पत्रपत्रिका

    Showing 571-580 of 1,254 items.
  • नेपालको अर्थतन्त्रमा सुधार आउने संकेत

     काठमाडौं (आर्थिक अभियान दैनिकबाट )। एशियाली विकास बैंक (एडीबी) ले कोरोना महामारीको चपेटामा परेको मुलुकको अर्थतन्त्रसँगै आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ ।नेपालमा जारी कोभिड–१९ विरुद्धको खोप अभियानले अर्थतन्त्रमा सुधार ल्याउने संकेत देखिएको र सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण एडीबीले गरेको हो ।एएडीबीद्वारा बुधवार प्रकाशित ‘एशियन डेभलपमेण्ट आउटलुक २०२१’ मा वर्ष २०२१ मा २ दशमलव ३ प्रतिशतमा सीमित हुने आर्थिक वृद्धिदर अर्को वर्ष बढ्ने अनुमान गरिएको छ । तर, उक्त अनुमान यसअघि गरिएको प्रक्षेपणभन्दा न्यून हो । एडीबीले गत अप्रिलमा यो वर्ष ३

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 89 पटक पढिएको
  • सार्कस्तरीय साइडलाइन अनौपचारिक बैठक रद्द

     काठमाडौँ  (कान्तिपुर दैनिकबाट)।  अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) को ७६ औं महासभाका क्रममा हुने भनिएको सार्क परराष्ट्र मन्त्रीस्तरीय अनौपचारिक साइडलाइन बैठक रद्द भएको छ । अफगान प्रतिनिधिले ‘गेट क्र्यास’ गर्ने कारण देखाउँदै बैठक रद्द गरिएको हो ।दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयले भने सदस्य मुलुकबीच सहमति नजुटेपछि बैठक रद्द भएको जनाएको छ । तर सदस्य मुलुकबीच सहमति जुट्न नसक्नुको कारणबारे सचिवालयले केही उल्लेख गरेको छैन ।सार्क अध्यक्ष नेपालले असोज ९ गतेका लागि मन्त्रीस्तरीय बैठकको प्रस्ताव गर्दै अफगानिस्तानबाहेकका सदस्यलाई निम्तो पठाएको थियो ।

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 103 पटक पढिएको
  • कालोधनको पक्षमा बजेट, सर्वत्र आलोचना

     काठमाडौं  (राजधानी दैनिकबाट ) । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्को आलोचनासमेत गरेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा संघीय संसदमा चालू आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्दै ‘देशको पूर्वाधार क्षेत्रमा लगानीको आयस्रोत नखोजिने’ घोषणा गरेका थिए । सरोकारवाला पक्ष र विज्ञहरूले यसको आलोचना गरेका हुन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी नियामक निकाय, अनुसन्धानकर्ता, कानुन व्यवसायी, अर्थविद् एवं सम्बन्धित सरोकारवाला

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 122 पटक पढिएको
  • मन्त्रिपरिषद विस्तारः देउवा–दाहाल सहमत, माधव–उपेन्द्र असहमत

     काठमाडौं  (राजधानी दैनिकबाट )। मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा अनिर्णीत बनेको हो ।गठबन्धन बैठकमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार विस्तार ढिलो हुँदा आलोचना बढेको भन्दै गठबन्धन आबद्ध दललाई मन्त्रीको सूची दिन भनेका थिए । तर, गठबन्धन आबद्धमध्येकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अदालतमा दल विभाजनसम्बन्धी मुद्दा रहेकाले टुंगो लागेपछि मात्रै नाम दिने बताएका हुन् ।यस्तै गठबन्

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 105 पटक पढिएको
  • पाँच सय मेट्रिक टन कुहिएको चामल बेच्न सुर्खेत पठाइयो

     काठमाडौं ( राजधानी दैनिकबाट )। सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ ।आफ्नो गोदाममा रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पठाएकाले सो कम्पनी जनताको स्वास्थ्यमाथि कति गम्भीर छ भन्ने स्वतः प्रस्ट हुन्छ । खाद्य कम्पनीले कर्णालीका दुर्गम जिल्लामा पठाउने उद्देश्यसहित सो चामल सुर्खेत पठाएको हो ।खाद्य कम्पनीले सुर्खेतमा बिक्रीका लागि पठाएको कुहिएको त्यही चामल हो, जसलाई खाद्य प्रविधि विभागको अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाले खानयोग्य नभएको भनेर यसअ

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 138 पटक पढिएको
  • सीमा क्षेत्रका सशस्त्र प्रहरीमाथि किन हुन्छ आक्रमण ?

     काठमाडौं (राजधानी दैनिकबाट )। कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्कर समूहले आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ ।गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरका अनुसार नेपालतर्फ विभिन्न सामान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट भएपछि उनीहरूले एक्कासि ढुंगामुढा गरेका थिए ।एसपी ऐरका अनुसार तस्कर समूहले आक्रमण गरेप

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 173 पटक पढिएको
  • सीमा क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री देउवा अनभिज्ञ

     काठमाडौं  (नागरिक दैनिक बाट )। पछिल्लो समयमा सीमाको अवस्था के छ भन्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा अनभिज्ञता जनाएका छन्। वीरगन्जबाट आएको होटेल तथा पर्यटन व्यवसायी टोलीसँगको छलफलमा उनले सीमामा सवारीसाधनको आवागमनको अवस्थाबारे अनभिज्ञता प्रकट गरेका हुन्।कोरोना बढे अनुसार सीमामा २०७६ चैत ११ देखि यता मालवाहक सवारीसाधन प्रवेशमा रोक छ। यसबीचमा औपचारिक रूपमा सीमामा आवतजावत नखोलिए पनि दैनिक हजारौं मानिसको पैदल आवागमन भने निर्वाध छ।यसरी सीमानाकाबाट यात्रुवाहक सवारी प्रवेशमा रोक भएको कारण वीरगन्ज र आसपासको क्षेत्रसँगै देशकै पर्यटन व्यवसाय प्रभावित रहेको भन्दै होटेल तथा पर्यटन व्यवसायीहर

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 108 पटक पढिएको
  • मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिँदै

     काठमाडौं (आर्थिक अभियान दैनिकबाट )। असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको छ ।बाढी र पहिरोले मुहान क्षेत्र तहसनहस बनाएको भए पनि सरकारले आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन शुरू गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।सरकारले काठमाडौं उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजना पुनर्निर्माणलाई अगाडि बढाउन समितिलाई निर्देशनसहि

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 131 पटक पढिएको
  • प्रधानन्यायाधीशबिना संवैधानिक इजलास बस्न मिल्दैन

     काठमाडौं (राजधानी दैनिकबाट )। सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भनी लिखित जवाफ सर्वोच्च अदालतमा पठाएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक इजलास प्रधानन्यायाधीशबिना बस्न सक्छन् या सक्दैनन् भन्ने आदेशको लिखित जवाफमा सर्वोच्च प्रशासनले प्रधानन्यायाधीशबिना संवैधानिक इजलास बस्न नसक्ने भनेको छ ।सर्वोच्चका तर्फबाट रजिस्ट्रार नारायण पन्थीले लिखित जवाफ पेस गरेका हुन् । ‘इजलास गठन हुनका लागि प्रधानन्यायाधीशबाहेक अन्य चार जना न्यायाधीश रहनु अनिवार्य हुन्छ । संविधानले नै प्रधानन्यायाधीशरहित संवैधानिक इजलासको परिकल

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 104 पटक पढिएको
  • बिचौलियाको राज, किसानले उचित मूल्य पाएनन्, उपभोक्ता मारमा

     काठमाडौं  ( राजधानी दैनिकबाट )। काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म फलेका छन् । उनले उब्जनी गरेको तरकारीमध्ये एक दिन बिराएर २ सय किलो बढी बोडी तरकारी बिचौलियाका हातमा पर्ने गरेको छ । उनले बारीबाट तरकारी टिपेर बिचौलियाको हातमा त पार्छन् तर आप्mनो तरकारीको मूल्य कति हुन्छ उनलाई नै थाहा हुँदैन ।उनले उत्पादन गरेको तरकारी बिचौलियाले बजारमा प्रतिकिलो १ सयदेखि १ सय १० रुपैयाँ बिक्री गर्छन् । उनका हातमा भने जम्मा ३०/४० रुपैयाँ थमाउँछन् ।किसान सुभाष लुइँटेल भन्छन्, ‘बजारमा जति मूल्य भए पनि किसानले

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 179 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा