राजनीति

    Showing 1,881-1,890 of 10,434 items.
  • लापिलाङ पहिरोबारे सांसद खरेलको ध्यानाकर्षण : तत्काल समाधानको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकास्थित लापिलाङ क्षेत्रमा भइरहेको पहिरोको समस्या प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।आजको प्रतिनिधिसभाकोे शून्य समयमा बोल्दै उनले उक्त क्षेत्र विगत ७ वर्षदेखि पहिरोको उच्च जोखिम रहेको बताएका हुन् ।‘यस वर्ष वर्षा लागेसँगै सुरक्षाकर्मीहितको सैरनको व्यवस्था गरियोस । यो वर्ष तत्कालै भूगर्भविद् खटाएर पहिरो गएको ठाउँमा निराकरण गर्न गरियोस्,’ उनले भने ।पहिरोको स्थायी समाधानका लागि तुरुन्तै भूगर्भविद् खटाएर अध्ययन गरी प्रभावित क्षेत्रमा आवश्यक निराकरणका उपाय लागू गर्न पनि उनले सरकारसँग आग्रह गरे ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 172 पटक पढिएको
  • नेपालीहरूको हातमा लालपुर्जा भएपनि जग्गा भारतीयहरूको चलनभोगमा छ : सांसद धामी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर क्षेत्र नं १ का जनताहरुले सीमा विवाद र खुला सीमाका कारण ठूलो चुनौती भोगिरहेको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालीहरूको हातमा लालपुर्जा भएपनि जग्गा भारतीयहरूको चलनभोगमा रहेको बताए ।उनले भने, ‘सीमा विवाद र खुला सीमाका कारण मेरो क्षेत्रका जनताहरूले ठूलो चुनौतीको सामना गर्नु परेको छ । जहाँ गोविन्द गौतम सहीद पनि भएका थिए । नेपालीहरूको हातमा लालपुर्जा छ । जग्गा भारतीयहरूको चलनभोगमा छ ।’त्यस्तै उनले भारतीय पक्षले हुलाकी सडक निर्माणमा अवरोध गरिरहेको पनि जानकारी गराए ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 232 पटक पढिएको
  • हुम्लाका सांसद रोकायाको हवाई भाडा नियन्त्रण गर्न सरकारसामु माग

    काठमाडौं । नेपाली कांग्रेसका सांसद जयपति रोकायाले हुम्ला लगायत हिमाली क्षेत्रका विकट जिल्लाहरुमा कच्चि सडक भर्खरै पुगेकोले नागरिक हवाई यातायातमा निर्भर रहेको भन्दै हवाई भाडा नियन्त्रण गर्न माग गरेका छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै हुम्लाका सांसद रोकायाले हवाई भाडा अत्यन्तै महगो हुँदा सर्वसाधारणको जिवन कष्टकर बनेको बताएका हुन् ।उनले भने, ‘मेरो क्षेत्र हुम्ला लगायत हिमाली क्षेत्रका नागरिकहरुले भोग्दै आएका गम्भिर समस्याहरु तर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । हुम्ला जस्तो विकट जिल्लामा डरलाग्दो कच्चि सडक भर्खर निर्माण भएकाले नागरिक हवाई यातायातमा निर्भर रहन बाध्य भएका छन् तर द

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 211 पटक पढिएको
  • विवादमा तानिएपछि कर्णाली प्रदेश सभा सचिव बुढाथोकीले दिए राजीनामा

    सुर्खेत— कर्णाली प्रदेश सभा सचिव जीवराज बुढाथोकीले पदबाट राजीनामा दिएका छन् । उमेर हद पार गरिसक्दा पनि पदमा कायम रहन खोजेको भन्दै उनीमाथि पछिल्लो समय आलोचना हुँदै आएको थियो ।मंगलबार साँझ उनले आन्तरिक रूपमा राजीनामा पत्र तयार गरी प्रदेश प्रमुखको कार्यालयमा बुझाइसकेको स्रोतले जनाएको छ । प्रदेश प्रमुख कार्यालयका एक अधिकारीले पनि निवेदन प्राप्त भएको पुष्टि गरेका छन् । तर प्रदेश प्रमुख यज्ञराज जोशी हाल प्रदेश बाहिर रहेकाले उनको राजीनामा स्वीकृत हुन केही समय लाग्ने देखिएको छ ।कर्णाली प्रदेश सभा सचिव बुढाथोकीमाथि दोहोरो सुविधा लिएको आरोपदेखि आफ्नै श्रीमतीलाई स्वकीय सचिव बनाएर तलब बुझाएको विषयमा विवाद

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 501 पटक पढिएको
  • प्रधानमन्त्री बालेनले समानुपातिक सांसदलाई विभेद गरेको भन्दै संसदमा प्रश्न उठेपछि...

    काठमाडौं— नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन्द्र शाहले समानुपातिक सांसदमाथि विभेद गरेको भन्दै संसदमा प्रश्न उठाएकी छिन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री शाहले प्रत्यक्ष निर्वाचित सांसदका मात्रै कुरा सुनेको भन्दै आपत्ति जनाइन् ।"प्रधानमन्त्रीबाट प्रत्यक्ष निर्वाचित माननीयलाई भेट दिएर विकास निर्माणका कुरा राख्ने अवसर दिनुभएको छ । समानुपातिक प्रणालीबाट निर्वाचित माननीयहरू उक्त अवसरबाट किन वञ्चित ?" उनको प्रश्न छ ।  उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्रीमन्त्री रमेश लेखकको रिहाको माग समेत गरेकी छिन् । 

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 520 पटक पढिएको
  • कानुन मन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा।ड्यानियल म्युलीबिच भेटवार्ता भएको छ । आज कानु नमन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता भएको हो । राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि लगायतका विषयमा विचार आदान प्रदान भयो ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 175 पटक पढिएको
  • मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता

    काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरी र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ । चैत २४ गते भएको सो भेटवार्तामा नेपाल सरकार र विश्व बैंकबीचको दीर्घकालीन सहकार्य तथा साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको हो ।साथै सरकारले अघि सारेको १०० बुँदे विकास एजेन्डा कार्यान्वयनमा जोड दिँदै वन, कृषि र ग्रामीण जीविकोपार्जनलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाइरहेको विषयमा पनि छलफल भएको थियो ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 176 पटक पढिएको
  • प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता

    काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।परराष्ट्रमन्त्री शिशिर खनालसहित आयोजना गरिएको उक्त संवाद कूटनीतिक मर्यादामा नयाँ अभ्यास स्थापित गर्ने उद्देश्यसहित तय गरिएको बताइएको छ । भेटवार्ता आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । यसअघि भने प्रधानमन्त्री नियुक्त भएपछि विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने परम्परा रहेको थियो ।यस सामूहिक भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहने जनाइएको छ । बैठकमा भारत, पाकिस्तान, बंगलादेश, इजरायल, अमेरिका तथा बेलायत

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 464 पटक पढिएको
  • राष्ट्रियसभाका समिति सभापतिहरूले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं— राष्ट्रिय सभाअन्तर्गतका चार वटा विषयगत समितिका नव निर्वाचित सभापतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बुधबार आयोजित एक विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।शपथ लिने सभापतिहरुमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी पूजा चौधरी, विधायन व्यवस्थापन समितिका कृष्णबहादुर रोकाय, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी जयन्तीदेवी राई तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका कृष्णप्रसाद पौडेल रहेका छन् ।नवनिर्वाचित सभापतिहरुले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छ

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 383 पटक पढिएको
  • कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

    काठमाडौं— सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने गरी सभामुख अर्यालले बैठक बोलाएका हुन् । बैठकमा सदनको कार्यसूचीबारे छलफल हुने छ ।आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि परामर्श समितिको बैठक बस्न लागेको हो ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 485 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.