मुम्बई(राजधानी दैनिकबाट) कोरोना महामारीका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को संस्करणबीचमै स्थगित भएको छ । प्रतियोगिता सुरु भएर पनि अब ३१ खेल बाँकी रहेका बेला कोरोना महामारीले प्रतियोगिता नै स्थगित हुन पुगेको हो । यो संस्करणको आईपीएलका बाँकी खेल कहिले र कसरी सञ्चालन गर्ने योजना भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बनाइसकेका छन् । तर, सन् २०२२ को आईपीएलमा दुई नयाँ टिमलाई प्रवेश दिने बीसीसीआईले तयारी गरेको छ । त्यसका लागि जुलाई या अगस्टमा टेन्डर निकाल्ने तयारी गरेको छ ।बीसीसीआइले यसअघि मे महिनामै १४औं सिजनबीच नयाँ टिमबारे निर्णय गर्ने बताइएका थियो । टेन्डरदेखि लिलामीसम्मका सबै काम फाइनल गर्न
केशव दाहालइतिहासको प्रसंग रोम जल्दा निरो बाँसुरी बजाउँदै थियो । त्यस्तो पनि हुन सक्छ ? आफ्नै नगरमा आगोका हिंस्रक लप्काहरू उठ्दा कोही कसरी संगीतमा झुम्न सक्छ ? तर इतिहासले भन्छ— यस्तो हुन्छ र भई नै रहेको छ । किनभने, तानाशाहहरू मानवीय संवेदनामाथि खेलबाड गर्नुलाई मनोरञ्जन ठान्छन् ।त्यसैको ऐतिहासिक विम्ब हो— निरो । सन्दर्भ निकै रोचक छ । इतिहासकारहरू भन्छन्– सन् ५४ अक्टोबर १३ मा एउटा सत्रवर्षे किशोर रोमन साम्राज्यको सम्राट् बन्यो । उसको वास्तविक नाम थियो— क्लाउदिअस सिजर अगस्तस, जसलाई निरो पनि भनिन्थ्यो । केटो निकै चञ्चल र रसिक थियो । त्यसैले सानै उमेरमा दासीपुत्री क्लाउदियासँग उसको प्रेम भयो ।
काठमाडौँ (कान्तिपुर दैनिकबाट) इन्डियन आयल कर्पोरेसन ९आईओसी० बाट ६३ रुपैयाँ ९९ पैसामा खरिद गरेको पेट्रोल नेपाली उपभोक्ताले ५९ रुपैयाँ १ पैसा थप गरेर १२३ रुपैयाँमा खरिद गर्छन् । त्यस्तै ६२.८९ रुपैयाँमा खरिद भएको डिजेललाई ४३.११ रुपैयाँ थप गरी १०६ रुपैयाँमा किन्नुपर्छ ।यस्तो किन भएको ? धेरैलाई थाहै भएको कुरा हो, विभिन्न शीर्षकमा सरकारले पटकपटक थोपरेको कर । यसमध्ये पनि १५ रुपैयाँ कर गत आर्थिक वर्षमा मात्रै बढाइएको हो । त्यसकारण विविध शीर्षकमा थपिएको कर आगामी बजेटमार्फत घटाएर उपभोक्तालाई राहत दिनुपर्ने विज्ञहरूको सुझाव छ ।नभए अन्तर्राष्ट्रिय बजारमा निरन्तर इन्धनको मूल्यवृद्धि भइरहेकाले नेपाल आयल निग
काठमाडौँ(कान्तिपुर दैनिकबाट) कोभिड–१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका छन् । खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने उनीहरूको विश्लेषण छ ।कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छाले छिमेकी मुलुक भारतलगायत विश्वभरकै तथ्यांक हेर्दा अक्टोबररनोभेम्बरमा कोभिडको तेस्रो लहर आउने निश्चितप्रायः रहेको बताए । ‘पहिलो लहरमा बूढापाका र दोस्रो लहरमा युवा बढी प्रभावित भएजस्तै तेस्रो लहरले बालबालिका बढी जोखिममा पर्ने अनुमान छ,’ उनले भने ।कोभिडको पहिलो लहरमा संक्रमितमध्ये बालबालिका २ प्रतिशतभन्दा कम थिए । हालको
काठमाडौं(राजधानी दैनिकबाट) निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न मिल्ने व्यवस्था मिलाएको छ । उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ स्वीकृत गर्दै आयोगले कोरोना संक्रमित मतदातालाई मतदान व्यवस्था मिलाएको हो ।आयोग प्रवक्ता राजकुमार श्रेष्ठले मतदाताले ७२ घण्टाअघि पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्नेसमेत प्रस्ट पारेका छन् । ‘उपनिर्वाचनमा मतदान गर्न जाँदा ७२ घण्टाअघिको पीसीआर रिपोर्ट साथमै लैजानुपर्छ, रिपोर्ट अनिवार्य छ,’ उनले राजधानीस“ग भने, ‘तथापि पोजेटिभ रिपोर्ट भएकालाई पनि मतदान गर्न पाउने व्यवस्था भने गरिएको छ ।’आयोगका अनुसार कोरोना सं
