पत्रपत्रिका

    Showing 861-870 of 1,256 items.
  • २९ वर्षपछि ऐनको व्यवस्था लागू

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट)  यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र ९लाइसेन्स० लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको छ ।जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘ऐनले नै परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन नमिल्ने व्यवस्था गरेकोमा हालसम्म परीक्षणकालीन लाइसेन्स वितरण गरिएको छैन,’ उनले भने, ‘चालकको सहजताका लागि

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 154 पटक पढिएको
  • १७ सोलार प्लान्टलाई निर्माणको अनुमति

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) विद्युत् विकास विभागले हालसम्म १७ ओटा सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको छ । विभागले कुल ११० दशमलव ४७ मेगावाट बराबरको १७ आयोजना सोलार प्लान्टलाई निर्माण तथा उत्पादनको अनुमति दिएको हो ।विभागले २०७६ जेठमा ८ दशमलव ५ मेगावाटको बुटवल सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको थियो । रिडी हाइड्रोपावर कम्पनीले बुटवलमा उक्त आयोजना बनाउने गरी विभागबाट पहिलो पटक निर्माणको अनुमति पाएको थियो । त्यसपछि थप १६ सोलार प्लान्टले विभागबाट निर्माणको अनुमति पाइसकेका छन् ।सोलार प्लान्ट बनाउन अनुमति पाउनेका अधिकांश निजीक्षेत्रका कम्पनी रहेका छन् । नेपाल विद्युत् प्राधिकरणले नुवा

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 155 पटक पढिएको
  • कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु हुँदै

    बिर्तामोड (न्युज अफ नेपाल दैनिकबाट) सरकारले आज मंगलबारदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ ।  बिहान १० बजेदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप लगाउन शुरु गरिने छ ।गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको हो ।उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् । पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो ।विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पह

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 141 पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचन जेठमा गर्न प्रस्ताव

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन जेठ पहिलो साता गर्न प्रस्ताव गरेको छ । माओवादी केन्द्रले आफ्नो दलबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई कारबाही गरेपछि उनको पद रिक्त भएको थियो ।संघीय संसद् सचिवालयले राष्ट्रिय सभामा एक पद रिक्त भएको जानकारी गराएपछि आयोगले निर्वाचनको मिति तोक्ने प्रक्रियाका लागि सोमबार गृह मन्त्रालयलाई पत्राचार गरेको हो । राष्ट्रिय सभा निर्वाचन ऐनमा रिक्त पदमा ३५ दिनभित्र निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ । कानुनको त्यही व्यवस्थालाई हेर्दै आयोगले निर्वाचनको मिति तोक्न पत्राचार गरेको आयोगका प्रवक्ता सहसचिव राजकुम

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 154 पटक पढिएको
  • रुकुम पश्चिम घटनास् अभियुक्तलाई थुनामै अनुसन्धान गर्न आदेश

    बिर्तामोड(नागरीक दैनिकबाट )सर्वोच्च अदालतले रुकुम पश्चिममा ६ जनाको ज्यान जानेगरी भएको घटनाका अभियुक्तहरूलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला र उच्च अदालतको आदेश सोमबार सदर गरेको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले आदेश सदरसहित चारजनालाई साधारण तारेखमा राख्न र बाँकी सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश गरेको हो।  १० महिना अघि रुकुम पश्चिममा नवराज बिकलगायत ६ जनाको हत्या भएपछि ३४ जनाविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुत मुद्दा जिल्ला अदालत रुकुममा दर्ता भएको थियो। त्यसपछि जिल्ला अदालतले हत्या भएको ठहर गर्दै अभियुक

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 154 पटक पढिएको
  • ‘ओली राष्ट्रवादी नभएर अवसरवादी हुन्’

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म सरकार बहुमतकै रहने बताएका छन्। नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले ओली नेतृत्व सरकारको विकल्प खोज्न कांग्रेस तयार रहेको बताए। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको धारणा राख्दै उनले प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा सरकारलाई टिकाइराख्ने प्रयास गरिरहेको बताए। राष्ट्रवादी नारा दिएर प्रतिनिधिसभा निर्वाचन जितेका ओली अहिले भारतसँग त्वं शरणम् गर्न पुगेको देउवाले

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 157 पटक पढिएको
  • हठात संसद् अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृत्ति देखायो : कांग्रेस

    बिर्तामोड ( नागरीक दैनिकबाट) प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक हठाहत अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृति प्रर्दशन गरेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले जनसरोकारका कयौं विषयमा छलफल गर्न छाडेर बैठक अप्रत्यासित रूपमा अन्त्य गरेको आरोप लगाएको हो।‘वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर बैठकले गरेको छ,’ कांग्रेसले भनेको छ, ‘बैठक सरकारको स्वे

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 143 पटक पढिएको
  • अप्ठ्यारोमा नेता नेपाल

    बिर्तामोड (नागरीक दैनिकबाट) नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन्। उनलाई साथ दिइरहेका धेरैजसो नेताकार्यकर्ताले माओवादीसँग एकीकरण गर्नेगरी पार्टी विभाजन नगर्न दबाब दिएपछि नेपाल कठिन परिस्थितिमा पुगेका हुन्।  एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका नेतालाई जिम्मेवारी लिन आग्रह गरेसँगै पार्टीभित्रै संघर्ष गर्नुपर्ने लाइन बलियो भएको छ। जिम्मेवारी पनि खोसिएको र अब हुने निर्वाचनमा आफूहरूले टिकट पाउने सम्भावना पनि नदेखेपछि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षका केही नेताले अर्को पार्टी निर्माण गर्ने पहल थालेपछि त्यसो नगर

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 156 पटक पढिएको
  • २५ जनाभन्दा बढी भेला हुन रोक

    बिर्तामोड ( नागरीक दैनिकबाट) कोरोना महामारीले तीव्र रूप लिँदै गएपछि सरकारले होटेल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। तर घरमै डेलिभरी गर्न भने कुनै रोक लगाइएको छैन।सरकारले मेला, महोत्सव, जात्रा, व्रतबन्ध, मलामीलगायत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्दा २५ जनाभन्दा बढी भेला हुन नहुने र पार्टी प्यालेसमा विवाहलगायत कार्य गर्नुपर्ने भए सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर २५ जनाभन्दा बढी उपस्थित नहुने गरी गर्न सकिने आदेश जारी गरेको छ।यसैगरी सिनेमा हल, पार्टी प्

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 147 पटक पढिएको
  • धरहरा उद्घाटनमा हतारो

    बिर्तामोड (नागरीक दैनिकबाट) ठेकेदार कम्पनीका अनुसार धरहरा निर्माणको सम्पूर्ण काम सकिन अझै एक वर्ष लाग्छ। तर सरकार अहिले नै उद्घाटन गर्ने हतारोमा देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार धरहरा निर्माणमा अहिले दिनहुँ बिहानैदेखि रातिसम्म ३ सय हाराहारी कामदार खटिएका छन्।  प्रधानमन्त्री ओलीले यही वैशाख ११ गते उद्घाटन गर्ने भनेपछि ठेकेदार कम्पनीले धरहराको भवन स्तम्भको काम सम्पन्न गर्ने तयारी गरेको छ। तर बाहिरी सुन्दरतासहितको पूर्ण धरहरा तयार हुन अझै एक वर्ष लाग्ने ठेकेदार कम्पनी रमण निर्माणका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले बताए। उनका अनुसार ११ गते उद्घाटन गर्नुपर्

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 144 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.