राजनीति

    Showing 1,891-1,900 of 7,667 items.
  • संसद नियमावलीमा महिला समन्वय समितिको गठन गर्नुपर्छ : रेखा शर्मा

    काठमाडौं –  नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले संसद नियमावलीमा महिला समन्वय समितिको गठन गर्न आग्रह गरेकी छन् । आज बसेको प्रतिनिधि सभामा बोल्दै उनले सभामुखको क्षेत्र अधिकारभित्रको विषय भएको भन्दै छिटो महिला समन्वय समितिको गठन गर्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘हामी संसद् नियमावलीमा महिला समन्वय समितिको गठन गर्ने विषय समावेश गर्यौ तर यति लामो समय वितिसक्दा पनि यो बनेन । यो सभामुखको क्षेत्र अधिकारभित्रको विषय हो । तसर्थ नियमावली कार्यन्वयन गर्नु गराउनु सभामुखको दायित्व हो यसलाई छिटो भन्दा छिटो महिला समन्वय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु ।’ उनल

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 478 पटक पढिएको
  • पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता छैनः महासचिव बास्तोला

    काठमाडौं –  नेकपा बहुमत का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता नभएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत जानकारी दिए । पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै बास्तोलाले संसदमुखी राजनैतिक पार्टीहरुमा गम्भिर समस्या देखिन थालेको बताए । उनले भने, ‘संसदवादी दलहरु सत्ता र स्वार्थमा लिप्त हुँदाको परिणाम राष्ट्रिय स्वाधिनतामा खतराको घण्टी बज्न थालेको छ । यो अवस्थामा स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 436 पटक पढिएको
  • वाग्मती प्रदेशमा मुख्यमन्त्रीको जिम्मा बानियाँलाई

    काठमाडौं— वाग्मती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँ नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार, नवनियुक्त मुख्यमन्त्री बानियाँको शपथ आजै ४ बजे हुने तय भएको छ ।वाग्मती प्रदेश सभापतिसमेत रहेका बानियाँ कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामालाई हराएपछि मुख्यमन्त्री बनेका हुन् ।बानियाँ भने मन्त्रीहरूको छनोटमा जुटेका छन् । अहिलेसम्म शिवराज अधिकारीबाहेक मन्त्री बनाउने व्यक्तिको टुंगो नलागेको बानियाँनिकट नेताहरू बताउँछन् ।कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि बहादुरस

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 501 पटक पढिएको
  • तार्केश्वर–११ का अध्यक्षसहित ११ जना सीमा विवादमा पक्राउ

    काठमाडौं— तार्केश्वर नगरपालिका–११ का वडाध्यक्ष कविराज बस्नेतसहित ११ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई तार्केश्वर र काठमाडौं महानगरपालिका–१६ को सिमानामा भएको विवादसँग सम्बन्धित घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।शहरी विकास प्राधिकरणले खोलाको करिडोर विस्तारका लागि आयोजना गरेको टेन्डरअनुसार ठेकेदारले निर्माण कार्य अघि बढाएका थिए। तर, सीमा क्षेत्र नजिकैको सडक विस्तारको क्रममा स्थानीय तहबीचको सीमा विवाद चर्किएपछि अवस्था तनावपूर्ण बनेको थियो।२३ असारमा भएको झडपका क्रममा एक जनाको टाउकोमा चोट लागेको थियो। घाइते व्यक्तिले सरकारी वकिलको कार्या

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 549 पटक पढिएको
  • हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण सम्बन्धी दुवै विधेयकको संयुक्त छलफल प्रभावकारी हुन्छ – मन्त्री पाण्डे

    काठमाडौं –  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी दुवै विधेयकहरूको संयुक्त छलफल गर्दा प्रभावकारी हुने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भएको नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको प्रारम्भिक दफावार छलफलमा उनले यस्तो बताएका हुन् । उनले व्यवहारिक हिसाबले दुबै विधेयक अन्तरसम्बन्धित भएकाले एउटा विधेयकलाई टुङ्ग्याउँदै गर्दा अर्को विधेयकलाई मस्तिस्कमा राखिएन भने अप्ठ्यारो हुने बताए । उनले भने, ऐन, नीति, कानून बनाउने काम भनेको संसदको नै हो । त्यो कार्यान्वयन गर्ने

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 324 पटक पढिएको
  • कुलिङ पिरियडको प्रावधान राख्ने विषयमा भएको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठेको छः सांसद कुँवर

    काठमाडौं –  नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कुलिङ पिरियडको प्रावधान राख्ने विषयमा भएको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठेको बताएका छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कुलिङ अफ पिरियडको विषयले संसद्कै धज्जी उडेको टिप्पणी गरे । उक्त समितिमाथि ठूला दलका ठूला नेता र उच्च पदस्थ कर्मचारीबाट हस्तक्षेप भएको भनेर विषय आएको भनेर पनि उनले आपत्ति जनाए ।‘अहिले सरकारमा सकारात्मक उर्जा भन्दा नकरात्मक उर्जा पैदाल गर्ने गरि गतिबिधि गरिरहेका छन् । ‘संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियडबारे गरिएको विषयको विवादले संसद्को धज्जी उडेको छ भने सांसदहरूको भूमिका माथि समेत प्रश्न उठे

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 430 पटक पढिएको
  • पूर्णरुपले अवरुद्ध राजमार्गहरु सुचारु गर्न सांसद गैरेको माग

    काठमाडौं –  नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले पूर्णरुपले अवरुद्ध भएका राजमार्गहरु सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ग्रामिण क्षेत्रका सडकहरु अवरुद्ध हुँदा स्थानीय जनजीवन कष्ठकर भईरहेको भन्दै सरकारको प्रयत्नलाई रुपान्तरण गर्नुपर्ने बताए । ‘पश्चिम पाल्पाको जुठापौवा, बलङगढीखण्डमा बाटो भासिएर स्थानीय जनजीवन कष्ठकर भैरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतका आरुभञ्ज्याङ राम्दीखण्ड त्यहाँका सम्पूर्ण ग्रामिण क्षेत्रका सडकहरु समेत पहिरोले बन्द भएको छ । नागरिकहरुको यात्रा अवरुद्ध हुँदा त्यसलाई सुचारु गर्न सरकारको प्रयत्नलाई सा

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 568 पटक पढिएको
  • अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन छ – सांसद श्रेष्ठ

    काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको आरोप लगाएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणबारे पटकपटक सरकारसँग छानबिनका लागि माग गर्दा पनि सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको बताए । उनले भिजिट भिसा प्रकरणमा जो कोहि दोषि भएतापनि कारबाही हुन पर्ने माग राखेका छन् ।  भिजिट भिसा प्रकरणको नाममा भएको सांगठिक भ्रष्टाचार व्यक्तिगत भुल वा प्रशासनिक त्रुटि नभई साज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको र्कतुत रहेको उनले बताए । उनले भने,‘युवा

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 408 पटक पढिएको
  • बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने

    काठमाडौं –  गृहमन्त्री रमेश लेखकले बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देश र जनताको हितमा कानुन बनाउने बताउँदै कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्न आग्रह गरे । उनले भने,‘यसमा बाहिर जुन नागरिकमा चिन्ता र चर्चा व्यक्त भएका छन् । ती सबैलाई समितिले सम्बोधन गरेर कानुनलाई परिमार्जन गर्छ र आज हामीले यही निर्णय गरेका छौं । यसलाई हामी संसोधन गछौं । देश र जनताको हितमा बनाउँछौं । त्यसैले कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्दा हुन्छ भन्ने मेरो आग्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 411 पटक पढिएको
  • रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

    काठमाडौं— भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरे लगत्तै दुबै दलका सांसदहरू उठेर विरोधमा उभिएका थिए। त्यसपछि सभामुखले रास्वपाका सांसद विराजभक्त श्रेष्ठलाई बोल्ने अनुमति दिएका थिए। श्रेष्ठले सरकारलाई पटक–पटक माग गर्दा पनि भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक समिति गठन नभएकोप्रति गम्भीर आपत्ति जनाउँदै जबसम्म छानबिन समिति बनाइँदैन, तबसम्म विरोध जारी राख्ने बताएका छन्। उनले मन्त्रिपरिषद्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 550 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा