काठमाडौं— जेनजी समावेशी युवा जागरण पार्टी घोषणा भएको छ । नयाँ जेनजी आन्दोलनका अधुरा एजेण्डा पूरा गर्न सडक संघर्ष गर्ने जानकारी गराएको छ ।मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर जेनजी युवा जागरण पार्टीले राजनीतिक, सामाजिक र आर्थिक समस्याविरुद्ध नयाँ वैकल्पिक राजनीतिक अभियान अघि बढाउने घोषणा गरेको छ ।पत्रकार सम्मेलनमा अध्यक्ष जीपी पोखरेलले पार्टीले युवाको सक्रिय सहभागितामा समावेशी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापना गर्ने उद्देश्य लिएको जनाकारी दिए ।‘नेपालमा बढ्दो बेरोजगारी, भ्रष्टाचार, महँगी, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्याले जनताको जीवन कष्टकर बन्दै गएको छ ।
काठमाडौं— नेकपा एमालेका नेता ईश्वर पोखरेलले एघारौँ महाधिवेशनको परिणामलाई स्वीकार गर्नु नै प्रतिस्पर्धात्मक राजनीतिको मूल मर्म भएको बताएका छन् ।महाधिवेशनमा पराजित भएपछि आफ्नो धारणा स्पष्ट राख्दै पोखरेलले प्रतिस्पर्धात्मक राजनीतिमा सहभागी हुने जोकोहीले त्यसबाट आउने परिणामलाई स्वीकार गर्न सक्नुपर्ने बताए ।‘प्रतिस्पर्धामा जानु भनेको जितहार दुवैलाई स्वीकार गर्ने तयारीसहित अगाडि बढ्नु हो । परिणाम स्वीकार गर्न नसक्ने वा स्वीकार गर्न आँट नगर्नेहरू वास्तवमा प्रतिस्पर्धात्मक राजनीति गर्ने मान्छे हुँदैनन्,’ उनले भने ।उनले प्रतिस्पर्धात्मक राजनीतिका आफ्नै चुनौती र समस्याहरू हुने उल्लेख गरे । ती विषयमा अलग
काठमाडौं— नेकपा )एमाले) को मंगलबार बसेको सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश र निर्वाचनको संयोजक तोक्नुका साथै राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्नेबारे अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ ।एमाले उपमहासचिव लेखराज भट्टका अनुसार निर्वाचन परिचालन कमिटी गठन गरेको र त्यसको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई संयोजक तोकेको छ । जसमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भीष्म अधिकारी सदस्य रहेका छन् ।त्यस्तै, कांग्रेस र नेकपाबीच छलफल गर्ने र हरेक प्रदेशमा एकजना पर्ने गरी सात सीट माग गरेको उपमहासचिव भट्टले जानकारी दिए ।
काठमाडौं– नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनलाई लिएर विवाद बढ्दै गएपछि पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मंगलबार पार्टीको सम्पादन समिति बैठक सुरु हुनुअघि कार्यकर्ताहरूको भीड बाक्लिँदै गएपछि सुरक्षा सतर्कता थप कडा बनाइएको जनाइएको छ। कार्यालय वरपर प्रहरीको उपस्थिति बढाइएको छ भने प्रवेशमा निगरानीसमेत गरिएको छ।पार्टीभित्र देखिएको आन्तरिक विवादले तनावको अवस्था सिर्जना भएपछि अप्रिय घटना हुन नदिन सुरक्षाका उपाय अपनाइएको स्रोतले जनाएको छ।
काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।मंगलबार बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले तत्काल निर्वाचन हुने वातावरण अझै नबनिसकेको धारणा पनि राखे ।उनका अनुसार एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार तथा केही विदेशी शक्तिहरूले निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको अवस्था देखिएको छ । यस प्रक्रियामा सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि निरन्तर दबाब र धम्की दिइँदै संसद् पुनःस्थापना हुन नदिने प्रयास भइरहेको उल्लेख गर्दै उनले यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताए ।अध
काठमाडौं— नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बिशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् ।उनले भने, ‘अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपाति उम्मेद्वार टुंग्याउनु पर्नेछ । यसकारण बिशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए । उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।’मंगलबार उनले आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा केन्द्रीय सदस्यहरुको समूहसँग छलफल गरेका थिए । उक्त भेटघाटमा डा. कोइरालाले सबैको मनोभावना सम्बोधन ह
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।बैठकमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति र पार्टी समायोजन उपसमिति विस्तार, केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठनका विषयमा छलफल हुनेछ ।साथै, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश र जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम तथा स्थानीय तह उम्मेदवार क्लब गठनका विषयमा समेत छलफल हुने प्रवक्ता झाले बताए ।
काठमाडौं— नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य ६ बुँदा सार्वजनिक गरिएको छ।एमालेका सचिव महेश बस्नेतले मंगलबार बिहान ओलीले जाँचबुझ आयोगले दिएको लिखित बयानका मुख्य ६ बुँदा सार्वजनिक गरेका हुन्। यस्ता छन् बुँदाः-२२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा(विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको।-आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेका।-आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी नभएको कुरा तत्कालीन फोटो र भिडिओहरूले प्रस्ट देख
काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले अमेरिकाले भेनेजुएलामा अतिक्रमण गरी त्यहाँका विवादास्पद राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको घट्नाप्रति आपत्ति जनाएको छ ।मंगलबार एक विज्ञप्ति जारी गर्दै समाजकी सभापति रेनुका पौडेलले मदुरोलाई क्याप्चर गरेको घटनाप्रति आपत्ति जनाएकी हुन् ।‘तानाशाह मदुरो कुनै आदर्श नेता होइनन तर अमेरिकी कदम अन्तर्राष्ट्रीय कानुन विपरित हुनुका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र विपरित छ । अमेरिकाको यो कदमले गलत नजीर स्थापना गरेको छ जुन थप अशान्तिको कारक बन्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।‘मदुरो अनेकौ गम्भिर मानव अधिकार उल्लङ्घनका लागि जिम्मेवार छन तसर्थ मदुरोप्रति मानव अधिक
रौतहट— धनुषामा भएको घटनालाई लिएर उत्पन्न विवादका कारण अशान्त बनेको वीरगञ्जमा जारी कफ्र्युको अवधि थप गरिएको छ ।जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आज दिउँसो १ बजेसम्मका लागि कफ्र्युलाई निरन्तरता दिएको हो ।यसअघि प्रशासनले सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो । तर, तोकिएको समयभित्र स्थिति पूर्ण रूपमा सामान्य नभएपछि स्थानीय प्रशासनले थप ५ घण्टा कफ्र्यु लम्ब्याउने निर्णय गरेको हो ।पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार संवेदनशील क्षेत्रहरूमा अझै सुरक्षा सतर्कता आवश्यक देखिएकाले शान्ति–सुरक्षा कायम राख्न कफ्र्यु थप्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.