राजनीति

    Showing 1,611-1,620 of 10,434 items.
  • राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् ।राष्ट्रपति पौडेलले आज ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन् ।राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएकोमा सरकारले हिजो (सोमबार) स्वीकृतिका लागि पुनः सिफारिस गरेको थियो ।सरकारबाट पुनः सिफारिस गरिएपछि राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 521 पटक पढिएको
  • जनमत पार्टी मधेस प्रदेशमा विवादको सिर्जना

    जनकपुर— जनमत पार्टी मधेस प्रदेशमा विवाद सृजना भएको छ । प्रदेश सरकारमा एक जना अर्थमन्त्री र एक जना खेलकुद तथा समाज कल्याण मन्त्री रहेको जनमत पार्टी दुई टुक्रामा बाँडिएको छ ।सोमबार जनमत पार्टीका सचेतक चन्दन सिंहले १० जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए । तर प्रदेश प्रमुख कार्यालयले अहिले सम्म कुनै औपचारिक पत्र सार्वजनिक भने गरेको छैन ।यता, जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता एवम् मधेस प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले आज प्रदेश प्रमुख कार्यालयलाई पत्र लेख्दै, सरकारलाई दिइएको समर्थन यथावत् रहेको

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 407 पटक पढिएको
  • तमोर कोरिडोरमा काम छिटो सम्पन्न गर्न आङ्देम्बको आग्रह

    पाँचथर— प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले तमोर कोरिडोर सडक खण्डअन्तर्गत निर्माणाधीन पुलहरूको स्थलगत निरीक्षण गरेका छन् ।निरीक्षणका क्रममा सडक कालोपत्रे भइसके पनि पुल निर्माणको काम अत्यन्त सुस्त गतिमा अघि बढिरहेको पाइएको भन्दै उनले निर्माण कम्पनीप्रति असन्तुष्टि जनाए ।वर्षा याममा बाढीका कारण सवारी आवागमन अवरुद्ध हुने समस्या दोहोरिँदै आएको उल्लेख गर्दै उनले कामलाई तीव्र बनाउन निर्देशन दिएका हुन् ।नेता आङ्देम्बेले भने, ‘बजेटको लागि पहल गर्ने म छु, तर यहाँ काम छिटो सक्नुप¥यो ।’पूर्वी पहाडलाई तराईसँग जोड्ने महत्त्वपूर्ण मार्गका रूपमा चिनिने तमोर कोरिडोरलाई ‘लाइफला

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 429 पटक पढिएको
  • शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव हटाउन चाहेका हौंः प्रधानमन्त्री

    काठमाडौं— प्रधानमन्त्री बालेन शाहले शिक्षालय र कर्मचारीतन्त्रमा बढ्दो दलगत प्रभावप्रति भएको हुनले सुधारका लागि ठोस कदम चालिएको बताएका छन् ।मंगलबार सामाजिक संजालमा लेख्दै उनले योग्यता र क्षमताभन्दा पहुँच र राजनीतिक निकटताको आधारमा अवसर बाँडिने प्रवृत्तिले राज्य प्रणालीप्रति जनविश्वास कमजोर बनाए ।उले लेखेका छन्, ‘विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगा¥यो । वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने । योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो । यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो ।’राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 447 पटक पढिएको
  • कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ ।संसद् समन्वय बोर्डको पहिलो बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा आज दिउँसो ३ बजे बस्ने भएको हो ।कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान ९संशोधन र परिमार्जनसहित, २०८३० को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक होे ।कांग्रेसले बोर्डका सदस्यहरुलाई बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 431 पटक पढिएको
  • ट्रेड युनियन खारेजीले अधिकार खोस्दैन, बरु पेसागत स्वतन्त्रता बलियो बनाउँछः प्रधानमन्त्री शाह

    काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरुको अधिकार नखोस्ने बरु यसबाट पेसागत स्वतन्त्रता बलियो बन्ने बताउनुभएको छ ।सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरुको अधिकार र पेसागत स्वतन्त्रता नै झन बलियो बन्ने बताउनभुएको हो ।प्रधानमन्त्री शाहले लेख्नुभएको छ, “धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आमजनताले वर्षौंदेखि एउटै कुरा

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 297 पटक पढिएको
  • सभामुख अर्यालले गरे प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल

    काठमाडौं— सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन् ।सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अर्यालले सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न बैठक बोलाएका थिए।बैठकपछि नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर सभामुखले बधाई दिनकोसाथै संसदीय काम गर्दै जाँदा आफूहरुसँगको सहकार्यको भूमिकाको अपेक्षा व्यक्त गरेको जानकारी दिइन् ।बैठकमा समसामयिक राजनीतिक विषयमा कुनै छलफल नभएको उनले बताइन् ।‘प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर वधाई दिनुभयो । उहाँले संसदीय क

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 437 पटक पढिएको
  • मन्त्री गौतम भन्छिन समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन सक्दैन

    काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदीय समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन नसक्ने बताएकी छन् ।प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले समितिमा उठाइने विषयहरू स्पष्ट एजेण्डाभित्र हुनुपर्नेमा जोड दिएकी हुन्।उनले भनिन्, ‘समिति र समितिको कार्य क्षेत्र जे हो त्यसमा सरकारलाई किन बोलाइन्छ भने सरकारले त्यो विषयमा आवश्यक तयारी गरेर जवाफ दिन सक्नुपर्छ। तर समितिमा राखिएका कुराहरु एजेण्डाभन्दा बाहिरबाट ल्याइयो भने त्यो प्रश्न र औचित्य प्रभावकारी ढंगले हुँदैन जस्तो मलाई लाग्छ । सरकारले यहाँ उठेका हरेक विषयहरुमा

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 481 पटक पढिएको
  • सुकुमबासीको अग्रिम व्यवस्थापन नगरी डोजर चलाइनु गलतः ट्रेड युनियन कांग्रेस

    काठमाडौं— नेपाल ट्रेड युनियन कांग्रेसले ११ बुँदे विशेष प्रस्ताव सार्वजनिक गरेको छ ।शासकीय सुधारसम्बन्धी कार्यक्रम अन्तर्गत सरकारले सार्वजनिक गरेको संघीय निजामती सेवा विधेयकको मस्यौदा जारी गरी ट्रेड युनियन अधिकार सम्बन्धी प्रावधानहरू हटाएकोप्रति ट्रेड युनियन कांग्रेसले आपत्ति जनाएको हो ।नेपालको संविधान २०७२, श्रम ऐन २०७४ र अन्तर्राष्ट्रिय श्रम मापदण्डहरुको विरुद्धमा सरकारको निर्णय आएकाले त्यसलाई तत्काल सच्याउनका साथै श्रमिकसँग सम्बन्धित विषयहरू सामाजिक संवादमार्फत समाधान गर्न पनि सरकारसँग माग गरिएको छ ।विभिन्न कारणले गर्दा बजारमा भइरहेको मूल्यवृद्धिले सर्वसाधारण जनताको दैनिक जीवनमा गम्भीर असर प

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 423 पटक पढिएको
  • प्रधानमन्त्री वालेनको निर्देशनपछि मन्त्रिपरिषद् परिसरमा फोटो–भिडियो खिच्न रोक

    काठमाडौं— मन्त्रिपरिषद् बैठकका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ।आइतबार बैठक सुरु हुनुअघि नै प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि सुरक्षाकर्मीहरूले पत्रकारहरूलाई क्यामेरा प्रयोग गर्न नदिएको हो ।कार्यालय परिसर बाहिरबाट दृश्य कैद गरिरहेका सञ्चारकर्मीहरूलाई समेत प्रधानमन्त्रीको तत्काल प्रतिक्रिया पछि रोकिन बाध्य पारिएको बताइएको छ।बालुवाटारबाट बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री शाहले आफ्नो तस्बिर तथा भिडियो खिचिएको देखेपछि असन्तुष्टि जनाएका थिए।उनको संकेत लगत्तै सुरक्षाकर्मी सक्रिय भई प्राङ्गणमा रहेका पत्रकारहरू

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 456 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.