राजनीति

    Showing 10,411-10,420 of 10,449 items.
  • पूर्व राजा ज्ञानेन्द्र परिवारसहित झापाको धुलावारीमा

    बिर्तामोड / विगत केहि समय यता झापाको दमकमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसँगै झापाको धुलाबारी पुगेका छन् । उनी पूर्व युवराज पारस शाहबाहेकका परिवारका सदस्य लिएर मेचीनगरको फाइभ स्टार होटल मेची क्राउनमा केहि दिनको बसाईका लागि पुगेका हुन् ।बिहीबार दिउँसो आफ्नै निजी सवारीसाधन चढेर परिवारका सदस्य सहित धुलावारी पुगेका उनी केहि दिन सोहि होटलमा बस्ने कार्यक्रम रहेको पूर्व राजपरिवार निकटस्थहरुले बताएका छन् । होटल व्यवस्थापनका एक कर्मचारीले दिएको जानकारी अनुसार पूर्व राजा ज्ञानेन्द्र शाहसँगै उनी पत्नि एवं पूर्व रानी कोमल, बुहारी हिमानी अनि नातिनी पूर्णिका र कीर्तिका शाह केहि दिनको ब

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 231 पटक पढिएको
  • प्रधानमन्त्री ओली लिखित जवाफसहित सर्वोच्चमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना सम्बन्धी मुद्दामा जवाफ दिन सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।अदालतको अवहेलना मुद्दामा सर्वोच्चको आदेशअनुसार प्रधानमन्त्री ओली आफै लिखित जबाफ बोकेर सर्वोच्च अदालत गएका हुन् । प्रधानमन्त्री ओली पौने १२ बजे सर्वोच्च अदालत प्रवेश गरेर १२ बजे फर्किएका थिए ।गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहँदा प्रधानमन्त्री ओलीले संविधानमा संसद् पुनःस्थापनाको व्यवस्थै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका थिए ।ओलीले सो मुद्दाको गत आइतबार म्याद बुझेका थिए । दालतको अवहेल

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 190 पटक पढिएको
  • ६ सय कैदीलाई छाड्ने तयारी

    काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बिहीबार नियमित बैठक बस्न लागेको हो ।आजको मन्त्रिपरिषद्को मुख्य एजेन्डा प्रजातन्त्र दिवसको अवसरमा ६ सय कैदीको कैद मिनाहा गर्ने सम्बन्धि छ । शुक्रबारको प्रजातन्त्र दिवसको अवसरमा  कैदीहरुलाई छाड्न लागिएको हो ।यसपटक जन्मकैद पाएका दुई सय कैदीलाई पनि छाड्न लागिएको छ । नियमावली नै संशोधन गरेर यसपटक सरकारले धेरै कैदी छाड्न लागेको हो ।

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 96 पटक पढिएको
  • प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आज  सर्वोच्च अदालतमा आफैं उपस्थित हुने भएका छन्। प्रधानमन्त्री ओली मध्यान्ह १२ बजे सर्वोच्चमा उपस्थित हुने बताइएको छ। प्रधानमन्त्री ओलीले माघ ९ गते आफ्ना कार्यकर्ताको भेलामा  वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा वहसलाई तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो।गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायधाीशहरु तथा पूर्व सभामुख दमनानाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।यसअघि चार पूर्व प्रधान

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 89 पटक पढिएको
  • टुँडिखेल घेर्दै नेकपा प्रचण्ड–माधव समूह

    काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आज टुँडिखेल घेराउ गर्ने भएका छन् । मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने कार्यक्रम रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।उनका अनुसार उपत्काका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्क– आकाशेपुलदेखि भद्रकालीसम्म, मजदुर संगठनहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका लागि स्थान तोकिएको छ ।सबै सहभागीहरुलाई पौने चार बजेसम्म तोकिएको आर्कमा पुगिसक्न निर्देशन दिइएको प्र

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 98 पटक पढिएको
  • संसद विघटन मुद्दा : एमिकस क्युरीले राय दिने क्रम जारी

    काठमाडौं / सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी संसद विघटनविरुद्धको मुद्दामा एमिकस क्युरी अर्थात अदालतका सहयोगीले राय दिने क्रम जारी छ। दोस्रो दिन आज वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले आफ्नो बहस सुरु गरेका छन्। बहसको सुरुमा उनले आफू चार प्रश्नमा केन्द्रित हुने इजलासलाई जानकारी दिएका छन्। उनले विभिन्न प्रश्न गरेका छन् उनको पहिलो प्रश्न  निर्विवाद बहुमत प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार संविधानले दिएको छ कि छैन भन्ने छ।यस्तै उनले  संसदीय लोकतन्त्रमा प्रधानमन्त्रीले संसद् विघटन गर्ने सार्वभौमिक अभ्यास छ कि छैन भनेका छन्। त्यसै गरी उनले  मूल्य र मान्यताकै भरमा विघट

