पत्रपत्रिका

    Showing 551-560 of 1,254 items.
  • अदालतको गेटमै व्यापारीमाथि खुकुरी प्रहार

     मोरङ (नेपाल समाचारपत्र दैनिकबाट )। विराटनगरमा एक उद्योगीमाथि दिउँसै खुकुरी प्रहार भएको छ । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका–८ का ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको हो ।आइतबार दिउँसो साढे ११ बजे विराटनगरस्थित उच्च अदालत सामुन्नेको सडकमा उनीमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट लामाको पेटको दाहिनेतर्फ र पाखुरामा गहिरो चोट लागेको छ । गम्भीर घाइते भएका लामाको विराट नर्सिङको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ । उच्च अदालतकै दक्षिणपट्टि रहेको एक वकिलको कार्यालयमा पुगेर दक्षिणतर्फ जाने क्रममा उच्च अदालत परिसर अगाडि आइपुग्दा उनीमाथि खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बता

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 303 पटक पढिएको
  • काठमाडौं महानगरका बिद्यालयहरु खुले

      काठमाडौं (नागरिक दैनिकबाट )। आइतबारदेखि काठमाडौं महानगर क्षेत्रका सबै विद्यालयमा भौतिक उपस्थितमै पठनपाठन सुरु भएको छ। असोज ६ गते बसेको काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा विभागको बैठकले असोज १० गतेदेखि विद्यालय खोल्न सक्ने निर्णय गरेको थियो।विभागका प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको २७ बुँदे स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काठमाडौंका सबै विद्यालय सञ्चालकले विद्यार्थीको भौतिक उपस्थितमै विद्यालय खोलेका हुन्। विद्यालय आउन पाउँदा र साथीभाइ भेट्न पाउँदा विद्यार्थीहरू उत्साहित भएका छन्। नानीबाबुलाई विद्यालय पठाउन पाउँदा अभिभावकहरू पनि दंग देखिएका छन्।कालीमाटीस्थित नील

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 94 पटक पढिएको
  • दुई महिनामै २ खर्ब ७० अर्ब बढीको व्यापार घाटा

      काठमाडौं  (राजधानी दैनिकबाट )। चालू आर्थिक वर्षको दुई महिनामा नै ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात हुँदा निर्यात भने ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको मात्र भएको छ । यस हिसाबले दुुई महिनामा नै २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजारको व्यापार घाटा भएको छ ।गत वर्ष सोही अवधिमा १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख ६ हजार रुपैयाँको मात्र व्यापार घाटा भएको थियो । भन्सार विभागका अनुसार दुई महिनाभित्रमा गत वर्षको तुलनामा ८० प्रतिशतले व्यापार घाटामा वृद्धि भएको छ ।गत वर्षको साउन र भदौको तुलनामा यसपालि ७६ प्रतिशतले आयात बढेको छ । गत वर्ष १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६८ हजार रुपैयाँक

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 145 पटक पढिएको
  • दश बुँदेले एमालेमा चर्काचर्की, ओलीलाई कारबाही गर्न माग

     काठमाडौं ( राजधानी दैनिकबाट )। नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुई/दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीमा छलफल नै नगरी दुई/दुई पटक प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको हो ।ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय कमिटी बैठकमा सहभागी तेस्रो धारका केही केन्द्रीय सदस्यहरूले यो विषयलाई चर्को रूपमा उाठाएका थिए । विगतमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका तर नेपालले नयाँ पार्टी गठन गरेपछि एमालेमै बस

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 103 पटक पढिएको
  • नेवानिका कर्मचारीले असारदेखि रोकिएको तलब पाउने

    बिर्तामोड(आर्थिक अभियान दैनिकबाट) नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् ।विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको भनाइ छ । नेपाल वायुसेवा निगमका कर्मचारीहरू गत असार १८ गतेदेखि आन्दोलनरत छन् ।झन्डै २ साताको प्रयासपछि शुक्रवारको छलफलमा कर्मचारीले रोकिएको तलब पाउने निर्णय भएको उनले बताए । ‘कर्मशील एवं इमानदार कर्मचारीक

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 129 पटक पढिएको
  • सौतेनी बहिनी बलात्कार गर्ने नेपाली युवकलाई भारतमा फाँसी

    बिर्तामोड (राजधानी दैनिकबाट) आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड) को सजाय दिइएको छ ।भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेक

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 237 पटक पढिएको
  • खासामै रोकिए दसैंमा काठमाडौं आउने सामान

     काठमाडौं (आर्थिक अभियान दैनिकबाट )। दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन्।खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन्।चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली व्यापारीले जनाएका छन्।चिनियाँ पक्षले खटाइ–खटाई कन्टेनर नेपाल पठाउने भएपछि चिनियाँ भूमिमा नै सामान बोकेका कन्टेनर रोकिएका छन्।दशैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 120 पटक पढिएको
  • ओलीकै पदचाप पछ्याउँदै देउवा सरकार

     काठमाडौं   ( नागरिक दैनिकबाट )। संविधानसभाबाट नयाँ संविधान जारी भएपछि भएको आम निर्वाचनमा नेपाली जनताले स्थिर सरकारको चाहनासहित एमाले र माओवादी केन्द्रको गठबन्धनलाई बहुमत दिए।निर्वाचनमा बनेको गठबन्धन पार्टी एकीकरणमा परिणत हुँदै दुई पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो। प्रदेश २ बाहेक केन्द्रदेखि ६ वटै प्रदेशमा नेकपाकै नेतृत्वमा सरकार बन्यो। अझ उपेन्द्र यादव नेतृत्वको पार्टीलाई समेत सरकारमा सहभागी गराउँदै केपी ओली बिपी कोइरालापछि सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बने। तर, त्यो सरकार लामो समय टिक्न सकेन। निर्वाचन भएको साढे तीन वर्ष बित्दा नबित्दै शक्तिशाली सरकार र प

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 102 पटक पढिएको
  • कांग्रेस महाधिवेशनः ५५ जिल्लाका पालिकामा सम्पन्न, नौ जिल्लामा हुन सकेन

     काठमाडौं (  गोरखापत्र दैनिक बाट )। नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न भएको छ ।वडाधिवेशन सम्पन्न गरेका ६४ जिल्लामध्ये शनिबार ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न गरिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले उत्साहपूर्वक पालिका स्तरको अधिवेशन सम्पन्न भएको जानकारी दिए । संयोजक यादवका अनुसार शनिबार विभिन्न नौ वटा जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न हुन सकेन ।निर्वाचन सम्पन्न हुन नसकेका जिल्लामा जुम्ला, नवलपुर, गुल्मी, बर्दिया, ललितपुर, काठमाडौँ, मोरङ, सोलुखुम्बु र

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 94 पटक पढिएको
  • विद्युत पोलको भाडा विवाद चर्कियो

     काठमाडौँ (कान्तिपुर दैनिक बाट ।  नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट, टेलिफोन तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनीबीच चलिरहेको भाडा विवादमा प्राधिकरणले आधिकारिक तथ्यांकबिनै बक्यौता भुक्तानीका लागि ताकेता गरिरहेको पाइएको छ । प्राधिकरणसँग नै आफ्नो पोल र अप्टिकल फाइबरलगायत संरचना कहाँ र कति संख्यामा प्रयोग भएका छन् भन्ने तथ्यांक नरहेको देखिएको छ ।प्राधिकरण र दूरसञ्चार सेवा प्रदायक कम्पनीबीच पछिल्लो तीन वर्षदेखि विद्युत् पोल र अप्टिकल फाइबरको भाडादरका विषयमा विवाद छ । तर जुन विषयमा विवाद देखिएको हो, त्योसँग सम्बन्धित आधिकारिक तथ्यांक तथा विवरण प्राधिकरण र सेवा प्रदायक दुवैसँग छैन । ‘अह

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 116 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा