राजनीति

    Showing 2,151-2,160 of 10,434 items.
  • जुनसुकै देशमा निर्वाचन बाहेक अन्य विकल्प नै छैन्ः आयुक्त भण्डारी

    काठमाडौं— कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन गर्न बाहेक अरू विकल्प नभएको बताएका छन् ।समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान कार्यक्रम पछि बोल्दै आयुक्त भण्डारीले भड्किएका मुलुकलाई अनुशासन र लयमा समेट्न निर्वाचन गर्ने बाहेक अरू विकल्प नभएको हुन् ।उनले भने, ‘निर्वाचन बाहेक अरू विकल्प नभएकाले भड्किएका मुलुकले अनुशासन र लयलाई एउटा लयभित्र समेट्न निर्वाचन गर्नुबाहेक अरू विकल्प नभएको हो । निर्वाचन हुनैपर्ने भएकाले पूराना र नयाँ दललाई आग्रह गर्दै निर्वाचन सम्पन गरौं ।’भदौको अन्तिम हप्ता घोषणा गरेको निर्वाचन असोज र कार्तिकमा पनि हुन्छ कि हुँदैन भनेलगायतका पेचिलो

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 508 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने

    जुम्ला— प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणका लागि जुम्ला पुगेकी छिन् । मुगुको रारा ताल भ्रमण सकेर उनी जुम्ला पुगेकी हुन् ।जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार उनी रारा तालको अवलोकनपछि जुम्ला पुगेकी हुन् ।प्रधानमन्त्रीको औपचारिक कार्यक्रम कुनै नभए पनि रारा भ्रमणपछि प्रधानमन्त्री कार्की एक दिन जुम्लामा बास बसेर भोलि बिहान चन्दननाथ मन्दिरको दर्शन गर्ने तालिका छ ।कार्की मुगुबाट जुम्लाको नम्बर २४ बाहिनीमा आउनु भएको र यही बास बस्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीले जुम्लाको चन्दननाथ मन्दिर दर्शन गर्ने कार्यक्रम छ ।

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 486 पटक पढिएको
  • समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान

    काठमाडौं— निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ ।बिहीबार आयोगमा आयोजित विशेष समारोहकाबीच आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समानुपातिकतर्फका सांसदहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार–चार जना सांसद निर्वाचित भएका छन् ।फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वा

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 459 पटक पढिएको
  • माघ २५ गते स्थगित भएको कर्णाली प्रदेशसभा बैठक आज बस्दै

    सुर्खेत— झण्डै साढे एक महनिापछि कर्णाली प्रदेश सभा बैठक आज बस्दैछ । माघ २५ गते विपक्षी नेकपाले अवरुद्ध गरेपछि स्थगित कर्णाली प्रदेश सभा बैठक आज बस्न लागेको हो ।माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।झण्डै ६ महनिा पछि सुरु भएको कर्णाली प्रदेश सभाको सातौ अधिवेशन माग १८ गतेका लागि आव्ह्रान गरिएको थियो ।

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 502 पटक पढिएको
  • निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

    काठमाडौं— निर्वाचन आयोगले आज निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ ।आयोगले आज बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने भएको हो ।गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो ।राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि आयोगले आज बेलुकी ५ः३० बजे आयोगको केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरको हलमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ ।आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 447 पटक पढिएको
  • गगन थापाले कांग्रेस सभापतिबाट दिए राजीनामा

    काठमाण्डौ  ।  नेपाली काङ्ग्रेसका सभापति गगन थापाले निर्वाचनको अप्रत्याशित हार व्यहोरेको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन । थापाले उपसभापति शर्मालाई राजीनामा बुझाएसँगै त्यसबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक समेत बोलाइएको छ ।

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 351 पटक पढिएको
  • नयाँ प्रधानमन्त्री—समयसीमा, सम्भावना र राजनीतिक परीक्षाको घडी

    - देवेन्द्र किशोर ढुङगाना बरिष्ठ पत्रकार नेपालको पछिल्लो निर्वाचन परिणामपछि देशको राजनीतिक वृत्त अहिले नयाँ सरकार गठन र प्रधानमन्त्री नियुक्तिको बहसले तातेको छ। संविधानले स्पष्ट समयसीमा तोकेको, बहुमत दल देखिएको, र नेतृत्वको दाबी पनि पहिले नै सार्वजनिक भइसकेको अवस्थामा यसपटकको सरकार गठन प्रक्रिया सामान्य जस्तो देखिए पनि, यसको भित्री राजनीतिक जटिलता र संस्थागत चुनौतीहरूलाई हल्का रूपमा लिन मिल्दैन।संविधानअनुसार प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्त गरिसक्नुपर्ने व्यवस्था छ। यस हिसाबले वैशाख १० गते अन्तिम समयसीमा हो। तर राजनीतिक संकेतहरू हेर्दा यो समयस

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 394 पटक पढिएको
  • कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

    काठमाडौं— जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी युवाहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।प्रदर्शनमा सहभागी युवाहरूले आँखामा कालोपट्टी बाँधेर शान्तिपूर्ण रूपमा विरोध जनाएका थिए। उनीहरूले “कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ?”, “जनताको अधिकारः कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर”, “प्रतिवेदन हरायो, सरकार किन डरायो?”, “सरकार झुक्ला दोषिसामु, घाइते जेनजी योद्धा झुक्दैन” र “आमा न्याय माग्न तिमिलाई कति गर्नु कर?” लगायतका प्लेकार्ड बोकेर सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए।प्रदर्शनकारीहरूले जेनजी आन

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 526 पटक पढिएको
  • नयाँ सरकारको अनुमानित टिमः रक्षा बालेन, परराष्ट्र खनाल, अर्थ वाग्ले

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह नेतृत्वको सरकारका लागि मन्त्री चयनबारे आन्तरिक छलफल तीव्र पारेको छ।रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच सरकार गठनबारे निरन्तर परामर्श भइरहेको स्रोतले जनाएको छ। दुवै नेताबीच प्रभावकारी र परिणाममुखी सरकार बनाउने तथा सक्षम सांसदलाई मात्रै मन्त्रिपरिषद्मा सहभागी गराउने सहमति भएको बताइएको छ।सहमति अनुसार सरकार सञ्चालनको नेतृत्व शाहले गर्नेछन् भने पार्टीको समग्र जिम्मेवारी लामिछानेले सम्हाल्नेछन्।प्रधानमन्त्रीका उम्मेदवार शाह अहिले क्याबिनेट गठन र पदभार ग्रहण गरेपछि अघि बढाइने कामहरूको तयारीमा जुटेका छन्। प्रारम्भिक समझदारी अ

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 556 पटक पढिएको
  • कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र एकता, निडरता र देश केन्द्रित राजनीति आवश्यक रहेको बताएका छन् ।बुधबार रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिनलाई सम्बोधन गर्दै उनले गुटगत राजनीति त्याग्न आग्रह गर्दै सबै कार्यकर्ता एउटै छानामुनि एकताबद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।‘आँखामा जुन पट्टि आउँछ अब त्यो पट्टि हामीले खोल्नुपर्छ नत्र पुराना राजनीतिक दललाई जसरी ३५ ३६ वर्ष विश्वास गरेर कुरे हामीलाई ३६ महिना वा ३६ दिन पनि कुर्नेवाला छैन । किनकी कानुन निर्माताको रुपमा तपाईंहरुको दौड स्वार्थ समुहको घरघरमा हैन, गुट बनाएर कांग्रेस, एमालेलाई जितिँदैन साथिहरु,

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 512 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.