पत्रपत्रिका

    Showing 711-720 of 1,254 items.
  • पार्टी फुटाउन सजिलो बनाउने विधेयक

    काठमाडौं (  राजधानी दैनिकबाट )। सरकारले राजनीतिक दल विभाजनमा सहज हुनेगरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्नेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको हो । सो अध्यादेश मंगलबार नै सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश ल्याउने निर्णय गराएर प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । त्यसक्रममा अध्यादेशलगायतका विषयमा छलफल भएको थियो । सरकारले सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेपछि कानुनी मान्यता पाउन

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 109 पटक पढिएको
  • तालिवानको उदयले चीनलाई हुने फाइदा र बेफाइदा

    एजेन्सी ( चाइना साउथ मर्निङ पोस्टबाट )। अमेरिकाले अफगान सरकारको समर्थनमा दुई दशकसम्म महँगो र रक्तपातपूर्ण प्रयास गरे पनि अन्ततः तालिबानले अप्रत्यासितरूपमा काबुल फेरि कब्जा गर्‍यो । यसले छिमेकी चीनसामु नयाँ अवसर र नयाँ जोखिम पेस गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनिङले सोमबार भनेकी छिन्, ‘चीनले अफगानी जनताको रोजाई र कामनाको सम्मान गर्छ ।’ उनले तालिबानको घोषणाले अफगानिस्तानलाई खुला, समावेशी इस्लामिक सरकारमा रूपान्तरण गर्ने आशा व्यक्त गरिन्, साथै अफगानी जनता र विदेशी मिसनमा रहेकाहरूको सुरक्षा पनि सुनिश्चित हुने आशा व्यक्त गरिन् ।तालिबानले काबुलमा र राष्ट्रपतीय भवनमा तीव्र रूपमा कब

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 138 पटक पढिएको
  • ९१ बर्षको उमेरमा पनि न्याय दिलाउन तल्लिन

    पर्सा  ( राजधानी दैनिकबाट )//। हँसिलो अनुहार, पातलो कद, थोरै चाउरिएका गाला । उमेरले भन्दा २०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिँदा सुरक्षाकर्मीको यातनाले थोरै बाँगिएको हल्का कुप्रो ढाड । वीरगन्ज महानगरको जुनसुकै ठाउँमा प्रायः पैदलै ठमठम हिँड्दा फ्याट्ट भेटिने छरिती महिला । प्रायः सबैकी दिदी अहिले वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की ।पदमा हुँदा होस् वा बाहिर, सदाबहार एकैनासे भेटिने शान्ति दिदी । वर्षका हिसाबले पाँच बीसभन्दा ९ मात्र कम अर्थात् ९१ वर्षकी । विवाहसमेत नगरी पार्टी जीवनमा होमिएकी सुश्री शान्ति दिदी । गणेशमान, गिरिजा, कृष्णप्रसाद भट्टराईजस्ता नेपाली कांग्रेसक

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 114 पटक पढिएको
  • जसपाका १८ केन्द्रीय सदस्यले यादव पक्षलाई त्यागे

     काठमाडौं (राजधानी दैनिकबाट )// जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिष्णुजंग बस्नेतसहित १८ जना केन्द्रीय सदस्य र दुई जिल्ला सदस्यले जसपाको उपेन्द्र यादव समूह परित्याग गर्ने घोषणा गरेका हुन् ।उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालले पार्टी एकता गर्दा गरेको प्रतिवद्धतालाई लत्याउँदै पार्टीलाई केही व्यक्तिको प्राइभेट लिमिटेडका रूपमा चलाएको आरोप समेत उनीहरूले लगाएका छन् ।पत्रकार सम्मेलनमा जसपाका केन्द्रीय सदस्य समेत रहेका भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णुजंग

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 110 पटक पढिएको
  • पार्टी फुटाउने विधेयक आउने आशंकाः ओली समूह तरंगित

    काठमाडौं  ( नागरिक दैनिक बाट )//। संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्।एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन्। ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्नेगरी छलफल अघि बढेको छ’, ओली निकट एक नेताले भने। छलफलपछि ओलीले राति नै विज्ञप्ति जारी गरी सरकारले पार्टी विभाजन गर्नेगरी अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएका छन्।पार्टी विभाजन गर्नेगरी कुनै पनि प्रकारको अध्यादेश आए त्य

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 114 पटक पढिएको
  • राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको तयारी

     काठमाडौं  (गोरखापत्र दैनिकबाट )// मुलुकको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवम् रणनीति तर्जुमा गर्न र सक्षम जनशक्ति तयार गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।काभ्रेको पनौतीमा सञ्चालन हुने सो विश्वविद्यालय सञ्चालन गर्ने सिलसिलामा तयार पारिएको विधेयकको मस्यौदा तयार भइसकेको नेपाली सेनाले जनाएको छ ।नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौड्यालले विश्व विद्यालयको सङ्काय (फ्याकल्टी) तथा अध्ययन अध्यापनको विषय छनोट गरी आवश्यक पाठ्यक्रम विकाससमेत सुरु भइसकेको बता

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 127 पटक पढिएको
  • अफगानिस्तानबाट नेपालीको उद्धार गर्न समिति गठन

    काठमाडौं (राजधानी दैनिक बाट)। सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा रहेका नेपालीलाई उद्धारको संयोजन गर्न समिति गठन गरेको छ । सरकारले अफगानिस्तानमा समस्यामा परेका नेपालीलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो ।प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले सो जानकारी दिएका हुन् । गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रत

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 116 पटक पढिएको
  • कांग्रेस क्रियाशील सदस्यको अधिकार कटौती

     काठमाडौं (राजधानी दैनिकबाट)//। नेपाली कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुनेगरी विधान संशोधन गरेको छ । कांग्रेसको शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यको अधिकार कटौती गर्दै पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउनेगरी विधान संशोधन गरेको हो ।यसअघि भने कांग्रेस विधानमा पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य अधिवेशनका सदस्य हुने प्रावधान थियो । कांग्रेस नेता रमेश लेखकले कोरोना महामारीलाई ध्यान दिँदै अधिवेशनमा भीडभाड नहोस् भनेर यस्तो व्यवस्थासहितको विधान संशोधन गरिएको जानकारी दिए ।संशोधित विषय मंसिरक

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 132 पटक पढिएको
  • काठमाडौं रेड जोनमा, निषेधाज्ञा कडा पार्ने तयारी

     काठमाडौं (राजधानी दैनिकबाट)//कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ ।स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’ मा राखेको भन्दै उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेका हुन् ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौंलाई कोरोनाको रेड जोन मानेको र संक्रमितको संख्या बढ्दै जाँदा निषेधाज्ञाको मोडालिटीमासमेत थप कडाइ गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको बताए ।उनले आमसर्वसाधारणले महामारी

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 140 पटक पढिएको
  • माओवादीमा महिला र दलितका लागि ५० प्रतिशत कोटा

     काठमाडौं ( राजधानी दैनिक बाट )//नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको सबै कमिटीमा महिला र दलितका लागि ५० प्रतिशत कोटा सुरक्षित गर्ने निर्णय गरेको छ ।दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठक आइतबार सम्पन्न गर्दै माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो । बैठकको निर्णय विषयमा जानकारी दिँदै स्थायी कमिटी सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका विभिन्न तहका कमिटीमा महिला, दलितका लागि कोटा निर्धारण गरेको बताए ।बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गर्दै केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित रहनेगरी कोटा नि

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 127 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा