काठमाडौँ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले शनिबार टर्कीको संसद्का सभामुखसँग शिष्टाचार भेट गर्नुभएको हो । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देशबीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनुपर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीयमैत्री समूह गठनका ला
ललितपुर— नेपाली कांग्रेसका नेता सानुबाबु महर्जनले कांग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार्नुपर्ने बताएका छन् ।शुक्रबार सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समितिलाई नै आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेपछि महर्जनले विगतमा पनि अदालतको फैसलाहरु स्वीकारेकाले अब पनि स्वीकारेर अघि बढ्नुपर्ने प्रतिक्रिया दिएका हुन् ।नेविसंघको ललितपुर सभापति हुँदै केन्द्रीय समितिकै कार्यवाहक सभापतिको भूमिका निर्वाह गरिसकेका महर्जनले पार्टीको कानुनी कुरा मिलेपनि राजनीतिक रुपमा मिलाउन गगन थापाले नै भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ले पार्टी सचिवालयको बैठक बोलाएको छ । पार्टीका सभापति रवि लामिछानेले बैठक आज दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बोलाएका हुन् । बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनको विषयमा छलफल हुने छ ।यस्तै, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत सम्बन्धमा, विज्ञहरू, योजनाका लगायत विविध विषयमा छलफल हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
काठमाडौँ । नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था, नेपाल डेभलपमेन्ट वाच (नेडेव)ले सन् २००६ पछि उच्च सार्वजनिक पदमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ ।संस्थाले यसलाई पारदर्शिता र जवाफदेहिता सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदम भनेको छ ।नयाँ वर्ष वि सं २०८३ को अवसरमा जारी प्रेस विज्ञप्तिमा नेपाल डेभलपमेन्ट वाचले गत २७ मार्च २०२६ मा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठनपछि सार्वजनिक गरिएको १०० बुँदे कार्यक्रम कार्यान्वयनतर्फ अघि बढेकोमा नेपाल सरकारलाई बधाई दिएको छ।उक्त कार्यक्रमले प्रशासनिक सुधार, सा
काठमाडौं— प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल सर्वसम्मत चयन भएका छन् ।शुक्रबार बसेको समितिको बैठकले सांसद ढकाललाई सभापतिमा चयन गरेको हो ।सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले समितिभित्र स्वभावमा काम गर्ने तथा प्रभावमा काम नगर्ने बताए । उनले समिति र सदन फरक भएकाले समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु हुने बताए ।उनले भने, ‘समितिभित्र स्वभावमा काम गर्ने प्रभावमा काम नगर्ने हो । समिति र सदन अलि फरक होला । सदनमा दलिय कुराहरु दलगत हिसावमा बहस होला । तर समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु हुने गर्छ । त्यो अभ्यासलाई मान्यज्यूहरुको सिर्जनात्मक सु
काठमाडौं— कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित भएकी छिन् ।शुक्रबार बसेको प्रतिनिधिसभा अन्तरगतको कानुन समितिको बैठकले उनलाई चयन गरेको हो ।बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उनलाई सभापतिको उम्मेदवार बनाएको थियो ।निर्वाचित भएपछि उनले निर्विरोध निर्वाचित हुँदा धेरै खुसी लागेको भन्दै थप जिम्मेवारी आफूमाथि थपिएको बताइन् ।सबै सदस्यहरुसँगको छलफल र समन्वयसँगै समितिको काम कारवाही अगाडि बढाउने उनले जानकारी दिइन् ।उनले भनिन्,‘निर्विरोध निर्वाचित हुँदा धेरै खुसी लागेको छ तर जिम्मेवारी धेरै ठूलो छ । हामी सबै बसेर
काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् ।शुक्रबार समिति सभाकक्षमा बसेको बैठकले अर्थ समितिको सभापतिमा बुढाथोकीलाई चयन गरेको हो ।उनी गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित भएका थिए ।
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा।ओजस्वी शेरचन चयन भएकी छन्शुक्रबार बसेको समितिको बैठकले सांसद शेरचनलाई सभापतिमा चयन गरेको हो ।उक्त समितिको सभापतिमा एमालेका गुरु बरालले समेत मनोनयन दर्ता गराएका थिए ।
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्का सर्वसम्मत चयन भएका छन् ।शुक्रबार बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद खड्कालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।२०७४ सालमा भएको निर्वाचनमा डोटी–१ ‘क’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका उनी विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका हुन् ।गत निर्वाचनमा सभापति गगन थापाले टिकट दिएर पठाएपछि खड्का गत फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले विगतको अनुभव र योग्यताले भ्याएसम्म आर्थिक सुशासन र वित्तिय अनुशासन काय
काठमाडौं— सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका छन् ।शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तक्रियामा सभामुख अर्यालले विगतका अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका हुन् ।उनले भने, ‘अहिले संसद भवनको अवस्था सबैलाई थाहा नै छ । हामी काम चलाउनको लागि अहिले सदन चलाइरहेका छौं । अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.