पत्रपत्रिका

    Showing 891-900 of 1,243 items.
  • सीमा बैठकप्रति भारतको बेवास्ता

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट) सीमासम्बन्धी बैठक बस्न नेपालले तारन्तार पहल गरे पनि भारतले बेवास्ता गरेको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रूपमै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले कुनै जवाफ पठाएको छैन ।भारतको बेवास्ताले प्रत्येक वर्ष हुनुपर्ने बीडब्लूजी बैठक प्रभावित भएको हो । बीडब्लूजीको पछिल्लो बैठक सन् २०१९ नोभेम्बरमा देहरादुनमा भएको थियो ।कोभिडका कारण फिल्डमा जान सम्भव नरहेको जस्ता कारण देखाएर भारतले अनौपचारिक रूपमा बैठकको मितिप्रति असहमति जनाएको छ तर औपचारिक जवाफ आएको छैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने । नेपालले गत वर्ष ज

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 52 पटक पढिएको
  • शिक्षण संस्था बन्द गर्ने कि नगर्ने  ?

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट) बालबालिकामा कोरोना संक्रमणको दर बढ्दो भए पनि त्यसलाई नियन्त्रण गर्न शिक्षण संस्था बन्द गर्ने विषयमा सरकार दोधारमा परेको छ । विद्यालय बन्द गर्न सरकारमाथि अभिभावकको दबाब बढ्दो छ तर सरकारका निकायहरूले निर्णय लिन सकेका छैनन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना शिक्षण संस्था बन्द गर्न सुझावसहित सिफारिस गरेको छ । सीसीएमसी र मन्त्रिपरिषद्मा उक्त सुझावबारे छलफल भए पनि निर्णय हुन सकेको छैन । शिक्षा मन्त्रालयले कोरोनाको जोखिम बढे पालिकाहरूले विद्यालय बन्दको निर्णय लिन सक्ने दोहोर्‍याएको छ । तर कोरोना संक्रमित भेटिएका र बढी जोखिममा रहेका पालिकाले शिक्षण संस्था बन्

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 57 पटक पढिएको
  • रेशम चौधरीको रिहाइप्रती प्रधानमन्त्री नरम, जसपासंग सत्ता सहकार्य !

    बिर्तामोड ( राजधानी दैनिकबाट ) नेपाल कम्युनिस्ट पार्टी (एमाले)र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेकाले सता सहकार्य हुने भएको हो ।प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार भएको छलफलमा दुई पक्षबीच सहमतिको ढोका खोल्ने समझदारी भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवै दलले गठन गरेको कार्यदलका सदस्यसमेत सहभागिता रहेको थियो । ओली र ठाकुरबीच छलफल सकेर बिहीबार साँझ कार्यदलको संयुक्त बैठक बसेर अहिलेसम्मको प्रगतिका विषयमा समेत छलफल भएको छ ।छलफलमा सहभागी ए

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 52 पटक पढिएको
  • १४ जिल्लामा भीडभाडका क्षेत्र बन्द गर्न अपील

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) सरकारले कोभिड–१० को दोस्रो लहर बढेको निष्कर्ष निकाल्दै १४ अतिप्रभावित जिल्लाको वर्गीकरण गरी विद्यालयसहित भीडभाडका क्षेत्र बन्द गर्न अपील गरेको छ । बिहीवार भएको सरकारको सचिवस्तरीय बैठकले १४ अतिप्रभावित जिल्ला छुट्ट्याएर कडाइ गर्ने निर्णय गरेको हो ।सरकारले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर र कैलालीलाई अतिप्रभावित जिल्लामा वर्गीकरण गरेको छ । यसैगरी मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई पनि अतिप्रभावित जिल्लामा वर्गीकरण गरी मन्त्रालयले ती स्थानमा विद्यालय नजान र बढी भीडभाड हुने स्थानमा सहभागी नहुन अपील गरेको हो ।बिहीवार स्वास्थ्य

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 56 पटक पढिएको
  • नेपालले भारतको एक्सचेन्जबाट विद्युत् किन्न सक्ने

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) नेपाल विद्युत् प्राधिकरणले अब भारतको खुल्ला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटबाट विद्युत् किन्न पाउने भएको छ ।भारतको ऊर्जा मन्त्रालयले बुधवार प्राधिकरणलाई आफ्नो मुलुकको विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न स्वीकृति दिएको छ । त्यसपछि प्राधिकरणले भारतबाट खुल्ला रूपमा विद्युत् किन्न पाउने भएको हो ।नेपाल विद्युत् प्राधिकरणले भारतीय विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न केही समयअघि त्यहाँको ऊर्जा मन्त्रालयमा आवेदन दिएको थियो । सोही आवेदनको आधारमा सो मन्त्रालयले प्राधिकरणलाई खुला बजारबाट विद्युत् किन्न स्वीकृति दिएको हो ।भारतले प्राधिकरणलाई विद्युत् विक्

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 52 पटक पढिएको
  • कर राजस्व सङ्कलन सन्तोषजनक

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत अन्त्यसम्म सरकारको कर राजस्व सङ्कलन सन्तोषजनक देखिएको छ । यो अवधिमा सरकारले लक्ष्यको ७० प्रतिशत कर राजस्व सङ्कलन गर्न सफल भएको छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार चैतसम्म छ खर्ब ३६ अर्ब ६९ करोड रुपियाँ कर राजस्व सङ्कलन भएको छ । चालू आवका लागि सरकारले नौ खर्ब १३ अर्ब रुपियाँ कर राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।कुल राजस्व सङ्कलन भने छ खर्ब ८३ अर्ब ८७ करोड रुपियाँ पुगेको कार्यालयले जनाएको छ । यो लक्ष्यको ६७.५९ प्रतिशत हो । चालू आवमा सरकारले दस खर्ब ११ अर्ब ७५ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने ल

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 58 पटक पढिएको
  • एमसीसी अगाडि बढाउन पहल

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चासो दिनुभएको हो । प्रधानमन्त्री ओलीले कार्यव्यवस्था परामर्श समितिमा सरकार प्रतिनिधि कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई कार्यसूचीमा अगाडि बढाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीको निर्देशनअनुसार कार्यसूचीबारे सभामुखसँग परामर्श गर्ने कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो ।पछिल्ला केही दिनयता प्र

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 49 पटक पढिएको
  • नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटबाट बिजुली किन्न पाउने

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपाल–भारत विद्युत् व्यापार सहज र प्रतिस्पर्धी मूल्यमा गराउने र बङ्गलादेशसम्म पनि नेपालको बिजुली निर्यातको सम्भावना खोल्ने गरी नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्जको सदस्यता पाएको छ ।भारतको ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ऊर्जा एक्सचेन्ज मार्केटको सदस्यता प्रदान गरिएको र अब त्यहाँबाट विद्युत् खरिद गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराएको छ ।प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले कसैको हस्तक्षेपबिना बजारले निर्धारण गरेको प्रतिस्पर्धी दरमा आवश्यकताअनुसार विद्युत् खरिद गर्न सकिने भएको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दि

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 52 पटक पढिएको
  • अर्बौंको सरकारी जग्गा माफिया कब्जामा

    बिर्तामोड ( नागरीक दैनिकबाट) गिजरा खाँडसारी मिल्स प्रालिले उद्योग सञ्चालन गर्न तीन दशकअघि हदबन्दी छुट पाएको १ सय ८० बिघा जग्गा भूमाफियाको कब्जामा रहेको तथ्य सार्वजनिक भएको छ। त्यसमध्ये ७५ बिघा अतिक्रमणमा परेको छ भने बाँकी जग्गा प्रालिको मिलेमतोमा भूमाफियाले भोगचलन गरेको खुलेको छ। अतिक्रमित ७५ बिघा जग्गामा १ हजार १ सय घर बनेका छन्। घर बनेर बाँकी रहेको जग्गा पनि अतिक्रमणकारीले नै जोतभोग गरेको पाइएको छ। कागजमा उद्योग चलाउन हदबन्दी छुट भनिए पनि यथार्थमा जग्गा भूमाफियाको कब्जामा छ।हदबन्दी छुटको नाममा तीन दशकदेखि भोगचलन गरिरहेको जग्गाको हदम्याद थप गरिदिन भन्दै पुनः गत भदौ ८ गते प्रालिका अध्यक्ष जैने

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 368 पटक पढिएको
  • स्वास्थ्यमा वर्ष २०७७: अवसरमा रूपान्तरित चुनौती

    बिर्तामोड (नागरीक दैनिकबाट) नयाँ संविधानले स्वास्थ्यलाई आधारभूत अधिकारको रुपमा व्यवस्था गरेसँगै नेपाल स्वास्थ्य क्षेत्रमा क्रमिक सुधारको बाटोमा अघि बढिरहेको थियो। अघिल्लो वर्षको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय निकायमा ५ देखि १५ बेडको अस्पताल स्थापनाको कार्यक्रम समावेश गरिएको थियो। सर्ने तथा नसर्ने रोगको उपचार तथा रोकथामका कार्यक्रम, सातै प्रदेशमा विशिष्ट अस्पताल निर्माणलगायतका योजना लागु गर्ने प्रक्रिया सुरु भएको थियो।गत वर्षको अन्तिम समयमा विश्वभरि फैलिएको कोभिड १९ महामारीको प्रभाव नेपालमा पनि पर्‍यो। कोरोना महामारी व्यवस्थापन नेपालका लागि चुनौती बनेर देखियो। सुरुका दिनमा महामारी व्यवस्

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 55 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा