राजनीति

    Showing 2,451-2,460 of 7,673 items.
  • शिक्षा विधेयकमाथिको छलफलमा सांसद श्रेष्ठको प्रश्न : 'थरीथरीका शिक्षक' को म्यापिङ कसरी गर्ने?

    काठमाडौं — विद्यालय शिक्षा विधेयक-२०८० माथि भइरहेको छलफलका क्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले शिक्षा प्रणालीमा रहेका विभिन्न प्रकारका शिक्षकहरूको समायोजन (म्यापिङ) कसरी गर्ने भन्ने विषयमा प्रश्न उठाएकी छन्।शनिबार बसेको संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै श्रेष्ठले निजी विद्यालय, प्रारम्भिक बाल विकास (ईसीडी) केन्द्र, र शिक्षक वर्गीकरणका विषयमा शिक्षा मन्त्रालयले अझै ठोस र स्पष्ट नीति नल्याएकोप्रति असन्तुष्टि जनाइन्।उनले भनिन्, "विभिन्न प्रकारका शिक्षकहरू छन्, ती सबैको म्यापिङ कसरी हुन्छ भन्नेबारे हामीले विध

    • प्रकाशित मितिः असार १, २०८२
    • 295 पटक पढिएको
  • सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक

    काठमाडौं -  सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।आइतबार बिहान ९ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।बैठकमा प्रमुख दलका प्रमुख सचेतकहरुको सहभागीतामासंसदको क्यालेन्डरलगायतका विषयमा छलफल हुनेछन् ।प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोधको कारण बजेटमाथिको छलफद अघि बढ्न सकिरहेको छैन । यसबारेमा पनि सभामुखले नियमित छलफल चलाइरहेका छन् ।

    • प्रकाशित मितिः असार १, २०८२
    • 194 पटक पढिएको
  • प्रचण्डले दिए एक लाख विरुवा रोप्ने अभियानमा साथ

    दमक - नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् । उनले शनिबार दमकमा वृक्षरोपण गरेर दमक माओवादीलाई साथ दिएका हुन् ।उनले दमक–४ स्थित दाहाल प्रतिष्ठानमा पुगेर फलफूलका विरुवा रोपेका थिए । माओवादी दमकका अध्यक्ष रवि बस्नेतले दिएको विरुवा रोपेर उनले अभियानमा साथ दिएका हुन् । उनले वृक्षरोपण कार्यक्रम राम्रो भएको र यसलाई निरन्तरता दिन निर्देशन दिए । माओवादी दमकले गत वर्षदेखि दमक क्षेत्रमा एक लाख फलफूलका विरुवा रोप्ने अभियान सुरु गरेको छ । गत वर्ष र यो वर्ष गरेर माओवादीले ७१ हजार फलफूला विरुवा रोप्नुका साथै स्थानीयलाई विरुवासमेत वितरण

    • प्रकाशित मितिः असार १, २०८२
    • 224 पटक पढिएको
  • गृहमन्त्रीको राजीनामाको माग गर्दै रास्वपा र राप्रपाको संसदमा निरन्तर विरोध, बजेट छलफल प्रभावित

    काठमाडौं— गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय संसदमा विरोध जारी राख्ने निर्णय गरेका छन्।भिजिट भिसा प्रकरणमा देखिएको अनियमितताबारे गृहमन्त्रीको प्रत्यक्ष जिम्मेवारी रहेको भन्दै दुवै पार्टीले उनीमाथि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने अडान लिएका छन्। आइतबार सभामुख देवराज घिमिरेको अध्यक्षतामा सिंहदरबारमा भएको प्रमुख दलका मुख्य सचेतकहरूसँगको छलफलमा रास्वपा र राप्रपाले आफ्नो विरोध कायमै राख्ने बताएका हुन्।सभामुख घिमिरेले संसद्‌को आगामी कार्यसूची, विशेष गरी बजेट सत्रलाई प्रभावकारी बनाउने उद्देश्यले उ

    • प्रकाशित मितिः असार १, २०८२
    • 298 पटक पढिएको
  • न्यायाधीशमाथि मोसो छ्यापेपछि वीरगञ्ज इजलासको सुरक्षा व्यवस्थामा कडाइ, १४ वटै ‘पिएसओ’ फेरिए

    वीरगञ्ज - उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीशमाथि इजलास कक्षमा दुर्व्यवहार भएपछि पर्सा प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।१४ वटै न्यायाधीशको व्यक्तिगत सुरक्षामा खटिएका ‘पिएसओ’ र अन्य सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीसमेत परिवर्तन गरेर सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ । यहाँका न्यायाधीशद्वय डा खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलास कक्षमा नेकपा (बहुमत)का तीन जना कार्यकर्ताले विहीबार दिउँसो करिव ४ बजेको समयमा इजलास कक्षमै दुर्व्यवहार गरेका थिए ।सो पार्टीको कार्यकर्ता भनिने सिरहा गोलबजारका गर्भु महतो, सर्लाही बरहथवाका पदमबहादुर मगर र प्यूठानका किशोर कुमा

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • 262 पटक पढिएको
  • भिजिट भिसा प्रकरणः उच्चस्तरीय छानबिन समिति बनाउने रास्वपाको अडान कायमै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान कायम राखेको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सत्तारुढ दलहरूसँग सहमति गरेपछि रास्वपा एक्लै विरुद्धमा उभिने भएको हो ।यसबारे पार्टीले केहीबेरमा औपचारिक निर्णय सार्वजनिक गर्दैछ । एक नेताका अनुसार, भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर मात्रै अघि बढ्ने रास्वपाको अडान छ ।यसअघि माओवादी र समाजवादी पनि भिजिट भिसामा गृहमन्त्रीको राजीनामा माग गर्दै आएको थियो ।तर, एमाले, कांग्रेस र माओवादीले भने दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् ।रास्वपाले उक्त

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 314 पटक पढिएको
  • अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    काठमाडौं, ३० जेठ । संसद खुलाउनका लागि सत्ता पक्ष र प्रतिपक्षी बिचमा २ बुदेँ सहमति भएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी दिएका हुन ।  ‘हस्ताक्षरको अन्तिम तयारी हुदैँछ, हस्ताक्षर हुन्छ, संसद खुल्छ,’ प्रचण्डले भने, ‘रास्वपा र हाम्रो मुलभुत बिषयमा केही फरक छैन, रास्वपा केही समय आफ्नो ढंगले जानु हुन्छ तर हाम्रो बिचमा बिमत र आरोप प्रत्यारोप छैन ।’

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 213 पटक पढिएको
  • 'नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

    काठमाडौं  -  प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई  व्यवहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् ।धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण) लाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालको परिचय ‘बहादुर’ मात्र नभइ ‘इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’भनी स्थापित गराउनुपर्नेमा जोड दिँदै सीपयुक्त जनशक्तिले अनुसन्धान र नवप्रवर्तनमा लागेर देशको सेवा गर्नुपर्ने आग्रह गरेका हुन् ।नेपाल कहिल्यै कुनै मुलुकको अधिनस्थ नरहेको र कहि

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 310 पटक पढिएको
  • ‘खाडी पुगेका महिलाहरुले वेदना पोखिरहँदा मन्त्रीहरु के हेरेर बसिरहनु भएको छ ?’

    काठमाडौं -  शुक्रबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ । सिंहदरवारमा बसेको उक्त समितिको बैठकले श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको हो ।उक्त छलफलमा रास्वपाका सांसद गणेश पराजुलीले घरेलु श्रमिक कामदारका रुपमा महिलालाई नपठाउने भनेर बारम्बार प्रतिवन्ध लाग्दै आएपनि महिला कामदार अहिले पनि युएईमा घरेलु श्रमिकका रुपमा रहेको बताए । उनले यसरी घरेलु कामदार युएईमा जाँद

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 251 पटक पढिएको
  • कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दैछ : सभापति देउवा

    काठमाडौं -  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान अनुसार गर्नुपर्ने कामहरु धेरै नै बाँकी रहेको बताएका छन् । उनले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक रहेको पनि औंल्याए । शुक्रबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आयोजना गरेको राजनीतिक अधिकार सम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गर्दै बोल्दै उनले अबको बाटो संकल्प र कार्यकारी कामको भएकाले पूर्ण बफादारिताका साथ काम गर्न आवश्यक रहेको बताएका हुन् ।उनले भने, ‘नेपालको संविधान अनुसार हामीले गर्नुपर्ने काम धेरै नै छन् । अबको बाटो संकल्प र कार्यकारी क

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 297 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा