राजनीति

    Showing 191-200 of 10,422 items.
  • सामाजिक सञ्जालमा फैलाइएका आरोपको निष्पक्ष छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध सामाजिक सञ्जालमा फैलाइएका मदिरा सेवन र अश्लील भिडियोसम्बन्धी आरोपको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्। उनले आरोप प्रमाणित भए सांसद पद मात्र होइन, राजनीतिक जीवनबाटै अलग हुने घोषणा गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले संसदअन्तर्गतको स्वास्थ्यसम्बन्धी निकाय र चिकित्सकको टोलीबाट आफ्नो स्वास्थ्य परीक्षण गराउन तयार रहेको बताए। उनले जीवनमा मदिरा सेवन गरेको प्रमाणित भए तत्काल सांसद पदबाट राजीनामा दिने प्रतिबद्धता जनाए।शाहीले सामाजिक सञ्जालमा प्रचार गरिएको अश्लील भिडियो आफ्नो नभएको दाबी गर्दै

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 155 पटक पढिएको
  • ढल्केबरको ट्रमा सेन्टर नरोकिने, लहानमा तत्काल ‘ट्रमा युनिट’ चलाइने

    काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणलाई लिएर देखिएको अन्योलबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन् । उनले ढल्केबरको दीर्घकालीन योजना यथावत् राख्दै तत्काल दुर्घटनाका घाइतेलाई उपचार सेवा उपलब्ध गराउन लहानमा ट्रमा युनिट सञ्चालन गर्ने सरकारको योजना रहेको बताएकी हुन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरको ट्रमा सेन्टर र लहानको ट्रमा युनिटलाई एकअर्काको विकल्पका रूपमा नहेर्न आग्रह गरिन् । नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले त्यस अवधि

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 65 पटक पढिएको
  • पूर्वप्रधानमन्त्रीका ‘किचन क्याबिनेट’माथि अख्तियारको नजर, सम्पत्तिको स्रोत खोजिँदै

     काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीहरूसँग निकट रहेर शक्तिको केन्द्रमा काम गरेका स्वकीय सचिव तथा उनीहरूका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव रहेका भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्तिको स्रोतबारे अख्तियारले अनुसन्धान थालेको हो ।अख्तियारले भानु देउवाको सम्पत्तिको विस्तृत अनुसन्धानका लागि प्रचलित भाषामा ‘१३ पाने फारम’ भराइसकेको स्रोतले जनाएको छ । आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान अधिकृत तोकेर उनको परिवारको नाममा रहेको सम्पत्ति तथा त्यस

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 193 पटक पढिएको
  • सदनमा सरकारमाथि विपक्षीको चौतर्फी प्रहार : सीमा विवाददेखि जनजीविकासम्म प्रश्नै–प्रश्न

    काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी सांसदहरूले सरकारमाथि चौतर्फी प्रश्न उठाएका छन्। प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिदेखि जनजीविकाका समस्या, सुशासन, कूटनीतिक मर्यादा, सामाजिक सद्भाव र दलित अधिकारसम्मका विषय उठाउँदै सांसदहरूले सरकारलाई जवाफदेही बन्न दबाब दिएका हुन्। बैठकमा बोल्ने अधिकांश विपक्षी सांसदहरूले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने र संसद्मा उठेका जनताका जल्दाबल्दा सवालमा सरकार गम्भीर बन्नुपर्ने माग गरे।बैठकको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले आफूलाई ‘एक्लो’ महसुस भएको बताएको प्रसंग उल्लेख गर्दै सरकारक

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 126 पटक पढिएको
  • हटाउनुपर्ने कालो चस्मा होइन, मनमा बसेको कालो सोच हो: सांसद यादव

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्र भए पनि बहस ‘कालो चस्मा’मा सीमित भएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दशकौँदेखि मधेसी समुदायलाई हेर्ने विभेदकारी दृष्टिकोण, कर्णाली र सुदूरपश्चिमप्रतिको उपेक्षा तथा दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायमाथि दोस्रो दर्जाका नागरिकसरह गरिने व्यवहारबारे बहस हुनुपर्ने बताए ।‘सदनमा आलोचना हुनुपर्ने विषय अर्कै थियो, तर बहस अर्को तिर मोडिएको छ । दशकौँदेखि मधेसीलाई हेर्ने कालो नजर, कर्णाली र सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि बहस हुनुपर्ने थियो,’

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 181 पटक पढिएको
  • लगानीको सुरक्षा र पुनःलगानीमा सरकारको जोड, २० बहुराष्ट्रिय कम्पनीलाई अर्थमन्त्रीको आग्रह

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका ठूला बहुराष्ट्रिय कम्पनीलाई लगानी विस्तार र नाफाको पुनःलगानी बढाउन आग्रह गरेका छन् । उनले निजी क्षेत्रको वैध लगानी, सम्पत्ति र नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको स्पष्ट पारेका छन् ।आर्थिक वर्ष २०८३÷८४ को बजेट कार्यान्वयनबारे छलफल गर्न सोमबार २० ठूला बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग अर्थमन्त्री वाग्लेले छलफल गरेका हुन् । छलफलमा सूर्य नेपाल, एनसेल, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्सी सिमेन्ट, डाबर नेपाल, युनिलिभर नेपाल, एसियन पेन्ट्स, वरुण बेभरेजलगायत कम्पनीका प्रतिनिधि सहभागी थिए ।अर्थमन्त्री वा

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 62 पटक पढिएको
  • सल्यानका बेपत्ता श्रमिकको खोजी तीव्र बनाउन सांसदको आग्रह

    काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्ले सल्यानका युवा बलदेव बस्नेत स्याङ्जाको आँधीखोलामा डुबेर बेपत्ता भएको भन्दै उनको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी र तीव्र बनाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदले सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का बस्नेत रोजगारीका लागि स्याङ्जाको गल्याङ नगरपालिका पुगेको र गल्याङ नगरपालिका–७ र ११ जोड्ने आँधीखोला पुल निर्माणमा श्रमिकका रूपमा कार्यरत रहेको जानकारी गराए।उनले भने,‘घरमा ३ वर्षकी नाबालिका छोरी र गर्भवती श्रीमतीलाई छोडेर रोजगारीका लागि सल्यानको सिद्धकुमाख गाउँपालिका–२ बाट स्याङ्जाको गल्याङ नगरपालिका पु

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 199 पटक पढिएको
  • राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहका निकायलाई कार्ययोजना बनाउन निर्देशन

    काठमाडौं / सरकारले ‘राष्ट्रिय सदाचार नीति, २०८३’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायलाई कार्ययोजना तयार गरी सोहीअनुसार योजना, बजेट र कार्यक्रम अघि बढाउन निर्देशन दिएको छ।सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीति, २०८३ को कार्यान्वयनबारे भएको छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादवले सबै तहका निकायलाई यही महिनाभित्र कार्ययोजना तयार गरी पेश गर्न भनिएको जानकारी दिए। उनका अनुसार कार्ययोजनामा समावेश गरिएका गतिविधि तोकिएको समयसीमाभित्र सम्पन्न भए–नभएको नियमित रूपमा अनुगमन गरिनेछ। राष

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 173 पटक पढिएको
  • नदीजन्य पदार्थ उत्खननसम्बन्धी कानुन संशोधन गर्न सांसद तामाङको माग

    काठमाडौं / राष्ट्रिय  स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ गिटी, बालुवा र ढुंगा उत्खनन तथा क्रसर उद्योग सञ्चालनसम्बन्धी कानुनलाई समयअनुकूल संशोधन गर्न सरकारसँग माग गरेकी छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले बर्खायाममा कानुनअनुसार खोलाबाट गिटी, बालुवा र ढुंगा निकाल्न निषेध गरिए पनि तस्करी नरोकिएको बताइन्।उनले भनिन्,‘बर्खे महिनाहरूमा कानुन र नियमअनुसार खोलाबाट गिटी, बालुवा र ढुंगा निकाल्न निषेधित छ । तर तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन्।’यो समस्या आफ्नो जिल्ला धादिङसहित नेपालका अधिकांश नदीमा

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 147 पटक पढिएको
  • धार्मिक संस्थालाई समान कानुनी दायरामा ल्याउनुपर्छ: सांसद लामा

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले धार्मिक संस्थाहरूलाई समान र पारदर्शी कानुनी दायरामा ल्याउनुपर्ने बताएकी छन्।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले कप्तानगञ्ज र गोलबजारमा भएका घटनामा ज्यान गुमाउने तथा घाइते हुने सबै नेपाली नागरिक भएकाले उनीहरूको सुरक्षाको जिम्मेवारी राज्यको भएको बताइन्।उनले भनिन्,‘कप्तानगञ्ज र गोलबजारमा भएको घटना धार्मिक वा जुनसुकै कारणले भएको भए पनि यस घटनामा ज्यान गुमाउने र घाइते हुने सबै नेपाली नागरिक हुन्। भएका क्षति पनि अन्ततः नेपाल र नेपालीकै क्षति हो। आफ्ना नागरिकको जिउधनको सुरक्षा गर्न नसक्नु भनेको राज्यको कमजोरी हो।’य

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.