पत्रपत्रिका

    Showing 831-840 of 1,254 items.
  • विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

    बिर्तामोड (नागरीक दैनिकबाट ) नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले सामाजिक तथा धार्मिक गतिविधिमा समेत कडाइ गरेको छ। बुधबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले विवाह, व्रतबन्ध, पास्नी, न्वारान, धार्मिक अनुष्ठान, मलामी तथा अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो।कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए। ‘सामाजिक र धार्मिक गतिविधिमा पनि अब निगरानी गछौं,’ प्रजिअ अधिकारीले भने, ‘धार्

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 105 पटक पढिएको
  • प्रदेश १ मा अविश्वास प्रस्तावको तयारी

    बिर्तामोड (नागरीक दैनिकबाट) प्रमुख प्रतिपक्षी दल नपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारको रवैयाले विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल भइरहेको जानकारी दिए। कार्कीले केही प्राविधिक विषय मिलेपछि दलहरूबीच छलफल गरेर आवश्यक निर्णय गरिने बताए। ‘सरकारको रवैयाविरुद्ध प्रतिपक्षी दलहरू एक जुट भइसकेकाले केहि प्राविधिक विषय मिलेपछि जुनसुकै बेला पनि अविश्वासको प्रस्ताव ल्याउन सकिन्छ,’ कार्कीले भने। यता नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्दबहादुर आङ्बोले संसदको विशेष अधिवेशन बोलाउने, अविश्वासको प्रस्ताव ल्याउनेलगायतका विभिन्न विकल्पबारे दलहरूबीच अनौपचारिक छलफल भइरहेक

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 103 पटक पढिएको
  • सर्वोच्च अदालतद्वारा रंगेहात पक्राउ गर्न बन्देज

    बिर्तामोड (नागरीक दैनिकबाट) सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि हुँदै आएको स्टिङ अपरेसन (घुस लिँदै गरेको अवस्थामा गरिने रंगेहात पक्राउ) लाई संविधानविपरीत भएको ठहर गरेको छ। सर्वोच्चको यो निर्णयसँगै अख्तियारले आफ्ना कर्मचारीमार्फत रकम दिएर घुस लिएको भन्दै रंगेहात पक्राउ गर्न पाउनेछैन। त्यसैगरी स्टिङ अपरेसनअन्तर्गत चलाइएका मुद्दासमेत बदर हुने भएका छन्।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बुधबार अख्यिारको नियमावलीका केही नियम संविधानसँग बाझिएको

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 107 पटक पढिएको
  • नेपालभाषा पठनपाठनका लागि तयार भए शिक्षक

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) काठमाडौँ महानगरपालिकाले विद्यालयस्तरमा नेपालभाषा अध्यापन गराउन १७२ प्रशिक्षकसँग सेवा करार सम्झौता गरेको छ । जम्मा ५१६ आवेदकमध्ये छनोट भएर पूर्व सेवाकालीन तालिम लिएका सहायक प्रशिक्षकसँग महानगरले एक वर्षका लागि सम्झौता गरेको हो ।        अहिले सम्झौता गरिएका सबै शिक्षकलाई आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन सामुदायिक विद्यालयमा खटाइने बताइएको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप महानगरले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राखेको हो ।&n

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 103 पटक पढिएको
  • वैकल्पिक विधिबाट सिकाइ निरन्तरता

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले मुख्य २५ सहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । सङ्क्रमणका बीचमा पनि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक विधिलाई जारी राख्नुपर्ने जनाइएको छ ।मन्त्रिपरिषद्को सोमबारको बैठकले कोरोना सङ्क्रमणका कारण आगामी वैशाखभर मुख्य सहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयले भौतिक कक्षा बन्द गरेपछि अब तुरुन्त वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिहाल्नुप

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 106 पटक पढिएको
  • कृषिमा स्नातक स्तरको तालिम दिँदै नेपाली सेना

