पत्रपत्रिका

    Showing 531-540 of 1,254 items.
  • मन्त्रिपरिषद विस्तारः प्रम देउवाले मागे मन्त्री हुनेको नाम

     काठमाडौं( राजधानी दैनिक बाट) । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धनमा आबद्ध दलहरुसँग मन्त्रीको लिस्ट मागेका हुन् ।वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले बिहीवार साँझसम्म मन्त्रालय बाँडफाँट टुंग्याएर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिन चाहेका छन् ।‘प्रधानमन्त्रीज्यू जतिसक्दो छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयासरत हुनुहुन्छ, सत्ता गठबन्धन आबद्ध दलसँग उहाँले मन्त्रीको लिस्ट माग्नुभएको छ, बिहीबारसम्म मन्त्रालय कसले कुन लिने ट

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 164 पटक पढिएको
  • बूढीगण्डकी जलविद्युत् आयोजनाः लगानी ढाँचामा अन्योल

    बिर्तामोड (नागरिक दैनिकबाट) सरकारले ६ वर्षदेखि बूढीगण्डकी आयोजना निर्माणको लागि भन्सार बिन्दुमै पेट्रोलियम पदार्थमा लगाएको करबाट झण्डै ७१ अर्ब संकलन गरिसक्यो। तर १२ सय मेगावाटको बूढीगण्डकी आयोजना निर्माणको लगानी ढाँचा सरकारले अहिलेसम्म बनाउन सकेको छैन।सरकार फेरिनेबित्तिकै आफ्नो अनुकूल विदेशी कम्पनीलाई दिने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले बूढीगण्डकी आयोजना अनिश्चयको भुमरीमा परेको छ। सरकारले आर्थिक वर्ष ०७२र७३ को बजेटमार्फत बूढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका लागि भन्सार विन्दुमै पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रूपैयाँ कर लाग्ने व्यवस्था गरेको थियो। अहिले सरकारले बूढीगण्डकी आयोजनाको नाम

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 162 पटक पढिएको
  • एउटा अधुरो प्रेमकथाः भेट्दै नभेटी गइन् लक्ष्मी

    बिर्तामोड (राजधानी दैनिकबाट)  वैदेशिक रोजगारीका क्रममा साउदी अरब रहेका रोल्पा त्रिवेणी गाउँपालिका–७ गाङका ४४ वर्षीय प्रदीप परियारको ‘फेसबुक’मार्फत भोजपुर षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईसँग प्रेम बस्यो ।एकअर्कालाई ‘कहिल्यै नेदेखेका’ उनीहरूबीच यति अगाध प्रेम बस्यो कि विवाह नै गर्ने निधोमा पुगे । घण्टौं प्रेमका कुरा हुन्थे । जसले ‘विवाह गरिहाल्न’ उनीहरूलाई उत्साहित पारिरहन्थो ।परियार साउदी अरब, राई भोजपुरमा । प्रेमप्रति अगाध विश्वास । उनीहरूको प्रेमलाई ‘न भूगोलले छेक्यो, न त जात’ले नै । विवाहको तगारो थियो त भौतिक उपस्थिति मात्रै ।परियार स्वदेश फर्कन खोजे तर मिलेन । यसपछि उनीहरूबीच

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 131 पटक पढिएको
  • नेकपा (एकीकृत समाजवादी) बाट को को मन्त्री हुँदैछन र?

    बिर्तामोड(राजधानी दैनिक) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ ।सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो ।एकीकृत समाजवादीबाट विरोध खतिवडाले सरकारको नेतृत्व गर्ने भएका छन् ।त्यस्तै, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमगर, जीवनराम श्रेष्ठ मन्त्री हुने टुंगो लागेको छ । त्यस्तै, किसान श्रेष्ठ र भवानी खापुङमध्ये एक जना मन्त्री हुनेछन् ।एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लागेको पुष्टि गरेका छन् ।सो पार्टीले नामावली प्

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 120 पटक पढिएको
  • तरकारीको भाउ अचाक्ली बढ्यो

    बिर्तामोड(गोरखापत्र दैनिकबाट)  दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।भदौको अन्तिम साता थोकमा प्रतिकेजी १५र२० रुपियाँ रहेको गोलभेँडा असोजको दोस्रो साता ३८ रुपियाँ पुुगेको छ भने आलु रातो ४५ रहेकोमा अहिले ६० रुपियाँ पुगेको समितिले जनाएको छ ।समितिका अनुुसार तुनेबोडी प्रतिकेजी ६५ रुपियाँबाट १३० रुपियाँ, घिरौँला प्रतिकेजी ४५ बाट ८० रुपियाँ घिउसिमी ७५ रुपियाँबाट १३० रुपियाँ भिन्डी प्रतिकेजी ४० बाट ७० रुपियाँ पुुगेको छ । त्यसै सुुकेको प्याज प्रतिकेजी ४५ रुपियाँ

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 131 पटक पढिएको
  • ब्याज बढाए पनि निक्षेप संकलनमा सुधार आएन

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) वाणिज्य बैंकहरूले ब्याजदर बढाएर १० प्रतिशतभन्दा माथि पुर्‍याए पनि निक्षेप संकलनमा भने सुधार आएको छैन । ब्याजदर बढाउँदा पनि वाणिज्य बैंकहरूमा पहिलेभन्दा कम निक्षेप संकलन भएको छ ।वाणिज्य बैंकहरूले गत असोज १ गतेदेखि ब्याजदर बढाएका थिए । तर, असोजको पहिलो साता रू ८ अर्ब ३२ करोड मात्र नयाँ निक्षेप संकलन भएको नेपाल बैंकर्स एशोसिएशनको तथ्यांकले देखाउँछ ।अघिल्लो साता अर्थात् भदौको अन्तिम सातामा रू २६ अर्ब ३० करोड नयाँ निक्षेप संकलन भएको थियो भने त्यसअघिको सातामा १६ अर्ब रुपैयाँ बराबरको नयाँ निक्षेप थपिएको थियो, जुनबेला ब्याजदर कम थियो । तर, ब्याजदर बढाएपछि भने त्यो भन

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 123 पटक पढिएको
  • ‘सरकार असफल, ताजा जनादेशको विकल्प छैन’ ओली

    बिर्तामोड (राजधानी दैनिकबाट) नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशविपरीत सर्वोच्च अदालतको परमादेशबाट गठन भएको सरकार पूर्णत असफल भएकाले अब ताजा जनादेशको विकल्प नभएको बताएका छन् । उनले ताजा जनादेशबाट आउने सरकारले मात्रै मुलुक र जनताको मुहारमा खुसी ल्याउन सक्ने बताए ।नेकपा एमाले विधान महाधिवेशनको पूर्वसन्ध्यामा प्रचार उपसमितिले विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग मंगलबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष ओलीले वर्तमान सरकारले संविधान र कानुनको हुर्मत लिएको र जनताको चाहनामाथि कुठाराघात गरेकाले यो सरकार छिट्टै महासंकटमा पर्ने दाबी गरे । उनले सरकारका जनविरोधी र संवि

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 115 पटक पढिएको
  • माओवादी केन्द्रबाट को को मन्त्री बन्लान् र?

    बिर्तामोड (राजधानी दैनिकबाट) नेकपा (माओवादी केन्द्र) मन्त्री हुनेको नामावली टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेको छ । यसपटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राख्ने भएको छ ।पाँच दलीय गठबन्धनभित्रको सहमतिअनुसार माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री पाउनेछ । माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालमन्त्री भइसकेका छन् । बाँकी तीन मन्त्री र एक राज्य मन्त्रीको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ ।मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको थियो । मन्त्रीको नामावली तथा अगामी

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 116 पटक पढिएको
  • भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरण काण्डः प्रहरीमाथि नै अनुसन्धान

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न रहेका एक अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ ।रावल अपहरण काण्डको अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको हो ।महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले एसएसपी चक्रबहादुर सिंहको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिएका छन । समितिमा एसपी कृष्ण कोइराला, डीएसपी रविन कार्की, इन्सपेक्टर ईश्वर का

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 118 पटक पढिएको
  • जब केही यात्रुले झ्यालबाट हाम फाल्छौं भने

    बिर्तामोड (अन्नपूर्ण पोस्ट् दैनिकबाट) कामको सिलसिलामा केही दिनअघि मात्रै काठमाडौं आएको थिएँ। नयाँ सचिव सरुवा भएर सोमबार मन्त्रालयमा आउने जानकारी पाएको थिएँ। त्यही भएर बिहानको पहिलो फ्लाइटबाट विराटनगर फर्किने र नयाँ सचिवलाई स्वागत गर्ने योजना बनाए।बिहान ८ बजेर ५ मिनेटको बुद्ध एयरको फ्लाइट थियो। मैले जहाजको ‘सिक्स ए’ को टिकट ४ हजार ९ सय रुपैयाँमा किनेको थिएँ। एकदमै आरामदायी ढंगले काठमाडौं छोड्दै प्लेन विराटनगरको आकाशमा प्रवेश गर्यो। परिचारिका ९क्रु मेम्बर० ले केही क्षणमै विराटनगर एयरपोर्टमा जहाज ल्यान्ड गर्न लागेको जानकारी गराइन्। सिट बेल्ट बाँधेर विराटनगर एयरपोर्टमा ओर्लने तरखरमा सबै यात्री थिय

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 177 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा