बिर्तामोड— झापाको बिर्तामोडमा आयोजित एक महत्वपूर्ण भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बसन्त भट्टराईले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई समयमै सम्पन्न गर्न सबै तहका नेतृत्वलाई स्पष्ट निर्देशन दिएका छन्। उनले वडा, गाउँरनगर, प्रदेशसभा क्षेत्र र क्षेत्रीय समितिहरूको सक्रिय भूमिका बिना अभियान सफल नहुने उल्लेख गरे।गत बैशाख १ गतेबाट सुरु भएको ‘जरा अभियान’ अब वडास्तरसम्म पुगेको छ। यही सन्दर्भमा भट्टराईले कार्यसम्पादनमा ढिलाइ नगर्न आग्रह गर्दै संगठनलाई जरा तहबाटै सुदृढ बनाउने उद्देश्यमा जोड दिए।अभियानमा संलग्न अर्का केन्द्रीय प्रतिनिधि रुद्रबहादुर कन्दङ्वाले सदस्यता अद्यावधिकपछि प्रत्
काठमाडौं— प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर हाल ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत छिन् । अस्पताल प्रशासनका अनुसार उनलाई चिकित्सकहरूको निरन्तर निगरानीमा राखेर उपचार भइरहेको छ।अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमिस पाठकका अनुसार बुधबार बिहान करिब १० बजे ठाकुरलाई अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउँदा उनी अचेत अवस्थामा थिइन् र शरीरमा चिनीको मात्रा कम भएको पाइएको थियो।उनलाई तत्काल सलाइनसहित आवश्यक उपचार प्रदान गरिएपछि अवस्था सुधार हुँदै होसमा फर्किनुभएको पाठकले जानकारी दिए। हाल थप उपचारका लागि उनलाई अस्पतालको क्याबिनमा राखिएको छ र चिकित्सकहरूको निगरानी जारी रहेको जनाइएको छ।
काठमाडौं— विपक्षी दलहरूले सरकारलाई अध्यादेश फिर्ता गर्न आग्रह गरेका छन् । बुधबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यादेश फिर्ता गरी तत्काल संसद् अधिवेशन बोलाउन माग गर्ने निर्णय पनि गरेको छ । सरकारले सिफारिस गरेको अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय भएको नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए । “संसद् छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेका छौँ,” उनले भने, “सरकारलाई अध्यादेश फिर्ता लिन र राष्ट्रपतिलाई अध्यादेश स्वीकृत नगर्न आह्वान गर्ने निर्णय भएको छ ।” बैठकमा कांग
काठमाडौं— परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि म्यानमारका राजदूत महामहिम थान्ट सिनबिच भेटवार्ता भएको छ ।आज परराष्ट्र मन्त्रालयमा उनीहरुबिच भेटर्वाता भएको हो ।भेटमा व्यापार, आर्थिक सहयोग, सांस्कृतिक सम्बन्ध र जनता(जनता आदान(प्रदान लगायत पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको छ ।
काठमाडौं— म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पूर्वमन्त्री समेत रहेका पुनले बुधवार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । पुनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको उल्लेख गरेका छन् । त्यो सुन इष्टमित्रले श्रीमतीलाई उपहार दिएको पुनले जनाएका छन् । साथै, उनले नेपाल बैंक लिमिटेडमा चार लाख रुपैयाँ नगद रहेको, राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रहेको खुलाएका छन् । उक्त रकम चुनावी चन्दा भनेका छन् । कास्कीमा विभिन्न कित्तामा करिब २७ रोपनी, १५ आना चार पैसा रहेको
काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गरेका छन् । २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले यो असफलताबाट शिक्षा लिँदै पुनः उठ्ने दृढता व्यक्त गरेका हुन् ।उनले भने, ‘हामीले धेरै सफलता र असफलता पार गरेका छौँ । यस पटक ठुलो धक्का व्यहोरेका छौँ, यसबाट हामीले शिक्षा लिन्छौं र हामी फेरी यसलाई चिरेर पुनः उठ्छौँ ।’उनले उग्र वामपन्थी सोचबाट लोकतान्त्रिक उपलब्धि गुम्न सक्ने चेतावनी दिए । उनले शान्तिपूर्ण जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संरक्षण गर्न सबै राजनीतिक शक
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका छन् ।सामाजिक संजालमा सांसद कार्कीले झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी नभएको बताएका हुन् ।उनले लेखेका छन,‘झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू नै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन । अध्यादेश सधैँ संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो तर यस पटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन ।’अध्यादेश
काठमाडौं— नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ ।बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बैठक बोलाएका हुन् ।बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ ।बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेण्डामा छलफल हुने छ ।
सुर्खेत— कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनबहादुर खड्का नियुक्त भएका छन् । नवनियुक्त सचिव अर्जुनकुमार खड्काले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार प्रदेशसभा सचिव नियुक्त भएक खड्कालाई कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पद तथा गोपनियताको शपथ गराईन् । सचिव खड्काले पदभार मंगलबार नै पदभार ग्रहण गरेका हुन् ।सचिव खड्काको सपथ ग्रहण समारोहमा कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कर्णाली प्रदेशसभाका नवनियुक्त सचिव खड्का नेपाल सरकारका पूर्व सहसचिव हुन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–९, का स्थायीबासी खड्कासंग संघीय संसद् सचिवालयमा पाँच वर
काठमाडौं— प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको तेस्रो बैठक आज बस्दै छ ।बुधबार समिति सभाहलमा बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था, समस्या तथा चुनौती र आगामी कार्ययोजनाको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।बैठक दिउँसो १ बजे बस्ने छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.