राजनीति

    Showing 191-200 of 7,612 items.
  • सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी

    काठमाडौं— गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १०–बुँदे निर्देशनात्मक सर्कुलर जारी गरिएको छ।मङ्गलवार गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कानुनले निषेध गरेका त्यसका गैर–कानुनी क्रियाकलापमा लाग्ने जो कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ।यस्तै, बुँदा नम्बर २ मा धार्मिक, सामाजिक, एव

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 347 पटक पढिएको
  • सन्चारमन्त्री खरेलद्वारा ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकन

    ललितपुर— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकहरुसंग अन्तरक्रिया गरेका छन् ।ज्यापू समाज यलका पदाधिकारीहरुको निमन्त्रणामा मंगलबार दिउँसो बागडोल पुगेर मन्त्री खरेलले जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकसंग अन्तरक्रिया गरेका हुन् ।जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका क्रममा मन्त्री खरेलले जेष्ठ नागरिकको सेवामा ज्यापू समाजले गरेको यो काम प्रसंशनीय भएको बताए ।‘गाँस, बास र कपासको व्यवस्थापन सरकारले गर्नुपर्ने भएपनि कमजोर व्यवस्थाका कारण सरकारले गर्न सकिरहेको छैन, ज्यापू समाजले गर

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 349 पटक पढिएको
  • सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    ललितपुर— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।लुभुको लामाटारस्थित लिङ्देन निवासमा मन्त्री खरेल र अध्यक्ष लिङ्देनबीच भेटवार्ता भएको हो ।आज भएको भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सन्चारमन्त्री खरेलले जानकाकी दिए ।उनलका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्द छ । निर्वाचनको वातावरणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुसँग निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 359 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचनः एमालेले ६ उम्मेदवार टुंग्यायो, मधेशमा एक बाँकी

    काठमाडौं— नेकपा (एमाले)ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।एमालेले अन्य राजनीतिक दलसँगको गठबन्धनमार्फत सात सिट पाएको भए पनि मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको जनाएको छ।एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल भएको छ। सोही तालमेलअनुसार एमालेले सात सिटमा दाबी गरेको छ ।एमालेले प्रदेशगत रूपमा कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णा

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 341 पटक पढिएको
  • जनकपुरधाममा गगन थापाको पुतला दहन

    जनकपुर— जनकपुरधाममा नेपाली कांग्रेसका नेता गगन थापाको पुतला दहन गरिएको छ ।नेपाली कांग्रेसका नेता विमलेन्द्र नीधि पक्षधरका नेता तथा कार्यकर्ताहरुले मंगलबार साँझ जनकपुरधाममा गगन थापा विरुद्ध नारावाजी गर्नुका साथै पुतला दहनसमेत गरेका छन् ।उनीहरुले गगन थापा मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा जनकपुरधामको पिडारी चोक ठप्प बनेको थियो । दुबै तर्फबाट आवत जावत गर्ने सवारी साधनहरु बन्द भएको थियो ।नेता नीधिमाथि सञ्चालित रुपमा केही व्यक्तिहरुले आज दुव्र्यवहार गरेकोले त्यस्ता व्यक्तिहरुको विरुद्धमा आज जनकपुरधामका नीधि पक्षधर कांग्रेसका नेता कार्यक

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 370 पटक पढिएको
  • राष्ट्रियसभा सदस्य निर्वाचनः आज उम्मेदवारी दर्ता हुँदै

    काठमाडौं—  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुने भएको छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ।आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। हाल राष्ट्रियसभाका १८ सदस्यको कार्यकाल फागुन २० गतेदेखि समाप्त हुँदैछ, जसका लागि निर्वाचन हुन लागेको हो।निर्वाचन कार्यक्रमअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। त्यसपछि पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन पाउनेछन् र सोही दिन दिउँसो अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। पुस २८ गते उ

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 366 पटक पढिएको
  • आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ ।बैठक बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बोलाइएको छ । बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ । मंगलबारको बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका  थिए । विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति संस्थापन पक्षले भने आपत्ति जनाउँदै आएको छ । 

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 346 पटक पढिएको
  • आजसम्म मैले कुनै पार्टीको सदस्यता लिएको छैन्ः मन्त्री घिसिङ

    काठमाडौं— ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारेका छन् ।काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसियसन अन्तरक्रिया कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिलेसम्म पार्टी सदस्यता नलिएको बताएका हुन् ।उनले भने, ‘मलाई यहाँ एउटा साथिले उठाउनुभएको कुरा छ अहिलेसम्म आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन ।’त्यस्तै उनले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न आवश्यक रहेको बताउँदै त्यसको प्रकृया अगाडि बढाएको जानकारी दिए ।‘सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्नै पर्छ । श्रम मन्त्रालय अन्तर्गत हामीले पठाएका छौं । त्यसलाई श्रम मन्त्रालयले नै

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 349 पटक पढिएको
  • पार्टी समायोजनको कार्य तुरुन्त टुंगाउने रास्वपाको तयारी

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले आजको बैठक निर्वाचन केन्द्रीत गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलहरु भएर टुंगिएको बताएका छन् ।मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकपश्चात उनले निर्वाचन केन्द्रीत गतिविधिलाई कसरी अगाडि बढाउने र समायोजनको कार्य तुरुन्त टुंगाउने गरी कामहरु अगाडि बढाउने विषयमा आजको बैठकमा छलफल भएको बताए ।उनले भने, ‘विशेष गरि निर्वाचनसँग केन्द्रीत गतिविधिलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा धेरै आन्तरिक छलफलहरु भएर बैठक टुगिंएको छ । समायोजन समितिले समायोजनको कार्य तुरुन्त टुंगाउने गरी कामहरु अगाडि बढाई रहेको छ । यसको पहिलो बैठक भोली हुन्छ होला ।’य

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 344 पटक पढिएको
  • कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, ८ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

    विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूलाई सरकारमा सहभागी गराएका छन् ।मुख्यमन्त्री कार्कीले यसअघिका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा ९एमाले०बीचको सहमतिअनुसार नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन् ।मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन् ।नयाँ मन्त्रिपरिषद्मा सत्ता साझेदार एमाले र कांग्रेसबाट चार

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 348 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा