पत्रपत्रिका

    Showing 721-730 of 1,254 items.
  • इलामको चियामा घातक विषादी प्रयोग

    इलाम (अन्नपूर्ण पोस्ट दैनिक बाट) //संयुक्त अनुगमन समितिले हालै कन्याम चिया बगानको विषादी भण्डारण गृह सिल गरेको छ । कडा विषादी प्रयोग मापदण्डविपरीत हुने गरेकाले अनुसन्धान गर्नुपर्ने त्यससम्बन्धी सूचनामा जनाइएको छ । बगानको स्वामित्व लिएको चिया विकास निगमले तीन दिनपछि गल्ती स्वीकार गर्‍यो। व्यवस्थापक लोकनाथ दंगालले भने, ‘नयाँ कर्मचारी आएकोले भूलवश विषादी खरिद गरेको रहेछ। त्यो पनि १ लिटर जति मात्र रहेछ। त्यहाँ पनि भुलचुक भएको छ।’  जहाँ क्लोरोपाइरिफस, साइपर मेथिनलगायत भेटिएको थियो। यी विषादी छर्किएपछि २१ दिनसम्म कुनै पनि कृषिउपज प्रयोग गर्न मिल्दैन। तर, हातले टिपेको चिया (मेसिनले पनि टिप्

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 236 पटक पढिएको
  • तरकारीको मूल्य २४० प्रतिशतसम्म घट्यो

     काठमाडौं (आर्थिक अभियान दैनिक बाट )//। हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका, फर्सी, काँक्रो, भिन्डीलगायत तरकारीको मूल्य घटेको पाइएको हो । निषेधाज्ञापछि कालीमाटीमा तरकारीको आयात बढेकाले मूल्य घटेको हो ।गएको असार ३० गते प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तितेकरेलाको मूल्य १ महीनाको अवधिमा २ सय ४० प्रतिशतले घटेर प्रतिकिलो २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिकिलो १ सय १५ रुपैयाँ रहेको घिउ सिमीको मूल्य २ सय २८ प्रतिशतले घटेर प्रतिकिलो ३५ रुपैयाँ पुगेको छ । ७५

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 123 पटक पढिएको
  • पार्टी विभाजनको सम्भावना रोक्न खनालको जोड

    काठमाडौं(नयाँ पत्रिका दैनिक बाट )//  उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका एमाले नेता झलनाथ खनालसँग एमाले नेताहरुले भेटवार्ता गरेका छन्। दिल्लीमा खनालसँग सुरेन्द्र पाण्डे र भीम आचार्यको भेट गरेका हुन्।आचार्यका अनुसार खनालले पार्टी विभाजनको खतरा रोकेर एमालेलाई एकतावद्द बनाउनुपर्नेमा जोड दिए। भेटमा खनालले टुट(फुटको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न उनले जोड दिएको उनले बताए।‘विभाजनको सम्भावना रोक्न र एकतावद्ध पार्टी बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो’ आचार्यले भने।मृगौला प्रत्यारोपण गरेका खनालको स्वास्थ्यमा क्रमशः सुधार भैरहेको र १५ भदौभित्र डिस्चार्ज भएर फर्किने सम्भावना रहेको

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 118 पटक पढिएको
  • निगमले मुलुककै पहिलो अत्याधुनिक पेट्रोल पम्प बनाउँदै

      काठमाडौं (नयाँ पत्रिका दैनिकबाट )// नेपाल आयल निगम लिमिटेडले बाँकेको नेपालगन्जमा मुलुककै पहिलो आधुनिक पेट्रोलपम्प निर्माण अन्तिम चरणमा पुर्याएको छ । पूर्ण स्वचालित प्रविधिको पम्प मध्य असोजबाट सञ्चालनमा ल्याउने तयारी छ ।पेट्रोलपम्पको अन्डरग्राउन्डमा पनि हालसम्मकै धेरै एक लाख सात हजार लिटर तेल अटाउने पाँचवटा ट्यांकी राखिनेछ । निगमको नेपालगन्जस्थित इन्धन डिपो प्रमुख कमला न्यौपानेका अनुसार २५–२५ हजार लिटर क्षमताका तीनवटा डिजेलको अन्डरग्राउन्ड ट्यांक हुनेछ भने पेट्रोलको १६–१६ हजार लिटरको दुईवटा अन्डरट्यांक हुनेछ । अहिले पेट्रोल दुई र डिजेलको एउटा अन्डरट्यांक राखिसकिएको छ भने डिजेलको २५–२५ हज

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 142 पटक पढिएको
  • नेपाल पक्ष नयाँ दल गठनको गृहकार्यमा

    काठमाडौँ (राजधानी दैनिकबाट )  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ । विधान संशोधन, सदस्यता नवीकरण, संगठन निर्माणसहित महाधिवेशनको तयारीमा ओली पक्ष एकलौटी रूपमा अघि बढेको नेपाल पक्षको विश्लेषण छ ।नेपाल निकटका नेता जगन्नाथ खतिवडाले ओलीपक्ष एकलौटी रूपमा अघि बढेपछि आफूहरूसँग नयाँ दल गठनको विकल्प नभएको बताए । आफूहरूको पहिलो प्राथमिकता पार्टी एकता नै रहेको स्पष्ट पार्दै उनले ओली पक्षले एकताका लागि ढोका न

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 156 पटक पढिएको
  • सार्क मुलुकमध्ये नेपालमा उच्च सङ्क्रमण

    काठमाडौँ ( गोरखापत्र दैनिकबाट )सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन ।कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्रमणको दरमा बढोत्तरी भएको थियो । तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवतजावत भएको छैन । तर पनि नेपालमा भारत लगायत दक्षिण एसियाली मुलुकमध्येकै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ ।चार दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरी

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 181 पटक पढिएको
  • राष्ट्रिय जनगणना–२०७८ यसै वर्ष सम्पन्न गर्ने तयारी

    काठमाडौँ (गोरखापत्र दैनिकबाट) सरकारले २०७८ सालभित्रै राष्ट्रिय जनगणना सम्पन्न गर्ने गरी आन्तरिक तयारी थालेको छ । यसअघि गत जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि जनगणनाको सबै काम स्थगित गरेको थियो ।अहिले पनि कोरोना सङ्क्रमण दर बढ्दै गएकाले यस वर्ष फागुनदेखि चैतभित्र जनगणनाको काम सम्पन्न गर्न सकिने अनौपचारिक छलफल भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले आगामी चैतसम्ममा सबै नेपालीले खोप लगाइसक्ने र

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 167 पटक पढिएको
  • कांग्रेस महाधिवेशनः मंसिरमा प्रक्रिया, माघमा अधिवेशन

    काठमाडौं (राजधानी दैनिक बाट )//नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्मका लागि तोकिएको १४औं महाधिवेशन सार्ने विषयमा शीर्ष नेताबीच सहमति जुटेको छ ।बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले घोषित महाधिवेशनको मितिलाई सार्ने तयारी गरेको हो । मिति सार्न शीर्ष नेतृत्व सहमत भए पनि कहिले गर्नेगरी कुन मितिलाई सार्ने भन्ने विषयमा भने सहमति जुटेको छैन ।स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले मंसिरमा स्थानीय तहका अधिवेशन सुरु गर्नेगरी केन्द्रीय तहको महाधिवेशनलाई माघमा पु९याउने तयारी गरेका छन् । उनले आफूनिकट नेताहरूलाई सोबारे जानकारी गराएका छन् ।‘नयाँ मितिबारे शीर्ष तहमा बुधबार छलफल भयो, त्यसपछि बिह

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 165 पटक पढिएको
  • राष्ट्रिय औषधि नीति ल्याउने सरकारी तयारी

      काठमाडौं (राजधानी दैनिकबाट)//सरकारले नयाँ राष्ट्रिय औषधि नीति ल्याउने र औषधि ऐन २०३५ संशोधन गरेर यसको दायरा बढाउने तयारी थालेको छ । औषधि व्यवस्था विभागले समयसापेक्ष राष्ट्रिय औषधि नीति निर्माण गर्ने र औषधि ऐन संशोधन गर्ने अबको मुख्य योजना रहेको बताएको छ ।यसअघि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले लागू गरिएको तत्कालीन राष्ट्रिय स्वास्थ्य नीति २०४८ को परिपूरक नीतिका रूपमा राष्ट्रिय औषधि नीति २०५१ निर्माण गरिएको थियो ।औषधि क्षेत्रको वृत्ति विकासका लागि औषधि नीति ल्याउने योजना रहेको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले बताए । उनले भने, ‘स्वदेशी औषधि उत्पादकलाई प्रोत्साहन

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 112 पटक पढिएको
  • लाखौं सेवाग्राही लाइसेन्स परीक्षाको पर्खाइमा

     काठमाडौं (राजधानी दैनिकबाट)// सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ ।कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन ।सरकारले गत वर्षको लकडाउन अन्त्यपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारामसमेत खुलाएको थियो । अनलाइन फाराम भर्ने लाखौं सेवाग्राहीले परीक्षा दिन भने पाएका छैनन् ।यातायात व्यवस्था विभागले १ भदौदेखि लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा र परीक्षाका लागि आवेदन खोल्ने तयारी गरेको तत्काल नखुल्ने देखिएको छ ।पछिल्

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 202 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा