पत्रपत्रिका

    Showing 751-760 of 1,267 items.
  • प्रश्नपत्र लिक प्रकरणः तीन प्रहरीलाई बर्खास्त गर्न सिफारिस

    काठमाडौं (राजधानी दैनिक बाट)//संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीको प्रि–स्याट छनोट परीक्षाको प्रश्नप्रत्र ‘लिक’ प्रकरणमा मुख्य दोषी देखिएका तीन जनालाई तत्काल बर्खास्त गर्न सिफारिस गरिएको छ ।प्रश्नपत्र लिक भएपछि छानबिन गर्न गठित समितिले छानबिनपश्चात् बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई प्रतिवेदन बुझाउँदै तीन जनालाई बर्खास्त गर्न र विभिन्न तहका अन्य ११ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।प्रतिवेदनमा समितिले प्रश्नपत्र लिक प्रकरणमा मुख्य दोषी देखिएका प्रहरी नायब निरीक्षक जनक थापा, परिचर सुरेश बम र हबल्दार कुमार शाहलाई प्रहरी सेवाबाटै बर्खास्

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 177 पटक पढिएको
  • समुदायस्तरमै फैलिन थाल्यो कोरोना

    काठमाडौं ( राजधानी दैनिकबाट)// कोरोना समुदायस्तरमै फैलिन थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आमनागरिकलाई अपिल गरेको छ । साउन महिनाको हालसम्म दैनिक कोरोना परीक्षणदर हेर्दा संक्रमित हुनेदर २० देखि २५ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हाल देशभर कोरोना संक्रमणदर उच्च रहेको छ । काठमाडौं उपत्यकासहित देशभरका १९ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन् । जसअन्तर्गत प्रदेश १ को मोरङ, सुनसरी, झापा र बाग्मती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट रहेका छन् ।यस्तै, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बा

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 163 पटक पढिएको
  • कांग्रेस महाधिवेशन ३ महिना सार्न गृहकार्य

    काठमाडौँ / कांग्रेसले केन्द्रीय महाधिवेशन तीन महिना सार्ने तयारी गरेको छ । तोकिएको मिति भदौ १६–१९ मा महाधिवेशन हुने सम्भावना टरेपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा मंसिरमा महाधिवेशन गर्ने गृहकार्य गरेका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताले कानुनी आधारबिना महाधिवेशनको कार्यतालिका सार्न नहुने अडान राख्दै आएपछि देउवा औपचारिक रूपमा बोल्न भने सकेका छैनन् । संस्थापन पक्षका नेताहरू महाधिवेशन सार्नेमा सहमत छन् ।देउवाले केही दिनअघिसम्म तोकिएकै मितिमा महाधिवेशन गर्ने बताउँदै आएका थिए । कोभिड–१९ को बढ्दो संक्रमण तथा क्रियाशील सदस्यताको विवाद टुं

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 158 पटक पढिएको
  • नेपाल बंगलादेश बैंकको खुद नाफा २ अर्बभन्दा बढी, निष्क्रिय कर्जा घट्यो

    काठमाडौँ / गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल बंगलादेश बैंकले रू. २ अर्ब २९ करोड २५ लाख ९२ हजार खुद नाफा गरेको छ । आइतवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा ८४ दशमलव १७ प्रतिशतले नाफा बढेको हो । अघिल्लो वर्ष यस अवधिसम्म बैंकको नाफा रू. १ अर्ब २४ करोड ४८ लाख ४६ हजार थियो । गत वर्ष सञ्चालन नाफा ७४ दशमलव ६८ प्रतिशत बढी रू. ३ अर्ब २० करोड ८९ लाख २२ हजार भएको छ । सञ्चालन नाफा बढेकाले पनि बैंकको खुद नाफा बढ्नमा सहयोग मिलेको हो ।गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा पनि अघिल्लो वर्षभन्दा २२८ दशमलव ४९ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष रू. ४४ करोड ९१ ला

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 154 पटक पढिएको
  • शैक्षिक क्षेत्र डामाडोल

