राजनीति

    Showing 2,151-2,160 of 7,672 items.
  • सांसद सुमना श्रेष्ठले बोलेपछि रास्वपाले आज पनि बहिष्कार गर्‍यो प्रतिनिधिसभा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। बैठकको सुरुमा सांसद सुमना श्रेष्ठले सम्बोधन गरेपछि रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए।रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै  संसद् बहिष्कार गर्दै आएको छ। आजको बैठक पनि सोही माग राखेर बहिष्कार गरिएको हो।

    • प्रकाशित मितिः असार २९, २०८२
    • 498 पटक पढिएको
  • दमकमा सडक उद्घाटनपछि ओलीले भने : ‘अब विशाल रंगशाला निर्माण गरिनेछ’

    झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी (ताराबारी) डिपु सडक स्तरोन्नती आयोजनाको आइतबार उद्घाटन गरेका छन्  ।विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सडक नेपालभरका १७ सडकमध्ये एक हो ।  ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेकोे जनाउँदै मेची–महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेकोे बताएका छन्  । उनले  दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे

    • प्रकाशित मितिः असार २९, २०८२
    • 224 पटक पढिएको
  • नागिरकता किर्ते गरेकाे आरोपमा वडा अध्यक्ष पक्राउ

    काठमाडौं–धादिङको धुनीवेशी नगरपालिका – ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदी नागिरकता किर्ते गरेकाे आरोपमा पक्राउ परेका छन् ।सात महिनादेखि फरार रहेका सुवेदीलाई प्रहरीले शनिबार काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।सार्वजनिक किर्ते मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म दर्ता प्रमाणपत्र तयार पारेको आरोप लागेकाे हाे ।सोही जन्मदर्ताको आधारमा नागरिकता बनाएर जग्गा बिक्री गरेको अभियोगमा उनीविरुद्ध दर्ता भएको मुद्दा अहिले पनि जिल्ला अदालत धादिङमा विचाराधिन छ ।काठमाडौँबाट पक्राउ परेका सुवेदीलाई थप अनुसन्धानका लागि धादिङ लगिएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः असार २९, २०८२
    • 348 पटक पढिएको
  • भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा शुभकामना दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आदिकविले नेपाली मनमा रामायण रोपेर गएको बताए । उनले लेखेका छन् ,आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानु भयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नु भयो ।नेपाली भाषामा आदिलेखन थालनी गर्नु भएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।’

    • प्रकाशित मितिः असार २९, २०८२
    • 213 पटक पढिएको
  • आज काठमाडौँ महानगरपालिकाको नगरसभा हुँदै

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८२–०८३को बजेट ल्याउँदै छ। शुक्रबार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो। सोही निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुनेछ। देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समय मै आगामी आर्थिक वर्षको बजेट ल्याएका भए पनि काठमाडौँ महानगरपालिमा भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन।

    • प्रकाशित मितिः असार २९, २०८२
    • 220 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

    काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक– २०८२ प्रस्तुत गर्ने छन् ।त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक–२०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक–२०८२ प्रस्तुत गर्ने छन् ।कानून, न

    • प्रकाशित मितिः असार २९, २०८२
    • 195 पटक पढिएको
  • राजनीतिक तानातानपछि काठमाडौं महानगरको २५ अर्बको बजेट अन्तिम चरणमा

    काठमाडौं— काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आज ल्याउने भएको छ ।मेयर बालेन्द्र शाहले आज दिनको दुई बजे नगरसभा बोलाएका छन् । त्यसअघि बिहान कार्यपालिका बैठक बोलाइएको छ। गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए ।राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ । आज सोही बराबरको बजेट प्रस्तुत हुनेछ ।संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।

    • प्रकाशित मितिः असार २९, २०८२
    • 608 पटक पढिएको
  • राप्रपाभित्रको गुटबन्दी तीव्र, असन्तुष्ट पक्ष आयोगमा उजुरी लिएर

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर पक्षले निर्वाचन आयोग गुहार्ने निर्णयमा पुगेको छ ।इतर पक्ष आज ११ बजे निर्वाचन आयोग जान लागेको हो । विधान विपरीत पार्टीका नेताहरुलाई अध्यक्ष लिङ्देनले कारबाही गरेको भन्दै उनीहरु निर्वाचन आयोग जान लागेका हुन् ।पार्टीका महामन्त्री धवलशम्शेर राणासहितका नेताहरुले लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको आरोप लगाउँदै आएका छन् ।केही दिन अघिमात्रै लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यसका साथै राजावादी आन्दोलनका संयोजक बनेका नवराज सुवेदी

    • प्रकाशित मितिः असार २९, २०८२
    • 468 पटक पढिएको
  • प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज उद्घाटन गरेका छन् । नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा  न्यौपानेको नाम जोडिएको सो आधारभुत अस्पताल १० शैय्याको रहेकोे छ । अस्पतालले दैनिक चार सयलाई सेवा दिनेछ ।प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले केही नलाने भएकोले भागीरथाहरुको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गरे । उनले अस्पतालको क्षमतावृद्धिका लागि सरकारले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे । प्रधानमन्

    • प्रकाशित मितिः असार २८, २०८२
    • 245 पटक पढिएको
  • गणतन्त्रको मेरुदण्ड राजनीतिक दल हुन् : सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनमा राजनीतिक दलको भूमिका अपरिहार्य रहेको बताएका छन् ।शनिबार राजधानीमा आयोजित ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू — तुलनात्मक अध्ययन’ पुस्तक विमोचन तथा पुस्तक चर्चा कार्यक्रममा बोल्दै सभामुख घिमिरेले विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक अथवा प्रजातान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट रहेको धारणा राखेका हुन् ।उनले भने, ‘विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक अथवा प्रजातान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट हो । यो व्यवस्थाको मेरुदण्ड भनेकै राजनीतिक दल हुन् । दलहरूले व्यवस्था सुदृढ गर्ने, जनताले महसुस गर्

    • प्रकाशित मितिः असार २८, २०८२
    • 201 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा