पत्रपत्रिका

    Showing 831-840 of 1,256 items.
  • कोरोनाको उच्च जोखिममा बालबालिका

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट ) नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँंगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ ।देशका कतिपय विद्यालयमा समेत कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । बागलुङ, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेलगायतका जिल्लामा बालबालिका कोरोनाको उच्च जोखिममा छन् । शुक्रबार धादिङको नेत्रावती गाउँपालिका–४ मा १६ जनालाई परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको थियो भने १४ जनामध्ये १० जना विद्यार्थी रहेको वताइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैश

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 149 पटक पढिएको
  • एकीकृत बस्ती पुनर्निर्माण

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) भूकम्पले क्षतिग्रस्त बनाएका २० वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पबाट अति प्रभावित ३२ जिल्लामा एकीकृत बस्ती विकासका लागि ६४ बस्तीलाई स्वीकृति दिइएकोमध्ये हालसम्म २० बस्तीको निर्माण सम्पन्न भएको हो । बाँकी ४४ बस्ती निर्माणाधीन रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नुभयो, “हामीले एकीकृत बस्ती विकासका लागि प्रोत्साहन गरिरहेका छौँ, पीडित आफैँ मिलेर आएमा भौतिक पूर्वाधार विकासमा थप सहयोग दिन्छौँ ।” पुनर्निर्माण भएका एकीकृत बस्ती स

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 218 पटक पढिएको
  • विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

    बिर्तामोड (नागरीक दैनिकबाट ) नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले सामाजिक तथा धार्मिक गतिविधिमा समेत कडाइ गरेको छ। बुधबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले विवाह, व्रतबन्ध, पास्नी, न्वारान, धार्मिक अनुष्ठान, मलामी तथा अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो।कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए। ‘सामाजिक र धार्मिक गतिविधिमा पनि अब निगरानी गछौं,’ प्रजिअ अधिकारीले भने, ‘धार्

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 143 पटक पढिएको
  • प्रदेश १ मा अविश्वास प्रस्तावको तयारी

    बिर्तामोड (नागरीक दैनिकबाट) प्रमुख प्रतिपक्षी दल नपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारको रवैयाले विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल भइरहेको जानकारी दिए। कार्कीले केही प्राविधिक विषय मिलेपछि दलहरूबीच छलफल गरेर आवश्यक निर्णय गरिने बताए। ‘सरकारको रवैयाविरुद्ध प्रतिपक्षी दलहरू एक जुट भइसकेकाले केहि प्राविधिक विषय मिलेपछि जुनसुकै बेला पनि अविश्वासको प्रस्ताव ल्याउन सकिन्छ,’ कार्कीले भने। यता नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्दबहादुर आङ्बोले संसदको विशेष अधिवेशन बोलाउने, अविश्वासको प्रस्ताव ल्याउनेलगायतका विभिन्न विकल्पबारे दलहरूबीच अनौपचारिक छलफल भइरहेक

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 140 पटक पढिएको
  • सर्वोच्च अदालतद्वारा रंगेहात पक्राउ गर्न बन्देज

    बिर्तामोड (नागरीक दैनिकबाट) सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि हुँदै आएको स्टिङ अपरेसन (घुस लिँदै गरेको अवस्थामा गरिने रंगेहात पक्राउ) लाई संविधानविपरीत भएको ठहर गरेको छ। सर्वोच्चको यो निर्णयसँगै अख्तियारले आफ्ना कर्मचारीमार्फत रकम दिएर घुस लिएको भन्दै रंगेहात पक्राउ गर्न पाउनेछैन। त्यसैगरी स्टिङ अपरेसनअन्तर्गत चलाइएका मुद्दासमेत बदर हुने भएका छन्।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बुधबार अख्यिारको नियमावलीका केही नियम संविधानसँग बाझिएको

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 146 पटक पढिएको
  • नेपालभाषा पठनपाठनका लागि तयार भए शिक्षक

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) काठमाडौँ महानगरपालिकाले विद्यालयस्तरमा नेपालभाषा अध्यापन गराउन १७२ प्रशिक्षकसँग सेवा करार सम्झौता गरेको छ । जम्मा ५१६ आवेदकमध्ये छनोट भएर पूर्व सेवाकालीन तालिम लिएका सहायक प्रशिक्षकसँग महानगरले एक वर्षका लागि सम्झौता गरेको हो ।        अहिले सम्झौता गरिएका सबै शिक्षकलाई आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन सामुदायिक विद्यालयमा खटाइने बताइएको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप महानगरले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राखेको हो ।&n

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 141 पटक पढिएको
  • वैकल्पिक विधिबाट सिकाइ निरन्तरता

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले मुख्य २५ सहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । सङ्क्रमणका बीचमा पनि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक विधिलाई जारी राख्नुपर्ने जनाइएको छ ।मन्त्रिपरिषद्को सोमबारको बैठकले कोरोना सङ्क्रमणका कारण आगामी वैशाखभर मुख्य सहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयले भौतिक कक्षा बन्द गरेपछि अब तुरुन्त वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिहाल्नुप

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 147 पटक पढिएको
  • कृषिमा स्नातक स्तरको तालिम दिँदै नेपाली सेना

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपाली सेनाले अवकाश हुन लागेका तथा अवकाश प्राप्त सेनाका लागि कृषिमा स्नातक (ब्याचलर इन एग्रिकल्चर साइन्स) स्तरको तालिम दिने भएको छ । उक्त तालिम नेपाली सेनाले सञ्चालन गरिहेको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत गर्ने भएको छ ।सो स्तरको तालिमका लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता लिन पत्राचार गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्भभ पौडेलले जानकारी दिनुभयो । लमजुङको सुन्दरबजार नगरपालिका, सिउँडीबारमा २०७६ भदौदेखि सञ्चालमा आएको सो तालिम केन्द्रमा नेपाली सेनाबाट अवकाश प्राप्त हुन लागेका र भइसकेका सेनालाई कृषि तालिम दिइँदै आएको छ । सो तालिम केन्द्र दुई स

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 157 पटक पढिएको
  • धरहरामा ३३० किलोको गजुर

    बिर्तामोड ( राजधानी दैनिकबाट ) पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बुधबार बिहान ८ः ०० बजेको शुभ साइतमा गजुर राखिएको हो ।उक्त गजुर ३३० किलोको छ। गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । उनले भने धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ ।गजुरसँगै धरहराको २२औं तलामा पुरानै शिवलिंग विशेष पूजा गरेर स्थापना गरिएको छ । पुनर्निर्माण कार्य जारी नयाँ धरहर

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 141 पटक पढिएको
  • रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

    बिर्तामोड ( राजधानी दैनिकबाट) कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ ।दैनिक संक्रमणदर २ हजारमाथि पुगे पनि आमनागरिकले खोप पर्याप्त नहुँदा खोप लगाउन पाएका छैनन् । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर बजारमा सहज रूपमा पाइन छोडेको छ ।अस्पतालमा अक्सिजन प्लान्टसमेत अभाव छ । चिकित्सक र जनस्वास्थ्य विज्ञले संक्रमण रोकथाममा अत्यावश्यक मानिएको खोप, रेम्डेसिभिर र अक्सिजन तयारी अवस्थामा राख्न सरकारलाई सुझाव दिएका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले संक्रमण रोकथाम

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • 158 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.