    काठमाडौँ / कोरोना महामारीका कारण विद्यालय डेढ वर्षदेखि बन्द छन्। विद्यालय कहिले खुल्ने हुन्, अझै टुंगो छैन। साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन ठप्पप्रायस् छ। कतिपयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। विद्यालय र विश्वविद्यालय बन्द हुँदा ८६ लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलग्रस्त छ। विद्यालय स्तरमा ८१ लाख र विश्वविद्यालयमा ५ लाखभन्दा बढी अध्ययनरत छन्। कोरोना महामारीका कारण शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको विज्ञहरू बताउँछन्। २०७६ चैत ११ गते लकडाउन सुरु हुनुभन्दा केही अघिदेखि नै शैक्षिक क्षेत्र बन्द गरिएका थिए। पहिलो लहरको संक्रमण कम भएपछि खुल्न थाले

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 167 पटक पढिएको
  • अब ५५ वर्षमाथिलाई खोप

    काठमाडौँ  / चीनबाट खोप आउने निश्चित भएपछि सरकारले ५५ देखि ६२ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने तयारी गरेको छ । यसअघि ६२ वर्षभन्दा माथिल्लो उमेर समूहलाई भारतबाट आएको कोभिसिल्ड र चीनको भेरोसेल खोप लगाइएको थियो । चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोप काठमाडौं उपत्यकामा ६० वर्षमाथिका र बाहिरी जिल्लामा ६२ भन्दामाथिका नागरिकलाई लगाइसकिएको छ । हिमाली जिल्ला र काठमाडौं उपत्यकामा १८ वर्षमाथिका केहीले पनि खोप लगाएका छन् । ‘अबको चरणमा ५५ वर्षमाथिका सबैलाई पहिलो खोप लगाउने सूची केही दिनमा सार्वजनिक गर्दै छौं,’ स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले भने ।

    • प्रकाशित मितिः असार २०, २०७८
    • 182 पटक पढिएको
  • कुल बजार पूँजीकरणमा नेपाल टेलिकमको अग्रता कायमै, यो साता प्रतिकित्ता ६३ रूपैयाँले मूल्य वृद्धि

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट)  धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये सर्वाधिक कुल बजार पूँजीकरण नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) कै रहेको छ । पछिल्लो समय नेपाल दूरसञ्चार कम्पनीको भन्दा बढी कित्ता शेयर नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सूचीकृत भएपनि कुल बजार पूँजीकरणमा नेपाल दूरसञ्चार कम्पनीकै अग्रता कायम भएको हो । कुल बजारपूँजीकरण पहिलो नम्बरमा रहेको नेपाल दूरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण रू. २ खर्ब ९ अर्ब १० करोड रहेको छ । गत साताभन्दा यो साता कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६३ ले बढेको छ । गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता रू. १ हजार ३३१ रहेको नेपाल दू

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 186 पटक पढिएको
  • यो चुनाव होइन गणतन्त्र खारेज गर्ने प्रपञ्च : भट्टराई

    बिर्तामोड ( राजधानी दैनिकबाट ) जनता समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको बताएका छन् ।शुक्रबार मध्यरातमा संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावका सन्दर्भमा टिप्पणी गर्दै भट्टराईले यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको बताएका हुन् ।‘भित्रीरबाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र सेटिङमा गत पुस ५ बाट जुन अलोकतान्त्रिकरअसंवैधानिकरप्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म!’ उन

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 292 पटक पढिएको
  • सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले : गगन थापा

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि थापाले आक्रोश पोखेका हुन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीले निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्नु पनि सबैलाई आग्रह गरेका छन् ।प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई संविधान र संसद् कहिल्यै मन नपरेको भन्दै उनले सामाजि

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 203 पटक पढिएको
  • षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि संसद्को चीरहरण भयो : नेपाल

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पुनस् प्रतिगमन दोहोरिएको बताएका छन् । शनिबार बिहान ट्वीट गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका हुन् ।उनले संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले कथित चुनावको उदघोष गर्दै जालझेल गरिएको बताएका छन् । उनले लेखेका छन्, यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भ

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 215 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.