राजनीति

    Showing 2,341-2,350 of 10,434 items.
  • बालेन सवार हेलिकोप्टर झापा नबसी किन फर्कियो काठमाडौं ? कारण यस्तो

    काठमाडौं — बालेन्द्र शाह सवार हेलिकोप्टर झापामा अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको छ।शाहलाई लिएर गएको हेलिकोप्टर झापा जाने क्रममा खराब मौसमका कारण अवतरण गर्न नसकी पुनः काठमाडौं फर्किएको हो।बिहान काठमाडौंबाट उडेको हेलिकोप्टर झापामा मौसम अनुकूल नभएपछि अवतरण नगरी फर्काइएको विमानस्थल स्रोतले जनाएको छ। हेलिकोप्टर पछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 553 पटक पढिएको
  • सर्लाही–४ को बसबरियामा विवादपछि रोकिएको मतदान पुनः सुरु

    रौतहट— सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत बसबरिया गाउँपालिका–३, भवानीपुरस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आज बिहान मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको छ । विवादका कारण केहीबेर मतदान प्रक्रिया अवरुद्ध हुन पुगेको थियो ।प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको उक्त केन्द्रमा राजनीतिक दलका प्रतिनिधिहरूबीच सामान्य विषयलाई लिएर भनाभन भएपछि स्थिति तनावपूर्ण बनेको थियो । विवाद बढ्दै गएपछि मतदान अधिकृतले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै केही समयका लागि मतदान स्थगित गरेका थिए।घटनास्थलमा खटिएका सुरक्षाकर्मी र निर्वाचन टोलीको सक्रियता तथा राजनीतिक दलका प्रतिनिधिहर

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 473 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीद्वारा मतदान

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । प्रधानमन्त्री कार्कीले काठमाडौं क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 396 पटक पढिएको
  • सुदूरपश्चिममा प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरु

    काठमाडौं— सुदूरपश्चिममा प्रतिनिधि सभाको निर्वाचन सुरु भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार सुदूरपश्चिम प्रदेशका २ हजार १ सय ९९ वटै मतदान केन्द्रमा निर्वाचन सामाग्री सहित कर्मचारी र सुरक्षाकर्मि पुगिसकेका छन् ।प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार तोकेको समयमै सबै क्षेत्रमा निर्वाचन सुरु भएको विवरण प्राप्त भएको छ ।सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा र दार्चुलाका केही मतदान स्थलमा ईन्टरनेट र फोन सेवा उपलब्ध नरहेको अवस्थामा सुरक्षा निकायको सञ्चार सेटबाट सम्पर्क गर्ने व्यवस्था गरिएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता एसएसपि पदम् व

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 355 पटक पढिएको
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा गृहजिल्ला झापामा मतदान

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।अध्यक्ष लिङ्देनले आज बिहान झापाको हल्दिवारी गाउँपालिका वडा नं. १ को वडा कार्यालयस्थित मतदान केन्द्र पुगेर मत हालेका हुन् ।झापा–३ मा बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया सुरु भइसकेको छ र मतदाताहरूको उपस्थिति बाक्लो देखिएको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 483 पटक पढिएको
  • पूर्वमन्त्री कुलमान घिसिङले महाँकालबाट गरे मतदान

    काठमाडौं— उज्यालो नेपाल पार्टीका अभियन्ता एवं पूर्वमन्त्री कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान मतदान गरेका छन् ।घिसिङले काठमाडौं महानगरपालिका–६ स्थित महाँकाल जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले भने, ‘एकदमै उत्साहित छु, अहिलेसम्म छु, जनताले विश्वास गरेर हामी जित्छौ।’यस पटकको निर्वाचनमा कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत छन् ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 462 पटक पढिएको
  • रास्वपा सभापति रवि लामिछानेद्वारा काठमाडौंमा मतदान

    काठमाडौैं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले काठमाडौंमा मतदान गरेका छन् ।उनले आज बिहान काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले यो निर्वाचनले मुलुकमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे ।‘विगतका अन्य चुनाव भन्दा यो निकै महत्वपूर्ण छ। त्यसकारण अलिक भावुक पनि भए म अहिलेको परिस्थितीलाई हेरेर’ लामिछानेले भने, ‘यो ऐतिहासिक हुन्छ भनेर अपेक्षा गरेको छु ।’लामिछाने आफू चितवन–२ बाट चुनावी प्रति

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 450 पटक पढिएको
  • ललितपुर–२ मा जगदीश खरेलद्वारा मतदान, सबैलाई सहभागिताको अपील

    ललितपुर— पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री जगदीश खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. २ मा मतदान गरेका छन् ।उनले महालक्ष्मी नगरपालिका–स्थित बोझे पोखरीको महादेव मन्दिर मतदान केन्द्रबाट आज बिहान ठीक ७ बजेर ७ मिनेटमा मतदान गरेका हुन् । सो केन्द्रमा उनले पहिलो मतदाताका रूपमा मतदान गरेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खरेलले सबै मतदातालाई लोकतान्त्रिक अधिकार प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘मैले मतदान गरेँ, तपाईंहरू पनि मतदानमा सहभागी हुनुहोला ।’खरेल यसपटक पहिलो पटक ललितपुर क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यका

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 505 पटक पढिएको
  • रौतहटमा प्रतिनिधिसभा निर्वाचनका लागि उत्साहपूर्ण मतदान सुरु, १० हजार सुरक्षाकर्मी परिचालन

    रौतहट— प्रतिनिधिसभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि रौतहटसहित देशभर एकैसाथ मतदान कार्य सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय गौरका अनुसार रौतहटका चारवटै निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्र तथा मतदान स्थलहरूमा निर्धारित समयमै मतदान प्रक्रिया प्रारम्भ भएको हो ।बिहानैदेखि मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न उत्साहका साथ मतदान केन्द्रमा पुग्न थालेका छन्। मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य उपस्थिति देखिएको छ ।निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न रौतहटमा सुरक्षा व्यवस्था अत्यन्त सुदृढ पारिएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार जिल्लाभर नेपाल प्रहर

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 414 पटक पढिएको
  • बालेन शाहले तीनकुनेको अन्नपूर्ण विद्यालय केन्द्रबाट गरे मतदान

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहले आज बिहानै मतदान गरेका छन्।उनले काठमाडौं महानगरपालिका–९, तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियामा सहभागी हुन बालेन शाह बिहानै केन्द्र पुगेका थिए । उनी यतिबेला रास्वपाबाट झापा क्षेत्र नं ५ मा मुख्य प्रतिस्पर्धीका रूपमा पनि रहेका छन्।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 502 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.