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • 146 पटक पढिएको
  • ओली समूहका विद्यार्थीद्वारा प्रचण्ड–नेपाल पक्षमाथि आक्रमण

    काठमाडौं । आरआर क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका विद्यार्थीले प्रचण्ड–नेपाल समूहका विद्यार्थीमाथि आक्रमण गरेका छन् ।ओली पक्षका विद्यार्थीको आक्रमणबाट प्रचण्ड–नेपाल पक्षका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत घाइते भएका हुन्।मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा ओली समूहका लोकेश खड्का, उज्वल खड्का लगायतले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीमाथि आक्रमण गरेका हुन्। उनीहरुले क्याम्पस प्रांगणमै आक्रमण गरेको प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेताहरुले बताए।आक्रमण गर्ने खड्का सो क्याम्पसका ओली पक्षका युथ फोर्स अध्यक्षसमेत हुन्।‘अराजक समूहबाट आक्रमण भएको हो। आक्रमणमा चार जना

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • 114 पटक पढिएको
  • अध्यक्ष दाहालको सुरक्षामा खटिए जनमुक्ति सेना

    विर्तामोड / पछिल्लो समयमा नेकपा (प्रचण्ड–नेपाल) समुहका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा सादा पोषाकमा  कालो सुट र कालो चस्मासहित देखिन थालेका निजी सुरक्षाकर्मीलाई लिएर अनेक चर्चा चल्न सुरु भएको छ । पछिल्ला दिनमा देखिदैन आएको सो समूहले सरकारी सुरक्षाकर्मी भन्दा अग्रभागमा रहेर अध्यक्ष दाहालको सुरक्षा सम्हाल्दै आएको छ । झट्ट हेर्दा ब्ल्याक कमाण्डोको दस्ता जस्तो देखिने सो समूहले रातो नम्वर प्लेटको स्कार्पियो प्रयोग गर्ने गरेको छ । प्रचण्ड सवार गाडी रोकिए लगत्तै सरकारी सुरक्षाकर्मी भन्दा अग्रभागमा पुगेर सुरक्षाको पहिलो घेरा सम्हाल्ने गरेको छ । पछिल्लो समयमा निर्वाचनको तयारीका लागि भ

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • 212 पटक पढिएको
  • चुनाव गराए देश अराजकताको भूमरीमा फस्छ : प्रचण्ड

    बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने चेतावनी दिएका छन् ।प्रचण्डले पत्रकारसँग कुरा गर्दै असंवैधानिक रुपमा घोषणा गरिएको निर्वाचनले देश संकटमा पुग्ने बताएका छन् । संविधान भत्काएर हुने चुनाव अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउने प्रचण्डको दावी छ ।संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको प्रण्डले बताए । अदालतले संसद पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दावी नरहने बताउँदै प्रतिपक्षीको मागलाई प्राथमिकतामा राख्ने उनको भनाई छ

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • 92 पटक पढिएको
  • पत्रकार महासंघमा उम्मेदवारहरूको लर्को

    काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशन २०७७ फागुन ४ र ५ गते हुने भएको छ । २०७७ फागुन ४ गते महाधिवेशनमा सहभागीलाई स्वागत गर्ने, ५ गते बिहान ९ बजे उपराष्ट्रपतिबाट महाधिवेशन उद्घाटन गराउने र सोही दिन बन्दसत्र सकेर महाधिवेशन सम्पन्न गर्ने लक्ष्य महासंघले लिएको छ । महाधिवेशन सम्पन्न भएको एक महिनामा निर्वाचन हुने भएकाले पत्रकार बिच माहौल तातेको छ । यस पटक विधानमै प्रत्यक्ष निर्वाचनको व्यवस्था गरेको र हरेक सदस्यले मतदान गर्ने भएकाले संगठनहरुले चर्चित अनुहारलाई महासंघको नेतृत्वमा प्रतिस्पर्धा गराउने कसरत थालेका छन् ।२०७७ चैतको पहिलो साता हुने पत्रकारहरुको छाता संगठन महासंघको निर्वाचन गराउन केही द

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • 180 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.