धनगढी (कान्तिपुर दैनिकबाट) दुई सातायता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको दृश्य अत्यासलाग्दो छ । आकस्मिक कक्ष भरिभराउ भएर ओहोरदोहोर गर्ने बाटोसमेत छेकिएको छ । बरन्डा र अस्पतालबाहिर टाँगिएको पाल पनि खचाखच भरिएको छ । कोरोना संक्रमित र अन्य रोगका बिरामीहरू सबै सँगसँगै छन् ।‘संक्रमित भएका र नभएका सबै सँगै छौं । केही उपाय छैन, भगवान् भरोसा भयो,’ सेती अस्पतालको बाहिर ६ दिनदेखि पालमुनि परिवारको उपचार गराइरहेका कैलालीको घोडाघोडी–१० का कुरुवा मुक्तिराम दुलाराले भने । सेती अस्पताल नजिकै रहेका निजी क्षेत्रबाट सञ्चालित कैलाली, नोभा, नवजीवन, माया मेट्रोलगायत अस्पतालमा पनि अवस्था उस्तै छ । अधिकांश कोरोना स
नेपालगन्ज(कान्तिपुर दैनिकबाट) नेपालगन्ज शिक्षण अस्पतालका डा। पुरुषोत्तम बर्मा संक्रमितको उपचारमा खटिँदै गर्दा आफैं बिरामी भए । कोभिडको पूरै लक्षण देखिए पनि पीसीआर जाँच गराउँदा रिपोर्ट भने नेगेटिभ आयो । रिपोर्ट पोजिटिभ आएको भए उनी आइसोलेसनमा बस्थे । लक्षण सबै देखिए पनि रिपोर्ट नेगेटिभ आउँदा आराम गरेर बस्छु भन्न पाएनन् ।‘कोभिडको पूरै लक्षण खेप्नुपर्यो तर रिपोर्ट दुईपटकसम्म नेगेटिभ आयो,’ उनले भने, ‘कहिलेकाहीं फल्ट हुन्छ । मैले बिदा भने लिइनँ ।’ बिरामीको उपचार गर्दागर्दै उनलाई अहिले त्यस्तो लक्षण छैन । दैनिक १२ घण्टा ड्युटीमा खटिएका डा। बर्माले भने, ‘शरीर थकित हुन्छ तर बिरामी बचाउन मन ऊर्जावान बन
काठमाडौँ (कान्तिपुर दैनिकबाट) आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् । कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ । घरगाउँबाट अक्सिजन छैन भन्दै फेसबुकमा छिनछिन आइराख्ने सन्देशले मुटुमा घोच्छ । ‘फेसबुकको सन्देशले नेपालको अवस्था साँच्चिकै कहालीलाग्दो देखाउँछ,’ उनले भनिन्, ‘सास फेर्न नसकेको भिडियो देख्दा यो मन छियाछिया हुन्छ ।’नेपालमा अक्सिजन पठाउन पाए हुन्थ्यो भन्ने लागिरहेका बे
काठमाडौँ (कान्तिपुर दैनिकबाट) छिमेकी भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेर केही मत्थर हुन थालेसँगै नेपालमा पनि त्यस्तै हुने विज्ञहरूले अनुमान गरेका छन् । संक्रमण करिब एक सातासम्म यथावत् रहने वा बढ्ने, त्यसपछि केही समय स्थिर रहेर ओरालो झर्न थाल्ने उनीहरूको अनुमान छ ।विज्ञहरूका अनुसार गत वर्ष भारतमा संक्रमण घटेको केही सातामै नेपालमा पनि घट्न थालेको थियो । ‘कोभिड–१९ को सन्दर्भमा भारत र नेपालको टाइमलाइनमा दुईदेखि चार सातासम्मको फरक देखिएको छ,’ काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सकी महामारीविद् डा। अर्चना श्रेष्ठले भनिन्, ‘भारतका विभिन्न ठाउँमा संक्रमण तल जाने क्रम सुरु भइसकेकाले नेपा
काठमाडौं (राजधानी दैनिकबाट) बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् ।आगामी ६ जेठमा हुने उपनिर्वाचनमा बाग्मती प्रदेशसभाका १ सय १० मध्ये १ सय ९ सांसदले मतदान गर्नेछन् । एक सांसदको केही दिनअघि कोरोना संक्रमणका कारण निधन भएको थियो ।त्यस्तै, स्थानीय तहका २ सय ३८ प्रमुख/उपप्रमुखसमेत गरी कुल ३ सय ४८ मतदाता हुनेछन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय जनप्रतिनिधिको मतभार १८ गणना हुनेछ ।निर्वाचन आयोगले उम्मेदवारलाई चिह्नसमेत प्रदान गरिरसकेको छ । आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बाग्मतीतर्फ उपनिर्वाचनका लागि तीन उम्मेदवारलाई निर्
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.