राजनीति

    Showing 2,081-2,090 of 10,434 items.
  • वकिल शुल्कमा प्रश्न उठ्दा बारको कडा आपत्ति

    काठमाडौं— वकिलको शुल्कबारे गरिएको टिप्पणीपछि नेपाल बार एसोसिएसन जाँचबुझ आयोगप्रति आक्रोशित बनेको छ। भदौ २३ र २४ का हिंसा र क्षतिको घटनाबारे तयार पारिएको प्रतिवेदनले आफ्नो क्षेत्राधिकार नाघ्दै न्यायालय र कानुन व्यवसायसम्बन्धी विषय उठाएको भन्दै बारले स्पष्ट असहमति जनाएको हो।यस विषयलाई लिएर बारले सल्लाहकार समिति बैठकसमेत बोलाएको छ, जहाँ प्रतिवेदनका विवादास्पद बुँदामाथि विस्तृत छलफल गरिनेछ। बारका महासचिव केदारप्रसाद कोइरालाले प्रतिवेदनका अभिव्यक्तिले न्यायालय र कानुन व्यवसायप्रति समाजमा नकारात्मक धारणा बन्न सक्ने चेतावनी दिएका छन्।गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगले भने न्यायमा पहुँ

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 519 पटक पढिएको
  • जाँचबुझ प्रतिवेदन– लुटपाटमा ३२ जनाको मृत्यु

    काठमाडौं— ‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधनको क्षति छानबिन गर्न गठित जाँचबुझ आयोगले भदौ २३ र २४ गतेका घटनामा आपराधिक प्रवृत्तिका व्यक्ति संलग्न रहेको जनाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा यसबारे उल्लेख छ ।“२४ गतेको हिंसात्मक क्रियाकलाप जेनजी पुस्ताले नगरेको तर २३ गतेको घटनाको विरोधमा स्वतःस्फूर्त रूपमा युवासँगै अन्य उमेर समूहका व्यक्तिहरू पनि सडकमा निस्किए,” प्रतिवेदनमा भनिएको छ, “तर, केही समयपछि आपराधिक प्रवृत्तिका व्यक्तिहरू तथा शान्ति सुरक्षाको कमजोरीको फाइदा उठाउँदै अन्य लुटेरा समूहरू पनि प्रदर्शनकारीहरूसँगै सहयोगी भई लुटपाट, आगजनी, लोड

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 476 पटक पढिएको
  • कांग्रेस प्रतिपक्षमा रहेर रचनात्मक भूमिका खेल्छ : जनकराज गिरी

    काठमाडौं । बाजुरा जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित जनकराज गिरीले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्षको भूमिका प्रभावकारी र जिम्मेवार ढंगले निर्वाह गर्ने बताएका छन् ।नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले संसदमा आफ्नो भूमिका, कांग्रेस भित्रका चुनौती र समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा राखेका छन् ।गिरीले निर्वाचनपछि आफू मतदातालाई धन्यवाद दिने कार्यक्रममै व्यस्त रहेको उल्लेख गर्दै शपथग्रहणपछि पुनः जनतामाझ जाने तयारीमा रहेको बताए । अहिले ‘काठमाडौंमा पार्टीको केन्द्रीय समिति बैठक, संसदीय दलको नेतृत्व चयनलगायतका गतिविधिमा व्यस्त छौँ,’ उनले भने ।उन

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 170 पटक पढिएको
  • सुरक्षा संयन्त्र असफल, नेतृत्व निष्क्रियः ओलीको भूमिकामाथि प्रश्नै प्रश्न

    काठमाडौं— सङ्कटको घडीमा नेतृत्वको वास्तविक परीक्षा हुन्छ, तर गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका हिंसात्मक घटनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व कमजोर र निष्क्रिय देखिएको स्पष्ट पारेको छ।कार्यकारी प्रमुखका रूपमा राज्य संयन्त्र, सुरक्षा निकाय र सबै प्रशासनिक संरचनाको अन्तिम जिम्मेवारी प्रधानमन्त्रीमै निहित हुन्छ। तर आयोगको प्रतिवेदनले देखाएअनुसार, ओली सङ्कटको संवेदनशील क्षणमा न त सक्रिय देखिए, न त निर्णायक। परिणामस्वरूप, प्रारम्भमै नियन्त्रण गर्न सकिने अवस्था क्रमशः जटिल बन्दै गयो।ओलीकै कार्यकालमा राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 467 पटक पढिएको
  • रास्वपा केन्द्रीयसमिति बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीयसमिति बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो ।बैठकमा संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्न लागेको जनाएको छ । बैठकपछि संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ ।रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साहलाई नेता चयन गर्ने बताइएको छ ।आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने छन् ।

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 460 पटक पढिएको
  • कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने

    काठमाडौं— नेपाली कांग्रेसले पार्टीको महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । सभापति गगन थापाको सभापतित्वमा मंगलबार र बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।साथै, विशेष महाधिवेशनको निर्णय एवं कांग्रेसको विधान २०१७ को धारा ४३ बमोजिम १५औँ महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका तह तथा निकायको पदावधि कायम रहने बताइएको छ ।यस्तै, कांग्रेसले महाधिवेशनका अन्य कार्यक्रम तय गर्नुका साथै विभिन्न १६ वटा निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दु

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 423 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीद्वारा तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय गरेकी छन् । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेकी हुन् ।प्रधानमन्त्री कार्कीले आज भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार रामबहा

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 450 पटक पढिएको
  • पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य

    विराटनगर— कोशी प्रदेशमा सञ्चालन भइरहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) ले उल्लेखनीय प्रगति हासिल गरेको छ । परियोजनालाई दिगो पर्यटन प्रवद्र्धनमार्फत प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढाइएको छ ।पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालित परियोजनाको तेस्रो परियोजना निर्देशक समिति बैठक बुधबार सम्पन्न भएको हो ।पर्यटन मन्त्री भीम पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्य तामा सम्पन्न बैठकमा नेपालका लागि स्विस राजदूत डा. डानियेल म्युवलीको विशेष उपस्थिति रहेको थियो ।नेपाल र स्विट्जरल्यान्ड सरकारबिचको द्विपक्षीय सम्झौ

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 509 पटक पढिएको
  • संसदीय दलको नेता चयन गर्न रास्वपाको बैठक आज अपराह्न हुँदै

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक डाकेको सहमहामन्त्री विपिन आचार्यले राससलाई जानकारी दिनुभयो ।प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक हुने उहाँले बताउनुभयो । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले नेता शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो । 

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 369 पटक पढिएको
  • नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

    काठमाडौँ। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ । सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 280 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.