पत्रपत्रिका

    Showing 661-670 of 1,267 items.
  • शिक्षाको स्मार्ट निषेधाज्ञा कार्ययोजना तयार

     काठमाडौं ( नेपाल समाचारपत्र दैनिकबाट )। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालू शैक्षिक सत्रका लागि स्मार्ट निषेधाज्ञाको ६ बुँदे कार्ययोजना तयार गरेको छ ।मन्त्रालयले स्मार्ट निषेधाज्ञालाई पूर्ण निषेधाज्ञा (रातो), मिश्रित निषेधाज्ञा (गाढा पहेंलो), आंशिक निषेधाज्ञा (पहेंलो) र सामान्य निषेधाज्ञा (हरियो) गरी चार क्षेत्रमा विभाजन गरेको छ । वर्गीकरण गरेको क्षेत्रमा विद्यालय खोल्नेदेखि परीक्षा सञ्चालन गर्ने विषयसमेत उल्लेख छ ।मन्त्रालयले कोभिड–१९ महामारीको अवस्थामा शिक्षा क्षेत्रलाई सावधानीपूर्वक सञ्चालन गर्न आवश्यक निषेधाज्ञाको प्रकृतिअनुरूपको मन्त्रालयसँग सम्बन्धित क्रियाकलापको कार्यान्व

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 170 पटक पढिएको
  • दुई गाउँको जग्गा जमिन अझै पनि ‘श्री ५’ कै नाममा

    काठमाडौं (अन्नपूर्ण पोस्ट दैनिक  बाट )। मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी ‘श्री ५ को वायुगुठी’ छ। पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनी ‘श्री ५ को वायुगुठी’ अंकित छ। पुस्तौंदेखि किसानले खेती गर्छन्, कर तिर्छन्। तर, स्वामित्व भने अझै पाएका छैनन्।। गोरखाको आरुघाट गाउँपालिका–३ र ४ (पुरानो थुमी गाविस) र धादिङको नेत्रावती गाउँपालिका र नीलकण्ठ नगरपालिकाका कटुञ्जे र ज्यामरुङका जग्गाजमिनको स्वामित्व ‘श्री ५ को वायुगुठी’ मा रहेको स्थानीयवासी बताउँछन्।राजसंस्था र श्री ५ नै अस्तित्वमा नरहेको अवस्थामा दूर

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 158 पटक पढिएको
  • डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै

    काठमाडौं (आर्थिक अभियान दैनिकबाट )। अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले घटेको छ । गत बिहीवार एक डलरको खरीद मूल्य ११९ रुपैयाँ १० पैसा थियो, त्यो आज (बुधवार) सम्म आउँदा १ रुपैयाँ ९९ पैसाले घटेर ११७ रुपैयाँ ११ पैसामा कायम भएको छ ।बिहीवारका लागि डलरको खरीद दर भने ११६ रुपैयाँ ५१ पैसा तोकिएको छ । मंगलवार डलरको विक्री मूल्य ११७ रुपैयाँ ५२ पैसा र खरीद मूल्य ११६ रुपैयाँ ९२ पैसा रहेको थियो ।नेपाली

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 244 पटक पढिएको
  • नेपाल प्रहरीभित्र यसरी प्रवेश भयो अपराधीकरण

     काठमाडौं(राजधानी दैनिकबाट )  । २५ पुस २०५८, यो यस्तो दिन हो, जुन दिनलाई नेपाल प्रहरीका कतिपय अधिकृत अहिले पनि सम्झन चाहँदैनन् । सम्झिऊन् पनि कसरी ? त्यो दिनले उनीहरूको वृत्तिविकासमा नराम्रो असर पार्ने पक्कापक्की थियो, कालान्तरमा पर्यो पनि ।त्यस दिनको सरकारको निर्णयविरुद्ध ११२ र ११३औं टोलीका प्रहरी निरीक्षकहरूले सर्वोच्च अदालतसमेत गुहारे । तर, सर्वोच्च अदालतले उनीहरूलाई साथ दिएन । सरकारकै निर्णय सदर गरेपछि उनीहरू चुपचाप लाग्नुको विकल्प पनि भएन ।त्यसबेला गृहमन्त्री थिए खुमबहादर खड्का । प्रहरी महानिरीक्षक थिए प्रदीपशमशेर जबरा । जबराअघिका प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलकै पालामा सरक

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 162 पटक पढिएको
  • ठूलाबडासँग उठाउन बाँकी विद्युत महसुल ३५ अर्ब

     काठमाडौं (अन्नपूर्ण पोस्ट दैनिक बाट )। विद्युत् प्राधिकरणले मिटर रिडिङ भएको ६० दिनभित्र महसुल भुक्तानी नगरे बिना सूचना लाइन काट्छ। सर्वसाधारणले गुनासो पोखे, प्राधिकरणले आफ्नो विनियमावली अघि सार्छ। तर, ठूला घराना र व्यापारिक प्रतिष्ठानले वर्षौँदेखि झन्डै ३५ अर्ब रुपैयाँ भुक्तानी नगर्दा पनि प्राधिकरणले लाइन काटेको छैन। न त, बक्यौता उठाउनै सकेको छ।ठूला उद्योगी, व्यापारीहरू र ठूला घरानाहरूको हेपाहा प्रवृत्तिका कारण नै प्राधिकरणले बक्यौता उठाउन नसकेको सञ्चालक समितिका पूर्वसदस्य डा. सुरज लामिछानेले बताए। सरकारी निकाय भएकाले चेक, जाँच र दण्ड÷जरिवाना फितलो हुने मान्यताका कारण पनि बक्यौता बढ्दै ग

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 160 पटक पढिएको
  • सरकारी रोजगारी कार्यक्रमः उपलब्धी शून्य

     काठमाडौं ( अन्नपूर्ण पोस्ट दैनिकबाट) । सरकारको उदासीनताका कारण स्वदेशमै उद्यमशीलताका माध्यमबाट सिर्जना हुने रोजगारीको अवसर शून्य रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उद्देश्यअनुसार काम नगर्दा उपलब्धि शून्य देखिएको हो।कोभिड—१९ महामारीका कारण बेरोजगारको अवस्था भयावह बनेको छ। स्वदेशमा रोजगारी गुमाउनुका साथै वैदेशिक रोजगारीबाट समेत रोजगारी गुमाएर फर्किनेको संख्या बढ्दो छ। तर सरकारले बेरोजगार अन्त्य गर्न आफैंले घोषणा गरेका कार्यक्रम पनि सञ्चालन गरेको छैन।सरकारले गत वर्ष ७ लाखभन्दा बढीलाई रोजगारी दिने घोषणा गरेको थियो। तर उक्त घोषणाअनुसार सरकारले रोजगारी दिन सकेन। कोभिड

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 396 पटक पढिएको
  • अकुत कमाउनेहरु नै तिर्दैनन् विद्युत महशुल

     काठमाडौं ( अन्नपूर्ण पोस्ट दैनिकबाट) । सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी (बक्यौता) रकम ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। नतिर्नेमा अथाहा नाफा गरिरहेका गतिला उद्योगधन्दा, ठूला घरानाका व्यक्ति र कतिपय कार्यालय छन्। सर्वसाधारणको तत्काल लाइन काटिदिने प्राधिकरणले तिनीहरूबाट रकम असुल्न भने सकेको छैन। बरु अनेक बहानामा टारिरहन उन्मुक्ति दिँदै आएको छ।यहाँसम्म कि प्राधिकरणको बक्यौता अघिल्लो वर्षको तुलनामा ७२.५३ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो एक वर्षमा २ अर्बभन्दा बढी यो रकम थपिएको छ। महालेखा परीक्षकको प्रतिवेदनले २०७६/०७७ सम्म बक्यौता ३२ अर्ब रुपैयाँ देखाएको छ। प्राधिकरणबाटै

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 195 पटक पढिएको
  • कोभिड खोप लगाएपछि एन्टिबडी जाँच गराउनु राम्रो

     काठमाडौँ  (गोरखपात्र दैनिकबाट )। कोरोना भाइरसविरुद्धको खोप लगाएको २०औँ दिनमा सङ्क्रमित भइन लोकन्थलीकी सजिना डङ्गोल । खोप लगाउँदा उनलाई कुनै पनि प्रभाव (साइड इफेक्ट) देखिएको थिएन । त्यसैले सङ्क्रमित भएको कुरा उनलाई भ्रम हो कि जस्तो पनि लाग्यो ।डङ्गोल भन्छन, “खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण धेरैलाई देखियो तर मलाई यस्तो कुनै लक्षण देखिएन ।” एकान्तबास बस्दाको अवस्थामा उहाँलाई त्यति कठिन भएन तर सङ्क्रमित उनकी दिदीलाई भने सघन कक्षमा राखेर उपचार गर्नु पर्यो । चिकित्सकहरूले कोरोनाविरुद्धको खोप नलगाएका कारण गाह्रो भएको अनुमान गरेका छन ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 211 पटक पढिएको
  • धमाधम उम्मेदवारी घोषणा

     काठमाडौं (राजधानी दैनिकबाट )। आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशन घोषणा भएपछि नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट सभापतिमा हालका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोमबार मात्र यसअघि महामन्त्रीमा पराजित गगन थापाले पनि महामन्त्रीमै उम्मेदवारी घोषणा गरेका छन् ।संस्थापन तर्फबाट सभापति शेरबहादुर देउवा नै उम्मेदवार बन्ने करिबकरिब निश्चित छ । संस्थापनइतरबाट पनि साझा उम्मेदवारको खोजी भइरहेको छ । यद्यपि, उपयुक्त पात्रबारे सहमति

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 171 पटक पढिएको
  • मन्त्रिपरिषद् विस्तारमा ढिलाइ, गठबन्धनमै असन्तुष्टि

     काठमाडौं ( राजधानी दैनिकबाट )। सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा डेढ महिना बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिले चार फुल मन्त्री र एक राज्यमन्त्रीकै भरमा सरकार सञ्चालन गर्दै आइरहेका छन् ।मन्त्रिपरिषद् विस्तार र भागबन्डामा सहमति गर्न भन्दै सोमबार साँझ बसेको बैठकमा समेत मन्त्रालयको भागबन्डामा कुरा नमिलेपछि गठबन्धन आबद्ध शीर्ष तहका नेताहरू नै असन्तुष्ट बनेका हुन् ।‘नयाँ सरकार बनेको डेढ महिना भयो, कहिले कसका कारण विस्तार ढ

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 172 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.