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपाली सेनाले अवकाश हुन लागेका तथा अवकाश प्राप्त सेनाका लागि कृषिमा स्नातक (ब्याचलर इन एग्रिकल्चर साइन्स) स्तरको तालिम दिने भएको छ । उक्त तालिम नेपाली सेनाले सञ्चालन गरिहेको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत गर्ने भएको छ ।सो स्तरको तालिमका लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता लिन पत्राचार गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्भभ पौडेलले जानकारी दिनुभयो । लमजुङको सुन्दरबजार नगरपालिका, सिउँडीबारमा २०७६ भदौदेखि सञ्चालमा आएको सो तालिम केन्द्रमा नेपाली सेनाबाट अवकाश प्राप्त हुन लागेका र भइसकेका सेनालाई कृषि तालिम दिइँदै आएको छ । सो तालिम केन्द्र दुई स

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 116 पटक पढिएको
  • धरहरामा ३३० किलोको गजुर

    बिर्तामोड ( राजधानी दैनिकबाट ) पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बुधबार बिहान ८ः ०० बजेको शुभ साइतमा गजुर राखिएको हो ।उक्त गजुर ३३० किलोको छ। गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । उनले भने धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ ।गजुरसँगै धरहराको २२औं तलामा पुरानै शिवलिंग विशेष पूजा गरेर स्थापना गरिएको छ । पुनर्निर्माण कार्य जारी नयाँ धरहर

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 102 पटक पढिएको
  • रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

    बिर्तामोड ( राजधानी दैनिकबाट) कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ ।दैनिक संक्रमणदर २ हजारमाथि पुगे पनि आमनागरिकले खोप पर्याप्त नहुँदा खोप लगाउन पाएका छैनन् । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर बजारमा सहज रूपमा पाइन छोडेको छ ।अस्पतालमा अक्सिजन प्लान्टसमेत अभाव छ । चिकित्सक र जनस्वास्थ्य विज्ञले संक्रमण रोकथाममा अत्यावश्यक मानिएको खोप, रेम्डेसिभिर र अक्सिजन तयारी अवस्थामा राख्न सरकारलाई सुझाव दिएका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले संक्रमण रोकथाम

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 118 पटक पढिएको
  • उपनिर्वाचन अनिश्चित

    बिर्तामोड ( राजधानी दैनिकबाट) निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ ।आयोगले सरकारसँगको अनौपचारिक छलफलका क्रममा जेठ दोस्रो साता राष्ट्रिय सभातर्फको रिक्त पदका लागि उपनिर्वाचन गर्न प्रस्ताव गरेको हो । तर, सरकारले भने आयोगको प्रस्तावलाई सुनेको छैन । यस्तै प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका रिक्त पदमा पनि उपनिर्वाचन कहिले हुने टुंगो छैन ।आयोगले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर उपनिर्वाचनका लागि तयार रहेको सन्देश दिइसकेको छ । आयोगका एक आयुक्तले उपनिर्वाचन हुन्छ कि जस्तो भएको तर हुने अवस्था नरह

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 201 पटक पढिएको
  • खडेरीले उत्पादन शून्य

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट) ‘धर्तीमा आग पड्यो (जमिनमा आगो लागेजस्तो भयो), लालाबाला काँ लगेर पाल्ने रु’ थलारा गाउँपालिका–२ का किसान शेरबहादुर खाती बाटो हिँड्नेहरूसँग विरह पोख्छन् । बेलाबेला खेततिर हेर्छन्, खुइय्य सुस्केरा हाल्छन् र टाउकामा हात राखेर टोलाउँछन् । उनको खेत आगोले डढाएजस्तै सुक्खा छ । छरेको बीउ नउम्रेर धेरैजसो ठाउँ बाँझै छन् । केही ओसिलो भागमा परेको बीउ उम्रे पनि फल नलागी सुकेको छ । ‘खत्तमै भयो भनेको साल पनि ३०र४० बोरी जेठाँसी तुल (हिउँदे बाली) हुन्थ्यो । यो साल त फल छाडी नल पन नहुन्याँ भयो,’ उनले भने, ‘यो पालाजस्तो अनिकाल त कहिले भएन । के खाएर बाँच्ने हो रु’पोहोर–परार यो स

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 107 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा