पत्रपत्रिका

    Showing 801-810 of 1,254 items.
  • निःशुल्क खोपको वाचा अधुरो, सरकारले खोल्यो खोपको व्यापार

    बिर्तामोड ( नायापत्रिका दैनिकबाट )सरकारले सस्तोमा ल्याएर जनतालाई निःशुल्क दिन सकिने खोप विभिन्न बहानामा किन रोकिएको थियो रु जवाफ आएको छ, एजेन्टलाई नाफा दिलाउन । अब सेरमकै दुई डोजका लागि नेपाली नागरिकले व्यापारिक कम्पनीलाई ३४ सय १८ रुपैयाँ भुक्तान गर्नुपर्नेछ । त्यस्तै, भारत बायोटेकको कोभ्याक्सिन दुई डोज लगाउन ५,२०० रुपैयाँ मूल्य तोकिएको छ । सरकारले यसअघि चार डलरमा ल्याएको खोप चार गुणा बढी मूल्यमा बेच्ने गरी निजी कम्पनीलाई जिम्मा दिएको छ । खोप ल्याउन अवरोध गरेको भनेर दण्डित हुनुपर्ने कम्पनी हुकमलाई पुरस्कृत गर्दै सरकारले नै चार गुणा बढी मूल्यमा खोप बेच्न अनुमति दिएको छ । तर, सोही मूल्यमा आ

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 122 पटक पढिएको
  • श्रमिकको पारिश्रमिक वृद्धिको सूचना राजपत्रमा

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) सरकारले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ कार्यान्वयनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ तोकेको छ ।यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपियाँ वा दैनिक ५१७ रुपियाँ थियो । योअनुसार श्रमिकको पारिश्रमिक एक हजार ५५० रुपियाँ वृद्धि भएको छ । श्रम ऐनअनुसार श्रमिकको न्यूनतम पारिश्रमिक हरेक दुई वर्षमा पुनरवलोकन गर्नुपर्छ । सोहीअनुरूप एक वर्ष ढिला गरेर सरकारले श्रमिकको न्यूनतम पारिश्रम

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 114 पटक पढिएको
  • कोरोना अस्पताल सञ्चालनको तयारी

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिनेभएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते गर्नुभएको सम्बोधनलाई कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार स्थानमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव शङ्कर नेपालले कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचङ्गु नारायणमा

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 114 पटक पढिएको
  • जसपा पनि विवादमै

    बिर्तामोड ( राजधानी दैनिकबाट) जनता समाजवादी पार्टी ९जसपा०भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा विवाद बढेको हो ।जसपा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यकारिणी समिति बैठक बस्नुपर्ने गरेको प्रस्ताव अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अस्वीकार गरेका छन् ।स्रोतका अनुसार शीर्षनेता बैठकमा कार्यकारिणी समिति छिटोभन्दा छिटो बस्नुपर्ने प्रस्ताव भट्टराई र यादवले गरेका छन् । तर, ठाकुर र महतोले एकै स्वरमा अहिलेको अवस्थामा बैठक

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 127 पटक पढिएको
  • १३ जिल्लामा लकडाउन

    बिर्तामोड ( राजधानी दैनिकबाट) कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले १० जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ । संक्रमण गति तीव्र रूपमा फैलँदै गएपछि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार अबेरसम्म गरी १० मा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा आदेश जारी गरेको हो ।गृह मन्त्रालयका उपसचिव खुमकान्त अधिकारीका अनुसार मंगलबार रातिसम्म १० मा पूर्ण तथा तीन जिल्लामा आशिंक निषेधाज्ञा आदेश भएको छ । जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा, कास्की र सुर्खेतमा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।कास्कीबाहेकमा जिल्लाभर पूर्ण

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 113 पटक पढिएको
  • बजारमा अक्सिजन सिलिन्डर अभाव

    बिर्तामोड ( राजधानी दैनिकबाट ) गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन आवश्यकताअनुसार भए पनि बजारमा सिलिन्डर अभाव खड्किन थालेको छ ।मन्त्रालय सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार सिलिन्डर ल्याउन कूटनीतिक प्रयास जारी रहेको छ । ‘नेपालमा सिलिन्डर बन्दैन, यदि सिलिन्डर किनेर घरमा राखियो भने भर्ने भाडा बजारमा नभेटिन सक्छ,’ उनले भने, ‘मार्केटमा भएका सिलिन्डर बाहिर देश पनि पठाउनुभएन ।’सरकारले अक्सिजन अभाव नहुने तर सिलिन्डर अभाव हुनसक्ने आँकलन गर्दै विदेशबाट ल्याउन कूटनीतिक पहल भइरहेको स्पष्ट पारेको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट रहे

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 110 पटक पढिएको
  • कोरोना सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) काठमाडौँ महानगरपालिकाले कोरोना (कोभिड–१९) सङ्क्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पुर्याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । महानगरपालिकाले सङ्क्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मङ्गलबार आयोजित विशेष बैठकले उक्त निर्णय गरेको हो ।बैठकले गरेको निर्णयबारे जानकारी दिँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, “हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पुर्याउने छन् ।यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेलाई १०

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 125 पटक पढिएको
  • झन्डै पाँच लाखले छोडे उपत्यका

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ ।कोरोना भाइरस (कोभिड–१९) महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।गोँगबुस्थित नयाँ बसपार्क मङ्गलबार बिहानैदेखि घर फर्किनेहरूले खचाखच भरिएको थियो । यातायात व्यवसायी मिन पनेरुले बसपार्कबाट छुटेका प्रायः सबै सवारी साधन यात्रुले भरिभराउ भएको जानकारी

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 128 पटक पढिएको
  • रोकिए सबै परीक्षा

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) कोरोना महामारीका कारण मंगलबारदेखि विद्यालय र विश्वविद्यालयका परीक्षा रोकिएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आइतबार शिक्षण संस्थाहरूका परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालले सोमबार परीक्षा लिए पनि मंगलबारदेखि हुने परीक्षा रोकिएका छन् । त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले वार्षिक र सेमेस्टर प्रणालीका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । त्रिविमा स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा सञ्चालित थिए ।सीसीए

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 108 पटक पढिएको
  • अक्सिजनको माग तेब्बर

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै भारतमा संक्रमितको संख्याले दिनहुँजसो ‘रेकर्ड’ बनाइरहेको छ । त्यहाँ अक्सिजनको अभाव बढ्दै छ । नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन् ।त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्दात गर्न लागेको उनीहरूको भनाइ छ । यद्यपि नेपालमा अक्सिजन अभाव छैन । समस्या सिलिन्डरमा मात्रै रहेको उद्योगीहरूले जनाएका छन् ।‘पछिल्लो समय अक्सिजनको माग तेब्बर पुगेको छ । भारतका कोभिडसम्बद्ध समाचार प्रभाव र अक्सिजन अभाव हुने अनुमानले दैनिक १५र२० जना व्यक्ति कोभिडको शंका लागेर अक्सिजन लिन आउने ग

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 118 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा