काठमाडौं— नेतृत्वमाथि स्वेच्छाचारी ढंगले संस्था सञ्चालन गरेको आरोप लगाउँदै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पदाधिकारीहरूले काठमाडौंस्थित केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । आइतबार रातोपुल र भृकुटीमण्डपस्थित महासंघका कार्यालयहरूमा वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष अनिता घिमिरे र महासचिव सुगम पोखरेलको नेतृत्वमा तालाबन्दी गरिएको हो ।तालाबन्दी कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य संस्थाका प्रतिनिधि तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । सो क्रममा कार्यालय परिसरमा मागहरू समेटिएको प्रेस विज्ञप्ति समेत टाँसिएको छ ।विज्ञप्तिमा महासंघका वर्तमान अध्यक्ष
काठमाडौं— नेपाली कांग्रेसले पार्टी क्रियाशील सदस्य तथा रौतहटको गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवका पिता रामेश्वर राय यादवको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।यादवको आइतबार राति ८० वर्षको उमेरमा निधन भएको हो । नेपाली कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी शोक वक्तव्यमा पार्टीले स्वर्गीय यादवको योगदानको उच्च कदर गर्दै उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ ।स्वर्गीय यादव लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका थिए । पार्टी संगठन सुदृढ बनाउन र लोकतान्त्रिक मूल्
एजेन्सी— दक्षिणी चीनको शेन्जेनमा, रोबोटहरूले चलचित्र थिएटरहरूमा पपकर्न र बाहिरी बजारहरूमा आइसक्रिम सेवा गर्ने गरेका छन् । साथै उत्पादन प्लान्टहरूमा औद्योगिक क्षेत्रको सेवा समेत गर्ने गरेका छन् ।शहरको नानशान जिल्लाको एक सिनेमामा, डिओबिओटी कम्पनीको एक मानवीय रोबोटले चलचित्र हेर्नेहरूका लागि कपमा पपकर्न स्कूप गरिरहेको देख्न सकिन्छ । ति रोबोटहरुले १४ घन्टासम्म सेवा दिने गरेका छन् ।फिल्म हेर्न आएका एक व्यक्ति भन्छन्,‘मलाई रोबोट धेरै बुद्धिमानी लाग्यो र मलाई चिन्ता थियो कि यो पोखिन सक्छ, तर नतिजा एकदम राम्रो थियो। कपहरू कुनै पनि पोखिन बिना राम्रोसँग भरिएका थिए, जुन एकदमै अचम्मको थियो ।’शहरमा हालै आय
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा बढ्दो तनावका बीच हर्मुज जलमार्ग हुँदै पासहुने जहाजहरूको सुरक्षाका लागि विभिन्न देशलाई समेटेर अन्तर्राष्ट्रिय गठबन्धन बनाउन पहल गरेका छन् ।उनले हर्मुज जलमार्ग हुँदै तेल आयातमा अत्यधिक निर्भर रहेका करिब सात देशलाई जहाज सुरक्षाका लागि संयुक्त प्रयासमा सहभागी हुन आग्रह गरेको बताएका छन् । राष्ट्रपति ट्रम्पले आइतबार दिएको अभिव्यक्तिमा ती देशहरूको नाम भने खुलाएका छैनन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै विश्वका धेरै मुलुकले तेल आपूर्ति गर्ने प्रमुख मार्ग भएकाले हर्मुज मार्गको सुरक्षा सम्बन्धित देशहरूले नै सुनिश्चित गर्नुपर्ने र त्
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा राखेर आज (सोमबार) सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ । महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।पछि सो निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी
काठमाडौं— जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके)ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।राउतले आज सामाजिक सञ्जालमार्फत राजनीतिबाट सन्यासको घोषणा गरेका हुन् । यद्यपि, उनले संघर्षको राजनीति भने जारी राख्ने बताएका छन् ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको टुंगो लगाएको छ । आइतबार बसेको रास्वपाको सचिवालय बैठकले नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक गरेको थिएन ।रास्वपाले समानुपातिकतर्फको सांसदको नाम सार्वजनिक गरेको छ । रास्वपाले विभिन्न कलस्टरबाट ४८ महिला र ९ जना पुरुष गरी ५७ जनाको नाम सार्वजनीक गरेको छ ।खसआर्य महिलातर्फबाट प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी आचार्य, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला, क्रान्तिशिखा धिताल रहेका छन् ।यस्तै, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुषाल,प्रभा कार्की,शोभा खनाल,रत्नाकुम
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी दिनमा पार्टीमा गरिनुपर्ने सुधारका लागि कार्यकर्ता तथा शुभेच्छुकसँग सुझाव मागेका छन् ।सामाजिक सञ्जालमार्फत महामन्त्री पौडेलले नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गरेका हुन् ।‘भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा हाम्रासामु आइसकेको छ । पुषमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाई समेत आत्मसात गर्दै पार्टीको नियमित महाधिवेशनको छिट्टै आयोजना गर्नुपर्नेछ । यिनै पृष्ठभूमिमा पार्टीलाई आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने सम्बन्धमा छलफल गर्न नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिको बैठक
काठमाडौं— प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक नेपाली कांग्रेसको बैठक बसिरहेको छ ।पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बसिरहेको हो ।दिउँसो १ बजेका लागि डाकिएको बैठक खराब मौसमबीच एक घण्टा ढिला गरी सुरू भएको हो । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्नेछ ।यसअघिको निर्वाचनको पहिलो दल कांग्रेसले अहिलेको निर्वाचनमा आधाभन्दा कम सिट जितेको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ ।क
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गरेको छ ।आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक प्रणाली अन्तर्गत पार्टीले पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली आयोगलाई उपलब्ध गराउने निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले केन्द्रीय सचिवालय बैठकमा दुई वटा एजेण्डा रहेको जानकारी दिए । उनले रास्वपाले समानुपातिक सूचीमा पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली तोकिएको समयसीमाभित्रै निर्वाचन आयोगमा बु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.