पत्रपत्रिका

    Showing 641-650 of 1,254 items.
  • एमसीसी सम्झौताबारे अमेरिकाको थप चासो

     काठमाडौं (कान्तिपुर दैनिकबाट )। विद्युत् प्रसारण लाइन र सडक मर्मतसम्भारसम्बन्धी अनुदान सम्झौता कार्यान्वयन प्रक्रिया ४ वर्ष पुग्न लाग्दासमेत सरकारले अघि नबढाउन नसकिरहेका बेला अमेरिकी दातृ निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उच्च अधिकारी काठमाडौं आउने भएका छन् ।आगामी साता आउने एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ ।नेपाल सरकारले एमसीसीसँग सम्झौता गर्दाको समझदारीअनुसार संसद्बाट अनुमोदन गराउने/नगराउने विषयमै अल्झिँदा परियोजना कार्यान्वयन सुरु भएकै

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 133 पटक पढिएको
  • कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी

      काठमाडौं ( राजधानी दैनिकबाट )। नेपाली कांग्रेसका नेता कल्याण गुरुङले १४औं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गुरुङले पार्टी सभापति पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।सो क्रममा उनले पार्टीमा युवा वर्गबाट नेतृत्वमा हस्तक्षेप हुनुपर्ने बताउँदै एक व्यक्ति एक पद र कुनै पनि पदमा दुई कार्यकाल मात्र हुनुपर्ने आफ्नो योजना रहेको सुनाए ।‘अहिले कांग्रेसमा महिला, आदिवासी–जनजाति, दलित, मधेसी, पिछडिएको समुदाय र खसआर्यका नाममा सीमित व्यक्तिले मात्र सदैव आरक्षणको सुविधा लिइरहेका छन् । यस्तो अवस्थामा न

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 103 पटक पढिएको
  • अब काका–ससुराले पनि मृगौला दान गर्न पाउने

      काठमाडौं ( राजधानी दैनिकबाट )। सर्वोच्च अदालतले विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको फराकिलो व्याख्या गरेको छ । अदालतले अंग प्रत्यारोपण ऐनको व्याख्या गदैै अब मिर्गौलाको दान नजिकको नातेदारले पनि गर्न सक्ने आदेश गरेको छ ।मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप व्याख्या गर्दै सर्वोच्चले काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने आदेश सुनाएको छ । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने झापाकी एक बिरामीले दायर गरेको रिटमा न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले काका–ससुराबाट मिर्गौला लिन सक्ने आदेश दिएको हो ।मिर्गौला प

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 125 पटक पढिएको
  • यसरी तिर्न सकिन्छ मोबाइलबाट ट्राफिक जरिवाना

      काठमाडौं ( राजधानी दैनिकबाट )। ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिमानाबापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिमाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो ।महाशाखाले आज बिहीबारदेखि औपचारिक रूपमा यो कार्यक्रमको थालनी गर्ने भएको छ । ट्राफिक प्रहरीले यसका लागि क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्नेगरी सफ्टवेयर विकाससमेत गरेको छ । डिउटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी नियम उल्लंघन गर्ने चालकलाई क्यूआर कोड भएको चिट दिनेछ । त्यसपछि नियम उल्लंघनकर्ताले सोही क्यूआर कोडमार्फत मोबाइलबाटै भुक्तानी गर

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 114 पटक पढिएको
  • न्यायाधीशको सम्पत्ति छानबिन गर्ने कानुन बनेन

      काठमाडौं ( राजधानी दैनिकबाट )। संविधान जारी भएको ६ वर्ष बित्दा पनि न्यायाधीशको सम्पत्ति छानबिन गर्नका लागि अझै कानुन बन्न नसकेपछि सर्वोच्च अदालतमा अधिवक्ता प्रवेश केसीले निवेदन दिएका छन् । सो ‘निवेदन दर्ता हुने कि नहुने अन्यौल छ । सर्वोच्च प्रशासनले सुरुमै अधिवक्ता केसीको रिट दरपिठ गरिदिएपछि उनले इजलासमा निवेदन दिए ।केसीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले कैफियत कागज मगाउने आदेश गरेको छ । यद्यपि, निवेदनको अर्को पेशी चढ्दा मुद्दा दर्ता हुन्छ या हुँदैन भन्न सकिने अवस्था छैन । संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकार उल्लेख छ

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 111 पटक पढिएको
  • उपत्यकामा निषेधाज्ञा हटे पनि केही प्रतिबन्ध कायमै

      काठमाडौं ( राजधानी दैनिकबाट )। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएदेखि काठमाडौं उपत्यकामा गत १६ वैशाखबाट जारी गरिएको निषेधाज्ञा हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले विगत चार महिनायता जारी गरिँदै आएको निषेधाज्ञा हटाएको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा जारी निषेधाज्ञा अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए । ‘प्रोटोकल पालना गरेर दैनिकी अघि बढाउने गरी निषेधाज्ञा हटाइएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने । उनका अनुसार स्थानीय तहहरूले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अनुमति लिएर विद्

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 117 पटक पढिएको
  • कोरोना कहरमा १०२ मुलुकसंग वैदेशिक व्यापार

     काठमाडौं(राजधानी दैनिकबाट ) । कोरोना कहरबीच चालू आर्थिक वर्ष २०७८/७९ प्रारम्भको पहिलो महिना गत साउनमा नेपालले संसारभरका विभिन्न १ सय २ वटा देशसँग व्यापार गरेको छ । वैदेशिक व्यापारका क्रममा नेपालले अधिकांश मुलुकसँग घाटाको कारोबार गरेकोमा बेलायत, अफगानिस्तानलगायतका १४ देशसँग भने नाफाको व्यापार गरेको पाइएको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा बेलायत, कम्बोडिया, अफगानिस्तान, स्विडेन, स्लोभेनिया, न्यु क्यालेडोनिया, आर्मेनिया, रोमानिया, पोर्चुगल, स्लोभाकिया, जर्जिया, सेन्ट हेलेना, आइसल्यान्ड र क्रोएसियालगायत विभिन्न १४ वटा देशसँग नेपालले नाफाको

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 115 पटक पढिएको
  • शिक्षाको स्मार्ट निषेधाज्ञा कार्ययोजना तयार

     काठमाडौं ( नेपाल समाचारपत्र दैनिकबाट )। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालू शैक्षिक सत्रका लागि स्मार्ट निषेधाज्ञाको ६ बुँदे कार्ययोजना तयार गरेको छ ।मन्त्रालयले स्मार्ट निषेधाज्ञालाई पूर्ण निषेधाज्ञा (रातो), मिश्रित निषेधाज्ञा (गाढा पहेंलो), आंशिक निषेधाज्ञा (पहेंलो) र सामान्य निषेधाज्ञा (हरियो) गरी चार क्षेत्रमा विभाजन गरेको छ । वर्गीकरण गरेको क्षेत्रमा विद्यालय खोल्नेदेखि परीक्षा सञ्चालन गर्ने विषयसमेत उल्लेख छ ।मन्त्रालयले कोभिड–१९ महामारीको अवस्थामा शिक्षा क्षेत्रलाई सावधानीपूर्वक सञ्चालन गर्न आवश्यक निषेधाज्ञाको प्रकृतिअनुरूपको मन्त्रालयसँग सम्बन्धित क्रियाकलापको कार्यान्व

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 121 पटक पढिएको
  • दुई गाउँको जग्गा जमिन अझै पनि ‘श्री ५’ कै नाममा

    काठमाडौं (अन्नपूर्ण पोस्ट दैनिक  बाट )। मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी ‘श्री ५ को वायुगुठी’ छ। पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनी ‘श्री ५ को वायुगुठी’ अंकित छ। पुस्तौंदेखि किसानले खेती गर्छन्, कर तिर्छन्। तर, स्वामित्व भने अझै पाएका छैनन्।। गोरखाको आरुघाट गाउँपालिका–३ र ४ (पुरानो थुमी गाविस) र धादिङको नेत्रावती गाउँपालिका र नीलकण्ठ नगरपालिकाका कटुञ्जे र ज्यामरुङका जग्गाजमिनको स्वामित्व ‘श्री ५ को वायुगुठी’ मा रहेको स्थानीयवासी बताउँछन्।राजसंस्था र श्री ५ नै अस्तित्वमा नरहेको अवस्थामा दूर

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 115 पटक पढिएको
  • डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै

    काठमाडौं (आर्थिक अभियान दैनिकबाट )। अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले घटेको छ । गत बिहीवार एक डलरको खरीद मूल्य ११९ रुपैयाँ १० पैसा थियो, त्यो आज (बुधवार) सम्म आउँदा १ रुपैयाँ ९९ पैसाले घटेर ११७ रुपैयाँ ११ पैसामा कायम भएको छ ।बिहीवारका लागि डलरको खरीद दर भने ११६ रुपैयाँ ५१ पैसा तोकिएको छ । मंगलवार डलरको विक्री मूल्य ११७ रुपैयाँ ५२ पैसा र खरीद मूल्य ११६ रुपैयाँ ९२ पैसा रहेको थियो ।नेपाली

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 190 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा