राजनीति

    Showing 2,401-2,410 of 7,672 items.
  • शास्त्रीको निधनमा कांग्रेसले तीन दिन पार्टी झन्डा आधा झुकाउने

    काठमाडौं— नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ढुण्डिराज शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक कार्यक्रम सार्वजनिक गरेको हो।कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ४, ५ र ६ गतेसम्म तीन दिन पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाइनेछ। त्यस्तै, असार ५ गते बिहीबार पार्टीका सबै तहका कार्यालयहरू बन्द गरिने निर्णय गरिएको छ।शास्त्रीको निधनको १३ दिनसम्म पार्टी कार्यालयहरूमा शोक पुस्तिका राखिनेछ भन

    • प्रकाशित मितिः असार ४, २०८२
    • 150 पटक पढिएको
  • आज कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने

    काठमाडौ— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा बिहान ८ बजे सुरु हुने गरी बैठक बोलाइएको हो । कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधन भएपछि त्यसको शोक प्रस्ताव पारित गर्न आजको बैठक बोलाइएको हो । यसअघि आगामी असार १५ गते बस्नेगरी तय भएको बैठक अगाडि नै बोलाइएकोले आकस्मिक बैठक भनिएको मुख्यसचिव  कृष्णप्रसाद पौडेलले  जानकारी दिए ।

    • प्रकाशित मितिः असार ४, २०८२
    • 214 पटक पढिएको
  • सदन अवरोध खुलाउन सभामुख–सचेतकबीच छलफल

    काठमाडौं— संसदमा जारी रहेको रास्वपाको अवरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुखले प्रमुख पाँच दलका सचेतकहरूसँग मंगलबार बानेश्वरमा छलफल गरेका छन्।सभामुखको आह्वानमा बसेको उक्त छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी थिए।छलफलमा सभामुखले संसद अवरुद्ध हुनु राज्य प्रणालीका लागि गम्भीर विषय भएको भन्दै अविलम्ब समाधान खोज्न सबै पक्षसँग आग्रह गरेका छन

    • प्रकाशित मितिः असार ३, २०८२
    • 247 पटक पढिएको
  • संसदमा रास्वपाका सांसदहरुले नाराबाजी गरेपछि आधा घण्टाका लागि बैठक स्थगित

    काठमाडौं— प्रतिनिधिसभाको आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नाराबाजी गरेका छन् । बैठक सुरु हुनासाथ रास्वपाकी सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो । उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको आरोप लगाइन् । कार्कीले २०६४ सालदेखि चल्दै आएको यो विकृति तत्काल रोक्न उच्चस्तरीय छानबिन समिति गठनको माग गरिन् ।उनको सम्बोधनपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । घिमिरेले भनाइ राखिसकेपछि सभामुख घिमिरेले बैठक आजै आधा घण्टापछि पुनः बस्नेगरी स्थगित गरेका छन् ।

    • प्रकाशित मितिः असार ३, २०८२
    • 263 पटक पढिएको
  • निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

    काठमाडौं, ३ असार ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निलो टाई लगाएर संसद भवन पुगेका छन् ।भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा  छानबिन समिति माग गर्दै आएका उनीहरू निलो टाई लगागर संसद भवन पुगेका हुन् ।`मानव तस्करी बिरूद्धको अभियानलाई विश्वव्यापी रूपमा "निलो रिबन" को प्रतीकले जनाउँछ,´ सांसद मनिष झाले भने, ´आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय सदनमा निलो रिवन लगाएर "मानव तस्करी" को बिरोध गरेका छन।´

    • प्रकाशित मितिः असार ३, २०८२
    • 256 पटक पढिएको
  • भिजिट भिसा प्रकरणः प्रचण्ड भन्छन २०६४ सालदेखि चल्दै आएको समस्या हो

    काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा समस्या अहिलेको मात्र नभई २०६४ सालदेखि चल्दै आएको बताएका छन्। चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले छानबिनसहित नीतिगत सुधार गर्नुपर्ने बताए।प्रचण्डले आवश्यक परे संविधान संशोधन र नयाँ ऐन बनाउने विकल्प खुला रहेको उल्लेख गर्दै,'मैले छाडेर यो मुद्दा जनताले छाड्दैनन्' उनले भने।उनले आफूहरू प्रतिपक्षमा भए पनि सत्तापक्षको भूमिका खेल्न बाध्य भएको बताए। संसद् अवरोध खुलाउन ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा सहमति भएको पनि स्पष्ट पारे।

    • प्रकाशित मितिः असार ३, २०८२
    • 359 पटक पढिएको
  • नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८३ भदौमा हुने : महामन्त्री विश्वप्रकाश शर्मा

    विर्तामोड— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५ औं महाअधिवेशन २०८३ भदौमा सम्पन्न हुने बताएका छन् । सोमबार नेपाली कांग्रेस झापाको विस्तारित बैठकलाई सम्बोधन गर्दै शर्माले २०८२ फागुनबाट पार्टीका तहगत समितिहरुको अधिवेशन शुरु भई भदौमा महाधिवेशन हुने बताए।लोकतन्त्रको स्थापनापछि कांग्रेसको नेतृत्वमा  भएका विकास निर्माण र समृद्धिको प्रचार गर्न पार्टीले नसकेको तर, अन्य दलले साना उपलब्धीलाई समेत ठूलो आवाजमा प्रस्तुत गर्ने गरेको टिप्पणी गरे।लोकतन्त्र आएपछि केही भएन भनेर नकारात्मक टिप्पणी मात्रै नगर्न आग्रह गर्दै महामन्त्री शर्माले शिक्षा, स्वास्थ्य, सूचना–सञ्चार एवं सडक सञ्जा

    • प्रकाशित मितिः असार ३, २०८२
    • 252 पटक पढिएको
  • अदालतमा हाजिर भए राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा आज हाजिर भएका छन्। तीनकुनेमा चैत १५ गते भएको  आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। सो घटनासँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्ने आदेश दिएपछि उनी अदालतमा हाजिर भएका हुन्।तीनकुनेमा भएको आन्दोलन शान्तिपूर्ण प्रदर्शनका क्रममा मिश्रसहित केही नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आज अदालतमा मिश्रको हाजिरीसँगै थुनछेक बहस सुरु भएको छ। थुनछेक बहसको क्रममा अभियोजन पक्ष र प्रतिवादी पक्षबीच मिश्रलाई थुनामा राख्ने वा नराख्नेबारे कानुनी तर्कहरू प

    • प्रकाशित मितिः असार ३, २०८२
    • 274 पटक पढिएको
  • प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

    रौतहट, २ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले किसानलाई मलखाद्य नदिएर जिउँदै मारिरहेको  टिपणी गरेका छन् ।गृह जिल्ला रौतहटको कटहरियामा सोमबार बसेको पार्टी जिल्ला कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिले धानबाली लगाउने मुख्य सिजनमा सरकारले आवश्यक मलखाद्य नदिएर  किसानलाई जिउँदै मारे सरह बनाएको टिप्पणी गरेका हुन्।  ‘अहिले धानवाली लगाउँने महत्वपूर्ण समय छ । यो कुरा सरकारमा बस्नेहरुलाई पनि थाहा छ । किसान अहिले मलखाद्य, विउ बिजनको जोहो गरिरहेका छन् । तर यो अन्धो सरकारले किसानको पिडा देखिरहेको छैन् । किसान मारा सरकारला

    • प्रकाशित मितिः असार २, २०८२
    • 329 पटक पढिएको
  • इजरायलमा रहेका नेपाली सुरक्षित छन् : राजदूत स्मुलिम एरी बास

    काठमाडौं -  परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन् । सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए । त्यस अवसरमा मन्त्री राणाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरुलाई पर्नसक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेकी छन् । त्यस अवसरमा राजदूत बासले हाल त्यहाँस्थित नेपालीह

    • प्रकाशित मितिः असार २, २०८२
    • 374 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा