राजनीति

    Showing 1,481-1,490 of 10,434 items.
  • त्रिविको ८० प्रतिशत उपस्थितिको नियम पुनरवलोकन गर्न सांसद धितालको आग्रह

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले त्रिभुवन विश्वविद्यालयमा ८० प्रतिशत भौतिक उपस्थितिको नियममाथि पुनर्विचार गर्न आग्रह गरेकी छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद धितालले त्रिवि अन्तगएतका कक्षाहरुमा प्रत्येक सेमेस्टरमा लागू गरिएको ८० प्रतिशत उपस्थितिको नियमको उद्देश्य सकारात्मक भएपनि त्यसले मात्र विद्यार्थीको ज्ञान र क्षमता मापन गर्न नसकिने बताइन् ।उनले भनिन्, ‘त्रिभुवन विश्वविद्यालयमा प्रत्येक सेमेस्टरमा ८० प्रतिशत भौतिक उपस्थितिको नियमको उद्देश्य राम्रो थियो । नियमिता र गुणस्तरिय शिक्षा सुनिश्चित गर्नु राम्रो हो । तर सोचौं त भौतिक उपस्

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 493 पटक पढिएको
  • वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा संकटः इन्दिरा राना मगर

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पाटन औद्योगिक क्षेत्र मूर्तिकलासँग सम्बन्धित घरेलु उद्योगका लागि छुट्याइएको क्षेत्र भए पनि अहिले त्यहाँ ठूला उद्योग सञ्चालन भइरहेको जानकारी गराइन् । उनले ती उद्योगका कारण स्थानीय बासिन्दा बिरामी पर्ने तथा मृत्यु हुने अवस्था सिर्जना भएको उल्लेख गरिन् ।उनले भनिन्,पाटन औद्योगिक क्षेत्र भनेको मूर्तिहरु बनाउने भनेर घरेलु उद्योगको लागि छुट्याएको क्षेत्र हो । यसलाई अहिले ठ

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 428 पटक पढिएको
  • जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

    काठमाडौं— नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको भए पनि हालसम्म औपचारिक रूपमा सार्वजनिक नगरिएको बताए । उनले उक्त प्रतिवेदन सार्वजनिक गरी सबै सांसदलाई उपलब्ध गराउन माग गरे ।उनले भने, ‘गत २०८२ को भाद्र २३ र २४ गतेको नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन बुझाइ

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 446 पटक पढिएको
  • खेतीको मुख्य समयमा मल–बीउ अभाव हुँदा कृषि पेशानै संकटमाः सांसद लामीछाने

    काठमाडौं— प्रतिनिधिसभाका सांसद अचुतम लामीछानेले देशभरका किसानहरू खेती गर्ने मुख्य समयमा मल, बीउ–बिजन तथा आवश्यक कृषि औजारको अभाव झेलिरहेको बताएका छन् ।प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले समयमै मल र बीउ उपलब्ध हुन नसक्दा कृषि उत्पादन घट्ने जोखिम बढेको बताएका हुन् । उनले कृषि पेशा नै संकटमा पर्ने बताए ।उनले भने, ‘देशका किसानहरू खेती गर्ने मुख्य समयमा मल बिउ बीजन र आश्वयक कृषि अ‍ैजारको अभावमा छन् । समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने साभावना छ । किसान निराश भइरहेका छन् । कृषि पोशानै संकटका परेको छ ।’किसानले आफ्नै खेतमा उत्पादन गरेका वस्तु खेतदेखि उपभोक्ताको पेटसम्म पु¥याउन ठूलो संघर्ष गर्नुप

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 407 पटक पढिएको
  • जनताले अझै पनि पुरानै बेथिति भोग्नुपरेको छः सांसद राई

    काठमाडौं— श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मध्यपहाडी क्षेत्र तथा भोजपुरलगायत पहाडी जिल्लाका सडकको दुरवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अलपत्र परेका सडकका कारण सवारीसाधन डुबिरहेको र बिरामी तथा सुत्केरी बोकेका गाडीसमेत समस्यामा परेको बताएका हुन् । उनले सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भइरहेको उल्लेख गर्दै समयमै सडक मर्मत तथा व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे ।उनले भने,‘अलपत्र परेका सडकहरुमा गाडिहरु डुबिरहेका छन् । सामाजिक सञ्जालहरुमा हामीले गालीका वर्षातहरु पाइरहेका छौं । सरकारलाई म आग्रह गर्न चाहन्छु र अगाडि पनि हामीले ध्

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 419 पटक पढिएको
  • सांसद राईको अभिव्यक्तिप्रति आशिकाको आपत्ति

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद राईले बाँदरले आम नागरिकलाई दुःख दिएको भन्दै मार्न पाउनुपर्ने माग गरेको थिए ।उनले भनेका थिए,‘ ‘आज पनि धेरै माननिय ज्यूहरुले कुराहरु उठाउनुभयो बाँदर बदेलहरुले आज पनि जनताहरुलाई दुख दिइरहेको छ । यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदै छौं ? यसको हामीले के लेख्दै छौं यसको विषयमा । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबस्नुस् बाँदरलाई सलामी देउँ । यदी होइन भने हामीलाई दुख दिइरहेको छ ।’सांसद तामाङले उनले अभिव्यक्ति

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 465 पटक पढिएको
  • सांसद ओली भन्छन् एजेन्टहरूले वैकल्पिक रुटमार्फत महिलाहरूलाई खाडी मुलुकसम्म पुर्याइरहेका छन्

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले वैदेशिक रोजगारीका नाममा भइरहेको मानव बेचबिखन र अवैध एजेन्ट नेटवर्कविरुद्ध कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल सरकारले सन् २०१७ देखि नेपाली नागरिक, विशेषगरी महिलाहरूलाई घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाए पनि त्यसले समस्या समाधान गर्न नसकेको बताइन् ।उनले सरकारको उद्देश्य महिलाहरूलाई शोषण र हिंसाबाट जोगाउनु भए पनि प्रतिबन्धका बाबजुद घरेलु कामदारका रूपमा विदेश जाने क्रम नरोकिएको उल्लेख गरिन् । उनका अनुसार नेपाली महिलाहरूलाई खाडी मुलुकसम्म पुर्याउन एजेन्टहरूले

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 578 पटक पढिएको
  • पर्चा देखाएर सदनमा श्रम संस्कृति पार्टीको विरोध

    काठमाडौं— सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले विरोध गरेको छ । सभामुखको अगाडि विपक्षी दल श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध गरेको हो ।बैठकको कारबाही सुरु भएलगत्तै वेलमा पुगेर श्रम संस्कृतिका सांसदले सभामुख डोलप्रसाद (डीपी) अर्यालतर्फ फर्किएर पर्चा देखाएका हुन् । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ, प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर भन्दै विरोध गरेको हो ।उक्त पर्चा देखाएर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गरे ।उनले भने, ‘सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्नुपर्छ । सभामुखको अ

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 461 पटक पढिएको
  • नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलायो: सभामुख

    काठमाडौं— सभामुख डोलप्रसाद (डीपी) अर्यालडीपी अर्यालले नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलाएको बताएका छन् ।नेपाल व्यापार शिखर सम्मेलनको उद्घाटन समारोह बोल्दै उनले लगानीकर्तामा देखिएको नयाँ उत्साहलाई दीर्घकालीन विश्वासमा रूपान्तरण गर्न सरकार नीतिगत स्थायित्व कायम गर्न प्रतिबद्ध हुनुपर्ने बताए ।उनले भने, ‘नयाँ सरकारको आगमनसँगै नीति गत स्थिरता र निजी क्षेत्र मैत्री वातावरण आसा पलाएको छ । यसले लगानी कर्ताहरूमा नयाँ उत्साह भनुर्का साथौ उत्साहलाई दुर्गकालीन विश्वासमा बदल्न हामीले नितीतग स्थिकायम गर्न सक्नु पर्दछ ।’सभामुख अर्यालले वर्तमान आर्थिक विकासको लक्ष्य हा

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 408 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौं— प्रतिनिधि सभा बैठक आज सोमबार बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदबारमा बस्ने भएको हो ।आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।यस्तै, बैठकमा आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल प्रारम्भ हुनेछ ।

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 416 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.