पत्रपत्रिका

    Showing 701-710 of 1,254 items.
  • भूतपूर्व गोर्खा सैनिकको अनसन १३औं दिनमा तोडियो

    लन्डन (कान्तिपुर दैनिकबाट ) । भूतपूर्व गोर्खा सैनिकहरूले समान पेन्सन लगायत अधिकारको माग गर्दै लन्डनमा शुरु गरेको आमरण अनशन १३ औं दिनमा बिहीबार अपरान्ह अन्त्य भएको छ । भूपू गोर्खा सैनिकका मागलाई लिएर तीन जना साउन २३ गतेदेखि अनशनमा रहेका थिए ।गोर्खा मागका सम्बन्धमा बेलायत सरकारले नेपाल सरकार र गोर्खा प्रतिनिधिसँग वार्ता गरी उनीहरूका समस्या समाधान गर्ने लिखित प्रतिवद्धता जनाएपछि अनशन तोडिएको हो ।बेलायती रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायत अनशनस्थल पुगेर सत्याग्रहीहरूलाई जुस पिलाएर अनशन तोडाएका थिए ।गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्ण

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 103 पटक पढिएको
  • केपीकै शैलीमा डोरमणिको बिदाई

     हेटौंडा (नागरिक दैनिक बाट )। बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेलको बिदाई असामान्य देखिएको छ। हेटौंडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री निवासबाट हेटौंडा–११ नवलपुरस्थित निजी निवासमा फर्कंदा देखिएको दृष्य केही रोचक र असान्दर्भिक देखिन्थ्यो।नेपालकै सबैभन्दा पाको उमेरका मुख्यमन्त्रीबाट धेरैले सादगी, सरलता र असल संस्कार अपेक्षा गरेका थिए। त्यसमाथि कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमणबीच भेला, गोष्ठी गर्न स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ। तर करिब साढे ३ वर्ष मुख्यमन्त्री भएका ७५ वर्षीय पौडेलको बिदाई र त्यसपछिको उनको भाषणले धेरैलाई निराश बनायो।नेकपा एमाले अध्यक्षका के

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 123 पटक पढिएको
  • आयोगको अनिच्छापछि नेपाल र ठाकुरले पार्टीको नाम फेर्दै

    काठमाडौं  (राजधानी दैनिकबाट )। सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा प्रस्तावित दुवै दलको नाम भने अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले प्रस्ताव गरिएकै नाम दर्ता गर्न अनिच्छा देखाएको छ ।सो अध्यादेश बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले सो निवेदनउपर अध्ययन सकेर १० दिनभित्रमा दर्ताको काम टुंग्याइने जनाएको हो ।नेता नेपाल अध्यक्ष तथा झलनाथ

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 118 पटक पढिएको
  • पुल्चोकमा राजकीय अतिथि गृह निर्माण हुने

     काठमाडौँ (गोरखपात्र दैनिकबाट )। नेपाल भ्रमण गर्ने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिहरुलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ ।ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो । करिब डेढ अर्ब रुपैयाँको लागतमा यो अतिथि गृह निर्माण गर्न लागिएको हो ।अतिथि गृह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा विस्तृत ‘डिजाइन’ तथा ‘ड्रोइङ’को कामसमेत सम्पन्न भइसकेको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 108 पटक पढिएको
  • काठमाडौं महानगर दुर्गन्धित अवस्थामा

    काठमाडौं  (राजधानी दैनिकबाट )। काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरू फोहोरको डङ्गुरले भरिन थालेका छन् । काठमाडौं महानगरपालिकाले समयमा नै फोहोर उठाउन नसक्दा विगत १५ दिनदेखि फोहोर थुप्रन पुगेको हो ।महानगरपालिकाका अनुसार झरी र हिलोले सडक अस्तव्यस्त भएकाले नुवाकोटको औखरपौवा (सिसडोल) स्थित ल्यान्डफिल्ड साइटमा गाडी जान नसकेर फोहोर नउठेको हो । काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर सहरवासीलाई फोहोर बाहिर ननिकाल्न भनेको छ । जसका कारण काठमाडौंवासी टोलटोल र घरघरमा नै फोहोर थुपार्न बाध्य भइरहेका छन् ।दुई हप्तादेखि तीन हप्तासम्मको फोहोर कोठाभित्रै राख्नुपर्ने समस्या आइपरेपछि कतिपयले रातिराति चोक, स

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 103 पटक पढिएको
  • नेकपा एमाले विभाजन

     काठमाडौं (कान्तिपुर दैनिकबाट )//प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको लामो विवादपश्चात अन्ततः एमाले बुधबार औपचारिक रूपमा फुटेको हो । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको एमाले वरिष्ठ नेता नेपालको नेतृत्वमा नयाँ दल गठन भएको छ ।नवगठित पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी)’ रहेको छ । पार्टी अध्यक्षमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल र वरिष्ठ नेतामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छन् । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको नवगठित पार्टी नेता राजेन्द्र पाण्डेले जानकारी दि

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 106 पटक पढिएको
  • सरकार बलियो अवस्थामा, प्रम देउवा ढुक्क

     काठमाडौं (कान्तिपुर दैनिकबाट ) । प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले र जसपा विभाजनपछि सरकार सञ्चालनका लागि सहज बहुमत जुट्ने भएको छ ।देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक बनेका एमालेका माधवकुमार नेपालले छुट्टै दल दर्ताका लागि निवेदन दिएसँगै सरकार र प्रतिनिधिसभाको अनिश्चित भविष्यलाई लिएर गरिएका चिन्ता अन्त्य भएको सरकारी पक्षको दाबी छ ।एमालेको नेपाल र जसपाको ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न सहज हुने गरी मंगलबार सरकारले ल्याएको अध्यादेश बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन् । राष्ट्रपतिबाट जारी हुनासाथ नेपाल र ठाकुर पक्षले निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निव

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 109 पटक पढिएको
  • वरिष्ठ नेता माधवकुमार नेपाल नेकपा (एमाले–समाजवादी) दर्ता गर्न निर्वाचन आयोगमा

    काठमाडौं (कान्तिपुर दैनिकबाट )। संसद्को सबैभन्दा ठूलो दल एमाले औपचारिक रूपमा विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार आफ्नो नेतृत्वमा नेकपा (एमाले–समाजवादी) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै गत फागुन २३ मा एमाले ब्युँताएपछि विभिन्न राजनीतिक र सांगठनिक मुद्दामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच बढ्दै गएको मतभेद विभाजनसम्म पुगेको हो । एमाले विभाजनले ओली र नेपालबीचको पाँच दशक लामो सहकार्यमा ‘ब्रेक’ लागेको छ ।पार्टीभित्र अध्यक्ष ओलीको ‘अपमानले आजित’ भएर ६९ वर्षको उमेरमा राजनीतिको नयाँ अध्याय सुरु गर्ने कठोर निर्णय लिएका नेपा

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 113 पटक पढिएको
  • संकटमा एमाले एकताः नेपाल पक्ष नयाँ दल दर्ताको तयारीमा

    काठमाडौं ( नागरिक दैनिकबाट )। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ। नेता नेपालले एकदुई दिनमै नयाँ दल दर्ताको तयारी गरेका छन्।नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको स्रोतले जनाएको छ। ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन। नयाँ दल दर्ताको तयारी छ। नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन’, नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘विधान, राजनीतिक प्रतिवेदन सबै तयारी अवस्थामा छ।’ओल

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 91 पटक पढिएको
  • अध्यादेश प्रकरणः कानुनी प्रश्न उठ्न सक्ने

    काठमाडौं (  राजधानी दैनिकबाट )// संसद् अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको दल विभाजनसम्बन्धी राजनीतिक अध्यादेश जारी भएमा कानुनी प्रश्न उठ्न सक्ने देखिएको छ । असाधारण र अत्यावश्यक समयमा बाहेक अध्यादेश ल्याउन नपाइने प्रावधान छ ।सामान्य अवस्थामै संसद् अधिवेशन अन्त्य गरेर गरिएको अध्यादेशको सिफारिस राष्ट्रपतिबाट जारी भएमा अदालतमा रिट पर्ने सक्नेछ । मन्त्रिपरिषद्को निर्णयबाट सिफारिस भई राष्ट्रपतिसमक्ष पेस भएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा दल विभाजन गर्न खुकुलो हुने गरी ऐन संशोधन गरिएको छ । ऐन संशोधन गर्ने विषयमा सिफारिस भएको सो अध्यादेश राष्ट्रपतिले अध्ययनका लागि राखेकी छन् ।हाल सत्तारूढ दलहर

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 104 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा