पत्रपत्रिका

    Showing 581-590 of 1,254 items.
  • बैंकहरूमा तरलता अभाव, सेयर बजारमा पहिरो

    काठमाडौं (राजधानी दैनिकबाट )। ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा झर्दा कुल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।नेप्से परिसूचकमा पहिरो जाँदा पनि कारोबारको रकम ८ अर्बभन्दा बढी हुनुलाई अर्थपूर्ण रूपमा लिएको छ । सर्वसाधारण प्यानिक हुँदै अर्थात् तर्सेर आफ्नो लगानी सुरक्षित गर्न सस्तोमा बेच्दै छन् भने ठूला लगानीकर्ता मौकाको फाइदा उठाउँदै कम मूूल्यमा सर्वसाधारणको सेयर उठाउँदै छन् ।बजारमा बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकमको अभावका कारण सेयर बजारमा गिरावट भएको भनिरहँदा कारोबारको रकमले भ

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 146 पटक पढिएको
  • मन्त्रिपरिषद् विस्तारमा सत्ताधारीहरुबीचमै असहमति

     काठमाडौं ( राजधानी दैनिकबाट )। मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना खेप्दै आइरहेका बेला सत्तारूढमध्येको एक घटक जसपाले भने मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने संकेत गरेको हो ।प्रधानमन्त्री देउवाले सोमबार संसद् भवनबाट बाहिरिँदै गर्दासमेत सरकार विस्तार छिट्टै हुने प्रतिक्रिया दिएका थिए । उनले सो विषयमा सत्ता गठबन्धन दलहरूसँग संवाद भइरहेको प्रतिक्रिया दिएका थिए ।‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, गठबन्धन आबद्ध दलबीच संवाद हुँदैछ,’ प्र

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 98 पटक पढिएको
  • एमालेको अवरोधसंगै संसदको बहुमतबाट बजेट पास

    काठमाडौं (राजधानी दैनिकबाट )। प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजित बजेट पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले राखेको प्रस्ताव बहुमतले स्वीकार गरेपछि बजेट पारित भएको हो ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले गत १५ भदौमा प्रतिस्थापन विधेयक ल्याएको थियो ।नयाँ बजेट संसद्बाट पारित भएसँगै अब सरकारलाई मुलुकको ढुकुटीमा जम्मा भएको रकम खर्च गर्ने बाटो खुलेको छ । जसका लागि प्रतिनिधिसभाबाट पारित विधेयक अब राष

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 147 पटक पढिएको
  • अमेरिका छिर्न ३८ लाख तिरेका ६० नेपाली जर्मनीमा पक्राउ

     काठमाडौं ( कान्तिपुर दैनिक बाट)। काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्रयांकफर्ट विमानस्थलबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा यही रुटबाट मेक्सिको पुगेपछि प्रहरीले फ्रयांकफर्ट फर्काइदिएका र मेक्सिको उड्ने तयारीमा छन् । जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काका अनुसार मेक्सिकोबाट डिपोर्ट भएकालाई मस्को फिर्ता पठाउने जर्मन सुरक्षा निकायले बताएको छ ।विमानस्थलको ट्रन्जिटस्थित प्रहरी नियन्त्रणमा रहेकामध्ये एक नेपालीले सुरक्षाका कारण आफ्नो नाम नखुलाइदिन आग्रह गर्दै भने, हामी यहाँ ६ दिनदेखि सुरक्षा घेरामा छौं । प्रहरी नियमानुसार अ

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 138 पटक पढिएको
  • कांग्रेस महाधिवेशनः १३ जिल्लाका वडा अधिवेशन फेरि परिवर्तन

     काठमाडौं (राजधानी दैनिकबाट )। नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी रहँदा १३ जिल्लामा वडा तहको अधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुने भएको छ ।कांग्रेसले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको थियो । पछिल्लोपटक परिमार्जन गरिएको तालिकाअनुसार बाँकी २० जिल्लामा ५ असोजका लागि अधिवेशन तोकिएको थियो । सो मितिमा काठमाडौंसहित ७ जिल्लामा मात्रै अधिवेशन हुने भएको हो । बाँकी जिल्लामा भने त्यसपछि मात्रै वडा अधिवेशन गर्ने कांग्रेसको तयारी छ ।‘५ भदौमा ७ जिल्लामा वडा अधिवेशन हुन्छ, १३ जिल्लामा त्यसपछि हुन्छ, बाँकी हुने जिल्लामा निर्वाचन समितिले नै वडा अधिवेशनको मिति तय गर्

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 130 पटक पढिएको
  • सर्वस्वीकार्य बन्न सकेन विभूषण

     काठमाडौं  (राजधानी दैनिकबाट )। ‘देश र जनताका लागि उल्लेखनीय कार्य गरेको’ भन्दै यो वर्ष संविधान दिवसको अवसरमा सरकारले ९ सय ३ जनालाई विभिन्न पदक दिने घोषणा गर्यो । यो संख्या गत वर्षभन्दा ३ सय ५९ ले बढी हो । गत वर्ष ५ सय ९४ जनालाई विभूषण दिइँदा सुरुका विभिन्न पाँच तहका मानपदवी कसैलाई पनि दिइएको थिएन ।महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी र राष्ट्रदीप पञ्चम श्रेणीका मानपदवी कसैलाई दिइएको थिएन । त्यसबेला मानपदवीको छैटौं वरीयता क्रममा रहेको सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथमबाट व

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 110 पटक पढिएको
  • अख्तियारले एक सयभन्दा बढीसंग बयान लियो

     धनगढी (राजधानी दैनिकबाट )। कञ्चनपुरमा वर्षौंदेखि भूमाफियाको कब्जामा रहेको महेन्द्रनगर नगर विकास समितिको सयौं बिघा जग्गा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयबाट विशेष टोली महेन्द्रनगर आएर छानबिन गरिरहेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गामा जस्तै अनियमितता भएको पाइएपछि अख्तियारको टोलीले विशेष छानबिन र अनुसन्धान गरेको हो ।यसै क्रममा अख्तियारले जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको आशंका गरिएका कर्मचारी तथा जग्गा कारोबार गर्नेहरूलगायत १०० जनाभन्दा बढीसँग बयान लिएको छ ।जग्गा अनियमितताको विषय छानबिनका लागि भदौ तेस्रो साता कञ्चनपुर आएको अख्तियारको टोलीले उनीहरू

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 128 पटक पढिएको
  • सत्ता स्वार्थले संविधानको भविष्यमाथि आशंका

     काठमाडौं (नागरिक दैनिकबाट )। संविधानसभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएर सातमा लागेको छ। तर, प्रमुख राजनीतिक दलको सत्तास्वार्थले ६ वर्ष बित्दानबित्दै नयाँ संविधान धर्मराउन पुगेको छ।संविधानसभाबाट जारी नयाँ संविधान विश्वको उत्कृष्ट भएको बताउने प्रमुख दलका शीर्ष नेताहरूले नै त्यसमाथि एकपछि अर्को गर्दै प्रहार गर्न थालेका छन्।जनचाहना र संविधानको भावनाविपरीत राजनीतिक दल र तिनका नेताहरू सक्रिय हुँदा संविधान उल्लंघन गर्ने कार्यको सुरुआत भएको छ। जसले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, मिश्रित निर्वाचन प्रणालीसहित संविधानको आधारभूत विषयमाथि नै प्रश्न खडा हुन थाल

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 73 पटक पढिएको
  • आत्मनिर्भर बनेका उद्योगलाई प्रोत्साहन गर्न माग

     विराटनगर  (आर्थिक अभियान दैनिकबाट )। उत्पादनमा आत्मनिर्भर बनिसकेका उद्योगलाई प्रोत्साहन गर्न उद्योगीहरूले माग गरेका छन् । यस्ता उद्योगलाई प्रोत्साहनका लागि पैठारी हुने तयारी वस्तुमा भन्सार शुल्क बढाउनुपर्ने र खुला सीमा नाकामा निगरानी बढाउनुपर्ने माग उद्योगीहरूको छ ।मोरङ व्यापार संघले शनिवार विराटनगरमा आयोजना गरेको ‘उद्योग तथा वाणिज्य क्षेत्रका समस्या तथा समाधान विषयक’ अन्तरक्रियामा उद्योगी तथा व्यवसायीले यस्तो माग राखेका हुन् । कार्यक्रममा उद्योगी व्यवसायीका गुनासो सुनेपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उत्पादनमा आत्मनिर्भर उद्योगहर

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 107 पटक पढिएको
  • मन्त्रालयकाे भागबन्डा मिलेन, सहमतिको जिम्मा कार्यदललाई

     काठमाडौं  (राजधानी दैनिकबाट )। मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ मा सकस देखिएको छ । मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेतृत्वको बैठकमा कसले कति मन्त्रालय लिने भन्ने विषयमा सहमति जुट्न नसकेको हो ।भागबन्डामा सहमति नजुटेपछि मन्त्रालयको संख्या कुन दलले के आधारमा कति लिने भन्ने विषय टुंगो लगाउने जिम्मेवारी गठबन्धन आबद्ध कार्यदललाई दिइएको छ ।‘मन्त्रिपरिषद् विस्तारमा पावर सेयरिङ समस्या देखियो, माधव नेपालजीको दल र उपेन्द्र यादवजीको दलको आकांक्षा मन्त्रीको स

    • प्रकाशित मितिः असोज १, २०७८
    • 113 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा