राजनीति

    Showing 2,191-2,200 of 10,434 items.
  • प्रधानमन्त्री कार्की ओलीलाई समवेदना दिन गुण्डु पुगिन्

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्न भक्तपुरको गुण्डुस्थित निवास पुगेकी छन्।केहीबेरअघि प्रधानमन्त्री कार्की श्रीमान्‌सँगै ओली निवास पुगेकी हुन्।ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो। उनलाई समवेदना व्यक्त गर्न आजै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डु पुगेकी थिइन्।

    • प्रकाशित मितिः चैत १, २०८२
    • 504 पटक पढिएको
  • रास्वपाको बैठक सुरु

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ ।स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका छन् ।आजको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन आयोग लाई बुझाउने विषयमा निर्णय गर्ने बताइएको छ ।

    • प्रकाशित मितिः चैत १, २०८२
    • 502 पटक पढिएको
  • चिकित्सक संघको निर्वाचनका लागि आन्तरिक छलफल, चाँडै मिति घोषणा गरिने

    काठमाडौं— नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनका लागि निर्वाचन समितिले आन्तरिक छलफल सुरु गरेको छ ।अध्यक्ष पदकालागि उम्मेदवारी दिएका डा.सञ्जीव तिवारीले निर्वाचनको मिति चाँडै घोषणा गर्ने निर्वाचन समितिको तयारी रहेको जानकारी दिए ।उनको अनुसार समितिले यही बुधबार सर्वपक्षीय बैठक बोलाएको छ । उक्त बैठकमा निर्वाचन मिति घोषणाबारे छलफल र निर्णय हुनेछ ।उनले भने,‘निर्वाचन समित बसेर हिजो सर्वपक्षीय भेला बोलाएको छन् । अब आउने बुधबार सर्वपक्षीय भेला गरेर निर्वाचनको मिति कहिलेका लागि तय गर्ने भन्ने छलफल हुन्छ र उहाँहरुले हामीलाई एउटा खाका दिनुहुन्छ । त्यसअनुसार नै निर्णय गर्नुहन्छ होला ।’त्यस्तै अध्यक्षकै अर

    • प्रकाशित मितिः चैत १, २०८२
    • 499 पटक पढिएको
  • सभापति लामिछाने अस्वस्थ्य हुँदा रास्वपा सचिवालय बैठक ढिलाइ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक केही केही ढिला सुरु हुने भएको छ ।आइतबार बिहान बैठक बस्ने भनिए पनि केही प्राविधिक र व्यवहारिक कारणले बैठक बस्न ढिला हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।‘रास्वपाको सचिवालय बैठक आज आव्हान गरिएको छ । बैठक केही प्राविधिक र व्यवहारीक कारणले विलम्व हुने भएको छ,’ उनले भने ।पार्टी सभापति रवि लामिछानेको स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित नभई बैठक भर्चुअलरुपमा सहभागि हुने पनि झाले बताए ।उनले भने, ‘पार्टी सभापतिको स्वास्थ्य अवस्था अझै पनि सामान्य भइसकेको छैन । तसर्थ उहाँसँग छलफल भइरहेको छ । भर्चुअलरुपमा बैठकमा सहभागि हुने उहाँको बाध्यत्मक

    • प्रकाशित मितिः चैत १, २०८२
    • 502 पटक पढिएको
  • जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी मुभमेन्ट नेपालको माग

    काठमाडौं— जेन्जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।शनिबार एक विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलनमा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् । सङ्गठनले प्रतिवेदन सार्वजनिक नगरेसम्म देशमा न्याय र स्थायित्व स्थापित हुन नसक्ने जनाएको छ ।पारदर्शिता र उत्तरदायित्वको माग गदै आन्दोलनको प्रतिवेदन नै गोप्य राखिनु पूर्ण रूपमा अस्वीकार्य हुने बताइएको छ । सत्य लुकाएर वा दोषीलाई संरक्षण गरेर कुनै पनि राजनीतिक प्रक्रिया अघि बढ

    • प्रकाशित मितिः चैत १, २०८२
    • 479 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

    काठमाडौं—  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।बैठक ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बस्ने भएको हो ।प्रतिनिधि सभा सदस्य निर्वाचनबाट समानुपातिकतर्फ प्राप्त सिट संख्याका आधारमा सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो ।गत फागुन २१ गते भएको निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो ।

    • प्रकाशित मितिः चैत १, २०८२
    • 497 पटक पढिएको
  • एमालेले टुंगो लगायो समानुपातिक सांसद, कोको परे ?

    काठमाडौं— नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फको १६ जना सांसदको नाम टुंगो लगाएको हो ।आदिवासी–जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य गरी चार जना रहेका छन् । त्यसैगरी, यशोदा कुमारी बराल, टुकाभद्रा हमाल, खस आर्यतर्फ पद्मा अर्याल, गुरुप्रसाद बराल र पुष्पराज कंडेल रहेका छन् ।त्यसैगरी, थारु कलस्टरबाट कृपाराम राणा, दलिततर्फ विष्णुमाया वि।के। र नीता घतानी रहेका छन् । यसैगरी, मधेसीतर्फ रिङ्ला यादव, यशोधा कुमारी यादव, चन्द्रेश्वर मण्डल र मुस्लिमतर्फबा

    • प्रकाशित मितिः चैत १, २०८२
    • 466 पटक पढिएको
  • रास्वपाको सचिवालय बैठक आज बस्ने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।बैठक भोली आज बिहान १० बजे वनस्थली पार्टी कार्यालयमा बस्ने भएको हो ।बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफद हुनेछ ।निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद्को सूची बुझाउन आजसम्मको समय दिएको छ ।

    • प्रकाशित मितिः चैत १, २०८२
    • 416 पटक पढिएको
  • माथिल्लो तहका नेताबाटै घृणायुक्त अभिव्यक्ति दिइयो : योगेश भट्टराई

    काठमाडौँ । फागुन २१ को निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि एमाले नेताहरू एकअर्काविरूद्ध आक्रोश र आलोचना गर्न थालेका छन् । आलोचना र आरोप प्रत्यारोपमा अध्यक्ष ओली निकट नेता कार्यकर्ताहरू नेतृत्वको बचाउमा सहभागी छन् भने इतर पक्षका नेताहरू अध्यक्ष ओलीसहितको वर्तमान नेतृत्वले पराजयको नैतिक जिम्मा लिनुपर्ने बताइरहेका छन् । यसै क्रममा उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताहरू नै आफूविरूद्ध घृणायुक्त अभिव्यक्ति दिनुका साथै मिथ्या सूचना फैलाउने काममा लागेको सार्वजनिक रूपमै गुनासो गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उपमहासचिव भट्टराईले अध्यक्ष पितृशोकम

    • प्रकाशित मितिः चैत १, २०८२
    • 332 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता छान्ने प्रक्रिया सुरु, बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने सम्भावना कति ?

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) संसदीय दलको नेता छान्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।निर्वाचन आयोगले फागुन २१ मा सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम बिहीबार सार्वजनिक गरेको थियो । आयोगले सार्वजनिक गरेको नतिजाअनुसार नयाँ दल रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट प्राप्त गरेको छ । परम्परागत राजनीतक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत प्रतिरक्षामा पुग्दा रास्वपालाई दुई तिहाइ पुग्न जम्मा दुई सिटको अभाव देखिएको छ ।स्पष्ट एकल बहुमतको सरकार बनाउन म्याण्डेट रास्वपालाई दिएकाले वरिष्ठ ने

    • प्रकाशित मितिः चैत १, २०८२
    • 342 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.