राजनीति

    Showing 1,971-1,980 of 7,672 items.
  • गठनको चार महिनामै विवादमा मधेश केन्द्रित दलहरूको संघीय लोकतान्त्रिक मोर्चा

    काठमाडौं — मधेशका मुद्दालाई एकताबद्ध ढंगले उठाउने भन्दै गठन गरिएको संघीय लोकतान्त्रिक मोर्चा चार महिना नपुग्दै विवादमा फसेको छ। जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा सम्मिलित मोर्चाले आन्तरिक असहमति चुलिँदै जाँदा संकट सामना गर्न थालेको हो।मोर्चा चैत २१ गते औपचारिक रूपमा घोषणा गरिएको थियो। तर, रुपन्देही ३ को उपनिर्वाचनलाई लिएर उत्पन्न विवादले मोर्चाको स्थायित्वमै प्रश्न खडा भएको छ।आगामी कात्तिकमा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को उम्मेदवारलाई समर्थन गर्ने निर्णय मोर्चाले गरेपछि, मोर्चाभित्रकै दल

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 674 पटक पढिएको
  • नेपालीहरुको निराशालाई आशामा बदल्न उज्यालो नेपाल अभियान सुरु गरेको हुँः कुलमान घिसिङ

    काठमाडौं – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालीहरुको निराशालाई आशामा बदल्न आफुले उज्यालो नेपाल अभियान सुरु गरेको बताएका छन् ।अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोबल संस्थाले घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानीत गरेपछि कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् । उक्त संस्थाले घिसिङले नेपालको उर्जा क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मानीत गरेको हो ।अवार्ड समारोहलाई सम्बोधन गर्दै घिसिङले १८ घण्टासम्म  लोडशेडिंग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडशेडिंग मुक्त बनाउन सम्भव भएको स्मरण गरे । “जहाँ बत्ती नै थिएन त्यहाँ पनि पु¥यायौं । अहिले

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 569 पटक पढिएको
  • लुम्बिनीको खेलकुदमन्त्री बन्दै लोसपाका सन्तोष

    काठमाडौं— लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का सन्तोष पाण्डेय युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।आइतबार मुख्यमन्त्री चेतनारायण आचायर्लले उनलाई मन्त्रीका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् । सोमबार दिउँसो प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले शपथ ग्रहण गराउने तयारी गरेका छन् । लोसपााबाट लुम्बिनी प्रदेशमा ३ जना सांसद् रहेका छन्  ।

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 539 पटक पढिएको
  • युवा संघबाट निलम्बित कुलुङले भनिन् : राजनीतिक प्रतिशोध साँधियो

    काठमाडौं । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालकी निलम्बित केन्द्रीय सदस्य युवान्तिका कुलुङले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या गर्ने काम भएको बताएकी छन् । गत शुक्रबार उनलाई संगठनले कारबाही गरेको थियो ।‘म विद्यादेवी भण्डारीको प्रेस मिटमा गएर फर्किएको दिन बेलुका ९ बजे कारबाहीको पत्र आयो । त्यो पत्रभन्दा अगाडि मैंले स्पष्टिकरण दिइसकेको थिएँ । कारबाही गर्न खोजेको चाहीँ धेरै समय भइसक्यो । मेरो नागरिकताको विषय निकालेर पनि मेरो चरित्रहत्या गर्न खोजेकै हो,’ उनले भनिन् ।उनी युवा संघको १०औ राष्ट्रिय महाधिवेशन पोखराबाट खुला महिला सचिवालयमा सुमन पुरीको टिमबाट विजयी भएकी थिइन

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 200 पटक पढिएको
  • बजेट कार्यान्वयनका लागि कर्णाली सरकारले ल्यायो बार्षिक कार्ययोजना

    सुर्खेत । हरेक बर्ष बजेट कार्यान्वयनमा कमजोर देखिएको कर्णाली प्रदेश सरकारले चालू आर्थिक बर्षको बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाएको छ । सरकारले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि बनाएको ७१ बुँदे मार्गदर्शन अनुसार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतका एक करोड भन्दा माथिका आयोजना र अन्य मन्त्रालयका ५० लाख भन्दा माथिका आयोजनाको भदौ मसान्तभित्र ठेक्का गरिसक्नुपर्नेछ । योसंगै समपूरक र विशेष अनुदानका स्रोतबाट सञ्चालित हुने आयोजनाहरूको ठेक्का पत्रको सूचना साउन मसान्तभित्र आह्वान गरिसक्ने गरि असार २५ गते नै क्यालेन्डर बनाएर कार्यान्वयनका लागि सबै मन्त्रालयमा पठाइएक

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 263 पटक पढिएको
  • संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक

    काठमाडौं— संघीय लोकतान्त्रिक मोर्चाले बैठक आह्वान गरेको छ।मोर्चाको बैठक सोमबार अपराह्न ४ बजे बस्ने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। चक्रिय प्रणालीअनुसार मोर्चाको प्रमुख अहिले उपेन्द्र यादव छन्।बैठकमा मोर्चाको निर्धारित कार्यक्रमहरूबारे छलफल  हुनेछ।त्यस्तै मोर्चामा कुमार लिङ्देन तथा केपी पालुङवाको पार्टीबीच सहकार्यबारे पनि छलफल भइरहेको छ। बैठकले त्यसलाई निष्कर्षमा पुर्‍याउने यादवले बताए।मोर्चामा जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी, लोसपा, जनता प्रगतिशील पार्टी, तमलोपा सहभागी छन्।

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 538 पटक पढिएको
  • लोडसेडिङ भन्ने भ्रम फैलाउनु गलत – प्राधिकरणको स्पष्ट जवाफ

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रले साउन १६ गतेका लागि जारी गरेको लोड व्यवस्थापन तालिकाले सिर्जना गरेको अन्यौल र त्यसमा आएका सामाजिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।प्राधिकरणका अनुसार, चनौली ३३/११ के.भी. सबस्टेसनमा न्यू भरतपुर (बसेनी) सबस्टेसनबाट आउने ३३ के.भी. लाइनमा अत्यधिक सोड (लोड) बढेपछि समस्या उत्पन्न भएको हो र यसलाई समाधान गर्न काम भइरहेको छ।चनौली क्षेत्रको मागलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न बसेनी १३२ के.भी. सबस्टेसनदेखि चनौली सबस्टेसनसम्म नयाँ ३३ के.भी. लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको र यो पूरा भएपछि समस्या दीर्घकालीन रूपमा समाधान हुने प्रा

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 477 पटक पढिएको
  • तीन वर्षको राजनीतिमा फस्दै रवि, पुराना दलहरू सहकारी ठगीमा जिम्मेवार: अमरेश सिंह

    काठमाडौं — स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको बताएका छन्।सिंहले विगत ३० वर्षदेखि देशमा सहकारी रकम हिनामिना गर्ने मुख्य दोषी नेपाली कांग्रेस र नेकपा (एमाले) रहेको दाबी गर्दै, तीन वर्षअघि मात्रै राजनीतिमा आएका लामिछानेलाई फसाउन खोजिएको बताएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै सञ्चालन गरेको हस्ताक्षर अभियानमा समर्थन जनाउन पार्टी कार्यालय पुगेका सिंहले सञ्चारकर्मीहरूसँग भने, "राज्यले प्रतिशोध गरिरहेको छ, यो पूर्णरूपमा राजनीतिक प्रतिशोध हो।"उनले लामिछा

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 633 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले भने – राजनीतिमा को कहिले जेल जान्छ भन्न सकिँदैन

    काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा कसलाई कहिले जेल जानुपर्छ वा जान्नुपर्ने होइन भनेर पूर्वानुमान लगाउन नसकिने बताएका छन्।आइतबार बालुवाटारमा आयोजित बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ कार्यक्रममा बोल्दै ओलीले नेताहरूलाई पूर्वाग्रह र प्रतिशोधका कारण जेलमा राखिने गरेको बताए।प्रधानमन्त्री ओलीले दरबार हत्याकाण्डपछिको समय सम्झिँदै तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रत्यक्ष प्रतिबन्ध नलगाए पनि नेताहरूलाई जेलमा राख्ने काम भएको स्मरण गराए। उनले भने, "सरकारी निकायहरूलाई छोडेर आफ्ना खुशीले अरु मानिसलाई मुद्दा लगाउने र फसाउने काम भएको थियो।"उनले थपे, "राजनीतिमा

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 377 पटक पढिएको
  • जसपा अध्यक्ष यादवको भूमि विधेयकविरुद्ध कडा अभिव्यक्ति

    काठमाडौं — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०८२ लाई संविधानविरोधी र सङ्घीयतामाथि प्रहार भएको बताएका छन्।आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै यादवले प्रदेश सभालाई परामर्श नगरिएको खण्डमा उक्त विधेयक संविधान उल्लङ्घन र सङ्घीयताको विरुद्ध हुने स्पष्ट पारेका छन्। उनले विधेयक ल्याउने उद्देश्य अस्पष्ट भएको भन्दै सुकुम्बासी समस्या समाधानका लागि हालको कानुन पर्याप्त रहेको दाबी गरे।उनले भने, "प्रदेश सभालाई सोधेर ल्याइएको हो त? यदि होइन भने यो संविधानको उल्लङ्घन हो र सङ्घीयताको प्रहार पनि। यो घोर आपत्

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 484 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा