पत्रपत्रिका

    Showing 741-750 of 1,267 items.
  • कांग्रेस महाधिवेशनः मंसिरमा प्रक्रिया, माघमा अधिवेशन

    काठमाडौं (राजधानी दैनिक बाट )//नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्मका लागि तोकिएको १४औं महाधिवेशन सार्ने विषयमा शीर्ष नेताबीच सहमति जुटेको छ ।बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले घोषित महाधिवेशनको मितिलाई सार्ने तयारी गरेको हो । मिति सार्न शीर्ष नेतृत्व सहमत भए पनि कहिले गर्नेगरी कुन मितिलाई सार्ने भन्ने विषयमा भने सहमति जुटेको छैन ।स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले मंसिरमा स्थानीय तहका अधिवेशन सुरु गर्नेगरी केन्द्रीय तहको महाधिवेशनलाई माघमा पु९याउने तयारी गरेका छन् । उनले आफूनिकट नेताहरूलाई सोबारे जानकारी गराएका छन् ।‘नयाँ मितिबारे शीर्ष तहमा बुधबार छलफल भयो, त्यसपछि बिह

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 212 पटक पढिएको
  • राष्ट्रिय औषधि नीति ल्याउने सरकारी तयारी

      काठमाडौं (राजधानी दैनिकबाट)//सरकारले नयाँ राष्ट्रिय औषधि नीति ल्याउने र औषधि ऐन २०३५ संशोधन गरेर यसको दायरा बढाउने तयारी थालेको छ । औषधि व्यवस्था विभागले समयसापेक्ष राष्ट्रिय औषधि नीति निर्माण गर्ने र औषधि ऐन संशोधन गर्ने अबको मुख्य योजना रहेको बताएको छ ।यसअघि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले लागू गरिएको तत्कालीन राष्ट्रिय स्वास्थ्य नीति २०४८ को परिपूरक नीतिका रूपमा राष्ट्रिय औषधि नीति २०५१ निर्माण गरिएको थियो ।औषधि क्षेत्रको वृत्ति विकासका लागि औषधि नीति ल्याउने योजना रहेको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले बताए । उनले भने, ‘स्वदेशी औषधि उत्पादकलाई प्रोत्साहन

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 158 पटक पढिएको
  • लाखौं सेवाग्राही लाइसेन्स परीक्षाको पर्खाइमा

     काठमाडौं (राजधानी दैनिकबाट)// सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ ।कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन ।सरकारले गत वर्षको लकडाउन अन्त्यपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारामसमेत खुलाएको थियो । अनलाइन फाराम भर्ने लाखौं सेवाग्राहीले परीक्षा दिन भने पाएका छैनन् ।यातायात व्यवस्था विभागले १ भदौदेखि लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा र परीक्षाका लागि आवेदन खोल्ने तयारी गरेको तत्काल नखुल्ने देखिएको छ ।पछिल्

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 253 पटक पढिएको
  • खोप किन्न सरकार र एडीबीबीच ऋण सम्झौता

    काठमाडौँ (कान्तिपुर दैनिकबाट) कोभिड–१९ विरुद्धको खोप खरिदका लागि सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । बुधबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एडीबीका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।यो सहुलियत ऋण सहायताबाट १ करोड ५९ लाख मात्रा खोप खरिद गरिने बताइएको छ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुने सरकारको अपेक्षा छ । कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताका लागि बैंकको यो सहायता महत्त्वपूर्ण हुने उल्लेख गरे ।साथै खोप अभियानले नागरिक जी

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 160 पटक पढिएको
  • लुम्बिनी प्रदेशको विवाद अब संवैधानिक इजलासमा

    काठमाडौं (राजधानी दैनिकबाट ) सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव र प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्ध परेको मुद्दाको सुुनुवाइ संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ ।न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले सो विषयमा गम्भीर संवैधानिक व्याख्या आवश्यक पर्ने भन्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । एमाले लुम्बिनी प्रदेश सभा सदस्य लीला गिरीले दायर गरेको रिटमा प्रदेश प्रमुखले प्रदेश अधिवेशन आह्वान गर्नु असंवैधानिक भएको दाबी गरिएको थियो । निवेदकको मागबमोजिम अदालतले अन्तरिम आदेश भने दिएन ।मुख्यमन्त्री पोखरेल अल्पमतमा पर

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 194 पटक पढिएको
  • अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी

    काठमाडौ ( गोरखापत्र दैनिकबाट ) आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी नेपालमा औपचारिक रूपमा प्रचलनमा आउने भएकोे छ । विद्युतीय राहदानी प्रचलनमा ल्याउनुअघि त्यसको परीक्षणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले जनाएको छ ।आउँदो अक्टोबरको अन्तिम सातादेखि तीन महिनाको परीक्षणकाल सुरु गर्ने योजना विभागले अघि सारेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताउनुभयो । परीक्षणकाल सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी छ ।गत वर्षको सेप्टेम्बर महिनामा फ्रेन्च कम्पनी फ्रान्सको आइडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्स एस

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 190 पटक पढिएको
  • वैकल्पिक विधिबाट परीक्षा लिन सुझाव

    काठमाडौँ( गोरखापत्र दैनिकबाट) कक्षा १२ को स्थगित परीक्षाको दीर्घकालीन रूपमा निकास दिन उपयुक्त हुने सुझाव दिइएको छ । परीक्षा दुई–दुई पटक स्थगित गरिएको र अझै पनि भौतिक रूपमा परीक्षा हुन कठिनाइ हुनसक्ने भएकाले विकल्प दिएर परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने अभिभावकको सुझाव छ । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थिति तथा अनलाइन विधिबाट सञ्चालन गर्नुपर्ने बताउनुभयो । लामो समय परीक्षाबारे अन्योल हुनुभन्दा दुवै विधिबाट परीक्षा सञ्चालन गरेर निकास दिनुपर्ने उहाँको जोड छ ।उहाँले विद्यालयमा कक्षा ११ को परीक्षा सञ्चालन हुने, विश्वविद्यालयको उच्च शि

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 209 पटक पढिएको
  • एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी

     काठमाडौं (नागरिक दैनिकबाट )//नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ।अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले विधान संशोधनलगायतका प्रक्रिया अघि बढाएपछि नेपाल पक्षले देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै विद्रोहको तयारी गरेको हो।‘अहिले माधव नेपालले आफू पक्षका केन्द्रीय सदस्यलाई फोनबाट विद्रोहका लागि तयार रहन र त्यहीअनुसार संगठन बनाउन निर्देशन दिइरहनुभएको छ’, नेपाल निकट एक केन्द्रीय सदस्यले भने।ओलीले ए

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 192 पटक पढिएको
  • कोरोना संक्रमणपछि नसा र स्नायुमा समस्या, पक्षघातको सम्भावना

     काठमाडौं (गोरखापत्र दैनिकबाट)//कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई । “किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उनले भने, “दुखाइ झन् झन् बढ्न थाल्यो कम हुने नाम नै लिँदैन र डाक्टरकोमा जचाउन गएँ ।” कार्कीले थपे, “तर उपचार गराउन धेरै ढिला भएको भए पक्षघातसम्म हुने सम्भावना रहेको चिकित्सकले जानकारी दिनुभएको थियो ।” उनका अनुसार उनलाई कोरोना सङ्क्रमण भएपछि निको भएको थियो । पछि त्यसैको कारण नसामा समस्या भएको चिकित्सक जानकारी दिए ।कार्की मात्र नभएर पोस्ट कोभिडका कारण धेरैलाई नसा तथा स्नायुमा समस्या देखिएको वरिष्ठ न्

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 178 पटक पढिएको
  • एमसीसीमा सभामुख अनिच्छुक, तत्काल संसदमा अघि नबढाउने

    काठमाडौं (आर्थिक अभियान दैनिकबाट)// सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको सहयोग सम्झौता अनुमोदनका लागि तत्काल संसदमा अघि नबढाउने संकेत देखाएका छन् ।पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले एमसीसीबारे के गर्नुहुन्छ भनी चेतावनीयुक्त भाषामा प्रधानमन्त्री शेरबहादुर देउवालाई रोस्ट्रमबाटै प्रश्न गरेको भोलिपल्टै बुधवार पत्रकारहरूसँगको कुराकानीमा उनले उक्त संकेत गरेका हुन् । उनले एमसीसीमा राष्ट्रिय सहमति जरुरी रहेकाले तत्काल अनुमोदन गरी कार्यान्वयनमा आउने अवस्था नरहेको बताए ।‘एमसीसी सम्झौता पारित गर्न राष्ट्रिय सहमति आवश्यक हुन्छ, त्यो पनि भ

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 151 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.