राजनीति

    Showing 2,381-2,390 of 7,672 items.
  • राप्रपा र रास्वपाको अवरोधकाबीच अघि बढ्यो संसद

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) ले प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेका छन् । शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरूले विरोध जारी राखेका हुन् ।भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको गठनको माग गर्दै रास्वपा र राप्रपाले लामो समयदेखि बैठकमा विरोध जनाउँदै आएका छन्  । रास्वपा सांसदहरूले बेल घेराउ गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

    • प्रकाशित मितिः असार ७, २०८२
    • 298 पटक पढिएको
  • संक्रमणकालीन न्यायका विषयमा ओली, देउवा र प्रचण्डबीच छलफल

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच संक्रमणकालीन न्यायका विषयमा छलफल भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरूबीच छलफल भएको हो । उनीहरूबीच संक्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एक अर्ब रुपैयाँ संक्रमणकालीन न्यायसम्बन्धी कोषमा राख्ने गरी बजेट आएको र पीडितहरूको उपचार सरकारी अस्पतालबाट गर

    • प्रकाशित मितिः असार ६, २०८२
    • 189 पटक पढिएको
  • सरकारले सदनलाई बेवास्ता गर्‍योः माओवादी

    काठमाडौं— नेकपा माओवादी केन्द्रले सरकारले सदनलाई हेपेको आरोप लगाएको छ ।प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बजेटमाथि मन्त्रालयगत छलफल हुँदा समेत सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाए ।उनले सदन जारी आन्दोलनप्रति पनि जबाफदेही नभएको बताए ।

    • प्रकाशित मितिः असार ६, २०८२
    • 314 पटक पढिएको
  • रास्वपाले संसद बैठक वहिष्कार गर्यो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले शुक्रवारको वैठक वहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुरा नसुनेको तथा आफूलाई बोल्न पनि नदिएको जनाउँदै उनीहरुले बैठक नै वहिष्कार गरेका हुन् ।‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौँ, तर उहाँले त्यो कुरा सुन्न चाहनु भएन। बैठकमा हाम्रो कुरा नसुनेर निस्किनु भयो, रास्वापले भनेको छ– ‘ तसर्थ हामीले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं ।’रास्वपाले जनाए अनुसार शुक्रवार संघीय सदनको प्रतिनिधि स

    • प्रकाशित मितिः असार ६, २०८२
    • 256 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक सुरू, प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा पनि रास्वपाको अबरोध जारी रहने

    काठमाडौं, ७ असार । प्रतिनिधिसभाको बैठक सुरू भएको छ।आजको बैठकमा मुख्यतयाः प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यसुची रहेको छ ।बिगत चैत १३ देखी भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा सो सबन्धमा छानबिन समिति बनाउनु पर्ने माग राखेर राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर संसदको बेल घेराउ गर्दै नारावाजी गर्दै आएको छ । जो आज पनि निरन्तरता पाउने बुझिएको छ।सो अघि सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए ।रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन

    • प्रकाशित मितिः असार ६, २०८२
    • 230 पटक पढिएको
  • फलामको पुल बेच्ने वडाअध्यक्ष थुनामा, अर्का वडाअध्यक्ष फरार

    काभ्रे— काभ्रेपलाञ्चोकको रोशी खोलामा बाढीले बगाएको पुलका फलामे पाटपुर्जा बिक्रीमा संलग्न भएको आरोपमा रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोककुमार गौतम पुर्पक्षका लागि थुनामा पठाइएको छ ।जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।उनीसँगै पक्राउ परेका कबाडी व्यवसायी मन्टुकुमारलाई पनि थुनामा पठाइएको छ भने चालकहरू तारेखमा रिहा भएका छन् । कबाडी कर्मचारी जितेन्द्र पासवानलाई धरौटीमा छाडिएको छ ।नमोबुद्ध–६ का वडाध्यक्ष केसीको संलग्नता देखिएपछि उनलाई पक्राउ गर्न अनुमति दिइएको छ, तर उनी फरार छन् । पुलका पाटपुर्जा कार्यपालिक

    • प्रकाशित मितिः असार ६, २०८२
    • 292 पटक पढिएको
  • विवादास्पद अभिव्यक्तिले फेरि चर्चामा कांग्रेस सांसद घिमिरे

    काठमाडौं – कांग्रेस सांसद श्याम घिमिरे फेरि आपत्तिजनक अभिव्यक्तिका कारण विवादमा तानिएका छन्। यसअघि यौन व्यवसाय खुला गर्नुपर्ने प्रस्ताव राखेर आलोचना खेपेका घिमिरेले पछिल्लो पटक भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग नजोड्नुपर्ने अभिव्यक्ति दिएका छन्।सांसद घिमिरेले संसद् भवनमा सञ्चारकर्मीहरूसँग बोल्दै भने, “पैसा लिएर पठाइयो भने त्यो मानव बेचबिखन हुँदैन।” उनले नेपालीहरू आफैँ विदेश जान इच्छुक रहेको दाबी गर्दै भिजिट भिसाको दुरुपयोगलाई सामान्यकरण गर्न खोजेका छन्।भिजिट भिसाका नाममा संगठित मानव तस्करी भइरहेको तथ्य सार्वजनिक भइरहँदा कांग्रेस प्रमुख सचेतकसमेत रहेका घिमिरेको यस्तो भनाइले थप आलोचना निम

    • प्रकाशित मितिः असार ६, २०८२
    • 217 पटक पढिएको
  • दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

    काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थको स्रोत फेला परेको खबरले आफूलाई खुसी बनाएको बताएका छन् ।ओलीले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओलीले यस अघि आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गरेका हुन ।  ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध–आवाज थरिथरिका थिए,’ ओलीले लेखेका छन, ‘११२ अर्ब घनमिटर ग्याँस रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो।’उनको यो अभिव्यक्तिसँगै दैलेखको भूमिगत ग्यासबाट नेपाल ऊर्जा–स्वावलम्बन

    • प्रकाशित मितिः असार ६, २०८२
    • 169 पटक पढिएको
  • आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

     काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका आर्थिक मामिला उपसमिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।विहान ११ बजे बस्ने आर्थिक मामिला उपसमितिको बैठकको बैठकमा मिति २०८२÷०२÷१५ गतेको बजेट बक्तब्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल गरिने कार्यसूची रहेको छ । यसैगरी बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।  

    • प्रकाशित मितिः असार ६, २०८२
    • 191 पटक पढिएको
  • बृहत्तर जनकपुर विकास परिषद्का पूर्व निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    जनकपुर । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यकारी निर्देशकको रूपमा कार्यरत रहँदा सार्वजनिक रकम हिनामिना गरेको अभियोगमा पूर्व निर्देशक बलराम ठाकुरसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोपपत्रअनुसार ठाकुरले २०७५ साल मंसिर ५ गतेदेखि २०७९ मंसिर ४ गतेसम्म कार्यकालमा योजनाबद्ध तरिकाले सार्वजनिक रकम दुरुपयोग गरेका थिए । स्कर्पियो गाडी खरिद तथा विक्रीको प्रक्रिया र यात्री निवास मर्मत तथा सौन्दर्यीकरणका नाममा करोडौं रुपैयाँ हिनामिना गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो । आयोगका अनुसार ठाकुरले बा १३

    • प्रकाशित मितिः असार ६, २०८२
    • 245 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा