पत्रपत्रिका

    Showing 791-800 of 1,254 items.
  • बेड पाउन अस्पतालमै बास

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोरोना संक्रमितमध्ये शनिबार पाँच जनाको मृत्यु भयो । मृतकका आफन्तको पीडा एकातिर छ तर भर्नाका लागि पालो कुरिरहेका पाँच जना संक्रमितलाई भने अब बेड पाइन्छ कि भन्ने आशा जाग्यो ।त्यस्तै एक सातापछि पाँच जना निको भएर शनिबार साँझ डिस्चार्ज भएपछि थप बेड खाली भए । त्यसपछि कुरेर बसेका संक्रमितलाई भर्ना गर्न सहज भयो ।भेरी अस्पतालमा संक्रमितले भर्नाका लागि कसैको मृत्यु वा डिस्चार्ज कुर्नुपर्ने अवस्था छ । ‘हिजोदेखि बेड पाइन्छ कि भनेर कुरेरै अस्पतालमै बसियो । आइतबार बिहान भर्ना हुने पालो पाएको छु,’ ५० वर्षीय एक संक्रमितले भने । कोरोनाको पहिलो लहर

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 107 पटक पढिएको
  • स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोएर लगाउन बाध्य !

    बिर्तामोड (कान्तिपुर दैनिकबाट )कोरोना संक्रमितको उपचारमा सुरक्षा सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोइपखाली लगाउन बाध्य भएका छन् । कपिलवस्तु जिल्ला अस्पताल र अस्थायी कोभिड अस्पतालमा संक्रमितको रेखदेख गर्ने क्रममा स्वास्थ्यकर्मीले पीपीई र मास्क धोइपखाली पुनः प्रयोग गरिरहेका हुन् ।तौलिहवास्थित जिल्ला अस्पतालमा बेड अभाव भएपछि भुईंमै राखेर कोरोना संक्रमितको उपचार गरिँदै । अस्पतालमा पीपीई, मास्क, ग्लोब्स, फेससिल्ड र सेनिटाइजर अभाव हुँदा स्वास्थ्यकर्मी जोखिम मोलेर काम गर्न बाध्य भएका छन् ।अस्पतालको आम्दानी कम भएको र कतैबाट कुनै सहयोग नमिलेकाले स्वास्थ्यकर्मीले एकपटक लगाएको पीपीई र

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 112 पटक पढिएको
  • चीनबाट सिलिन्डर ल्याइने

    बिर्तामोड( गोरखापत्र दैनिकबाट) कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ ।निगमका सहायक प्रवक्ता सुलेख मिश्रले कोरोनाको उपचारका लागि चीनले दिने अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको फ्लाइट नं। आरए–४२५१ को वाइडबडी जहाज वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने निश्चित भएको जानकारी दिनुभयो । जहाजले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याउने छ । चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा यसअघि नै गरिसक

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 103 पटक पढिएको
  • असार मसान्तसम्ममा पौने चार अर्ब लिटर अक्सिजन आवश्यक

    बिर्तामोड (राजधानी दैनिकबाट) सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५ संक्रमितका लागि ३ अर्ब ८५ करोड ३२ लाख ९७ हजार ६ सय १७ लिटर अक्सिजन खपत हुन्छ । मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८ जारी गर्दै मन्त्रालयले यस्तो अनुमान गरेको हो ।आईसीयू-भेन्टिलेटरमा वैशाख मसान्तसम्म २ हजार २ सय ८५, जेठमा ३ हजार २३ र असारमा ३ हजार ६ सय ९८ जना भर्ना भई मेडिकल अक्सिजन आवश्यक पर्ने अनुमान गरिएको छ । एचडीयूमा वैशाख मसान्तसम्म ५ हजार ३ सय ३१, जेठ मसान्तसम्म ७ हजार ५३ र असार मसान्तसम्म ८ हजार ६ सय २८

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 109 पटक पढिएको
  • कसरी भइरहेछ रेम्डेसिभिर कालोबजारी ?

    बिर्तामोड (कान्तिपुर दैनिकबाट ) पछिल्ला चार दिनमा औषधि व्यवस्था विभागले आफ्नो वेबसाइटमार्फत चारवटा सूचना सार्वजनिक गर्‍यो । ती सबै सूचना सघन उपचार गराइरहेका कोरोना संक्रमितका निम्ति उपयोगी हुने भनिएको औषधि रेम्डेसिभिरबारे थियो ।पछिल्ला दिनमा संक्रमितको संख्या ९ हजार आसपास भइरहेका बेला विभागले रेम्डेसिभिरको माग पुर्‍याउन नसकेपछि यसको चरम अभावमात्रै भएको छैन, यही मौकामा कालोबजारीसमेत भइरहेको छ ।विभागले गत मंगलबार ३ हजार र बिहीबार ४ हजार भाइल रेम्डेसिभिर बंगलादेशबाट ल्याएको थियो । मंगलबार नै ३ हजार भाइलमध्ये ५३ वटा अस्पतालमा २ हजार ४ सय ९ वटा र सोझै बिरामीलाई २ सय वटा गरेर २ हजार ६ सय ९ वटा रेम्ड

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 115 पटक पढिएको
  • अक्सिजन उत्पादनतर्फ स्थानीय तह

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) कोरोना भाइरस सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेकालाई अत्यावश्यक पर्ने अक्सिजनको अभाव भइरहेका बेला स्थानीय तह आफैले अक्सिजन उत्पादन गर्न अग्रसर हुन थालेका छन् ।अक्सिजनको अभावमा कतिपय अस्पतालमा बिरामी छटपटाइरहेको र कतिको ज्यानै जान थालेपछि स्थानीय तह आफैले अक्सिजन प्लान्ट सञ्चालनको तयारी गर्न थालेका हुन् । आआफ्नो पालिकाभित्र भएका ठूला प्रकृतिका अस्पतालसँग सहकार्य गरेर स्थानीय तहले अक्सिजन प्लान्ट सञ्चालन गर्न लागेका हुन् । अहिले उपत्यका काठमाडौँ, ललितपुर महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएका छन् ।काठमाडौँ महानगरपा

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 116 पटक पढिएको
  • अस्पतालको शुल्कमा अनियमितता

    बिर्तामोड( गोरखापत्र दैनिकबाट) वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गर्ने क्रममा शुल्कमा अनियमितता भएको जनाएको छ । पछिल्लो पटक अस्पतालमा शय्याको अभाव र मुल्यको अनियमिततालगायत विषयमा विभागमा आएका गुनासोका आधारमा विभागको नेतृत्वमा औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका ठूला अस्पतालको अनुगमन गर्दा यस्तो पाइएको हो ।विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले सेवाग्राहीको गुनासोका आधारमा अस्पतालबाट पाइने उपलब्ध सेवा, लिने शुल्कलगायतमा केन्द्रित भई अस्पतालको अनुगमन गरिएको जानकारी दिनुभयो

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 120 पटक पढिएको
  • निषेधाज्ञाले बढायो इन्टरनेट खपत

    बिर्तामोड (गोरखापत्र दैनिकबाट ) गत हप्तादेखि जारी निषेधाज्ञाका कारण इन्टरनेटको खपत बढेको छ । भौतिक रूपमा कार्यालय तथा विद्यालय सञ्चालन सम्भव नभएपछि अभौतिक गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथको खपत सामान्य दिनको तुलनामा ३० प्रतिशतले बढेको इन्टरनेट सेवाप्रदायक सङ्घ, नेपाल ९आईस्पान०का अध्यक्ष सुधिर पराजुलीले जानकारी दिनुभयो ।घरमै बस्दा पनि अन्य समयको तुलनामा इन्टरनेटको प्रयोग बढ्ने हुनाले ब्यान्डविथ खपत बढिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार दिनमै पनि अन्य दिनको पिक आवरजस्तै ब्यान्डविथ खपत भइरहेको छ ।निषेधाज्ञाअघि पिक आवरभन्दा अन्य समयमा औसतमा छ सय जीबीपीएससम्म ब्यान्डविथ खपत हुने गरेकामा अहिले

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 134 पटक पढिएको
  • जनप्रतिनिधिका गाडी एम्बुलेन्स

    बिर्तामोड ( अन्न्पुर्ण पोष्ट दैनिकबाट) कोरोना संक्रमित बोक्ने एम्बुलेन्स अभाव भएपछि रूपन्देहीका तीन स्थानीय तहका जनप्रतिनिधिले आफू चढ्ने गाडी उपलब्ध गराएका छन्। तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकाका सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न थालिएको हो। सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारू र उपाध्यक्ष अमृता गुरुङले दुई स्कार्पियोलाई बिरामी बोक्ने बनाएका छन्। ‘अहिलेको प्राथमिकता भनेको बिरामीको सेवा गर्नु हो’, उपाध्यक्ष गुरुङले भनिन्, ‘बिरामीले एम्बुलेन्स नपाएर मर्नुपर्ने अवस्था हुनुहुँदैन भनेर गाडी बिरामी बोक्ने निर्णय गरिएको छ।’तिलोत्तमा नगरपालिकाका नगर प्र

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 109 पटक पढिएको
  • किन चर्कियो अक्सिजन अभाव ?

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । उपत्यकाका अक्सिजन प्लान्टलाई बुधबारबाट पूर्ण क्षमतामा सञ्चालन गरिए पनि उपत्यकाबाहिरका प्लान्टले क्षमताको ५५ प्रतिशत मात्र अक्सिजन उत्पादन गरिरहेका छन् । उत्पादकहरूले भने सबै प्लान्ट पूर्ण क्षमतामा चल्ने गरी खाली सिलिन्डर नै नरहेको जनाएका छन् ।अस्पताल भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन चाहिन थालेपछि कतिपय व्यापारीले कालोबजारी गर्दा र व्यक्तिगत तहमा समेत जोहो गरेर राख्नाले सिलिन्डर अभाव हुन थालेको जानकारहरू बताउँछन् । सिलिन्डर लुकाउने प्रवृत्ति बढेपछि स्थानीय प्रशासन र सरोकारवाला

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 114 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा