पत्रपत्रिका

    Showing 891-900 of 1,267 items.
  • चन्द्रागिरी हिल्सले सार्वजनिक गर्‍योे तेस्रो त्रैमासको वित्तीय विवरण : १८ करोडभन्दा बढी खुद नोक्सानीमा

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) चन्द्रागिरी हिल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी रू। १८ करोड ११ लाख २० हजार खुद नोक्सानीमा रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नोक्सानी रकम बढेको छ । गत वर्ष यो अवधिसम्म कम्पनी रू। २ करोड १८ लाख ८ हजार नोक्सानीमा रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन आम्दानी घटेकाले खुद नोक्सानी बढेको देखिन्छ । गत वर्ष तेस्रो त्रैमाससम्म रू। ४१ करोड २२ लाख ११ हजार सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू। १७ करोड ४२ लाख २० हजार मात्र यो आम्दानी गरे

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 141 पटक पढिएको
  • जलविद्युत्मा नयाँ विवाद : पर्फर्मेन्स ग्यारेन्टीमा निजी क्षेत्रको आपत्ति

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) सरकारले जलविद्युत् आयोजनाहरूलाई हालै अनिवार्य गरेको पर्फर्मेन्स ग्यारेन्टीप्रति निजी क्षेत्रले आपत्ति प्रकट गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० ले पर्फर्मेन्सको सर्त उत्पादकका लागि दोहोरो मार भएको बताएको छ । आयोजना सुरु गर्नअघि जलविद्युत् कम्पनीले प्रतिकिलोवाट ६ सय रुपैयाँ अतिरिक्त बैंक जमानत सरकारसमक्ष प्रस्तुत गर्नुपर्ने नयाँ सर्त ऊर्जा मन्त्रालयले अघि सारेको छ । उक्त सर्तअनुसार निर्धारित मितिभन्दा आयोजना एक दिन पनि ढिलो गरी सम्पन्न भए सो जमानत रकम जफत हुनेछ ।निर्धारित समयमा आयोेजना सम्पन्न नभएमा जरिवाना हुने छुट्टै प्रावधान पनि विद्युत्

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 159 पटक पढिएको
  • अटोमोबाइल व्यवसाय ठप्पै

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) बन्दाबन्दी खुलेसँगै अघिल्लो वर्षको साउनयता क्रमशः अटोमोबाइलको माग बढ्दै गएकोमा यस वर्ष व्यवसाय चलायमान हुने अपेक्षा व्यवसायीको थियो । तर, पछिल्लो समय भारतमा बढ्दै गएको कोरोनाको प्रभावस्वरूप आपूर्ति हुन नसक्दा यस वर्ष पनि अटोमोबाइलको विक्री ठप्पै जस्तो छ । नेपालमा हरेक वर्ष दशैंअगाडि प्रायः भदौमा हुने नाडा अटो शोदेखि दशैंसम्म सबैभन्दा बढी गाडी विक्री हुने गरेको छ । त्यसपछि सबैभन्दा बढी विक्री नयाँ वर्षको समयमा हुने गरेको छ । २ वर्ष अघिसम्म फागुन लागेसँगै नेपालमा नयाँ भेरियन्टका गाडी सार्वजनिक हुने गरेको थियोे । पछिल्लो २ वर्ष भने अटोमोबाइल क्षेत्रमा उत्सा

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 150 पटक पढिएको
  • निक्षेप र कर्जा दुवैको ब्याजदर बढ्यो

    बिर्ताानेड ( आर्थिक अभियान दैनिकबाट )पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ता र ऋणी दुवैलाई राम्रो ब्याजदर दिएका छन् । लगानी योग्यपूँजी(तरलता) भएका बैंकहरूले भन्दा पनि यस्तो पूँजी कम भएका बैंकहरूले यतिबेला निक्षेपको ब्याजदर बढाएका हुन् ।मेगा बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू र प्राइम बैंकको लगानीयोग्य पूँजी कम छ । यस्ता बैंकले निक्षेपको ब्याजदर थोरै बढाएका छन् । यी बैंकले अघिल्लो महीनाको तुलनामा थप १ प्रतिशत विन्दुदेखि साढे १ प्रतिशत विन्दुसम्म ब्याज बढाएका छन् । बैंकहरूले अवधिअनुसारका मुद्दती निक्षेपमा अधिकतम ७ दशमलव २५ प्रतिशतदेखि साढे ८ प्रतिशतसम्म ब्

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 150 पटक पढिएको
  • पश्चिममा प्रहरीको अनिवार्य माक्स अभियान

    बिर्तामोड (नागरीक दैनिकबाट) तपाईं पश्चिम क्षेत्रमा यात्रा गर्दै हुनुहुन्छ, यदी हुनुहुन्छ भने अनिवार्य माक्स लगाउनूस्। नत्र प्रहरीले समाउला१ पछिल्लो समय पश्चिम क्षेत्रका केही जिल्लामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण बढ्दै गएपछि प्रहरीले अनिवार्य माक्स अभियान सञ्चालन गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि थप संक्रमण फैलिन नदिन प्रहरीले यस्तो अभियान सञ्चालन गरेको हो।कोरोना भाइरस नियन्त्रण बाहिर जान थालेको बाँके, दाङ, सुर्खेत, रुपन्देही, कैलालीलगायतका प्रहरीले अनिवार्य माक्स अभियान चलाएका छन् । माक्स लगाउँदा मात्र पनि कोरोना भाइरस संक्रमण फैलिन सहयोग पुग्ने भन्दै प्रहरीले अनिवाय माक्स अभियान स

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 173 पटक पढिएको
  • गण्डकीका मुख्यमन्त्री बिलखबन्दमा

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) तीन दलले अविश्वास प्रस्ताव दर्ता गरेपछि बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको उखान सापटी लिँदै भने, ‘काठमाडौंमा रिस उठेको बिरालोले पोखरामा आएर खाँबो चिथोर्छ ।’ अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै संसद् अधिवेशन अन्त्य गराएर अहिले उनी ‘माथि’ का नेतासँग छलफल चलाउन काठमाडौं छन् ।वाग्मती प्रदेशमा तत्कालीन नेकपा दाहाल–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री गुरुङले गत पुसमा संघ र प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर सरकारमा रहनुपर्ने बताएका थिए । नेकपा एकतापूर्वको अवस्थामा फर्किएर माओवा

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 158 पटक पढिएको
  • तेस्रो मुलुक जाने भारतीयबाट संक्रमण फैलने खतरा, सरकार बेखबर

    बिर्तामोड ( नेपाल समाचारपत्र) दैनिकबाट  छिमेकी मुलुक भारतमा यतिखेर कोरोना संक्रमण काबुभन्दा बाहिर गएको छ । बितेको २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ६ सय ९२ पुगेको बताइएको छ ।भारतको राजधानी दिल्लीमा मात्रै बितेको २४ घण्टामा कोरोनाको २४ हजार नयाँ केस थपिएसँगै दिल्लीमा अक्सिजन र रेमडेसिभिरको कमी हुन थालेको छ ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले शनिबार कोरोना संक्रमितको संख्या काबुभन्दा बाहिर पुगेकाले आईसीयू बेडसमेत अपुग भइरहेको जानकारी दिँदै तत्काल अक्सिजन, बेड र कोरोनाको औषधिका लागि केन्द्र सरकारसँग सहयोग मागेको छ ।उता मध्यप्रदेशको हालत पनि नाजुक छ । बितेको २४ घन

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 152 पटक पढिएको
  • एचआईभी पीडितलाई चिन्ता

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) नातीसरा राईलाई दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको लहरले फेरि चिन्तामा पारेको छ । यस खालको महामारी फैलँदा सबैलाई नै असर पुग्ने भए पनि राईको चिन्ताको विषय भने समाज सेवा हो । बिरामीको उपचार सेवामा सहयोग जुटाउन कोरोनाले अवरोध गर्ने भय उहाँमा छ ।विगत दस वर्षदेखि एचआईभीरएड्सबाट प्रभावितबीच काम गरिरहनुभएकी राईलाई गत वर्ष कोरोना महामारीको बेला धेरै प्रभावितको रोजगारी गुमेर झेल्नुपरेको थुप्रै सास्तीका कारण सङ्क्रमणको दोस्रो लहरले फेरि चिन्ता थपिएको हो । महामारीका बेला रोग प्रतिरोधात्मक क्षमता कम हुने व्यक्ति बढी प्रभावित तथा सङ्क्रमित हुने कारणले जीवन रक्षाक

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 162 पटक पढिएको
  • एमसीसी सदनमा प्रस्तुत गर्ने सहमति

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार डाक्नुभएको सर्वदलीय बैठकमा कोरोनाको दोस्रो लहर नियन्त्रण, सङ्घ, प्रदेश र स्थानीय तहमा रिक्त रहेका स्थानमा उपनिर्वाचन र करिब दुई वर्षदेखि सदनमा थन्किएको एमसीसीका विषयमा गम्भीर छलफलपछि केही महत्वपूर्ण विषयमा सहमति जुटेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैशाख ७ गतेअघि नै कार्यव्यवस्था समितिको बैठक राखेर एमसीसीलगायत प्रस्ताव सदनमा ल्याउन सहमति जुटेको जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सर्वदलीयबैठकले सरकारको प्रस्ताव स्वेच्छाचारी ढङ्गले सभामुखले रोक्न नमिल्ने निष्कर्ष निकालेको छ ।दुई वर

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 160 पटक पढिएको
  • असंवैधानिक कदमविरुद्ध मतदान : कांग्रेस

    बिर्तामोड (नागरीक दैनिकबाट) नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी एमालेको सरकारको असंवैधानिक र प्रतिगमनका विरुद्धमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गरेको जनाएको छ। कांग्रेस केन्द्रीय समितिको बैठकले पनि असंवैधानिक र प्रतिगमनविरुद्ध माओवादीसँग मिलेर जाने निर्णय गरेको थियो। सोहीअनुसार कर्णालीमा कांग्रेसले मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद् विघटन गर्दा नेपाली कांग्रेसले देशभरि त्यसको विरुद्धमा विरोध गरेको स्मरण गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता तथा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले भने,

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 252 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.