पत्रपत्रिका

    Showing 771-780 of 1,254 items.
  • ओलीले ६ बुँदे सर्त मानेपछि हाम्रो वार्ता सुरू भयो : नेपाल

    काठमाडौं(राजधानी दैनिकबाट) एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ बुँदे सर्तअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार भएको बताउँदै ‘वार्ता थालिएको’ प्रस्ट पारेका छन् ।बिहीबार र शुक्रबार ओलीसँग भएको छलफलबारे शुक्रबार ‘जुम’ बैठकमार्फत जानकारी गराउँदै उनले ‘कार्यदल गठनसहित विवाद समाधान गर्ने सहमति भएको’समेत प्रस्ट पारे । ओलीले २८ फागुनको निर्णय खारेज गरेर २ जेठ २०७५ मा जाने प्रतिबद्धता जनाएपछि कार्यदल बनाउने सहमति जुटेको हो ।शुक्रबारको छलफलअनुसार शनिबार बिहानसम्म कार्यदल सदस्य टुंगो लगाउने सहमति भए पनि त्यसो भने हुन सकेन ।एमाले सचिव गोकर्ण विष्टका अनुसार शनिबार साँझसम्म पनि कार्यदल सदस्य

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 105 पटक पढिएको
  • जहाँ बिरामीको परीक्षणै हुँदैन

    कञ्‍चनपुर(कान्तिपुर दैनिकबाट) भीमदत्त–१० की संक्रमित एक महिलाको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । तर उनको परिवारका सदस्यहरूको कन्ट्याक्ट ट्रेसिङ वा परीक्षण गरिएन । एक/दुई जनाले आफ्नो सतर्कताका लागि अस्पतालमा गएर पीसीआर परीक्षण गराए पनि सबैले भने परीक्षण गराएनन् । उनीहरूको सोधीखोजी पनि कसैले गरेन ।जिल्लामा दैनिक डेढ/दुई सय जनाको हाराहारीमा नयाँ संक्रमित थपिँदै छन् । दैनिक मृत्यु हुने पनि ४/५ जनाकै हाराहारीमा छन् । तर स्वास्थ्य संस्था र स्थानीय तहहरूले संक्रमित र मृतक कसैको पनि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ध्यान दिएका छैनन् ।‘कन्ट्याक्ट ट्रेसिङ र परीक्षण नभएरै संक्रमण नियन्त्र

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 114 पटक पढिएको
  • च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

    काठमाडौं(राजधानी दैनिकबाट) देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ ।काठमाडौंले प्लेअफमा बिहीबार ललितपुर सिटीलाई ३–० ले पन्छाउँदै धनगढीविरुद्ध २० दिनभित्र तेस्रोपल्ट खेल्ने पक्का गरेको हो । धनगढीले लिगमा काठमाडौंलाई ३–० ले तथा र प्लेअफमा अतिरिक्त समयमा २–१ को जित निकाल्दै फाइनल यात्रा हो । यस्तो अवस्थामा धनगढी काठमाडौंमाथि ह्याट्रिक जित निकाल्दै पहिलो सिजनको एनएसएल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।विराटनगरसँग ३–० ले पराजित भ

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 107 पटक पढिएको
  • २ जेठ २०७५ मा फर्किन ओली सहमत

    काठमाडौं(राजधानी दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति अबेरसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित दोस्रो तहका नेताबीचको छलफलमा पार्टी विवाद समाधान गर्न सहमति भएको हो ।एमाले सचिव गोकर्ण विष्टले सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठमै फर्किने विषयमा सहमति जुटेको जानकारी दिए । उनका अनुसार शीर्ष नेतासहितको छलफलमा कार्यदल बनाएर सहमति जुटाइने भएको छ ।‘२ जेठमा फर्किएर पार्टी समस्या समाधान गर्ने सहमति भएको छ, त्यसका लागि कार्यदल बनाएर मोडालिटी बनाइने भएको छ,’ विष्टले भने । वरिष्ठ

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 97 पटक पढिएको
  • हडपिएको आठ रोपनी जग्गा १२ वर्षपछि सरकारकै नाममा

    काठमाडौं(राजधानी दैनिकबाट) अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको नाममा रहेको जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको हो ।अनामनगर धोबीखोलानजिकको ७ रोपनी ७ आनाभन्दा बढी सरकारी जग्गा हरिप्रसाद गिरीलगायतले हडपेका थिए । जग्गा विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएको थियो । अख्तियार अनुसन्धानमा सरकारी जग्गा व्यक्तिको नाममा रहेको पाइएपछि ९ मंसिर २०६५ मा सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको थियो ।अख्तियारले दूषित दर्ता गराएको आरो

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 93 पटक पढिएको
  • अन्ततः ओली नै प्रधानमन्त्री

    काठमाडौँ (कान्तिपुर दैनिकबाट) विपक्षी दलहरूले गठबन्धन सरकारका लागि संख्या पुर्‍याउन नसकेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।तीन दिनअघि प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेपछि कामचलाउमा परिणत भएका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । ओलीले शपथ भने शुक्रबार लिँदै छन् ।३८ महिनाअघि दुई तिहाइ बहुमतको प्रधानमन्त्री बनेका ओली आफ्नै कार्यशैलीका कारण सहयात्री दलहरूको विश्वास क्रमशः गुमाउँदै अल्पमतमा पुगेका हुन् । गत सोमबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेपछि राष्ट्रप

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 96 पटक पढिएको
  • स्वास्थ्य मापदण्डमा कडाइ नगरे अझै बढ्न सक्छ सङ्क्रमण

    काठमाडौँ / कोरोना सङ्क्रमण बढेपछि सरकारले काठमाडौंँ उपत्यका लगायत अन्य जिल्लामा निषेधाज्ञा जारी गरेको बुधबार १४ दिन पूरा भएको छ । निषेधाज्ञा जारी भएको दुई साता पूरा भइसक्दा पनि कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । स्वास्थ्य मापदण्ड अझ कडाइ नगरे स्थिति नियन्त्रणमा लिन कठिन हुने विज्ञहरूको सुझाव छ ।वरिष्ठ भाइरोलोजिस्ट तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले स्वास्थ्य मापदण्ड कडा गरेर कम्तीमा ७० प्रतिशत नागरिकलाई तत्काल खोप दिने कार्यक्रम ल्याउन आग्रह गरे । भौतिक दूरी कायम, मास्क र सेनिटाइजर, हात धुने, भीडभाड नगर्नेलगायतका स्वास्थ्य मापदण्डसँगै खोप नै को

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 109 पटक पढिएको
  • अक्सिजन नपाएरै १४ जनाको मृत्यु

    रुपन्देही (कान्तिपुर दैनिकबाट)  रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने खतराबारे अवगत गराइरहेका थिए ।सञ्चारमाध्यममा निरन्तर खबर प्रकाशनरप्रसारित थिए । मंगलबार साँझदेखि अभाव चर्केपछि अस्पतालका प्रशासकले मध्यरातिसम्म जिल्ला प्रशासनमा उपस्थित भएर अक्सिजन माग गरेका थिए । तर, कतै सुनुवाइ भएन ।समस्याबारे जानकारी पाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘प्रदेशको उत्पादनका अतिरिक्त चि

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 231 पटक पढिएको
  • ललितपुर एलिमिनेटरमा

    काठमाडौं (राजधानी दैनिकबाट) मार्की खेलाडी तथा कप्तान अन्जन विष्टको एक मात्र गोलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै खुकुरी नेपाल सुपर (एनएसएल) को एलिमिनेटरमा प्रवेश गरेको छ ।बुधबार भएको प्ले अफको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गर्दै ललितपुरले एलिमिनेटरमा काठमाडौंसँगको भेट पक्का गरेको हो । अब ललितपुरले फाइनल प्रवेशका लागि बिहीबार काठमाडौं रेजर्सको सामना गर्नेछ । काठमाडौं रेजर्सले पहिलो प्ले अफमा धनगढी फुटबल क्लबसँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल प्रवेशको अर्को मौका पाएको हो । धनगढीले भने फाइनलमा स्थान पक्का गरिसकेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रं

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 97 पटक पढिएको
  • यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

    काठमाडौं(राजधानी दैनिकबाट)  राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको तीव्र दौडधूपमा छन् ।नयाँ सरकारका लागि बहुमत पु(याउन विपक्षी दललाई हम्मेहम्मे परिरहेको अवस्था छ । ‘काम चलाउ’ प्रधानमन्त्री ओली विपक्षी दललाई ‘बहुमत पु(याउन नदिन अधिकतम सक्रिय’ बनेको स्रोत दाबी गर्छ ।प्रतिनिधिसभामा विपक्षीलाई बहुमत पु(याउन रोक्ने ‘ओली योजना’ र बहुमत पु(याएर नयाँ सरकार गठन गर्ने कांग्रेस, नेकपा माओवाद

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 115 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा