राजनीति

    Showing 2,381-2,390 of 10,434 items.
  • साउदी तेल केन्द्र र बहराइन बन्दरगाहमा आक्रमण, क्षेत्रीय युद्धको जोखिम बढ्यो

    काठमाडौं— अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व सोमबार थप चर्किएको छ । राति केही समय शान्त देखिए पनि बिहान इरानले इजरायल र खाडी क्षेत्रका अन्य मुलुकहरूतर्फ नयाँ मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । रुस टुडे, प्रेस टिभी इरान तथा इजरायलको १२४ न्यूजलगायतका सञ्चारमाध्यमका अनुसार साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरमाको रस तनुरा रिफाइनिङ केन्द्रमा ड्रोन आक्रमण भएको दाबी गरिएको छ । रस तनुरा विश्वकै ठूलो तेल निर्यात केन्द्रमध्ये एक मानिन्छ, जसले अन्तर्राष्ट्रिय कच्चा तेल आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्छ ।रस तनुरा रिफाइनरीमा देखिएको सानो आगलागी नियन्त्रणमा आइसकेको जनाएको एएनआईले जनाएको छ । प्रारम्भि

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 474 पटक पढिएको
  • सिराहा ३ मा १२० ले रास्वपा रोजे

    सिराहा— सिराहा गोलबजार नगरपालिका–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण बढ्दै गएको छ ।वडा नम्बर २ मा विभिन्न राजनीतिक दल परित्याग गरी करिब १२० जना नेता तथा कार्यकर्ता रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका छन् ।नवप्रवेशीहरूलाई आयोजित एक कार्यक्रमका बिच पार्टीका स्थानीय नेतृत्वले स्वागत गरेका थिए । कार्यक्रममा वक्ताहरूले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको र पारदर्शिता, सुशासन तथा विकासको एजेन्डा बोकेको पार्टीप्रति जनविश्वास बढ्दै गएको बताएका छन् ।नवप्रवेश गर्नेले पूराना दलहरूमा रहेर अपेक्षित परिवर्तन नदेखिएको, जनताको समस्या समाधानमा प्रभावकारी पहल नभएको र नयाँ सोचसहि

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 420 पटक पढिएको
  • निर्वाचन तयारीबारे जानकारी लिन कर्णालीका प्रमुख सचिवसहितको टोली डोल्पामा

    सुर्खेत । निर्वाचन सुरक्षा अवस्था बुझ्न कर्णाली प्रदेशका प्रमुख सचिवसहित सुरक्षा निकायका उच्च अधिकारीहरुको टेली डोल्पा पुगेको छ ।नेपाली सेनाको स्काई ट्रकमार्फत जिल्ला पुगेको उक्त टोलीमा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र कुमार यादव, नेपाली सेनाका उत्तर पश्चिम पृतनापती दिपेशजंग शाह, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, सशस्त्र प्रहरी बलका प्रदेश निमित्त बाहिनीपति विनोदराज श्रेष्ठसहितको टोली डोल्पा पुगेको हो ।उक्त टोलीले जिल्लामा निर्वाचनको तयारी, मतदान केन्द्रको सुरक्षा अवस्था तथा मतदाताको सहभागिताबारे जानकारी लिएको छ ।जिल्लामा भईरहेको निर्वाचन तयारीबारे प्रमुख जिल्ला अधिकारी जुनु हमालले टोल

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 204 पटक पढिएको
  • बहुजन पार्टी अध्यक्ष, नेकपा प्रदेश सदस्यसहित डेढसय कांग्रेसमा, डा.कोइरालालाई सघाउने

    मोरङ । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का उमेदवार डा.शेखर कोइरालाले विभिन्न दलका नेताहरुलाई कांग्रेस पार्टीमा प्रवेस गराएका छन् ।नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश सदस्य बिजय कामत कांग्रेसमा प्रवेश गरेका छन् । कामत तत्कालीन माओवादीबाट बिराटनगर वार्ड नम्बर ६ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।त्यसैगरि बहुजन समाजवादी पार्टी मोरङका अध्यक्ष नारायण पासवान, नेपाली कम्युनिस्ट पार्टी बिराटनगर महानगर समिति सदस्य सन्तोस साह लगायत १५० जना कांग्रेसमा प्रवेश गरेका हुन ।

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 220 पटक पढिएको
  • जुम्लाको खलाङ्गा बजारमा ज्ञानेन्द्र शाहीको बृहत् चुनावी सभामा

    मुगु— फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभालाई लक्षित गर्दै जुम्लाको सदरमुकाम खलाङ्गा बजारमा ज्ञानेन्द्र शाहीको बृहत् चुनावी आमसभामा सहभागी आम जनतामा सहभागी भिड रहेको छ भने अबको केही समयमै कार्यक्रम सुरु हुँदैछ ।

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 480 पटक पढिएको
  • दूताबासद्वारा भ्रम फैलने भिडियो र तस्बिर सार्वजनिक नगर्न आग्रह

    काठमाडौं— अबुधाबीस्थित नेपाली राजदूताबासले यूएईमा विकसित घटनाबारे पुष्टि नहुने भिडियो र तस्बिर सार्वजनिक नगर्न सचेत गराएको छ । दूतावासले जारी गरेको अपीलमा हाल संयुक्त अरब इमिरेट्स मा विकसित भइरहेको परिस्थितिका विषयमा सामाजिक सञ्जाल वा अन्य कुनै पनि प्राविधिक माध्यममार्फत अज्ञात स्रोतबाट प्राप्त हल्ला र आधिकारिक रूपमा प्रमाणित नभएका सामग्री प्रकाशन, प्रसारण वा सेयर नगर्न आग्रह गरिएको छ। साथै सुरक्षा अवस्थाबारे भ्रम सिर्जना गर्ने खालका सन्देश नफैलाउन पनि अनुरोध गरिएको छ।अपीलमा भनिएको छ, ‘युएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस्तो कार्य नगर्न अनुरोध गरिएको छ। यस्ता कार्य कानूनबमोजिम दण्डनी

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 489 पटक पढिएको
  • काठमाडौंमा ३२० मतदानस्थल र ८१७ मतदान केन्द्र

    काठमाडौं— यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।दश वटा निर्वाचन क्षेत्रमा तीन लाख ६४ हजार महिला, तीन लाख ४६ हजार ११६ पुरुष, र अन्य सात गरी कूल सात लाख १० हजार ७०८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिइन् ।काठमाडौं, निर्वाचन क्षेत्र नं. १ मा २२ वटा मतदानस्थल र  मतदान केन्द्र ५७ छन् । यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् ।काठमाडौं क्

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 484 पटक पढिएको
  • निर्वाचन आचार संहिता उल्लंघनबारे कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनका घटनाबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।पार्टी केन्द्रीय कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा केही राजनीतिक दलहरूले स्वच्छ प्रतिस्पर्धाको सिद्धान्तलाई बेवास्ता गर्दै निर्वाचन आचारसंहिता विपरीत प्रचार–प्रसार गरिरहेको उल्लेख गरिएको छ ।लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा अपरिहार्य हुने उल्लेख गर्दै कांग्रेसले आफू सदैव लोकतान्त्रिक मूल्य, संविधान र मानवअधिकारको संरक्षण तथा संवद्र्धनमा प्रतिबद्ध रहेको जनाएको छ ।विज्ञप्तिअनुसार निर्वाचन प्रचारका क्रममा केही दलहरूले भौत

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 509 पटक पढिएको
  • दाङ–२ मा चार दलबीच कडा प्रतिस्पर्धा, शंकर पोखरेललाई बलियो चुनौती

    दाङ— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा दाङ क्षेत्र नम्बर २ मा चार प्रमुख दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।यस क्षेत्रमा शंकर पोखरेल (नेकपा एमाले), किरणकिशोर घिमिरे (नेपाली कांग्रेस), विपिनकुमार आचार्य (राष्ट्रिय स्वतन्त्र पार्टी) र निर्मल आचार्य (नेपाली कम्युनिस्ट पार्टी) बीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। ठूला दलका प्रभावशाली उम्मेदवार मैदानमा उत्रिएकाले दाङ–२ को चुनावी माहोल रोचक बनेको छ ।२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रेखा शर्मा ले गठबन्धनको समर्थनमा २६ हजार ८८० मत ल्याउँदै १९३ मतान्तरले पोखरेललाई पराजित गरेकी थिइन्, जबकि पोखरेलले २

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 468 पटक पढिएको
  • हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास

    सुर्खेत— कर्णालीका डोल्पा र हुम्ला जिल्लाका विकट मतदान केन्द्रमा हेलिकोप्टरबाट निर्वाचन सामाग्री पु(याउन थालिएको छ ।फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सामाग्री र कर्मचारीहरु नेपाली सेनाको हेलिकोप्टरबाट मतदान केन्द्रमा पुर्याउन लागिएको हो । गत साता परेको हिउँले बाटो बाटो बन्द भए पनि हेलिकोप्टर प्रयोग गर्नु परेको हो ।डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा ६, छार्काताङसोङ गाउँपालिकामा ६ र शेफोक्सुण्डो गाउँपालिकाकामा ११ मतदान केन्द्रमा शनिबारदेखि नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचन सामाग्री र कर्मचारी पठाउन थालिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताईन् । हुम्लाको नाम्खा

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 446 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.