राजनीति

    Showing 2,021-2,030 of 10,434 items.
  • पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको रिहाइको माग गर्दै रामेछाप एमालेले बुझायो विरोधपत्र

    रामेछाप— नेकपा एमाले रामेछापले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरन्यायिक रूपमा राजनीतिक प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरिएको भन्दै विरोध जनाएको छ ।एमाले जिल्ला कमिटी रामेछापको आयोजनामा आइतबार जिल्ल सदरमुकाम मन्थलीमा प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइएको छ । पार्टी कार्यालयबाट निस्किएको विरोध र्याली सरकार विरुद्ध नारा लगाउँदै जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेको थियो । र्यालीमा ओली र लेखकलाई तत्काल रिहा गर्न माग गरिएको थियो ।जिल्ला प्रशासन कार्यायलय पुगेर एमाले नेताहरूले प्रमुख

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 479 पटक पढिएको
  • एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र

    काठमाडौं— एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहाइको माग गर्दै एमालेले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।शनिबार पार्टी केन्द्रीय कार्यालयको बैठकले आज देशैभरी रिहाइका लागि ज्ञापनपत्र बुझाउने निर्णय भएको थियो ।सोही अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पनि ज्ञापन पत्र बुझाइएको छ ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्दे ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको हो।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 470 पटक पढिएको
  • भूटानी अधिकार समूहले दियो नेपालका प्रधानमन्त्रीलाई बधाई, शरणार्थी समस्या समाधान गर्न आग्रह

    द हेग— भूटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि लामो समयदेखि अभियान चलाइरहेको संस्था, भुटानका राजबन्दी रिहाइका लागि विश्व अभियान (जीसीआरपीपीबी)ले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ।संस्थाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको नियुक्तिलाई ऐतिहासिक उपलब्धि भन्दै उनलाई सुशासन, पारदर्शिता र रूपान्तरणकारी नेतृत्वको प्रतीकका रूपमा हेरिएको उल्लेख गरेको छ।जीसीआरपीपीबीका ग्लोबल कोअर्डिनेटर राम कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालका लागि यो महत्वपूर्ण घडी भएको उल्लेख गर्दै दशकौँदेखि नेपालमा रहेका भूटानी शरणार्थीहरूको मानवीय समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न प्रधान

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 499 पटक पढिएको
  • एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग

    चितवन— नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला कमिटीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति आपत्ति जनाउँदै उच्चस्तरीय छानबिन आयोग गठन र उनीहरूको तत्काल रिहाइको माग गरेको छ ।आइतबार चितवनस्थित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग दोहोर्याइएको छ ।पार्टीका अनुसार प्रारम्भमा शान्तिपूर्ण रूपमा सुरु भएको ‘जेनजी पुस्ता’को आन्दोलन पछि आपराधिक समूहले कब्जामा लिँदा विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोड भएको थियो ।एमाले चितवनले ती घटनाको छानबिनका लागि तत्कालीन सम

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 469 पटक पढिएको
  • कानुन मन्त्री सोबिता गौतमलाई सर्वोच्च अदालतमा स्वागत

    काठमाडौं— नवनिर्वाचित कानुन मन्त्री सोबिता गौतम लाई सर्वोच्च अदालतमा औपचारिक रूपमा स्वागत गरिएको छ। मन्त्री गौतमलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सपना मल्ल प्रधानले स्वागत गरेका हुन्।सर्वोच्च अदालतमा यो स्वागतले न्यायपालिका र कार्यपालिका बीचको सम्बन्धलाई सुदृढ गर्ने संकेतका रूपमा लिइएको छ। मन्त्री गौतमले आफ्नो कार्यकालमा कानुन र न्याय क्षेत्रमा सुधार र पारदर्शिता ल्याउने प्रतिबद्धता जनाएकी छन्।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 545 पटक पढिएको
  • रवि लामिछानेको मुद्दामा सुनुवाइ जारी, आज निर्णय आउन सक्ने

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा आज पुनः सुनुवाइ भइरहेको छ।महान्यायाधिवक्ता कार्यालयले सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गरेको निर्णयविरुद्ध दायर रिटमाथि बहस जारी रहेको हो।यसअघि ‘हेर्दाहेर्दै’ मा राखिएको उक्त विषयमा दुवै पक्षको बहस सम्पन्न भइसकेको छ। अदालत स्रोतका अनुसार अब थप सुनुवाइ आवश्यक नदेखिएकाले आजै निर्णय सार्वजनिक हुन सक्ने सम्भावना रहेको छ।मुद्दा न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमान सम्मिलित इजलासमा विचाराधीन छ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 471 पटक पढिएको
  • रमेश लेखक वकिल कार्यालयमा, ओली भर्चुअल माध्यमबाट उपस्थित

    काठमाडौं— नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई सरकारी वकिल कार्यलयमा उपस्थित भएका छन् ।जेनजी आन्दोलनमा दमन गरेको आरोपमा लेखकलाई शनिबार आफ्नै निवासबाट पक्राउ गरिएको थियो ।शनिबार सार्वजनिक बिदा भएकाले उनलाई प्रहरीले आइतबार अदालत उपस्थित गराएको हो ।नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने भर्चुअल माध्यमबाट अदालतमा उपस्थित हुँदैछन् ।शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिकरूपमा अदालतमा उपस्थित गराउन नसकिने भएकाले भर्चुअल माध्यमबाट गराउने भएको हो ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 440 पटक पढिएको
  • बालेनले बनाए सल्लाहकारको टिम

    काठमाडौं— प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा सल्लाहकार टिम बनाएका छन् ।मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्री बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाहलाई नियुक्त गरिएको छ ।त्यस्तै प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने आईटी सल्लाहकारमा विवेक मिश्र नियुक्त भएका छन् । सरकारीतर्फबाट स्वकीय सचिवमा सहसचिव प्रदीप परियारले जिम्मेवारी पाएका छन् । परियार यसअघि बालेन काठमाडौं महानगरको मेयर रहँदा प्रमुख प्राशासकीय अधिकृत भएर काम गरेका थिए

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 520 पटक पढिएको
  • देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

    काठमाडौं— सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । त्यसक्रममा देउवा र उनका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन भएको छ ।प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ ।सत्ताको आडमा अस्वभाविक र गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । स्रोतका अनुसार, यसअघि नै जुटाइएका सूचना र प्रमाणहरु संकलन गरेर अनुसन्धान थप अघि बढाउने काम भएको हो ।गृह एवं नेपाल प्रहरी सम्वद्ध स्रोतका अनुसार, पछिल्लो एक/डेढ वर्षमा जय

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 474 पटक पढिएको
  • जाँचबुझ आयोगको प्रतिवेदन पठाइयो काठमाडौं परिसर

    काठमाडौं— भदौ २३–२४ मा भएको जेनजी प्रदर्शनसम्बन्धी जाँचबुझ प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीमा पठाइएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय आयोगले तयार पारेको प्रतिवेदन अहिले कार्यान्वयन चरणमा प्रवेश गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापा का अनुसार प्रतिवेदन कार्यान्वयनका लागि औपचारिक रूपमा प्रहरीसमक्ष आएको  र त्यसअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।आयोगले आफ्नो निष्कर्षमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा दुवैलाई प्रहरी

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 409 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.