पत्रपत्रिका

    Showing 661-670 of 1,254 items.
  • प्राकृतिक प्रकोपः तराईमा बाढी, पहाडमा पहिरो

     काठमाडौं ( अन्नपूर्ण पोस्ट दैनिक बाट )। पछिल्लो अढाई महिनमा बाढी र पहिरोमा परी ८६ जनाले ज्यान गुमाउँदा ३१ जना बेपत्ता छन्। यो समयमा १ सय १५ जना घाइते भएको प्रहरीको तथ्यांक छ। अझै वर्षात् निरन्तर भएकाले क्षतिको तथ्यांक बढ्न सक्ने मौसमविद् बताउँछन्। वर्षाले १ हजार १ सय ५८ घरपरिवार विस्थापित भएका छन्। ३ हजार १ सय ६८ वटा घर डुबानमा परेको छ।जथाभावी विकास निर्माणले गर्दा बर्सेनि पहाडमा पहिरो र तराईमा डुवानका घटना बढ्दैछन्। पछिल्लो घटनालाई लिँदा बाढी र पहिरोमा नै बालकदेखि वृद्धसम्मले ज्यान गुमाउनु परेको छ। शुक्रबार पहिरो खस्दा उदयपुर कटारी नगरपालिका २ मिलन चोकका ७ वर्षीय कर्ण मगर पुरिए। उद्धार

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 122 पटक पढिएको
  • राष्ट्र बैंकको लगानी तोकिएको सीमाभन्दा बाहिर

     काठमाडौं (आर्थिक अभियान दैनिकबाट) । समग्र वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नै तोकिएको सीमाभन्दा बाहिर गएर विभिन्न संस्थामा शेयर तथा ऋण लगानी गरेको पाइएको छ । महालेखा परीक्षकले हालै सार्वजनिक गरेको आव २०७६/७७ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।नेपाल राष्ट्र बैंक ऐनअनुसार केन्द्रीय बैंकले तोकिएका क्षेत्रको संस्था (कम्पनी) को चुक्ता पूँजीको १० प्रतिशतसम्म मात्र ऋण तथा शेयर लगानी गर्न पाउँछ । कुनै एक कम्पनीको १ अर्ब रुपैयाँ चुक्ता पूँजी छ भने त्यस कम्पनीलाई राष्ट्र बैंकले बढीमा १० करोडसम्म मात्र ऋण दिन पाउँछ । तर, राष्ट्र बैंकले त्यो व्यवस्थाको अवज्ञा गर्दै एक लघुवित

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 119 पटक पढिएको
  • निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने

     काठमाडौं  (अन्नपूर्ण पोस्ट दैनिक बाट )। नेकपा (एकीकृत समाजवादी) लाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध एमाले अदालत जाने भएको छ। एमालेबाट छुट्टिएर माधवकुमार नेपालको अध्यक्षतामा गठित उक्त दललाई आयोगले बुधबार मान्यता दियो।पार्टीले कारबाही गरेका र अनुपस्थित भएकाको पनि सनाखत गरेर आयोगले नयाँ दललाई मान्यता दिएको एमालेको दाबी छ। ‘हामी यसको कानुनी प्रतिवाद गर्छौं। एमाले स्थायी समितिको बिहीबारको बैठकपछि सचिव प्रदीप ज्ञवालीले भने, ‘यसको तयारी गरिरहेका छौं।’ आफ्नो दल विभाजनमा आयोगले भूमिका खेलेको एमालेको आरोप छ।सचिव प्रदीप ज्ञवालीले आयोगले दल विभाजनमा सहयोग पुग्ने विवादास्पद निर्णय गरे

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 127 पटक पढिएको
  • व्यापार घाटा १४ खर्बः आयात र निर्यात दुवै बढ्यो

     काठमाडौं (राजधानी दैनिकबाट ) । आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६ दशमलव ८ प्रतिशतले घटेको थियो ।नेपाल राष्ट्र बैंकले तयार गरेको गत आवको तथ्यांकअनुसार आयात २८ दशमलव ७ प्रतिशतले र निर्यात ४४ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १५ दशमलव ६ प्रतिशतले घटेको थियो भने निर्यात शून्य दशमलव ६ प्रतिशतले बढेको थियो ।यसैगरी, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९ दशमलव ८ प्रतिशत र अमेरिकी डलरमा ८ दशमलव २ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकका अनुसार शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा छ । अ

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 127 पटक पढिएको
  • प्रक्रिया मिचियो, कार्ययोजनाबिना ७ अर्ब बढी खर्च

     काठमाडौं ( राजधानी दैनिकबाट )। कोभिड महामारी नियन्त्रणका नाममा देशभरका विभिन्न स्थानीय तहले व्यवस्थित कार्ययोजनाबिना नै ७ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेका छन् । यसरी स्थानीय तहले मनलाग्दी खर्च गर्दासमेत सरकारको केन्द्रीय निकायबाट कुनै अनुगमन हुन सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिनका लागि तदारुकता देखाउन सकेको छैन । न त प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै अनुगमन गर्न सकेको छ ।महालेखा परीक्षकको कार्यालयका अनुसार व्यवस्थित कार्ययोजनाबिना नै प्रदेश १ का १ सय ३२ स्थानीय तहले १ अर्ब १४ करोड, प्रदेश २ का १ सय ३६ स्थानीय तहले २ अर्ब ३३ करोड, बाग्मती प्रदेशका ९८

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 122 पटक पढिएको
  • सत्ता गठबन्धनबीच मन्त्रालयको भागबण्डा टुंगियो

     काठमाडौं (राजधानी दैनिकबाट)। सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच १४ भदौमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमतिसहित मन्त्रालयको संख्यामा भागबन्डा भएको हो ।गठबन्धन आबद्ध दलका एक नेताका अनुसार कांग्रेसले कुल सात, माओवादी, नेकपा एस र जसपाबीच समान रूपमा एक राज्यमन्त्रीसहित ६–६ मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ । संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कुल २५ मन्त्री राख्न पाउँछन् ।‘मन्त्रालयको भागबन्डा मोटामोटी सकियो, सम्भ

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 166 पटक पढिएको
  • अध्यादेश बजेट प्रतिस्थापन गर्ने अर्थमन्त्रीको तयारी

     काठमाडौं  (आर्थिक अभियान दैनिकबाट )। अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न अर्थमन्त्री जनार्दन शर्माले सक्रियता बढाएका छन् । यसै क्रममा बिहीवार मन्त्री शर्माको अगुवाइमा अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयका सचिवहरूको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव संकलन गरेको छ ।बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकका प्राथमिकताबारे प्रकाश पार्दै विद्यमान अर्थतन्त्रलाई उत्पादनमुखी दिशातर्फ सोझ्याउने गरी कार्यक्रम परिमार्जन गरेर पठाउन निर्देशन दिए । अध्यादेश बजेट परिमार्जन गर्दा संघीयताको व्यावहारिक कार्यान्वयनलाई बल पुग्ने, वित्तीय अनुशासन काय

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 115 पटक पढिएको
  • अघिल्लो सरकारका अधुरा आयोजना सम्पन्न गर्न देउवाको निर्देशन

     काठमाडौं   (गोरखापत्र दैनिकबाट )। प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकमा प्राधिकरणका पदाधिकारीलाई उनले यस्तो निर्देशन दिए ।बैठकमा प्रधानमन्त्रीले निर्माण सम्पन्न नहुँदै हतार हतारमा उद्घाटन भएका तर काम अझै बाँकी रहेका आयोजनाको काम प्रभावकारी ढङ्गले सञ्चालन गर्न र त्यसका लागि सरकारले सबै किसिमको सहयोग गर्ने बताए ।बैठकले २०७२ साल वैशाख १२ गतेको महाभूकम्प

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 140 पटक पढिएको
  • एमाले अध्यक्ष केपी ओली यतिखेर दुःखी

     काठमाडौं (नेपाल समाचारपत्र दैनिकबाट )। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । उनले तुलसीलाल स्मृति प्रतिष्ठानमा बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीको एकता बचाउनका लागि कोशिस गर्दागर्दै पनि पार्टी विभाजित भएकाले आफूलाई दुःख लागेको बताएका हुन् ।अध्यक्ष ओलीले माधव नेपालप्रति कटाक्ष गर्दै एमाले फुटाउन सांसदहरुलाई घर–घरबाट थुतेर चन्द्रागिरिमा लगेर थुनेको आरोप पनि लगाए । अध्यक्ष ओलीले आफ्नो कार्यकालमा ल्याएको अध्यादेश र वर्तमान सरकारले ल्याएको अध्यादेशमा धेरै भिन्नता रहेको बताए । उनले आफूले देश र जनताको हितका लागि, सांसदहरुको अधिकार रक्षाका लागि

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 144 पटक पढिएको
  • कांग्रेस महाधिवेशनः निर्वाचन अधिकृत खटाउने तयारी

     काठमाडौं  (गोरखापत्र दैनिकबाट )। नेपाली कांग्रेसले एकरदुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्ने प्रयोजनका लागि निर्वाचन अधिकृतहरू खटाउन लागिएको हो ।पार्टीबाट महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक कानुनविद् महादेव यादवले ढिलामा पनि आउँदो शुक्रबारसम्म सबै जिल्लामा क्रियाशील सदस्यताको अन्तिम सूची र जिल्ला निर्वाचन अधिकृत खटाइने जानकारी दिए। विवाद समाधान गर्न बाँकी रहेका केही जिल्लामा क्रियाशील सदस्यता सूची र जिल्ला निर्वाचन अधिकृत खटाउन

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 109 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा