राजनीति

    Showing 1,731-1,740 of 7,653 items.
  • जसपा र राष्ट्रिय मूक्ति पार्टीबीचको कार्यगत एकता राजनीतिक बेइमानीको निरन्तरता नबनोस् : पूर्ण बस्नेत

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीचको कार्यगत एकता राजनीतिक बेइमानीको निरन्तरता नबनोस् भनि टिप्पणी गरेका छन् । दुई दलबीच भएको कार्यगत एकता सफलताको शुभकामना दिँदै बस्नेतले उक्त टिप्पणी गरेका हुन् ।बस्नेतले भने, ‘पहिचानवादीहरु एक ठाउँमा हुँदाखेरी नै जनतामाथि षड्यन्त्र हुने गर्दछ । पहिचानको आन्दोलनमाथि धोका दिने काम हुन्छ । आफूलाई पहिचानवादी ठान्नेहरु वास्तवमा अस्थिर र अवसरवादी छन् ।’उनी पहिचानवादी भनिनेहरु पहिचान विरोधी शक्तिको इशारा र निर्देशनमा चल्ने

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 418 पटक पढिएको
  • भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै परराष्ट्रमन्त्रीले भनिन्, ‘भारत लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्’

    काठमाडौं –  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति शुभकामना व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्ष डा. एस जयशंकरलाई उल्लेख गर्दै भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस् भन्दै शुभकामना दिएकी हुन् ।उनले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्त्व दिएको बताइन् ।‘भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्’, परराष्ट्रमन्त्रीले एक्समा लेखेकी छन

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 531 पटक पढिएको
  • प्रधानमन्त्री ओली धनुषा र महोत्तरी जाँदै

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाँदैछन् । उनी धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लागेका हुन् ।आज बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उनी धनुषा प्रस्थान गर्नेछन् । उनले धनुषामा मधेश प्रहरी कार्यालय उद्घाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।त्यसपछि उनी धनुषाबाट महोत्तरी प्रस्थान गर्नेछन् । महोत्तरीमा पनि उनी बाटो शिलान्यासको कार्यक्रममा सहभागी हुनेछन् । धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्किने कार्यक्रम छ ।

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 429 पटक पढिएको
  • विदेशी मोडेलको नक्कल होइन, नेपाली मौलिकता आवश्यक : प्रचण्ड

    काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि स्थानिय तहबाटै आत्मनिर्भरता निर्माण गर्नुपर्नेमा जोड दिएका छन्  ।चाँगुनारायणमा आयोजित सिटी एभोकाडो सिटी अभियानको समापन तथा अभियन्ता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको मौलिकताको आधारमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए ।उनले भने, ‘हामीले सकारात्मक सोच्ने र रचनात्मक ढंगले काम गर्ने गौरवशाली इतिहास र प्रकृति पाएका छौं । यही आधारलाई आत्मसात् गरेर स्थानिय तहबाटै विकासको मौलिक मोडेल निर्माण गर्नु आवश्यक छ । हामीले सिर्जनात्मक ढंगले हरेक वस

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 306 पटक पढिएको
  • आज पाँचवटा संसदीय समितिका बैठक बस्दै

    काठमाडौं – आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान ११ बजे बस्दैछ ।यसैगरी बिहान ११ ः३० बजे बस्ने उद्योग वाणिज्य समितिको बैठकमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषयविज

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 252 पटक पढिएको
  • राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं–  सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक बिहान ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०–८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 207 पटक पढिएको
  • मधेशको पर्यटन प्रवद्र्धनका लागि संयोजक ठाकुरले भारतीय रक्षामन्त्रीलाई बुझाए ज्ञापन

    नयाँदिल्ली । मधेश प्रदेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ कार्यक्रमका संयोजक विकाश कुमार ठाकुरले मधेशको धार्मिक पर्यटन प्रवद्र्धनका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार नयाँदिल्लीस्थित मन्त्रालयमा मन्त्री सिंहलाई भेटेर १० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । सो अवसरमा कांग्रेस नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह पनि उपस्थित थिए ।  मधेश प्रदेशका धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थलहरुलाई भारतसँग जोड्ने र तिनीहरुको प्रचार(प्रसारका लागि ज्ञापनपत्र बुझाइएको संयोजक ठाकुरले बताए । ‘भारतसँग सीमा जोडिएको मधेश प्रदेशको सांस्कृतिक, ऐतिहासिक एवं धार्मिक पर्यटन स

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 212 पटक पढिएको
  • प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो ।‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो ।प्रधानमन्त

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 238 पटक पढिएको
  • छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षहरुले लगाए ताला

    मुगु । छायाँनाथ रारा नगरपालिकाका वडा अध्यक्षहरूले मेयर बिष्णु कुमार भाम माथि बजेट सभामा छलकपट गरी बिभिन्न निर्णय गरेको आरोप लगाउँदै नगर प्रमुख ,उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरुले प्रमुख प्रशासकिय अधिकृतलगायत सबै शाखा प्रमुखका कार्यकक्षमा तालाबन्दी गरेपछि नगरपालिकामा सेवा लिन आएको सेवाग्राही मर्कामा परेका छन् । आर्थिक वर्ष ०८२/०८३ को १७ औं बजेट सभामा कर्मचारीको करार नियुक्त, चोकहरुको नामाकरणलगाएत अन्य बिभिन्न निर्णय कुनै जानकारी नगरी छलकपटपूर्वक सभा सम्पन्न गरेको भन्दै १४ वडा मध्ये ११ जना वडा अध्यक्षहरूले कार्यालयमा तालाबन्दी गरेका हुन् ।तीन जना वडा अध्यक्ष जिल

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 248 पटक पढिएको
  • नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री

    काठमाडौं – गृहमन्त्री रमेश लेखकले वंशज नागरिकता आमाको नामबाट पनि लिन सकिन्छ भन्ने कुरा विस्तारै बुझ्न थालेको बताएका छन् ।विधायन व्यवस्थापन समितिमा भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफलमा उनले वंशजको आधारमा नागरिकता पाउने सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको भन्दै अहिले विस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘बुबा जहाँको भएपनि जुनसुकै वर्ग, देश जोस जुन माटोमा जन्मियो त्यसको नागरिकता पाउँछ । हाम्रो नेपालको सिद्धान्त भनेको वंशजको सिद्धान्त हो । वंशजको सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको हुनाल

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 481 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा