राजनीति

    Showing 2,171-2,180 of 10,434 items.
  • पुस्तक जलाएको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौं— गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषी उपर आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।परराष्ट्र मन्त्रालयले गरेको पत्राचार अनुसार उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरीलाई मन्त्रालयले उल्लेख गरेको छ ।मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत् ध्यानाकर्षण गराएको थियो । उक्त घटनाको छानबिन तथा कारबाही गर्न काठमाडौंस्थित चिनियाँ दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालय

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 466 पटक पढिएको
  • रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छः डा.वाग्ले

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता भएको भन्दै त्यसलाई सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने बताएका छन् ।मंगलबार ललितपुरमा आयोजित रास्वपाका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले जनताको मतादेशले सबैलाई ऐतिहासिक बोध हुने बताएका हुन् ।उनले भने, ‘अहिले हाम्रो स्थिति लगभग दुई तिहाई छ । १८४ सिट प्राविधिक कारणले पुगेन । एक दुई सिटबारे स्पष्ट हँुदै जाला । तर पपुलर भोटका हिसाबले हामीले ५१ लाख अर्थात ४८ प्रतिशत भोट हासिल गरेका छौं । यो जनादेश, मतादेश जे भने पनि असाध्यै गरुङ्गो वैधता लिएका छौं र त्यसलाई सम्हालेर वा

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 596 पटक पढिएको
  • सांसदको तलब भत्ता नलिने र सवारी नचढ्ने रास्वपा सांसद सुदन गुरुङको उद्घोष

    काठमाडौं— रास्वपा सांसद सुधन गुरुङले सांसद भएपछि आफूले तलब भत्ता नलिने र सरकारी गाडी नचढ्ने उद्घोष गरेका छन्।आजदेखि सुरु भएको रास्वपाको सांसद प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरूसँगको संवादमा गुरुङले भने, “म तलब खादिनँ, सरकारी गाडी पनि चढ्दिनँ। मेरो आफ्नै गाडी छ र म आफैँ सक्षम छु।”उनको यस उद्घोषले पार्टी र आम जनसमुदायमा सरसल्लाह र चर्चा बढाएको छ।

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 541 पटक पढिएको
  • सुधन गुरुङ देखेर भक्कानिइन् जेनजी शहीद रसिककी आमा

    काठमाडौं— जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडा सुधन गुरुङलाई भेट्दा भक्कानिएकी छन् । सुधनले उनलाई अंगालो हालेर सान्त्वना दिए ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ललितपुरको ग्वार्कोमा आयोजना गरेको अभिमुखीकरणमा भेट भएका बेला सुधन र रचनाबीच भेट भएको थियो । रचनाले सायद आफूलाई सम्हाल्न सकिनन् अनि भक्कानिइन् ।भ्रष्टाचारको विरोध र सुशासनको माग गर्दै काठमाडौंबाट सुरु भएको जेनजी पुस्ताको आन्दोलनमा सुधन गुरुङ पनि सहभागी थिए । सोही आन्दोलनको क्रममा काभ्रेका २३ वर्षीय रसिक खतिवडालाई गोली लागेको थियो ।रसिककी आमा रचनालाई रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएको छ । सुधन भने

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 478 पटक पढिएको
  • रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि सुरु

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण गर्ने भएको छ ।ललितपुरस्थित ग्वाको रोयल टुलिप होटेलमा आज बिहान १० बजेबाट रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण सुरु गर्ने भएको हो । यो कार्यक्रम चैत्र ३ र ४ गते दुइदिन चल्नेछ ।कार्यक्रममा पार्टी उपसभापति र वरिष्ठ नेताले औपचारिक उद्घाटन गर्ने कार्यतालिका तय गरिएको छ ।अभिमुखीकरणमा पार्टीले जनतामाझ गरेको ‘करार’का विषयवस्तुबारे पनि प्रशिक्षण दिइनेछ । देशको वर्तमान अवस्था, पार्टीको बाचा, जिम्मेवारी र सांसदको भूमिकाबारे सांसदहरूलाई प्रशिक्षण दिइने विषय राखिएको छ ।दु

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 489 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीद्वारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा शर्मालाई बधाई

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।प्रधानमन्त्री कार्कीले सोमबार साँझ आफ्नो औपचारिक फेसबुक पेजमार्फत डा. शर्माको नेतृत्वमा चयन भएको टोलीलाई सफल कार्यकालको शुभकामना दिएकी हुन्।प्रधानमन्त्री कार्कीले एकता र मेलमिलापभन्दा ठुलो शक्ति अरू केही नहुने बताउँदै गैर आवासीय नेपाली सङ्घले आज एउटै मञ्च र एउटै ब्यानरमा सर्वसम्मत नेतृत्व चयन गरी अघि बढ्ने प्रण लिएको उल्लेख गरेकी छन्। उनले विश्वभर रहेका सम्पूर्ण गैर आवासीय नेपालीलाई बधाई दिँदै डा. हेमराज शर्मा नेतृत्वको टोलीलाई सफल कार्यकालको शुभ

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 474 पटक पढिएको
  • हङकङ भ्रमणमा जाँदै कोशीकी राज्यमन्त्री शोभा चेम्जोङ

    विराटनगर— कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ हङकङ भ्रमणमा जाने भएकी छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङ र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा हुने कार्यक्रममा सहभागी हुन उनी हङकङ जान लागेकी हुन् ।सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आगामी चैत १५ गते आयोजना हुने कार्यक्रममा सहभागी हुन उनलाई भ्रमण स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार राज्यमन्त्री चेम्जोङको भ्रमण खर्च आयोजक संस्थाले नै व्यहोर्नेछ

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 422 पटक पढिएको
  • निर्वाचन आयोगबारे टिप्पणी भएपछि आयोगको आपत्ति

    काठमाडौं— निर्वाचन आयोगले एक टेलिभिजन कार्यक्रममा आयोग र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलाई जोडेर गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।आयोगले सोमबार विज्ञप्ति गर्दै चैत १ गते कान्तिपुर टेलिभिजनमा प्रसारित सरोकार कार्यक्रममा राजनीतिक दलका जिम्मेवार व्यक्तिबाट गरिएको टिप्पणीप्रति आपत्ति जनाएको हो ।आयोगका अनुसार उसले गर्ने सबै निर्णय नेपालको संविधान, प्रचलित कानुन तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार हुँदै आएको छ । आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको विवरण अभिलेखमा अद्यावधिक गर्दा पनि सोही कानुनी आधारमा निर्णय गरिएक

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 461 पटक पढिएको
  • बिचार: घट्दो कम्युनिस्ट जनमत — विचारको संकट कि नेतृत्वको असफलता?

    -देवेन्द्र किशोर ढुङगाना नेपालको हालै सम्पन्न निर्वाचन परिणामले एउटा महत्वपूर्ण राजनीतिक संकेत दिएको छ—देशमा लामो समयदेखि बलियो मानिँदै आएको कम्युनिस्ट जनमत तीव्र रूपमा खस्किएको छ। चुनावअघि करिब ६५ प्रतिशत मत प्रभावमा रहेको वामपन्थी शक्ति अहिले झण्डै १०–२० प्रतिशतको सीमामा झरेको देखिन्छ। यो केवल चुनावी अंकगणित मात्र होइन, बरु नेपाली समाजमा कम्युनिस्ट विचारप्रति बढ्दै गएको वितृष्णाको संकेत पनि हो।नेपालको आधुनिक राजनीतिक इतिहासमा कम्युनिस्ट शक्तिहरूले निकै ठूलो भूमिका खेलेका छन्। जनआन्दोलनदेखि गणतन्त्र स्थापनासम्मका विभिन्न मोडहरूमा वामपन्थी दलहरू निर्णायक शक्ति बने। जनताले उनीहरूलाई परिवर्

    • प्रकाशित मितिः चैत २, २०८२
    • 102 पटक पढिएको
  • सेवा प्रवाह सहज बनाउन काठमाडौं प्रशासनमा ‘पब्लिक एनाउन्समेन्ट सिस्टम’ मोडेल लागू

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवद्र्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ ।सोमबार आयोजित विशेष कार्यक्रममार्फत उक्त प्रणाली औपचारिक रूपमा सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले नयाँ प्रणालीले सेवाग्राहीलाई सहज रूपमा सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।उनले परम्परागत सरकारी कार्यालयको संरचनामा कर्मचारी भित्र र सेवाग्राही बाहिर बस्ने व्यवस्था रहेकोले नयाँ मोडेलमार्फत भने कर्मचारी र सेवाग्राहीबीचको दूरी घटाएर एउटै स्थानमा बसेर सेवा प्रदान गर्ने व्यवस्था गरिएक

    • प्रकाशित मितिः चैत २, २०८२
    • 524 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.