेर जनगणना गरिने

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बडेको केन्द्रिय तथ्याङ्क विभाग तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछाने जानकारी दिए ।व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न विभागले घरदैलोमै पुग्ने छ, लामिछानेले बताए । यस अघिको तथ्याङ्कमा सातसय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको अनुमान विभागको छ ।

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 175 पटक पढिएको
  • मानव स्वास्थ्यमा गम्भीर खेलबाडः म्याद नाघेका सामान रिलेबलिङ गर्दै बेच्दै

    बिर्तामोड (आजको राजधानी दैनिकबाट) संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ ।केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गर्दै म्याद सकिएका बिस्कुट, चकलेटलगायतका खाद्य सामग्रीहरूमा रिलेबलिङ गर्दै बिक्रीवितरण गरेको पाइएको हो ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले राजधानीका विभिन्न स्थानमा हालै गरेको अनुगमनमा ७ लाख मूल्यबराबरका म्याद सकिएका १२ आइटमका खाद्य सामग्रीहरूमा रिलेबलिङ गरेको पाइएपछि ती सबै सामान बरामद गरिएको छ । विभागका अधिकारीहरूका अनुसार राजधानीका बालाजु, स्वयम्भू,

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 183 पटक पढिएको
  • ओलीको घोषणाः आगामी निर्वाचनमा बहुमत र मिचिएको भूमि फिर्ता

    बिर्तामोड (आजको नागरिक दैनिकबाट)  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ७३ पेज लामो राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्तिको रुपमा स्थापित गर्ने उल्लेख छ।ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत मिचिएको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने पनि उल्लेख गरेका छन्। राष्ट्रियताको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा र राष्ट्रिय स्वाभिमानको अभिवृद्धिका लागि एमाले बहुमत प्राप्त पहिलो शक्ति हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिए

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 187 पटक पढिएको
  • प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १३ समस्या

    बिर्तामोड (अन्नपूर्ण पोस्ट दैनिकबाट) शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको उल्लेख छ।पार्टी आन्दोलनमा जोडिएका नयाँ पुस्तामा वैचारिक र सैद्धान्तिक ज्ञान हासिल गर्ने प्रवृत्तिमा ह्रास आएको महासचिव पोखरेलले औंल्याएका छन्।अध्ययनभन्दा आमसञ्चार र सामाजिक सञ्जालमा बढी र सुनिने विषयबाट नयाँ पुस्ता प्रभावित हुने गरेको उनको विश्लेषण छ।अध्ययन र प्रशिक्षणकै आभवमा पार्टीमा गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा झाँगिँदै गएको उनको प्रतिवेदनमा छ। त्यस्तै पछिल्लो समयमा बि

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 198 पटक पढिएको
  • संसद चल्न नदिने एमालेको रणनीति यथावत

    बिर्तामोड (नागरिक दैनिकबाट) प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्।बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका कारण एमाले अनुपस्थित भयो।आफ्नै पार्टीका कारण साढे दुई महिनाअघि सत्ताच्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओली संघीय संसद्लाई भूमिकाविहीन बनाउन सक्रिय छन्। प्रधानम

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 176 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.