पत्रपत्रिका

    Showing 751-760 of 1,254 items.
  • साढे १४ लाखलाई खोपको दोस्रो मात्रा कहिले ?

    काठमाडौँ(कान्तिपुर दैनिकबाट) विजयकुमार बमले बिहीबार ट्वीट गरेका छन्, ‘यस्तो विषम परिस्थितिमा ज्येष्ठ नागरिकको भत्ता बढाउनुको सट्टा ज्येष्ठ नागरिकलाई दोस्रो डोज कोभिसिल्ड भ्याक्सिनको तु व्यवस्था गर सरकार, यसमा नै सबैको भलाइ छ । प्राणै नरहे त्यो जाबो पैसा के काम ।’उनले जस्तै खोपको चासो हिमा विष्टले पनि गरेकी छन् । ‘सरकार, हाम्रा बा–आमालाई दोस्रो डोज खोप खै ? मेरो पहिलो त कता हो कता तर घरै बस्दा पनि नियम पालना गरेका घरका ठूलाको हालत देख्दा डर र त्रास कहिलेसम्म ?’ विष्टले ट्वीटरमा लेखेकी छन् ।सरकारले फागुन तेस्रो साता ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप दिएको थियो । बेलाय

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 113 पटक पढिएको
  • ओलीको अर्को असंवैधानिक कदम, राष्ट्रपतिको साथ

    काठमाडौँ(कान्तिपुर दैनिकबाट) राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाविपरीत नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्दै गरेको सिफारिसलाई आधार बनाएर राष्ट्रपति भण्डारीले २४ घण्टा पनि समय नदिई सरकार गठनका लागि आह्वान गरेकी हुन् ।संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन प्रक्रिया सुरु गरिएको हो ।राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । संविधानको धारा ७६(३) बमोजिम प्रतिनिधिसभाको ठूलो दलक

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 166 पटक पढिएको
  • बेन्जेमा ६ वर्षपछि राष्ट्रिय टोलीमा

    पेरिस(गोर्खापत्र दैनिकबाट) स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्सले अर्का महिनाबाट सुरु हुने युरोकपको लागि २६ सदस्यीय टोलीको घोषणा गर्दा बेन्जेमालाई ६ वर्षपछि टोलीमा समावेश गरेको हो ।२०१५ मा आफ्नै सहकर्मीमाथि ए बल्बुएनको यौन भिडियो बनाएर ‘ब्लयाकमेल’ गरेको आरोप लागेपछि उनलाई टोलीबाट निष्कासन गरिएको थियो । त्यसपछि उनी २०१५ अक्टोबरयता फ्रान्सको टोली बाहिर रहेका थिए । उनले आफूमाथि लागेको आरोप झुटो रहेको बताउँदै आएका थिए । यो अवधिमा बेन्जेमाले घरमै आयोजना भएको युरोकप २०१६

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 100 पटक पढिएको
  • बजेटअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

    काठमाडौं(राजधानी दैनिकबाट) प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान छ । बजेटअघि संसद्मा नीति तथा कार्यक्रमका लागि बजेट अधिवेशन हुने गर्छ ।बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले भने नीति तथा कार्यक्रमअगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन् । एक मन्त्रीले अनुसार नीति तथा कार्यक्रम र बजेटअघि नै प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिने तयारी गरिरहेका छन् । छिट्टै अधिवेशन बोलाउने तयारी भए पनि मिति भने तय भइनसकेको प्रधानमन्त्री कार्यालयल

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 115 पटक पढिएको
  • रेम्डिसिभिर अब नेपालमै

    काठमाडौँ(गोर्खापत्र दैनिकबाट) कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ ।औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 115 पटक पढिएको
  • स्थानीय तहका कर्मचारीका लागि नयाँ मापदण्ड

    काठमाडौँ(गोर्खापत्र दैनिकबा) सरकारले साबिक स्थानीय निकायबाट स्थानीय तहमा आएका कर्मचारीलाई एक तह बढुवा वा ग्रेड वृद्धिको नीति ल्याउने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन तथा मिलानसम्बन्धी मापदण्ड, २०७७ स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको छ ।सो मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव राजीव पोखरेलले भने, “साबिक स्थानीय निकायका कर्मचारीलाई पनि एक तह वृद्धि गर्ने गरी नयाँ मापदण्ड ल्याउन लागिएको हो ।” यो नयाँ नीतिले पुरानो स्थानीय निकायबाट स्थानीय तहमा आएका कर्मचारीमा थप उत्साह र जिम्मेवारी बढेर सेवा प्रवाह प्रभावकारी हुन

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 121 पटक पढिएको
  • राष्ट्रिय टिममा आमूल परिवर्तन

    काठमाडौँ(कान्तिपुर दैनिकबाट) विश्वकप छनोट र इराकविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि घोषित २३ सदस्यीय नेपाली राष्ट्रिय टिममा ६ नयाँ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चैतमा थ्री नेसन्स कप विजेता टिमका १३ खेलाडी हटाउँदै मंगलबार राष्ट्रिय टिम घोषणा गरेका हुन् ।थ्री नेसन्स कप जितेलगत्तै एन्फाले कुवेती नागरिक अब्दुल्लाहलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनले नेपाल सुपर लिग ९एनएसएल० अघि ३२ खेलाडीको प्रारम्भिक सूची निकालेका थिए । त्यसमा आठ खेलाडी परिवर्तन गर्दै उनले बन्द प्रशिक्षणको लागि आइतबार फेरि ३२ खेलाडी छनोट गरेका थिए, जहाँ एनएसएल च्याम्पियन काठम

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 91 पटक पढिएको
  • जसपामा समझदारीले राजनीतिमा नयाँ मोड

    काठमाडौँ(कान्तिपुर दैनिकबाट) सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक समझदारीले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः विश्वासको मत नपाउने र मुलुक निर्वाचनतिर जाने सम्भावना बढेको छ ।प्रतिनिधिसभाबाट विश्वासको मत लिन प्रधानमन्त्री ओलीले पूर्वराजपा धारलाई सरकारमा सहभागी गराउने प्रयत्न गरिरहेका बेला जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्तिमार्फत प्रतिपक्षमा बस्ने जनाएका हुन् । जसपाको यो समझदारीले बहुमतको समर्थन लिएर सरकारको निरन्तरता दिन खोजेका प्रधानमन्त्री ओलीलाई झट्का लागेको छ । यसले जेठ १५ भित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यत

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 118 पटक पढिएको
  • एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय

    काठमाडौं (राजधानी दैनिकबाट) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वसँग आग्रह गर्ने निर्णय छ ।पार्टीमा देखिएका समस्या यथोचित समाधान गर्दै एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरेको हो ।बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने भएको छ । एकता र समझदारी वृद्धि तथा आ

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 118 पटक पढिएको
  • ४ प्रतिशत आर्थिक वृद्धि कठिन

    काठमाडौं (राजधानी दैनिकबाट) कोभिड प्रभावका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको छ । आर्थिक वर्ष २०७७र७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कोभिड संक्रमण नियन्त्रणार्थ निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने नेपाल राष्ट्र बैंकको ठम्याइ छ ।सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेटमा ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेको थियो । तर, केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७र७८ मा मुलुकको आर्थिक वृद्धि आधारभूत मूल्यमा ३.९८ प्रतिशत अनुमान हालै सार्वजनिक गरेको थियो ।निरन्तर निषेधाज्ञा हुन थालेपछि राष्ट्र बैंकले मौद्रिक नीति त्रैमा

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 91 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा