काठमाडौं— प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्न भक्तपुरको गुण्डुस्थित निवास पुगेकी छन्।
केहीबेरअघि प्रधानमन्त्री कार्की श्रीमान्सँगै ओली निवास पुगेकी हुन्।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो। उनलाई समवेदना व्यक्त गर्न आजै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डु पुगेकी थिइन्।





































