राजनीति

    Showing 1,751-1,760 of 7,653 items.
  • तातोपानी र केरुङ पूर्ण रूपमा ठप्प छ, चाँडै सुचारु होस् : माधव सापकोटा

    काठमाडौं – नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले चीनसँग जोडिएका दुई प्रमुख नाका तातोपानी र केरुङ पूर्ण रूपमा ठप्प भएको भन्दै चाडपर्वको मुखमा बजारमा महँगी बढ्ने खतरा औंल्याएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले ती नाकाहरू अवरुद्ध हुँदा फलफूल, लत्ताकपडा लगायतका सामग्री आयातमा समस्या आइरहेको बताए । उनले सरकारको ध्यान तत्काल नाकाहरू सुचारु गराउनेतर्फ जानुपर्नेमा जोड दिए ।‘तातोपानी र केरुङ दुईवटा नाकाहरू उत्तरसँग जोडिएका छन् । यो नाकाहरुबाट हामी फलफूल, लत्ताकपडा लगायतका धेरै सामग्री आयात गर्छौं । तर अहिले यी दुवै नाका बाटोका कारण पूर्ण रूपमा बन्द छन्,’सापकोटाले भने,

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 428 पटक पढिएको
  • मल आपूर्तिमा बजेटले माग धान्न सकेको छैन : मन्त्री अधिकारी

    काठमाडौं  । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मल आपूर्तिमा सरकारको प्रयास र चुनौतिबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।  बिहीबारको बैठकमा बोल्दै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा ६ लाख टन मल आपूर्ति गर्ने सरकारको योजना रहेको बताए ।उनका अनुसार हाल देशभर वार्षिक मलको माग करिब १३ लाख टन रहेको मन्त्रालयको प्रक्षेपण छ । यद्यपि, अत्यधिक अनुदान भएकोले उपलब्ध बजेटले सम्पूर्ण माग धान्न नसकेको मन्त्री अधिकारीको भनाइ छ ।‘अहिले युरिया मलमा ८२ प्रतिशत र पोटास मलमा ४९ प्रतिशत अनुदान रहेको छ,’ मन्त्री अधिकारीले भने, ‘खरिद गरि ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 142 पटक पढिएको
  • हाँडी जातिलाई माझीको पहिचान दिन माग

    काठमाडौँ – प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले संविधानले सबै जातजाती भाषा र धर्मलाई समान हैसियत प्रदान गरेको भएतापनि व्यवहारमा लागू नभएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मोरङ पूर्वको सुनसरी, मोरङ र झापामा रहेका पाँच लाख हाँडी जातिलाई माझीको पहिचान दिन माग गरे  ।  उनले भने,‘संविधानले सबै जातजाति भाषा र धर्मलाई समान हैसियत प्रदान गरेको छ । तर व्यवहारमा रुखो छ । मोरङ, सुनसरी र झापामा पाँच लाखभन्दा बढी जनसंख्या भएको हाँडी जातीले पीडा भोगिरहेका छन् । यो जातीले थर माझी लेख्छन् । तर नेपालमा माझी लेख्ने अरू धेरै जाती पनि छन् । त्यसकारण संव

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 329 पटक पढिएको
  • रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरण छानबनिका लागि राख्दै आएको माग सरकारले पूरा नगरेको भन्दै दुबै दलले बैठक बहिष्कार गरेका हुन् । बिहीबारको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले आ–आफ्नो आसनबाट उभिएर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डा। चन्दा कार्कीलाई समय उपलब्ध गराएका थिए । उनीपछि राप्रपाका सांसद ध्रुवबहादुर प्रधानलाई समय पाएका थिए । संसद् सम्बोधनका क्रममा दुबै सांसदहरूले आन्दोलन जारी रहेको भन्दै बैठक बहिष्कारको घोषणा गरेक

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 420 पटक पढिएको
  • डिजिटल प्लेटफर्मका फाइदा धेरै छन् तर दुरुपयोग बढ्यो : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील  र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताउँदै डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिव्रता दिनकासाथै विश्वसँग जोडिने अवसरहरु प्रदान गरेको धारणा राखे । उनले भने,‘अब हामी

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 250 पटक पढिएको
  • डिजिटल प्रविधिको जिम्मेवार प्रयोगले समृद्ध भविष्य निर्माण सम्भव : देउवा

    काठमाडौं –  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डिजिटल माध्यमको सचेत, जिम्मेवार र समुचित प्रयोग नै देशको डिजिटल भविष्यको आधार हुने बताएका छन्।नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक कार्यक्रमको उद्घाटन गर्दै देउवाले डिजिटल माध्यमले सेवा तथा सुविधालाई छिटो, पारदर्शी र प्रभावकारी बनाएको उल्लेख गरे।उनले भने, "आजको युग विज्ञान र प्रविधिको हो। हामी डिजिटल युगमा बाँचिरहेका छौं, जहाँ मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालको प्रयोग दैनिक जीवनको अभिन्न अंग बनेको छ।"सभापति देउवाका अनुसार डिज

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 352 पटक पढिएको
  • जसपा नेपालको पार्टी सदस्यता विवरण पठाउन निर्देशन

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यताको नवीकरण र अभिलेखीकरण प्रक्रिया छिटो टुंग्याउन मातहतका सबै समिति तथा इकाइहरूलाई निर्देशन दिएको छ।साउन मसान्तसम्म सदस्यता विवरणको सम्पूर्ण प्रक्रिया सम्पन्न गरी सम्बन्धित प्रदेश समिति हुँदै केन्द्रीय कार्यालयमा जानकारी दिनुपर्ने पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।पार्टी महासचिव रामकुमार शर्माले सबै जिल्ला समितिहरूलाई समयमै कार्य सम्पन्न गर्न आग्रह गर्दै भनेका छन्, “जिल्ला समितिले सदस्यता नवीकरणको कार्य समयमै नगरेमा प्रदेश अधिवेशनमा सहभागिता जनाउन समस्या पर्न सक्छ, जसको जिम्मेवारी सम्बन्धित सदस्य

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 491 पटक पढिएको
  • प्रमुख जिल्ला अधिकारी खालिः तीन जिल्लामा शून्यता

    काठमाडौं— तीन जिल्लामा बुधबारदेखि प्रमुख जिल्ला अधिकारीविहीन भएका छन् । प्रमुख जिल्ला अधिकारीविहीन हुनेमा भक्तपुर, ललितपुर र दाङ रहेका छन् । साउन २६ गतेको मन्त्रिपरिषद्ले ललितपुर प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई गृह मन्त्रालयभन्दा बाहिर सरुवा गरेको छ । सरुवा गरेको निर्णय साउन २८ गते बुधबार सार्वजनिक भएको हो ।पाण्डेलाई अर्थ मन्त्रालय र ढकाललाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई गृहमन्त्री रमेश लेखकले मन्त्रिस्तरीय निर्णयबाट बुधबार कैलालीको प्रमुख

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 471 पटक पढिएको
  • भोली जनकपुरधाम आउँदै प्रधानमन्त्री ओली

    जनकपुर – मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (भोली) जनकपुरधाम आउने भएका छन् ।मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली साउन ३० गते जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । करिब २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा बनेको सुविधासम्पन्न भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।सो भवन निर्माणको जिम्मेवारी शिवालय सुवेदी जेभीलाई २०८० असोज १० गते लिएको थियो भने सम्झौता अवधि २०८२ असार मसान्तसम्मको रहेको थियो ।मन्त्रालयअन्तर्गत सो भवनको निर्माण कार्य समयमै सम्पन्न भएको मन्त्र

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 420 पटक पढिएको
  • आज संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्दैँ

    काठमाडौं – संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्ने भएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागिएको हो । आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ । बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ५३औं बैठकमा सौर्य एयरलाइन्स एन–एएमई, सीआरजे २०० वायुयान दुर्घटना जाँचबुझको अन्त

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 372 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा