राजनीति

    Showing 2,431-2,440 of 7,673 items.
  • राप्रपाका महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित

    काठमाडौं -  राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन् । उनी आज बिहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् ।गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए । तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर थिए ।राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित चार वटा मुद्दामा अभियोजन गरिएको छ । उनलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ ।

    • प्रकाशित मितिः असार २, २०८२
    • 229 पटक पढिएको
  • बागमती प्रदेश सरकारको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख

    हेटौँडा -  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, कृषि, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।प्रदेश सरकारले चालु खर्चतर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ ९३८.६ प्रतिशत र पूँजीगत खर्चतर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ ९६१.४ प्रतिशत विनियोजन गरेको छ ।बजेट खर्चको स्रोततर्फ कर राजस्वबाट २८ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ, अन्य विविध आम्दानीबाट ६ अर्ब ७९ करोड ४ लाख, संघीय सरकारको वित्तीय हस्तान्तरणमार्फत ४१ अर्ब ८१ करोड ९३ लाख र सञ्चित कोण तथा अन्

    • प्रकाशित मितिः असार २, २०८२
    • 290 पटक पढिएको
  • कर्णालीको सरकारको बजेट ३२ अर्व ९९ करोड

    सुर्खेत  - कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष (आव) २०८२÷०८३ को लागी ३२   कर्णाली  प्रदेश सरकारले आगामी आर्थिक बर्ष (आव) २०८२÷०८३ को लागी ३२ अर्ब ९९ करोड करोड रुपैयाँको बजेट ल्याएको छ ।कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले आइतबार मध्यराती कर्णाली प्रदेश सभामा ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । यो बजेट चालु आवकोभन्दा ५ प्रतिशतले बढी हो । चालु आवमा कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ छ ।कर्णाली  सरकारले आगाामी आवकालागि चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार रुपैयाँ (२३.६४ प्रतिशत) र

    • प्रकाशित मितिः असार २, २०८२
    • 320 पटक पढिएको
  • नयाँ पुस्ताको सुधारका लागि मौद्रिक नितिले समेट्नु पर्नेमा जोड

    सुर्खेत -  नेपाल सरकारले ल्याएको नयाँ पुस्ताको सुधारका कार्यक्रमलाई ध्यानमा राखेर अबको मौद्रिक निती आउनु पर्नेमा सहभागिहरुले जोड दिएका छन् ।नेपाल बैकर्स एसोसियसनले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमूख राजन प्रसाद रेग्मीले राज्यको उद्देश्य उत्पादन बढाउने भएकाले कर्जालाई कृषि, ऊर्जा र साना तथा मझौला उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर प्रवाह गर्नु पर्नेमा जोड दिए । भुक्तानी दिनेमै बढी आम्दानी तथा नाफा हुने भए पनि सरकारले आन्तरिक उत्पादन बढाउनतर्फ केन्द्रित भएकाले बैंकहरुले त्यसतर्फ पनि सोच्नु पर्ने बताए । ‘सरकार

    • प्रकाशित मितिः असार २, २०८२
    • 248 पटक पढिएको
  • बजेट कार्यान्वयन संरचनागत र कानुनी ढिलाइका कारण प्रभावित भयो : मन्त्री काफ्ले

    हेटौंडा -  बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट कार्यान्वयनमा देखिएको ढिलाइको प्रमुख कारण संरचनागत कमजोरी र कानुनी प्रक्रिया रहेको स्पष्ट पारेका छन् । आइतबार साँझ प्रदेश सरकारले प्रस्तुत गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट कार्यान्वयनमा ढिला भएको स्वीकार गरेका हुन् । मन्त्री काफ्लेले भने, ‘हामीले कार्यान्वयन पक्षको संरचनागत विकास र कानुनी कारणले गर्दा कार्यान्वयन गर्नलाई ढिला भएको स्वीकार गरेका छौं। तर, हामी त्यसलाई समधान गर्दै अगाडि बढिरहेका छौं भने बजेट कार्यान्वयन अवश्य हुन्छ ।’हाल प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको कार्यान्वयनमा व

    • प्रकाशित मितिः असार २, २०८२
    • 198 पटक पढिएको
  • राष्ट्रपति पौडेल भन्छन कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो हुन्छ

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सकेमात्र लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । लोकसेवा आयोगको ७५ औं वार्षिकोत्सव एवम् हीरक जयन्ती समारोहमा उनले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्म र भावना अनुरुप काम गरे मात्र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताको चाहना र आकांक्षलाई सम्बोधन गर्दै तिव्र आर्थिक विकासलाई अगाडि बढाउन सकिने बताए । उनले भने, ‘अब सहज, सरल र

    • प्रकाशित मितिः असार २, २०८२
    • 269 पटक पढिएको
  • युद्ध चलिरहँदा ७ दिनदेखि इसराइलमा छन् विराटनगरका मेयर, भन्छन्– बंकरमा लुक्दै बसेको छु

    काठमाडौं - सात दिनदेखि इसराइल भ्रमणमा रहेका विराटनगर महानगरपालिका मेयर नागेश कोइराला अहिले अन्य देशका जनप्रतिनिधिहरूसँगै बंकरमा लुक्दै बस्न बाध्य भएका छन्।भ्रमणकै बीचमा इसराइल र इरानबीच आक्रमण र प्रत्याक्रमण सुरू भएपछि विराटनगरका मेयर कोइरालासहित त्यहाँ पुगेका विभिन्न देशका जनप्रतिनिधि बंकरमा लुक्दै बस्न बाध्य भएका हुन्।आइतबार साँझ टेलिफोनमा कुरा गर्दै मेयर कोइरालाले आफू 'सेफाइम' भन्ने ठाउँमा सुरक्षित रहेको जानकारी दिएका छन्।'म अहिले राजधानी सहरबाट ३० किलोमिटर दुरीमा रहेको सेफाइम भन्ने सहरमा छु,' कोइरालाले भने, 'नेपालबाट म एक्लै छु। मेरो टोलीमा फिलिपिन्सका दुई सांसदसहित १७ जना जनप्रतिनिधि

    • प्रकाशित मितिः असार २, २०८२
    • 281 पटक पढिएको
  • आज प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाण्डौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ। अर्थमन्त्री पौडेलले आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिने छन्।यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशाधन) विधेयक, २०७९’

    • प्रकाशित मितिः असार २, २०८२
    • 286 पटक पढिएको
  • संसद अवरोध होइन्, अब बजेट छलफलमा ध्यान दिऔं : वर्षमान पुन

    काठमाडौं -  नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको विगतको सहकार्य स्मरण गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा पार्टीको धारणा राख्दै पुनले केही दिनअघिसम्म संसद अवरोधमा सँगै उभिएको स्मरण गर्दै रास्वपालाई बजेट छलफलमा सहभागी हुन आग्रहसमेत गरेका छन् ।पुनले भने,‘हामीले आमज नताको भावना र सुझावलाई ध्यानमा राख्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेका थियौं । तर, राजीनामा दिने नदिने कुरा व्यक्तिको निजी निर्णय हो । गृहमन्त्रीले छानविनका लागि तयार रहेको प्रतिबद्धता जनाउनुभएको छ ।’उनका अनुसार, छानविन प्रक्रिया अगा

    • प्रकाशित मितिः असार १, २०८२
    • 180 पटक पढिएको
  • विपक्षीको विरोधका कारण अधिकांश कुर्सी खाली,संसद्‍मा मात्र बजेट छलफल

    काठमाडौं — प्रतिनिधि सभामा आइतबार आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल सुरु भएको छ। तर, विपक्षी दलहरूको विरोध र नाराबाजीका कारण सभामा अधिकांश कुर्सीहरू खाली देखिएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले घेराउ गर्दै नाराबाजी गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बैठक बहिष्कार गरी बाहिरिएका छन्।विरोधका कारण प्रतिपक्षतर्फका झन्डै सबै सिट खाली छन् भने सत्तापक्षका सांसदहरूको उपस्थिति पनि उल्लेख्य देखिएन।बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल अघि बढाउने प्रस्ताव प्रस्तुत गरेका छन्। त्यसमा सांसदहरूले आ–आफ्ना धारणा राख्न थालेका छन्।

    • प्रकाशित मितिः असार १, २०८२
    • 159 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा